Archive for July 7th, 2011

पूर्वराजा ज्ञानेन्द्रलाई मुलुकको चिन्ता

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी छाडेपछि मुलुकको अवस्था झन संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ६५ औं जन्मदिनका अवसरमा विहीवार निर्मल निवासमा आयोजित पत्रकार सम्मेलनमा मुलुक झन् संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

देश पहिलेको भन्दा कठिनाइमा परेको बताउंदै जुन अवस्थामा मैले छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन, उनले भने। असारको महिनामा रोपाईंको बेलामा चौरवीको चाँद खोज्नु नहुने बताउंदै अझै निराश हुन नहुने उनले बताए।

संविधान निर्माण प्रक्रियाका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिन इन्कार गर्दे आफूले सवै चासो र चिन्ता प्रेस विज्ञप्तिमा उल्लेख गरेको बताए।

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवको अवसरमा राप्रपा नेपालका कार्यकर्तासहित राजावादी र पूर्वराजाको नातेदार निर्मल निवासमा भेला भएका थिए। सोही अवसरमा राजतन्त्रको पक्षमा नारावाजीका साथ सडकमा उत्रेका राप्रपाका तीन कार्यकर्तालाई प्रहरीले महराजगञ्जबाट पक्राउ गरेको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 7th, 2011

वेपत्ता नागरिक खोज स्थानीय तवरमा

वेपत्ता नागरिक खोज कार्यक्रम
नवराज सापकोटा / एचकेनेपाल डट कम- पोखरा, एकीकृत नेकपा माओवादीका तमुवान राज्य सचिवालय सदस्य एवं शान्ति समिति लेखनाथका संयोजक विष्णु पौडेलले राज्यद्वारा वेपत्ता भएका नागरिकहरुको खोजीका लागि स्थानीय स्तरमा पनि पहल हुनु पर्ने वताएका छन्।

लेखनाथ नगरपालिकाका वडा नं. १३ को खुदीखोलामा आयोजित वेपत्ताहरुको खोजी कार्यका लागि स्थानीयलाई आब्हान कार्यक्रममा वोल्दै पौडेलले वेपत्ताहरुको खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका हुन्।

पौडेलले पार्टीभित्र चलेको अन्तरसंर्घषले शहीद तथा वेपत्ताहरुले देखाएको वाटोमा अघि वढ्न वाधा नपुग्ने वताए।

कार्यक्रममा राज्यद्वारा वेपत्ता परिवार समाज नेपालका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष ओमकुमारी पौडेलले वेपत्ताहरुको खोजी कार्यमा राज्य उदासिन रहेको वताइन्।

कास्कीको लेखनाथ नगरपालिका वडा नं. १३ खुदीखोलामा वस्ने सोमवहादुर वि.क ज्योतिलाई संकटकालको समयमा तत्कालिन शाही नेपाली सेनाले २०५९ साल असार २३ गते गण्डकी अस्पतालवाट गिरफ्तार गरेको थियो। वि.क को अवस्था अहिलेसम्म अज्ञात रहेको छ। कार्यक्रम वेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ वरालको अध्यक्षतामा भएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 7th, 2011

निजामती कर्मचारीद्वारा आन्दोलनको चेतावनी

एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, २३ असार राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनले सात बुँदे माग अगाडि सार्दै आफ्नो माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएको छ।

निजामती कर्मचारी सम्बद्ध दुइ संगठनले विहीबार रिपोर्टर्स क्लब नेपालले पत्रकार सम्मेलन गरेर त्यस्तो चेतावनी दिएको हो। ती संगठनहरुले कर्मचारीहरुको तलब समान रुपमा एकमुष्ट ५ हजार रुपैया बृद्धि गर्नु पर्ने, अतिरिक्त समय काम गर्दा ओभर टाईमको ब्यवस्था गर्नु पर्ने, अस्थायी ज्यालादारी र करार कर्मचारीहरुलाई पोशाक भत्ता दशै खर्च वार्षिक विदा, सार्वजनिक विदा, भ्रमण भत्ता र होटल बास खर्च उपलब्ध गराउन माग गरेको छ।

त्यसैगरी, श्रेणीविहीन कर्मचारीको बढुवाको ब्यवस्था गर्नुपर्ने, सन्चितभन्दा बढी विदाको रकम उपलब्ध गराई एक दिन बरावरको तलब एक ग्रेड रकम कायम गरिनु पर्ने, एकीकृत पारवाहन सेवा लागु गरिनु पर्ने, सरकारसँग कति सवारी कता कता कुन कुन अवस्थामा छ मूल्यसहित लागत तयार पार्ने र नयाँ सवारी साधन खरिदमा रोक लगाउन पनि माग गरेको छ।

त्यस्तै, सञ्चयकोषमा रहेको सञ्चित रकमबाट सापटी लिदा ब्याज नलाग्ने ब्यवस्था गर्न, रासन कार्ड, सामूहिक अवकास, स्वास्थ्य विमा, र एमआपी जिल्लाबाटै वितरणको ब्यवस्था गर्न माग पनि ती संगठनहरुले गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले कर्मचारीहरुको तलब तलबको आधारमा प्रतिशतमा बृद्धि गर्ने निर्णय आफूहरुलाई मान्य नहुने भन्दै सबैले बराबर पाउने गरी तलब बृद्धि गर्नु पर्ने माग गरे। उनले कर्मचारीको साना साना माग पूरा गरे ठूला ठूला लक्ष्यहरु पूरा गराउनतर्फ कर्मचारीलाई उत्प्रेरित गर्न सकिने दावी गरे।

सरकारी तथा संस्थान सवारी चालक एशोसिएसनका अध्यक्ष शरणकुमार गुरुङले सरकारी सवारी साधनको दुरुपयोग रोक्न सके मात्रै पनि ५० प्रतिशत फजुल खर्च रोकिने भन्दै कर्मचारीलाई उत्प्रेरित गरे कर्मचारी सबै खालको दुरुपयोग रोक्न सरकारको सहयोगीको रुपमा अगाडि बढ्ने बताए।

Popularity: 5%

Add comment July 7th, 2011

बस दुर्घटनामा २ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता- उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका- ११ लालपतामा विहीबार दिउंसो यात्रवाहक बस दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा ना ३ ख ९०१८ नम्बरको यात्रुवाहक बसका सहचालक र एक यात्रु रहेका छन्। उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको सिराहाको लाहानस्थित नसिंङ होममा उपचार भैरहेको जनाएको छ।

धरानबाट गाईघाट आउँदै बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Popularity: 5%

Add comment July 7th, 2011

हङकङमा ६ दिने फोटोपत्रकारिता तालिम

एस हङकङ/ एचकेनेपाल डट कम- विभिन्न सञ्चारमाध्यममा आवद्ध नेपाली फोटो पत्रकारहरूका लागि हङकङमा बुधवारदेखि ६ दिने फोटोपत्रकारिता तालिम सुरू भएको छ। (more…)

Popularity: 5%

Add comment July 7th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....