Archive for July 8th, 2011

तीन शरणार्थी युवा अमेरिकामा मृत फेला

एचकेनेपाल डट कम संवाददाता-
पुनर्वास भई अमेरिका पुगिसकेका तीनजना भूटानी शरणार्थी हालै मृत फेला परेका छन्। अमेरिका पुगेका शरणार्थीहरु २१ वर्षीय कृष्णलाल धिताल, २८ वर्षीय डिल्लीराज ढकाल र १७ वर्षीय कृष्ण ढकालको शव प्रहरीले स्पोकेन नदीमा कारभित्र फेला पारेको हो।

उनीहरुले प्रयोग गरेको गाडीको अनुमतिपत्रसहितको कार फेला परेपछि प्रहरीले स्पोकेन नदीमा उनीहरुको खोजीलाई तिव्रता दिएको थियो।

तीनै जना गत जुन ११ देखि वासिङ्गटनको स्पोकेनबाट हराइरहेको उनीहरुको पारिवारिक स्रोतले जनाएको छ।

त्यहाँको स्थानीय प्रहरीले शरणार्थी युवाको मृत्युको कारण भने थाहा भइनसकेको बताएको छ। कार दुर्घटना भएर नदीमा खसेको हो अथवा अन्य कारणले मृत्यु भएको भन्ने अनुसन्धान भइरहेको बताइएको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 8th, 2011

असी तोला सुन लुटपाट

एचकेनेपाल डट कम संवाददाता-
तनहुँको आँबुखैरेनी निवासी सोमबहादुर विकको ब्यागमा रहेको ८० तोला सुन बिहीबार साँझ अज्ञात समूहले लुटपाट गरेको छ। तीनजनाको समूहमा हतियारसहित आएको उक्त समूहले विकलाई आक्रमण गरी घाइते बनाएर ब्यागमा रहेको सुन लिएर फरार भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

घाइते विकको अहिले भरतपुरमा उपचार भइरहेको छ। जयलक्ष्मी सुनचाँदी पसलका प्रोपाइटर विक गोरखा जाने रोडबाट पसल बन्द गरेर घर जाँदै गर्दा उक्त समूहले आक्रमण गरी सुन लुटेर भागेको हो।

विकको रु ३५ लाख मूल्यबराबरको सुन लुटिएको इप्रका आँबुका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताउनुभयो।

सुन लुटेर गोखातिर भाग्दै गरेका ती व्यक्तिहरूको प्रहरीले पिछा गरेको र ना १३ प ३४८० नंको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि एकजनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले बताउनुभयो।

Popularity: 5%

Add comment July 8th, 2011

पोखरा विश्वविद्यालयमा साहित्यिक समाज गठन

लिना गुरूङ/ एचकेनेपाल डट कम-
पोखरा, पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस, लेखनाथमा अध्ययनरत विद्यार्थीहरुको भेलाले सुवास मल्लको अध्यक्षतामा पोखरा विश्वविद्यालय साहित्य समाज गठन गरेको छ।
नौ सदस्यीय कार्यसमिति रहेको समाजको सचिवमा रविन्द्र आचार्य र कोषध्यक्षमा ममता गुरुङ निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा पदम अवस्थी, शान्ति पुन, विकास ओझा, माला रानाभाट, एकनाथ आचार्य र अर्जुन सुवेदी निर्वाचित भएका छन्।

समाजले साहित्य, कला तथा संगितका क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ । यसै गरी भेला लगत्तै बसेको समाजको प्रथम पूर्ण बैठकले साहित्य उपसंयोजकमा पदम अवस्थी, कला उपसंयोजकमा शान्ति पुन र संगीत उपसमिति संयोजकमा विकास ओझालाई निर्वाचित गरेको छ। साथै समाजले हरेक महिनाको अन्तिम शुक्रबार नियमित साहित्य ऋंखला तथा हरेक दुइ महिनामा कला तथा संगीत ऋंखला संचालन गर्ने निर्णय गरेको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 8th, 2011

संचालकद्वारा एफएममा तालाबन्दी

दीपेन्द्र शाक्य/ एचकेनेपाल डट कम-
संखुवासभा, संखुवासभाको खाँदबारीमा संचालित गुराँस एफएममा काम पारदर्शी नभएको भन्दै असन्तुष्ट संचालक पक्षले तालाबन्दी गरेका छन्।
एफएमको हिसाकिताबदेखि संचालन प्रक्रियामा आफूहरुलाई जानकारी नगराई एकलौटी ढंगले अध्यक्ष लगायत केही संचालकहरुले मनोमानी गरेको सदस्य मुक्तिसिह राईले वताए।

थाहै नदिई अध्यक्ष ऋषिकेशव चापागाईले आफ्नो पक्षका २२ जना शेयर सदस्यको मात्रै कम्पनी रजिष्टार कार्यालयमा काजजात पठाएकाले तालावन्दी गरेको राईले वताए। गुँरास एफएममा ३८ जना शेयर सदस्य छन्। २०६७ माघ १० गतेवाट एफएमले व्यवसायीक प्रशारण शुरु गरेको थियो।

Popularity: 5%

Add comment July 8th, 2011

साउदी अरबमा नेपाली पर्यटन बर्ष मनाइयो

एनआरएनए संवाददाता/ एचकेनेपाल डट कम-
नेपाली राजदूतावास रियादको आयोजनामा तथा नेपाली समुदाय साउदी अरबको सहयोग र सहभागितामा ६ जुलाई २०११ को राति साउदी अरबको पूर्बी शहर खोबारस्थित दहरान इन्टरनेशनल होटलमा नेपालको पर्यटन बर्ष भब्यतापूर्बक मनाइएको छ।
बिभिन्न २४ वटा मुलुकका गरी कूल ११० जना अतिथिहरू सहभागी रहेको यस कार्यक्रममा नेपाल र नेपालको पर्यटनका बारेमा यथेष्ट जानकारीहरू पस्किएको थियो । का. बा. राजदूत हरिश्चन्द्र घिमिरेले नै बिशेष समय लिई बिभिन्न स्लाइडहरू मार्फत नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थलहरू तथा उपलब्ध सुविधाहरूबारे सदृश्य जानकारी गराउनुभएको थियो।

कार्यक्रमका हिरो भने साउदी नागरिक फारूख जोमो बनेका थिए। फारूख जोमो सफलतापूर्बक सगरमाथा आरोहण गर्ने पहिलो साउदी हुन्। कार्यक्रममा उनलाई नेपाली दूतावासका तर्फबाट का.बा. राजदूतले नेपाली ढाकाको टोपी तथा खादा पहिर्याई उपहारसहित सम्मान गर्नुभएको थियो भने नेपाली समुदायका तर्फबाट एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी.ले पुष्प गुच्छाले फारूखलाई स्वागत गर्नुभएको थियो । सगरमाथा आरोहण तथा नेपाल भ्रमणको उनको अनुभूति समेटिएको आफ्नै बिशेष प्रस्तुति पनि राखे फारूखले जुन साउदी लगायत त्यहां उपस्थित सबै सहभागीहरूका लागि बिशेष जानकारीमूलक, आकर्षक र प्रभावकारी बनेको थियो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट उपलब्ध गराइएको एडभेञ्चर नेपाल नामको बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । दूतावासका तृतीय सचिव शरद पौडेलको स्वागत मन्तब्यबाट शुरू भएको यस कार्यक्रममा नेपाली समुदायका तर्फबाट आफ्नो मन्तब्य राख्दै धरम के.सी.ले उपस्थित सबै पाहुनाहरूलाई आफ्नो जीवनमा कमसेकम एकचोटी सुन्दर नेपालको भ्रमण गर्न आग्रह गर्नुभएको थियो । एनआरएनए साउदी अरबका महासचिव पुरूषोत्तम श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको अन्त्यमा समापन मन्तब्य दिनुहुंदै का.बा. राजदूतले कार्यक्रममा सहभागी भइदिएकोमा सबै बिदेशी पाहुनाहरूलाई धन्यवाद दिनुभयो साथै कार्यक्रम आयोजनामा सघाउनुहुने नेपाली समुदायका सबै अग्रजहरूको सराहना पनि गर्नुभयो। कार्यक्रममा साउदी अरबको पूर्बी क्षेत्रका जुबैल, कतिफ, दमाम, खोबार, अबकिक, उदैलियाबाट तथा ४५० कि.मी.को दूरी छिचोल्दै मध्य क्षेत्र (रियाद)बाट समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्यटकीय प्रस्तुतीहरूपछि सबै सहभागीहरू रात्रिभोजमा सामेल भएका थिए। अन्त्यमा नेपाल पर्यटन बोर्डबाट साउदी अरब पठाइएका पर्यटन प्रबर्द्धन सामाग्रीहरू (पर्चा, पोस्टर, सिडी आदि) सहितको नेपाल टुरिज्म इयर २०११ लेखिएको झोला सबै सहभागीहरूलाई वितरण गरिएको थियो।

Popularity: 5%

Add comment July 8th, 2011

नेपालमा पर्यटन प्रचारका गर्न आशफोर्डमा बेलायती भेला

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम- आशफोर्ड केन्ट, नेपाल पर्यटन वर्ष२०११ लाई टेवा पुर्र्याउने उद्धेश्यले भण्डारी ब्रदर्श एभरेष्ट इन पाचौं शाखाको सुरुवातको अबसरमा बिभिन्न क्षेत्रसंग संम्बन्धीत बेलायती नागरिकलाई भेला गरी नेपाल र नेपालमा रहेको आकर्षण सम्बन्धी जानकारी दिने उदधेश्यले केन्टस्थित आशफोर्डमा एक कार्यक्रमम सम्पन्न गरेको छ।
उपस्थित ब्यक्तिहरुलाई आकर्षित पार्नको लागि कार्यक्रम हलभित्र नेपाल झल्कले बिभिन्न सामाग्रीहरु राखिएको थियो । स्टेज ब्याकड्रपमा पाटन दरबारको तस्वीर, सारङ्गी, मादल, वासुरी, आँखी झ्याल लगायतका बस्तुहरु निकै मनमोहक देखिएको थियो। टेलिभिजन पर्दामा नेपालका बिभिन्न पर्यटकीय स्थलहको दृष्य प्रदर्शन गरिएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. शुरेसचन्द्र चालिसेले रिबन काटि सुरुवात गरिएको सो कार्यक्रममा करीब ३०० भन्दा बढि बेलायती नागरिकलगायत स्थानीय मेयर तथा काउन्सिलरहरुको उपस्थिति रहेको थियो।

विशेष गरी बेलायती नागरिकहरुको लागि आयोजना गरिएको कार्यक्रममा नेपालीको उपस्थिति न्युन रहेतापनि एनआरएन युकेका अध्यक्ष सुर्य गुरुङ, उपाध्यक्ष कुल आचार्य, नेपाली टिभीका सिइओ मोहन गुरुङ, विविसी नेपाली सेवाका भागीरथ योगी लगायत उपस्थित थिए। यसै गरी कार्यक्रमको सुरुवातमा एभरेष्ट इनका कार्यकारी निर्देशक पशुपति भण्डारीले उपस्थित सबैलाई स्वागत गर्नुका साथै कार्यक्रमका उदेश्यको बारेमा प्रष्ट पार्नु भयो।

कार्यक्रममा बोल्दै डा. शुरेस चन्द्र चालिसेले नेपालमा रहेका चार निकुञ्ज, विश्वमा नै दुर्लभ एक सिंगे गैंडा, प्यारा ग्लाईडिङ्ग हिमाल तराई पहाडको बारेमा जानकारी दिनुका साथै उपस्थित सबैलाई एक पटक नेपाल भ्रमण गर्न आव्हान गर्नु भयो। साथै यस्तो किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजक एभरेष्ट इनलाई बिशेष धन्यबाद दिनुभयो। पहिले चरणको कार्यक्रम यादब भण्डारीले संचालन गर्नुभएको थियो भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम मनीष भण्डारी र रबिन भण्डारीले संचालन गरेका थिए। उक्त संकृतिक कार्यक्रममा बेलायतमा जन्मेका स साना नेपाली बालबालिकाहरुले राष्ट्रियता झल्कले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

स्टेजमा नेपाली गीत नृत्यको नबुझे पनि नेपाली खानाको स्वाद लिदै बेलायती नागरिकहरु छमछमी नाचेका थिए। यसैगरी कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई पर्यटन बर्ष २०११ अंकित झोला र प्रचार सामग्री बितरण गरिएको थियो।

Popularity: 5%

Add comment July 8th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....