Archive for July 10th, 2011

माग पूरा नगरे आन्दोलनमा उत्रने बादीहरुको चेतावनी

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं, राष्ट्रिय वादी अधिकार संर्षष समितिले सरकारले ०६४ मा गरेको सहमतिको कार्यान्वयन नगरे कडा आन्दोलन उत्रने चेतावनी दिएको छ। उनीहरुले आफ्नो आत्मा सम्मानको रक्षा जातीय पहिचान र आधाभूत अधिकार प्राप्तिको लागि विगत १५ वर्षेखि निरन्तर संघर्ष गरिरहदा समेत सरकारले उपेक्षा गरेको गुनासो गर्दै आन्दोलनको चेतावनी दिएका हुन्। रिपोर्टर्स क्लब नेपालमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले ०६४ सालदेखि हालसम्म वादी समूदायको समग्र विकासका लागि स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सन्चालित शान्तिपूर्ण आन्दोलन तथा पटक-पटक जिल्लास्तरमा भएका सहमतिका साथै नेपाल सरकार तथा राष्ट्रिय बादी संघर्ष समितिबीच भएको २६ बुँदे सैद्धान्तिक तथा २ बुँदे लिखित सहमति कार्यान्वयन नगरेको गुनासो पोखे।

उनीहरुले सुदुरपश्चिम र मध्यमश्चिमाञ्चलका ७ वटा जिल्लाहरुका बादी समूदायका समग्र विकासका सवालमा आर्थिक, समाजिक, राजनैतिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रहरुमा एकद्वार नीति प्रणालीबाट विकासका कार्यक्रम संचालन गर्न सरकारले वादी विकास बोर्ड गठन गर्न गरिएको सिफारिसप्रति वादी समूदायले आभार व्यक्त गरेको छ।

राष्ट्रियबादी अधिकार संघर्ष समितिले नेपाल सरकार र राष्ट्रियबादी अधिकार संघर्ष समितिबीच भएको सहमतिका आधारमा गठन भएको बादी अध्ययन कार्यदलले गरेको सिफारिस तत्काल लागू गर्नुपर्ने, यौन शोषणमा परिएका बादी महिलाहरुको जिविकोपार्जनका लागि थप आय आर्जन र पुनःस्थापना व्यवहारमा लागु गरिनुपर्ने, चालु शान्ति प्रकृया, संविधान निर्माण र राज्यको पुनःसंरचनाको राष्ट्रिय कार्यभार बोकेको ५ बुँदे सहमतिको अक्षरस कार्यान्वयन गरियोस जस्ता ६ बुँदे मागहरु अघि सारेका छन्।

Recent Videos:

Popularity: 5%

Add comment July 10th, 2011

भट्टराईलाई प्रधानमन्त्री बनाउने कुरा भएको छैनः मन्त्री सापकोटा

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, सूचना तथा सन्चार मन्त्री अग्नीप्रसाद सापकोटाले उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र कुरा नभएको दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले नेतृत्वको विषयमा छलफल गर्ने बेला भईनसकेको भन्दै पार्टभित्र कसैलाई पनि आधिकारीक निर्णय गरिनसकेको स्पष्ट पारे। उनले अध्यक्ष प्रचण्डको नेतृत्व गर्ने सोच नभएको स्पष्ट पार्दै उपाध्यक्ष भट्टराई मात्र होईन अर्का उपाध्यक्ष मोहन बैद्य किरणसमेत प्रधानमन्त्री बन्न सक्ने बताए।

सहमतिको सरकारको लागि ठूलो दल भएको नाताले नेतृत्वमा माओवादीको दावी स्वभाविक भए पनि शान्ति र संविधान निर्माणमा इमान्दार हुने हो भने कांग्रेसको नेतृत्व पनि स्वीकार्य हुने उनको तर्क थियो। राष्ट्रिय सहमतिको विकल्प तयार नहुँदा समम प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्दै मन्त्री सापकोटाले अहिले राजिनमा दिए मुलुकमा अन्यौलता हुने दावी गरे।

काग्रेसकै कारण शान्ति प्रक्रियाको काम रोकिएको आरोप लगाउँदै उनले माओवादीले सकारात्मक निर्णय गरेको बेला काँग्रेसले आन्दोलनको घोषणा गर्नुले पनि त्यस्तो आशंका बढेको दावी गरे। बाँकी दिनमा शान्ति प्रक्रिया अगाडि बढाएर संविधानको मस्यौदा लेख्नु पर्नेमा जोड दिदै उनले अहिलेनै संविधानसभाको म्याद थप्नु पर्छ भन्न नैतिकताले नदिने उनले तर्क गरे।

पार्टीभित्रको अर्न्तसंघर्षले शान्ति प्रक्रियालाई कुनै पनि असर नपारेको दावी गर्दै उनले भने-तर जुन तिव्रतामा शान्ति र संविधान निर्माणको काम हुनु पर्दथ्यो त्यो भने हुन सकेको छैन।

Recent Videos:

Popularity: 5%

Add comment July 10th, 2011

भारतको प्रसिद्ध अपोलो अस्पतालको सेवा नेपालमै

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं, लाखौं रुपैया खर्च गरेर भारतसहित विदेशी अस्पतालबाट महंगो सेवा लिईरहेका नेपालीहरुले अब संसारकै प्रसिद्ध अस्पताल अपोलोको सेवा नेपालमै पाउने भएका छन्।
राजधानीको चावहिलमा रहेको ओम हस्पिटल तथा रिर्सच सेन्टरको सहकार्यमा नेपालमा कठिन मानिएका उपचारहरु क्यान्सर, घुँडा प्रत्यारोपण, बोन म्यारो प्रत्यारोपण लगायतका सेवाहरु नेपालमै पाउने भएपछि ती सेवाहरु आम नेपालीको पहुँचमा पुग्ने भएको छ।

अपोलो अस्पतालले नेपालमा हुन उपचार हुन नसक्ने रोगको परिक्षण र सल्लाह टेलिमेडिसिन लगायतका प्रविधिबाट नेपालमै गराउने, दुइ दुइ महिनामा भारतबाट विशेषज्ञहरु आएर नेपालमै उपचार परिक्षण र प्रशिक्षणको काम गर्दै आएको जानकारी दिएको छ।

कठिन रोगको उपचार एक पटक अपोलो अस्पतालमा गरेपछि त्यसपछिको सेवा भने ओम अस्पतालबाटै दिने गरि ब्यवस्था मिलाईएको छ। जसका कारण लाखौ खर्च गरेर विदेश जानु पर्ने विरामीले अब सस्तोमा नेपालमै सेवा पाउने छन्। अपोलोले यो प्रयासलाई कर्पोरेट सोसियल रेस्पोन्सीविलिटी भनेको छ।
अपोलो अस्पतालका घुडा प्रत्यारोपण विशेषज्ञ राजु बैश्याले आफूले नेपाल आएर घुँडा प्रत्यारोप सम्बन्धी सेवा सुरु गरेको जानकारी दिदै त्यसको लागि दुइ दुइ महिनामा आफू नेपाल आउने गरेको बताए। यसबाट नेपाली सर्वसाधारणले कम खर्चमा सेवा पाउने गरेको उनको भनाई थियो।

ओम अस्पतालका डा. हरिकिसोर श्रेष्ठले टेलिमेडिसिन र अपोलो अस्पतालका विशेषज्ञहरुको नियमितको भ्रमणले कठिन भन्दा कठिन रोगको उपचार नेपालमै गराउन पाएकोमा गर्व ब्यक्त गर्दै यसले उपचारको नाममा विदेशिने करोडौ रुपैया बचेको दावी गरे। उनले आम नेपाली विरामीलाई एक पटक नेपालमै रोगको डाईग्नोसिस गरेर मात्रै विदेश जानु पर्ने अवस्थामा मात्रै विदेश जान आग्रह पनि गरे।

Popularity: 5%

Add comment July 10th, 2011

कांग्रेस माओवादी नेतृत्वको सरकारमा जाँदैन– डा.महत

एचकेनेपाल डट कम संवाददाता -
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले नेपाली काङ्ग्रेसको समर्थनमा एनेकपा (माओवादी) नेतृत्वको सरकार बन्ने भन्ने हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ।

साक्षात्कारमा उहाँले एमाओवादी लडाकुको समायोजन, पुनःस्थापन र कब्जा सम्पत्ति फिर्ताजस्ता शान्तिप्रक्रियाका नसुल्झिएका विषयमा ठोस कार्य नभएसम्म एमाओवादी नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस सहभागी हुँदैन भन्नुभयो।

विगतका सम्झौतामा एमाओवादीको कुनै प्रतिबद्धता नदेखिएकाले उसको नेतृत्वमा सरकार बन्ने कुरै आउँदैन भन्दै नेता महतले भन्नुभयो– ‘शान्ति प्रक्रिया यथास्थितिमा छ, कार्यतालिकामा कुनै प्रगति भएको छैन, भदौ १४ गतेअघि नै हतियार राज्यलाई बुझाउने कुरामा एमाओवादी तयार छैन, यस्तो अवस्थामा काङ्ग्रेसलाई एमाओवादीको नेतृत्व स्वीकार हुने कुरै आउँदैन।’

Popularity: 5%

Add comment July 10th, 2011

मृत्युदण्ड हटाउने अभियानसहित विश्व भ्रमणको घोषणा

एचकेनेपाल डट कम संवाददाता -
विश्व शान्ति जनकल्याण सङ्घले विश्वबाट मृत्युदण्ड हटाउने अभियानस्वरूप विश्व शान्ति अभियानको सुरुआत गर्ने घोषणा गरेको छ।
सङ्घले पत्रकार सम्मेलन गरी विश्वबाट मृत्युदण्डको व्यवस्था पूर्णरूपमा नहटेसम्म निरन्तररूपमा सो अभियान सञ्चालन हुने जनाएको छ।

मृत्युदण्ड हटाएको नेपाल र नेपालीले नै यो विश्व अभियानको नेतृत्व लिनुपर्ने आवश्यकता सहित अभियान घोषणा गरिएको भन्दै सङ्घका अध्यक्ष जयन्द्रकुमार राईले यसमा सबै नेपालीहरूलाई सहयोग गर्न आह्वान गरेका छन्।

यसैबीच, सङ्घले राष्ट्र निर्माणको एजेन्डा भन्दै पाँच बुँदासमेत सार्वजनिक गरेको छ।

एजेन्डामा प्रत्येक नागरिकलाई प्रतिदिन रु. एकसय अनिवार्य भत्ता दिनुपर्ने, राष्ट्र निर्माणमा प्रत्येक नागरिकले चारदेखि छ घन्टा काम गर्न पाउनुपर्ने र प्रति घन्टा रु. ३० देखि ५० पारिश्रमिक पाउनुपर्ने, कर्मचारी प्रशासनबाट अस्थायी/स्थायी भन्ने वर्गीकरण हटाएर क्षमताको आधारमा काम गर्ने अवस्था निर्माण गर्नुपर्ने उल्लेख छ।

Popularity: 5%

Add comment July 10th, 2011

बाबुराम प्रधानमन्त्री बन्छन् : प्रकाश

एचकेनेपाल डट कम संवाददाता -
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने बताएका छन्। भट्टराईकै विषयमा सकारात्मक छलफल भैरहेको उनले बताए।

‘हामीले निर्णय गर्दा भट्टराईकै पक्षमा औपचारिक निर्णय गर्छौँ’, उनले आइतबार चितवनमा सञ्चारकर्मीहरुसँग भने।

केन्द्रीय समितिमा लैजाने एजेण्डा तय गर्न बैठक एक साताअघि नै बस्ने भनिए पनि आइतबारका लागि डाकिएको छ।

Popularity: 5%

Add comment July 10th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....