Archive for July 12th, 2011

नेपाल बैंक लिमिटेडको पूँजीबृद्धि गर्न माग

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, नेपाल बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिले नेपाल बैंकको पूँजी बृद्धि गर्न माग गरेका छन्।
रिपोर्टर्स क्लव नेपालमापत्रकार सम्मेलन गर्दै उनीहरुको देशको ठूलो बाणिज्य बैंकलाई सक्षम र सवलबनाउन सरकारले पूँजी बृद्धि गर्नुपर्ने माग गरेका हुन्।

उनीहरुले हरेक वर्षको बजेट बक्तव्यमा पूँजी बृद्धि गर्ने भनिएपनि भाषणमा मात्रै सिमित रहेको आरोप लगाउँदै सरकार, राजनीतिक दलको ध्यानाकर्षण गराएका छन्।

विगत७४ वर्षदेखि बैंकिङ प्रणालीको थालनी गरी जनतालाई बैंकिङ सम्बन्धि ज्ञान दिएर उद्योग र व्यापारको विकास र विस्तार गरी स्वरोजगार बन्न सिकाएको बैंकलाई सरकारले बर्षौ पिच्छे ढाट्ने गरेको आरोप लगाए। उनीहरुले गौरवमयइतिहास बोकेको नेपाल बैंक लिमिटेडमा विगत १० वर्षदेखि सरकारको ४१ प्रतिशत शेयर स्वामित्व रहेर वित्तीय सुधार कार्यक्रम अगाडि बढाए पनि अहिलेसम्म बैंकको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम पूँजीकोष कायम हुन नसक्दा बैंक वित्तीय हिसावले हुन नसकेको गुनासो गरे।

उनीहरुले नेपाल बैंक लिमिटेडलाई वित्तीयहिसावमा सुदृढ नवनाउने हो भने वित्तीय प्रणालीमा ठूलो संकट निम्तिने चेतावनी दिए । उनीहरुले अहिले बैकिङ क्षेत्रको तरलताको संकटलाई टार्नका लागि नेपाल बैंकको हालको अवस्था सुधार गर्न सरकारले गम्भीरतापूर्वक ध्यानदिनुपर्ने बताए।

कार्यक्रममा नेपाल बैंकलाई आवश्यक पर्ने पूँजीकालागिआवश्यक शेयर नेपाल सरकारले खरिद गरी बोलकबोलबाट शेयर बिक्री गर्न सकिने, बैकलाई आवश्यक पर्ने पूँजीकालागि नेपाल सरकारले २ वर्षपछि किस्तावन्दीमा भुक्तानीगर्ने गरी वार्षिक २ करोड दीर्घकालीन ऋणका रुपमा उपलब्ध गराउने र उक्त ऋण बैंकले सरकारलाई व्याजसहित उपलब्ध गराउने, नेपाल वैंकलाई आवश्यक चुक्तापूँजी २ अर्व सरकारले शेयर खरीद गर्ने र बाँकी रकम बैंकलाई दिर्घकालीन ऋण पूँजीप्रयोजनका लागि नेपाल सरकारले उपलब्ध गराउने जस्ता विकल्प पेश गरेका छन्।

Recent Videos:

Popularity: 5%

Add comment July 12th, 2011

बस्तु बजारलाई प्रोत्साहनगर्न एक्सीस कर्पोरेट अवार्ड २०११ हुने

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, नेपालमा दैनिक झण्डै ४ अबै रुपैयाको कारोवार गर्ने बस्तु बजारलाई प्रवर्दन र उत्प्रेरित गर्ने उद्धेश्यले एक्सीस कर्पोरेट अवार्ड २०११ को आयोजना हुने भएको छ।
एक्सीस बुकिङग सोलुसन प्रालिले बस्तु बजारका कर्पोरेट लिडरहरुलाई सम्मान गर्दै बस्तु बजारको विकासको विकासलागी सो अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो।

आयोजक संस्थाले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी असार ३१ गते शुक्रवार राजधानीको होटल र्र्याडिसनमा समारोह आयोजना गर्ने जानकारी दिएको छ।

नेपालमा रहेका ७५ बढी बस्तु बजार संबद्ध सस्थाहरु मध्येबाट तीन विद्यामा उत्कृष्ट संस्थाका सञ्चालकहरुलाई सम्मान गर्न लागिएको आयोजक संस्थाका प्रवन्धक दिपक ठकुरी शाहले जानकारी दिए।

उत्कृष्टहरुलाई बेष्ट कर्पोरेट लिडर इन कम्लीएन्स, इमर्जिङ कर्पोरेट लिडर र बेस्ट कर्पोरेट लिडर्र इन मेनेजमेन्ट अफ दि इयर विद्यामा सम्मान गरिने छ। पहिलो पटक हुन लागेको यस्तो सम्मानले ठूलो परिणाममा कारोवार हुने भएपनि बाहिर आउनन सकेको यो क्षेत्रको विकासमा मद्दत गर्ने विश्वास आयोजकको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 12th, 2011

बान्तावा भाषाको ८ कृतिहरूको संयुक्त विमोचन सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, बान्तावा भाषाको ८ वटा कृतिहरूको संयुक्त विमोचन भाषाविज्ञ प्रा. डा. नोवल किशोर राई र पूर्व माननीय भुइँदल राईद्धारा सम्पन्न भएको छ।
असार २७ गते काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो। विमोचित कृतिहरूमा श्यामराज राई र पदम राईद्धारा संकलित ‘सेमुना साकेन्वा लाकछाम’ (गीतिसङ्ग्रह), रविन्द्र दिखुक्पा राईको ‘कोङपि’ (गीतिक्यासेट) र ‘बिबिलिम्मा’ (गजलसङ्ग्रह), असीम बान्तावाको गजलसङ्ग्रह ‘नुलाम’, रामचन्द्र राजालिम राईको गजलसङ्ग्रह ‘किप्माखा’ रहेका छन्। त्यस्तै, लक्ष्मी राईको ‘आन्को सायाछुक’ (कवितासङ्ग्रह), आन्को राईको ‘आन्केन्का’ (कवितासङ्ग्रह) र जिडी राईको ‘दोयङला’ (उखानटुक्का) रहेका छन्। बान्तावा भाषाको इतिहासमा यत्ति धेरै कृतिहरू एकैपटक प्रकाशित र विमोचित भएको सम्भवत पहिलो हो।

बुङ्वाखा मासिकको हिरक अंक (७५) प्रकाशनको अवसर पारेर आयोजना गरिएको आयोजक संस्था ‘बान्तावा अनुसन्धान प्रतिष्ठान’को अध्यक्ष पदम राईले बताए।

प्रमुख अतिथि प्रा.डा. नोवल किशोर राईले ‘यो क्षण बान्तावाभाषीहरूको सुखद दिन’ भएको र यो अवसरमा आफू ज्यादै हर्षित रहेको बताए। भुइँदल राईले पुस्तक लेखन, प्रकाशन र वितरणमा हाम्रो पहुँच बनाउनुपर्ने बताए।

‘सेमुना साकेन्वा लाकछाम’को पुस्तकमाथि टिप्पणी गर्दै चन्द्रकुमार हतुवालीले भने- ‘बान्तावा भाषामा गीत गाउन छोडिरहेको अवस्थामा यो कृति आउनु ठूलो कुरो हो।’

रेडियोकर्मी श्यामराज दुब्देङहाङ राईले आफूले १५ वर्षुम्म संकलन गरेको काम कृतिको रूपमा ल्याउन पाउँदा ज्यादै हर्षित भएको कुरा बताए।
र्सजकहरूले आ-आफ्ना कृतिहरूबाट गीत, गजल र कविताहरू सुनाएका थिए ।

Popularity: 5%

Add comment July 12th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....