Archive for July 13th, 2011

खम्बुवान बन्दले पूर्वका १२ जिल्ला ठप्प, ४ स्थानमा शक्तिशाली बम

शेर्पा वर्ल्ड/ एचकेनेपाल डट कम-
धरान, खम्बुवान स्वायत्त गणराज्य स्थापना गर्न केही महिनादेखि भूमिगत भएर सशस्त्र विद्रोहमा उत्रिएको एक संगठनले बुधवार पूर्वका १२ जिल्ला बन्द गरेको छ।
बन्दले पूर्वाञ्चल बिहानै ठप्प रहेका छन्। बन्दका क्रममा पूर्वञ्चालका बिभिन्न चार स्थानमा शक्तिशाली प्रेसर कुकर बम भेटिएका छन्। आफ्नो मागप्रति सरकारले वेवास्ता गरेमा अझ कडा संघर्षहरु लगातर गर्दै जाने एक कार्यकर्ताले बताए।

Recent Videos:

Popularity: 5%

Add comment July 13th, 2011

चितवनमा गोली चल्यो

एचकेनेपाल डट कम संवाददाता -
चितवन, सडक दुर्घटनामा मरेकालाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आज बिहान स्थानीय बासिन्दाले बन्द गरेको पूर्व पश्चिम राजमार्ग खुलाउने क्रममा पूर्वी चितवनको खैरहनीमा गोली चलेको छ।
गोली खुट्टामा लागेर एक जना घाइते भएका छ्न्। उनको भरतपुरको मेडिकल कलेजमा उपचार हुँदैछ। उनी खतरामुक्त रहेको बताइएको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 13th, 2011

माओवादी बैठक फेरि स्थगित

एचकेनेपाल डट कम संवाददाता -
तयारी नपुगेको भन्दै केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक एजेन्डा निश्चित गर्न नसक्दा एनेकपा (माओवादी)को केन्द्रीय समिति बैठक आज पनि बस्न सकेन।

बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने भनिएको केन्द्रीय समिति बैठकका लागि आज स्थायी समिति बैठक बसी आन्तरिक विवाद समाधान गर्ने उपाय तय गर्ने बताइएको थियो।

स्थायी समिति बैठक अपराह्न ३ बजे बस्नेछ।

पार्टीमा उत्पन्न आन्तरिक विवादका कारण यही असार ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक आजसम्म बस्न सकेको छैन।

आइतबार बसेको स्थायी समिति बैठकले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो। बुधबार पहिले स्थायी समिति बैठक बसी पछि केन्द्रीय समिति बैठक बस्ने बताइएको थियो।

Popularity: 5%

Add comment July 13th, 2011

गोर्खा बिरुद्ध एमओडीद्धारा भाडामा मान्छे परिचालनः राई

राजेश राई/ एचकेनेपाल डट कम
काठमाडौं, गोरखा भुतपूर्व सैनिक सघं (गेसो)का कार्यवाहक सभापति कृष्णकुमार राईले गोर्खाहरुमाथि बेलायतले गरेका सबै खालका बिभेद र अन्याय अन्त्य नगरेसम्म गोर्खा आन्दोलन जारी रहने बताएका छन्। उनले भने, ‘जबसम्म कुनै न कुनै खालका बिभेद रहन्छ, तबसम्म हामी गोर्खाहरुको पक्षमा निरन्तर आन्दोलन जारी राख्छौ।’

कार्यक्रमलाई सम्बोधन गदै कार्यवाहक सभापति राई। तस्बीरः राजेश राई/ एचकेनेपाल डट कम

गेसोको २१ औ स्थापनाको दिवसमा राजधानीमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति राईले पहिलो र दोस्रो विश्ययुद्धमा मारिएका ६० हजारभन्दा बढी गोर्खा सैनिक र तिनका परिवारलाई बेलायतले अहिलेसम्म कुनै सहयोग नगरेको जानकारी दिए। ती ६० हजारभन्दा बढी गोर्खा सैनिकहरुको रगत र पसिनाको मुल्य मागिने बताए। ‘६० हजारभन्दा बढी हाम्रा पूर्खाहरुको रगत र पसिना बेलायतसंग माग्नेछौ, यदि दिएन भने संसारका न्यायप्रेमी जनताको साथ लिएर हामी बेलायतबिरुद्ध नयाँ आन्दोलन सुरु गछौ’ उनको भनाई थियो । उनले बेलायतका रक्षामन्त्रालय (एमओडी)ले केही गोर्खाहरुलाई नै पैसा दिएर गोर्खा आन्दोलन भाड्न लगाएको दाबी समेत गरे। ‘एमओडीले भाडाका मान्छे परिचालन गरेर गोर्खाहरुको आन्दोलनबिरुद्ध षड्यन्त्र गरीरहेको छ । केही गोर्खा भनाउंदाहरु एमओडीका पैसा खाएर गोर्खा आन्दोलनबाट प्राप्त उपलब्धीलाई समेत तुहाउंन लागेका छन्’ उनले भने, ‘तर हामी एमओडी र उनका भाडाका मान्छेको षड्यन्त्रलाई निस्तेज पारेर छोड्छौं।’ उनले आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाको लागि गेसो सधै चनाखो रहने बताए।

कार्यावाहक सभापति राईले भारतीय टिकेन्द्रदल देवानले गोर्खाको नाममा संगठन खोलेर गोर्खाहरुको विचमा भ्रम र बिभाजनको खेती गरीरहेको दाबी गरे। ‘एमओडीको निर्देशनमा एमओडीको कर्मचारी भारतीय नागरिक टिकेन्द्रदल देवानले गोर्खाहरुको नाममा संगठन खोलेका छन्, एमओडीले गोर्खाहरुको विचमा बिभाजन गराउन लाखौ पैसा दिएर देवानलाई परिचालन गरेका हुन्’ उनले भने, ‘देवानको नशा-नशामा भारतीय र बेलायती रगत दौडिएको छ, यस्ता मान्छेले गोर्खाहरुको हित गर्छ भनेर विश्वास गर्नु मुर्खता बाहेक अरु केही होईन।’ उनले एमओडीका कर्मचारीले कहिल्यै पनि गोर्खाको पक्षमा काम गर्न नसक्ने दाबी गरे । ‘भारतीय नागरिक र एमओडीका कर्मचारीले गोर्खाको पक्षमा काम गर्छ?’ उनको प्रश्न थियो। उनले विगतमा गोर्खा आन्दोलन बेला देवान लगायतले आन्दोलन तुहाउन गरेको षड्यन्त्रको स्मरण गदै भने, ‘हिजो आन्दोलनको दौरानमा आन्दोलन तुहाउन बेलायती दरबारमा बसेर अनेक जालझेल गर्नले आज, गोर्खाहरुको पक्षमा आन्दोलन गर्छु भन्नु एकदमै हास्यस्पद र आर्श्चर्यजक बिषय हो ।’ एमओडीको निर्देशनमा गोरखाबिरुद्ध षड्यन्त्र जारी राखे कडा प्रतिवाद गरिने समेत उनले चेतावनी दिए।

कार्यक्रममा गेसोका कोषाध्यक्ष जितबहादुर राईले गेसोले स्थापना कालदेखि हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले विश्वयुद्ध ताका मारिएका भूतपूर्व सैनिकहरुको सम्झनामा स्याङजाको फेदीखाला-८ मा रहेको १ सय १३ रोपनी जग्गामा गोरखा स्मारक बनाउन लागेको जानकारी समेत दिए। ‘आफ्नो देश बचाउन लडिदिने ६० हजारभन्दा बढी गोरखा सैनिक र तिनका परिवालाई बेलायतले अपमान भन्दा अरु केही गरेन’ उनले भने, ‘हामी तिनै पूखाहरुको सम्झनामा स्मारक बनाउंन लागिरहेका छौ ।’ एमओडीबाट सञ्चालित केही भाडाका मान्छेहरुले यो अभियानबिरुद्ध पनि षड्यन्त्र गरिरहेको दाबी गदै उनले जतिसुकै षड्यन्त्र भएपनि निमार्ण गरेर छोड्ने बताए । ‘स्मारक बन्न नदिन भाडाका मान्छेहरुले षड्यन्त्र गरिरहेका छन् । तर, हामी कहिल्यै हार्न जानेका छैनौं, यो अभियानमा विजय प्राप्त गरेर छाड्छौं’ उनको भनाई थियो।

गेसोका बुद्धिजीवी एवं वरिष्ठ श्यामलले गोरखा स्मारक संसारभरको लागि आकर्षण केन्द्र बन्ने बताए । ‘गोरखा स्मारक संसारभरका मान्छेहरुका लागि आकर्षणको केन्द्र बन्नेछ’ उनले भने । गेसोका केन्द्रीय सदस्य नौराज राईले एमाओडीबाट सञ्चालित भाडाका मान्छेहरुले गेसो आन्दोलनलाई केही गर्न नसक्ने बताए। ‘हाम्रा साथमा संसारभरका न्यायप्रेमी जनता छन्, एमओडी र उनका भाडाका मान्छेले हाम्रो आन्दोलनलाई केही गर्न सक्दैन’ उनले भने । यसैविच गेसोको स्थापना दिवसको अवसरमा विश्वभरकीका बिभिन्न देशमा भव्य कार्यक्रम भएको छ।

Popularity: 5%

1 comment July 13th, 2011

आयरल्याण्डमा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
डब्लिन, नेपालको पर्यटन प्रबर्द्धनका लागि नेपाली दूतावास लण्डनले गणतान्त्रिक आयरल्याण्डको राजधानी डब्लीनमा एक कार्यक्रमको आयोजना गरेको छ। पर्यटन बर्ष२०११ लाई सफल बनाउन आयरल्याण्डको राजधानीमा भएको यो पहिलो कार्यक्रम हो।

होटल हिल्टनमा भएको कार्यक्रममा सयौ आइरीश जनताहरु सहभागी भएका थिए। मुख्य अथितिको रुपमा डब्लिन शहरका लर्ड मेयर एण्ड्रु मोन्टागु उपस्थित थिए। उनी राष्ट्रपति तथा प्रधानमन्त्री पछिको तेश्रो महत्वपूर्ण व्यक्ति हुन्। त्यस्तै कार्यक्रममा संसदका वरिष्ठ सदस्य जोन्ना टफी, फिन्गल काउन्टी काउन्सिलका मेयर जेरी म्याक्गुइर, आयरल्याण्डका लागि भारतीय राजदूत पी एस राघबन, पूर्व लर्ड मेयर कर्नेल इमर कोस्टेलो, र कर्नेल इमोन टफीको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै बेलायत तथा आयरल्याण्डका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले नेपालमा पर्यटन सम्भाव्यताका बारेमा जानकारी दिनुभएको थियो । अमेरिकन तथा युरोपियन पर्यटकहरुका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताउंदै डा. चालिसेले भ्रमण गर्न आग्रह गर्नुभयो। उहांले छोटो भ्रमण गर्न चाहने पर्यटकहरुलाई नेपाल महत्वपूर्ण गन्तव्य भएको समेत बताउनुभयो । नेपालका पर्यटन क्षेत्रहरु हवाई तथा रोड संजालभित्र रहेको जिकीर गर्दै राजदूत चालिसेले साहसिक, मनोरञ्जन तथा खोज पर्यटनका लागि महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा लर्ड मेयर एण्ड्रु मोन्टागुले नेपाल आयरल्याण्ड सम्बन्ध आउंदा दिनमा अझ प्रगाढ हुने विश्वास लिनुभयो । आर्थिक साझेदार लगायतका थुप्रै विषयमा दुइ देश नजिक हुन सक्ने उहांको भनाई थियो। सो अवसरमा भारतीय राजदूत पी एस राघबन, कर्नेल इमोन टफी लगायतले पर्यटकहरुका लागि नेपाल अत्यन्त सुन्दर देश रहेको बताउनुभयो।

नेपाल आयरल्याण्ड समाजले संयोजन गरेको कार्यक्रममा समाजका अध्यक्ष दिपेशमान शाक्य र महासचिव गंगाराम कंडेलले विशेष भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रममा नेपाली दूतावासका प्रशान्त कुंबरले नेपालका पर्यटन क्षेत्र समेटिएको बृत्रचित्र भिडियो मार्फत देखाउनुभयो । नेपाली राष्ट्रिय गीतबाट शुरु गरिएको कार्यक्रमको अन्त्यमा उपस्थित आइरीश जनताले नेपाली खानाको स्वाद लिएका थिए।

यसैबीच, राजदूत चालिसे आइतबार आयरल्याण्डका उपप्रधान एवं परराष्ट्र मन्त्री इमोन गिलमोरसंग भेट गर्नुभयो। उहांहरुबीचको भेटमा दुइपक्षीय हितका विषयमा छलफल भएको थियो । राजदूत चालिसेले परराष्ट्र मन्त्रालयका एसिया निर्देशक माइकल फोर्ब्ससंग पनि मन्त्रालयमा भेट गर्नुभएको थियो । बेलायत फर्कनुअघि राजदूत चालिसेले आयरल्याण्डमा बसोबास गर्ने नेपाली समुदायसंग छलफल गर्नुभएको बताइएको छ।

Popularity: 5%

Add comment July 13th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....