Archive for July 16th, 2011

विजयाश्रीको ‘वरदानका अनुभूति’

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, कवयित्री विजयाश्रीको कवितासङ्ग्रह ‘वरदानका अनुभूति’को शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काईंलाद्वारा लोकार्पण गरिएको छ।
डा.वसन्त पन्तद्वारा सञ्चालित कार्यक्रममा अन्नपूर्ण न्युरो अस्पतालका सम्बन्धमा विजयाश्रीले लेखेको कवितामाथिको श्रव्यदृष्यसमेत प्रस्तुत गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयको वनस्पति विज्ञानमा प्राध्यापन गर्ने कवयित्री डा.विजया पन्तको आहृवानमा गमलाको फूलमा पानी हालेर ‘प्रकृतिको रक्षा गरौं’ भन्ने भाव अभिव्यक्त गदै समारोहको आरम्भ गरिएको थियो। सो समारोहमा बालकलाकार सुश्री निहारिकाले कथ्थक नृत्यसमेत प्रस्तुत गरेकी थिइन्।

सोही अवसरमा अन्नपूर्ण न्यूरो अस्पतालका अध्यक्ष डा.वसन्त पन्तले अस्पतालमा साहित्य, कला, संस्कृति, खेलकुद् आदि क्षेत्रका प्रतिभालाई स्वास्थ्योपचारका लागि निशुल्क एउटा शैया प्रदान गर्ने घोषणा गरेका छन्।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्वमा सञ्चालित समारोहमा प्रा.डा.उषा ठाकुर, नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, डा. सरोज धिताल, गीताकेशरीलगायतले बोलेका थिए।

‘वरदानका अनुभूति’ नइ प्रकाशनको ७६ औं कृति हो।

Recent Videos:

Popularity: 5%

Add comment July 16th, 2011

स्व. गायक अरुण थापाको स्मृतिमा कविता प्रतियोगिता गरिने

रूद्र श्रीस मगर/ एचकेनेपाल डट कम-
पोखरा, नेपाल मगर विद्यार्थी संघ कास्कीले नेपाली सुगम संगीतका सुप्रसिद्ध गायक स्व. अरुण थापाको स्मृति दिवसका अवसरमा नेपाली भाषाको कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
यही साउन ५ गते बिहीबार आयोजना गरिने उक्त प्रतियोगितामा भाग लिनका लागि संघले सम्पूर्ण साहित्य तथा संगीतप्रेमी मगर विद्यार्थीहरूलाई आव्हान समेत गरेको छ।

गायक अरुण थापा र मगर जातिसँग सम्बन्धित विषयवस्तुलाई आ-आफ्ना कवितामा समेट्नुपर्ने संघले जनाएको छ। नेपाल मगर संघ कास्कीको सभाहलमा आयोजना हुने कार्यक्रममा कविता प्रतियोगिताका साथै विविध सांस्कृतिक कार्यक्रम समेत राखिएको संघका अध्यक्ष विनोद रखालीले जानकारी दिनुभयो। अरुण थापाका कालजयी गीतहरू कलाकारहरूमार्फत प्रस्तुत गरिने रखालीले बताउनुभयो।

प्रथम अलिमियाँ लोकतारा स्मृति पुन, प्रथम विग आइकन गगन पुनलगायतका अन्य स्थानीय कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुति राख्ने समेत संघले जनाएको छ। राज्यले स्रष्टाहरूलाई उचित सम्मान दिन नसकेका कारण नै आफूहरूले सो कार्यक्रम गर्न लागेको संघका सचिव गम्भीरराज रानाले बताउनुभयो।

Recent Videos:

Popularity: 5%

Add comment July 16th, 2011

बैद्धिक साम्यवाद स्थापना गर्ने उद्धेश्यसहित नयाँ पार्टी गठन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, हिन्दुत्वको जगमा मुलुकका प्रजातान्त्रिक शासन ब्यवस्थासहित शान्ति र सुशासन स्थापना गर्दै बैद्धिक साम्यबाद स्थापना गर्ने उद्धेश्यसहित राष्ट्रिय शिव सेना पार्टी नामको नयाँ पार्टी गठन भएको छ।

शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो नयाँ पार्टी घोषणा गरिएको हो। हिन्दु सभ्यताको आधुनिकीकरणबाट नै नेपाल र नेपालीपन झल्किने हुँदा वैभवशाली हिन्दू सभ्यताको जगमा टेकेर सुशासन, शान्ति र सदभाव तथा प्रजातान्त्रिक तथा प्रजातान्त्रीक पद्धतिको सिद्धान्त अंगिकार गरी बैदिक साम्यबाद अर्थात रामराज्यको परिकल्पना र स्थापना गर्न पार्टीको गठन गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विक्रमबहादुर थापाले जानकारी दिए।

उनले विभिन्न नाममा भत्काईएको मुलुकको इतिहास, धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन र पुनः स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको भन्दै राजतन्त्र र हिन्दुत्वसहितको प्रजातन्त्र स्थापना गर्नु पर्नेमा जोड दिए।

सो पार्टी अनमिनद्धारा अयोग्य प्रमाणित लडाकुलाई योग्य नेपालीका छोराको संज्ञा दिदै उनीहरुलाई मुलुक निर्माणमा हातमा हात मिलाएर अगाडि बढ्न आफ्नो पार्टीमा आएर लाग्न आब्हान पनि गरे।

नव गठित पार्टी र्सवप्रथम हामी नेपाली हौ तर त्यसभन्दा पहिले हामी हिन्दू हौ भन्ने नारा अगाडि सारेर हिन्दू राष्ट्र स्थापनामा अभियान चलाउने स्पष्ट पारेको छ।

मुलुकको अवस्था अहिले अत्यन्तै जटिल र विखण्डित अवस्थामा रहेको भन्दै मुलुकलाई अखण्ड र समस्याबाट माथि उकास्न आफूहरु अग्रसर हुँदै पार्टी स्थापना गरेको सो पार्टीका बरिष्ठ नेता सूर्यप्रसाद बमले बताए।

उनले हिन्दू धर्म र राजतन्त्र पुनर्स्थापना नभई मुलुक अगाडि बढ्न नसक्ने भन्दै बैभवशाली गाथा बोकेको तपोभूमि नेपालको इतिहास, सम्यता र पहिचान नष्ट गरेर कुनै बाद लादेर स्वर्ग जस्तो मुलुकलाई बर्बाद पार्न नदिने चेतावनी दिए।

महामन्त्री निरकुमार सम्बाहाम्फेले दलहरुको कारण नेपाल र नेपाली अस्तित्व रक्षा गर्नु पर्ने अवस्थामा पुगेको भन्दै मुलुकलाई राजनीतिक दल, विखण्डन , विदेशीको कुदृष्टिबाट बचाउन नयाँ राष्ट्रबादी पार्टीको गठन गर्नु परेको बताए । उनले मुलुकलाई विखण्डन गरेर आफ्नो कुर्सि जोगाउन दलहरु लागेको आरो पनि लगाए।

विक्रमबहादुर बमको अध्यक्षतामा गठित पार्टीका बरिष्ठ नेता सूर्यप्रसाद प्रसाई, बरिष्ठ उपाध्यक्ष शान्त बस्नेत, महामन्त्रीहरु निरकुमार सम्बाहाम्फे, राम प्रवोध शाह, सदशन नेपाली, टेकराज पनेरुसहमहामन्त्री सदिप जङग शाह, जगत जेठार र कमल पौडेल, कोषाध्यक्ष होमनाथ भण्डारी, सह कोषाध्यक्ष सीमा खड्का, प्रवक्ता राजेन्द्र बहादुर चन्द र सहप्रवक्ता अतिउत्तम बुढा सहित ३४ सदस्यीय केन्द्रीय कमिटि गठन गरिएको छ।

Popularity: 5%

Add comment July 16th, 2011

जिविस भवनमा बम

एचकेनेपाल डट कम संवाददाता-
सिरहा, जिल्ला विकास समिति सिरहामा शुक्रवार राति प्रेसर कुकुर बम फेला फरेको छ।

कालो प्लास्टिकले छोपेर स्थानीय विकास अधिकारी बस्ने कार्यालय भवनको दक्षिणपट्टि राखिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ।

प्रेसर कुकर फेला परेपछि बम डिस्पोजल टिमले शनिवार विहानमात्र निष्क्रिय पारेको छ।

यसैबीच, घटनाको जिम्मा लिदै आफूहरूले बम राखेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति) समूहका पूर्वी सैन्य कमाण्डर जय मुक्तिले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन्। सरकारसंग वार्तामा बसेको उक्त समूहले सरकारले आफूहरूको सहमति पूरा नगरेकोले दवाव दिन बम राखिएको जनाएको छ।

Popularity: 5%

Add comment July 16th, 2011

सुधारगृहबाटै ७ बालक फरार

एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, विभिन्न अपराधमा फक्राउ परेका सात जना बालकहरू शनिवार भक्तपुरको ठिमीस्थित बालसुधार गृहबाट फरार भएका छन्।

अवधि पुगेर सम्बन्धित आफन्तजनलाई बुझाउनुअघि नै उनीहरू फरार भएको सुधार गृहले जनाएको छ। युसेफ नामक संस्थाले उनीहरूलाई सुधारका लागि सुधार गृहमा राखिएको थियो। अदालतले तोकेको अवधि पूरा गरेको हुनाले उनीहरूको पुनः खोजी गरी सजाय तोक्नु नपर्ने प्रहरी वृत्त ठिमीले जनाएको छ।

Popularity: 5%

Add comment July 16th, 2011

सेभेन-ए-साइड फुटबल प्रतियोगिता सुरु

प्रेमनारायण न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, योङस्टार फुटबल कलब लेखनाथ विजयपुरको आयोजनामा शुक्रबारदेखि भवानीकालिका उमाविको प्राङ्गणमा स्काई सूज फस्ट बादल स्मृति सेभेन-ए-साइड फुटबल प्रतियोगिता सुरु भएको छ।
उद्घाटन खेलमा आयोजक योङस्टार फुटबल क्लब ए’ ले नयाँबजार युथ क्लबलाई २-१ ले पराजित गर्‍यो। निर्धारित २०-२० मिनेटको खेलमा आयोजक ए’ का लागि खेलको १२ मिनेटमा सुन्दर गुरुङले पहिलो गोल गरेका थिए भने त्यसको एक मिनेटमै नयाँबजार युथ क्लबका पूरन गुरुङले बराबरी गोल गरेका थिए।

दोस्रो हाफको सात मिनेटमा आयोजकका सुन्दर गुरुङले निर्णायक गोल गरे। सुक्मित र बादलको तस्विरमा पुष्पार्पण गरेर सुरुवात भएको सो प्रतियोगिता अर्न्तर्गत शनिबार मुस्लिम क्लब र एलजी क्लबबीच पहिलो खेल हुने छ।

साउन ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ४० टीमको सहभागिता रहेको छ।

प्रतियोगितामा विजेता टीमलाई नगद २० हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी तथा अनुशासित टीमलाई पनि पुरस्कार प्रदान गरिने क्लबका सचिव एवं खेल संयोजक अमृत श्रेष्ठले जानकारी दिए।

प्रमुख अतिथि अमर ग्रुप अफ कम्पनीजका निर्देशक अमर सापकोटाले रेफ्री सन्तोष गुरुङलाई बल हस्तान्तरण गरेर सुरु भएको सो प्रतियोगिताको मुख्य प्रायोजकमा स्काई सूज र सहप्रायोजकमा भगवती हाइड्रोपावर रहेका छन्।

जितु गुरुङ र नरेन गुरुङको विशेष सहयोग रहेको सो कार्यक्रममा प्रमुख अतिथि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख यादवराज खनाल, अन्नपूर्ण युथ क्लबका अध्यक्ष सुमन रानामगरलगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए।

क्लबका अध्यक्ष सुवर्ण बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सुजन बरुवालले स्वागत मन्तव्य तथा सचिव अमृत श्रेष्ठले सञ्चालन गरेका थिए।

Popularity: 5%

Add comment July 16th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....