Archive for July 17th, 2011

कन्चटमा गोली हानी आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
सुर्खेत, कारगारमा खटिएका एक प्रहरी जवानले आइतवार साँझ कन्चटमा गोली हानी आत्महत्या गरेका छन्।

गोली प्रहार गरी आत्महत्या गर्ने प्रहरी जवान खलंगा-३ रुकुमका गुमानसिंह थापा हुन्। उनले कोतगार्डमा रहेको चाइनीज पेस्तोल ७.६२ प्रयोग गरी साँझ ५ वजेर ५० मिनेटमा आत्महत्या गरेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जनाएका छन्।

उनको आत्महत्याको कारण थाहा हुन सकेको छैन। मंगलवार जेल ब्रेक गरी कैदी फरार भएपछि मात्र उनी त्यहाँ खटाइएका थिए। त्यसअघि उनी बांगेसिमलमा काजमा थिए। उनको शव पोष्टमार्टमको लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 17th, 2011

रोंधी प्रथालाई जापानमा निरन्तरता दिने

कुमार तमु/ एचकेनेपाल डट कम-
टोक्यो जापान, गुरुङ जातिहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधि प्रथालाई जोगाइ राख्न तमु धिं जापानले हरेक बर्ष गर्दै आइरहेको रोंधि साँझ यस पटक पनि भव्य रूपले गर्नेतयारी भइरहेको छ।

१५ औ रोंधि साँझ कार्यक्रमका संयोजक भिम तमुले यस बर्षको रोंधि साँझ कार्यक्रमलाई बिबिध सांस्कृतिक कार्यक्रमका साथ सालैजो,कौडा,तथा लोक नृत्यहरुको समाबेश गरि रोंधि प्रथा झल्कने किसिमले सम्पूर्ण तयारी भइसकेको बताउनु भयो।

चिवाकेनको इचिकवामास्थित धुसेनी मुरा रेष्टुरेण्टको हलमा जुलाई १७ तारिख भएको कार्यक्रममा पोखरा निवासी र हाल तमु धिं जापान कार्य समितिका सक्रिय सदस्य कर्ण तमु जीवन संगिनी बिष्णु तमुसंग बैवाहिक सम्बन्धमा बाधिनु भएकोमा उहाँहरुको सफल दाम्पत्य जीवनको शुभकामनासहित धिंका अध्यक्ष याम तमु, उपाधयक्षद्वय हर्क तमु, भिम तमु, सल्लाहकारद्वय ओमप्रकाश तमु, ओम तमु र कार्यसमितिका सम्पूर्ण सदस्यहरुले दुवै जनालाई खादा लगाई सफल दाम्पत्य जीवनको कामना व्यक्त गरेका थिए। धिंका उपाध्यक्ष हर्क तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कुमार तमुले गर्नु भएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 17th, 2011

७० लाख धरौटी बुझाउन नसकेपछि एसएसपी खड्कालाई जेल चलान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, सुडान घोटालाका आरोपी एसएसपी श्यामबहादुर खड्कालाई आइतवार जेल चलान गरिएको छ।
विशेष अदालतले तोकेको ७० लाख धरौटी बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो।

यसअघि, अदातलले तोकेको ५ करोड धरौटी तिर्न नसक्दा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई जेल चलान गरिएको थियो। त्यस्तै, सुडान घोटालाका अन्य आरोपीहरू डिएसपी दिनेश केसीले ३५ लाख र पूर्व आईजीपी दीपेन्द्रबहादुर विष्टले एक करोड रुपैयाँ धरौटी तिरेपछि दुबै जेलबाट छुटेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूमाथि २८ करोड ८१ लाख ६१ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग छ।

Popularity: 5%

Add comment July 17th, 2011

छोरी भगाउने युवकलाई खलास गर्ने उर्दी

राजकुमार राम, लाहान/एचकेनेपाल डट कम -
दलित जनजाति पार्टीका अध्यक्ष तथा उदण्ड सभासद विश्वेन्द्र पासवानकी १८ वर्षीया छोरी विद्यासिँह पार्टी कार्यालयका पिएन सप्तरी शम्भुनाथ-४ का २२ वर्षीय युवक राजलाल खत्वेसँग आइतबार दिन भागेको समाचार छ।
संसद अवरोध गरेका कारण मार्शल लगाएर हटाई निलम्बन गरिएका सभासद विश्वेन्द्र पार्टीको कार्यक्रम भनी मधेसतिर अल्मलिएका बखत गौशाला पिंगलास्थानस्थित एक बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत १८ वर्षिय विद्यासिँह आफ्ना प्रेमी खत्वेसँग भागेकी हुन्। सिरहा मिर्चैया रामनगर-५ स्थित एक बोर्डिङ स्कूलमा पटक- पटक फेल भई १८ वर्षको उमेरमा मुस्किलले ८ कक्षामा पुगेकी पासवानकी छोरी आफूभन्दा तल्लो जातको केटासँग भागेकी हुन्।

उद्देग लाग्दो कुरा के छ भने आफूलाई दलितको नेता भन्दै जातीय समानताका लागि संसदमा मात्र नभई सर्वत्र आवाज उठाउने सभासद पासवानले आफूभन्दा सानो जातको र आफ्नै अफिसमा काम गर्ने केटोले छोरी भगाएर इज्जत फालिदिएको भन्दै आक्रोशित हुँदै पासवानले आफ्ना बफादार केन्द्रीय सदस्य सर्लाहीका राधेश्याम पासवान र सप्तरीका जगजीवन राममार्फत् ज्वाइँ राजलाल खत्वेलाई जहाँ भेटायो त्यहीँ खलास गर्नू। अन्यथा म राजनीति नै छोडिदिन्छु भन्दै धम्कीपूर्ण उर्दी जारी गरेका छन्। उनको यो उर्दी सुनेर ज्वाइँ राजलाल खत्वे आफ्नी प्राणभन्दा प्यारी श्रीमती विद्या र आफ्नो प्राण रक्षाका लागि काठमाडौंमा रहेका आफ्ना मजदुर साथीहरुको डेरामा लुकेर बसेका छन्।

सभासद पासवानले छोरी र भगाउने केटालाई खलास गर्न बफादार केन्द्रीय सदस्यहरु मार्फत् २ लाख रुपैयाँ दिई २० जना मधेससम्बद्ध भूमिगत गिरोहका कार्यकर्ता काठमाडौंका होटेल-लज तथा मजदुरहरुका डेरामा विगत केही दिनदेखि छापा मार्न पठाएको कुरा नाम नबताउने शर्तमा पार्टीका एकजना कार्यकर्ताले बताएका छन्।

विश्वेन्द्र पासवान ज्वाइँ राजलाल खत्वे प्रेम-विवाह गर्नु कुनै अपराध नभएको बताउने राजलाल खत्वेले आफ्ना उदण्ड पागल एवं अपराधी मनोवृत्तिका ससुरा विश्वेन्द्र पासवान संसदमा समेत कुर्शी -टेबल तोड्न कपडा च्यात्न र मान्छे उठाएर झ्यालबाट फ्याँक्न पछि नपर्नेले म जस्तो गरिब निमुखा र सानो जातको व्यक्तिलाई के बाँकी राख्लान् र भन्दै आफ्नो प्राण रक्षाका लागि सबैसँग अपिल गर्दै पत्रकार सम्मेलन गरी सार्वजनिक हुन चाहेको र आफ्नो र आफ्नी श्रीमती विद्याको कहीँ कतै हत्या भए वा घटना घटेमा त्यस्को सम्पूर्ण जिम्मेवारी सभासद ससुरा विश्वेन्द्र पासवानको हुने बताएको सम्बद्ध स्रोतले बताएको छ।

विश्वेन्द्रका ज्वाइँ राजलाल खत्वेको परिवारसँग सम्पर्क गर्न खोज्दा निजकी आमा र दिदीलाई यो कुरा बाहिर गरे ठीक हुने छैन र बहुत ठूलो क्षति ब्यहोर्नुपर्ने छ भनी धम्की दिइएको दाजु पर्ने चन्द्रलाल खत्वेले बताउँदै भाई राजलाल खत्वेको प्राण जोखिममा रहेको र जसरी पनि बचाइदिनुस् हजुर! हामी दलित गरिबको को छ र भन्दै मोबाइलमै अलाप-विलाप गरी हार-गुहार गरेका छन्।

Popularity: 5%

1 comment July 17th, 2011

मैले राजीनामा दिने कुनै कारण छैनः अर्थमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट भाषण अघिनै बजेट सार्वजनिक भएको विषयमा आफू दोषी नभई एक दिनपछि बजेट ल्याउने राजनीतिक दलहरुको सहमति दोषी भएको आरोप लगाएका छन्। उनले बजेट रोक्न गरेको शीर्ष नेताहरुको सहमतिले नै यस्तो दुर्घटना भएको दावी गरे।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री अधिकारीले भने-बजेट ल्याउने अन्तिम तयारीसहित बजेट र रेडबुक संसदमा पुगिसक्यो, प्रत्येक भन्सार कार्यालयमा पुगिसक्यो त्यस्तो अन्तिम अवस्थामा बजेट भाषण एक दिनपछि सार्न गरेको दलहरुको निर्णय नै यसमा दोषी छ। गलत राजनीतिक निर्णयको कारण कुरा विग्रिएको हो।

बजेट सार्वजनिक हुनुमा आफ्नो कुनै दोष नरहेको भन्दै त्यस विषयलाई लिएर अर्थमन्त्रीले राजिनामा दिनु पर्छ भन्नुको कुनै तुक नरहेको उनले तर्क गरे। उनले आफू दोषी नभएको विषयलाई लिएर राजिनामा दिने प्रश्नै नआउने स्पष्ट पारे।

साक्षात्कारमा उनले थपे-बजेट एक दिन रोक्ने निर्णय गर्दा यस्तो भएको हो, अर्थमन्त्रीको कारण होईन अनि मैले किन राजिनामा दिने? राजनीतिक सहमतिको दोष म बोक्न सक्दिन। उनले सो विषयमा संसदीय छानविन समिति गठन गरिसकेको र सोमबार आफूले सो विषयमा स्पष्ट जवाफ दिने समेत स्पष्ट पारे।

राजस्व र बैदेशिक सहयोगको अनुमानलाई लिएर बजेटलाई हावादारी भनेकोप्रति लक्षित गर्दै उनले राजस्वको अनुमान २ खर्व ४७ अर्ब योजना आयोगले दिएको सिलिङभित्रै रहेकोले यो पूरा हुन सक्ने दावी गरे।

बजेटले निर्यात प्रवर्दन, उत्पादकत्व बृद्धि, अनुगमन संयन्त्र निर्माण, तरलताको समस्या समाधान गर्ने जस्ता विषयमा बजेटले प्याकेज ल्याएकोले राजस्व परिचालनको कुरो ठूलो नभएको भन्दै उनले कार्यान्वयन सहज भए राजस्व परिचालनको कुरो जटिल नभएको दावी गरे। उनल भने-हिजोको खराव अवस्थामा राजस्व बृद्धि १४ प्रतिशत सम्भव भयो भने अहिले त बजेटले सुधारका कार्यक्रम ल्याएको छ यस्तो अवस्थामा २० प्रतिशतको बृद्धि अप्ठ्यारो छैन।

त्यस्तै बैदेशिक अनुदान र ऋणको लागि दाताहरुले ३ सय अर्बको प्रस्ताव प्रस्ताव प्रस्तुत गरिसकेको जानकारी दिदै बजेटले आशा गरेको १ सय अर्बको अनुमान ठूलो नरहेको उनले दावी गरे। यद्यपि उनले विदेशी सहयोगको उचित परिचालन गर्न सक्नु पर्नेमा जोडिदिए।

उनले आगामी कार्तिक महिनासम्म टेण्डर सकेर मंसिरबाट निर्माण कार्य प्रारम्भ गर्न आईतवारनै अख्तियारी पत्र मन्त्रालयहरुमा पठाई सकेकोले पुंजिगत खर्च नहुने समस्याबाट मुक्ती मिल्ने दावी गरे।

कर्मचारको तलब बृद्धि हुँदैमा मुल्य बृद्धि हुन्छ भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री अधिकारीले उत्पादन नबढ्दा भएको मूल्य बृद्धिलाई कर्मचारको तलबसँग जोड्न खोजिएको आरोप लगाए। उनले यस आरोपलाई कालबजारी गर्नेको ब्ल्यकमेलिङको संज्ञा दिए।

उनले तलब बृद्धि हुँदैमा मुल्यबृद्धि नहुने भन्दै तलब बृद्धिको नाममा मुल्य बृद्धि गरे सरकारले कडा कारवाही गर्ने चेतावनी दिए । उनले भने-सरकारले कडा अनुगमन गर्छ र त्यस्तो गर्नेलाई कडा कारवाही गर्छ । यस्तो कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन।

आफूले यस्तै बजेट ल्याउँदा राम्रो भन्ने अरुले ल्याउँदा हावादारी भन्ने चरित्र नै हावदारी भएको भन्दै अर्थतन्त्रको सुधारको दीर्घकालनि रणनीति ल्याउनु हावदारी हुनै नसक्ने ठोकुवा उनले गरे। उनले बैंकमा जम्मा गरेको पैसा, घरजग्गा खरिद र सवारी साधन खरिदको सिलिङ बढाउनु, हाउजिङमा भएको लगानीलाई नविकरण गर्नु, पुजिगत लाभकर घटाउनु जस्ता विषयले मुलुकमा बढेको तरलता, मुद्रस्फ्रिति लगायतका समस्यालाई समाधान गर्ने दावी गरे।

समाजबाद उन्मुख बजेट भनेर गरिएको आलोचना प्रति लक्षित गर्दै अर्थमन्त्री अधिकारीले मुलुक बर्बाद गरेर समाजबादमा नपुगिने भएकोले पुजि र उत्पादन बढेमात्रै समाजबाद हुने भएकोले त्यसतर्फ आफू केन्द्रीत भएको बताए।

बजेट कार्यान्वयन भए तीन-चार वर्षमा मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने दावी गर्दै अर्थमन्त्रीले आफू बजेट कार्यान्वयनमा चीनमा आर्थिक क्रान्ति ल्याउने अर्थमन्त्री देङ सेउ पिङ जस्तै कठोर हुन तयार रहेको स्पष्ट पारे। उनले सोही अनुसार बजेट कार्यान्वयन गर्ने सरकारी संयन्त्र कमजोर रहेकोले ठूलो परियोजना कार्यान्वयनको लागि छुट्टै विशेष समिति गठन गर्ने योजना ल्याएको दावी पनि गरे।

Popularity: 5%

Add comment July 17th, 2011

पुलिस र सेनाको जस्तो लुगा नलगाउन आग्रह

एचकेनेपाल डट कम संवाददाता-
गृह मन्त्रालयले सुरक्षाकर्मीसँग मिल्ल्दोजुल्दो किसिमको पोसाक सर्वसाधारण कसैले लगाउन र विक्री वितरण नगर्न आग्रह गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी सङ्गठनभित्र प्रयोग हुने पोसाकसँग मिल्दोजुल्दो रङ र छापजस्ता पोसाकको जथाभावी प्रयोग गरी सर्वसाधरणमा मनोवैज्ञानिक प्रभाव पार्ने र पोसाकको दुरुपयोग गर्दै गैरकानुनी क्रियाकलाप गरी समाजलाई त्रसित बनाउने काम हुने गरेकाले सो प्रयोग तथा बिक्री वितरण नगर्न सबैमा आग्रह गरेको हो।

Popularity: 5%

Add comment July 17th, 2011

कुलोमा डुब्दा बालकको मृत्यु

एचकेनेपाल डट कम संवादाता
दाङको रामपुरमा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार रामपुरको पन्त टोलमा स्थानीय कुलोले बगाउँदा दुई वर्षका बालक प्रवीण केसीको मृत्यु भएको हो।
घरनजिकै खेलिरहेका बालक अचानक कुलोमा डुब्न पुग्दा मृत्यु भएको जनाइएको छ।

Popularity: 5%

Add comment July 17th, 2011

एमालेका भूतपूर्व सांसदको बडीगार्डले गोली चलाए, एकको मृत्यृ

एचकेनेपाल डट कम संवादाता
नेकपा (एमाले)का पूर्व सांसद जगदीशप्रसाद साहका अङ्गरक्षकले चलाएको गोली लागेर सप्तरीमा गएराति एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४५ वर्षका रामबहादुर चौधरी रहेको प्रहरीले बताएको छ। घटनामा साहका अङ्गरक्षकसमेत गम्भीर घाइते छन्। हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ। साहको सुरक्षार्थ खटिएका प्रहरी जवान प्रवेश मेहता जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी जवानको रुपमा कार्यरत रहँदैआएको र करिब दुई वर्षदेखि साहको सुरक्षागार्डको रुपमा कार्यरत छन्।

Popularity: 5%

Add comment July 17th, 2011

गोली हानी सर्वसाधारणको हत्या

एचकेनेपाल डट कम संवाददाता-
राजविराज, एमाले पूर्व सांसद जगदिश साहका अंगरक्षक प्रहरी हवल्दार प्रवेश महत्तोले गोली प्रहार गरी शनिवार राति एक सर्वसाधारणको हत्या गरेका छन्।

महत्तोको गोली प्रहारबाट मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ गाविस ७ निवासी ३५ वर्षीय रामबाबु चौधरी छन्। शम्भुनाथ गाविस ८ निवासी महत्तोले राति करीव ९ बजे गोली प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

पुरानो रिसइभी र राजनीति प्रतिशोधका कारण साहकै निर्देशनमा गोली प्रहार गरेको पीडित परिवारले बताएका छन्। यसअघि पनि रक्सी सेवन गरी गाउंलेमाथि कुटपिट गर्दै आएका महत्तो र पूर्वसासंद साहलाई तत्काल पक्राउ गरी कारवाही गर्न पीडित परिवारले माग गरेको छ।

पोष्टमार्टमको लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको मुर्दाघरमा राखिएको चौधरीको शवको फोटो लिन प्रहरीले माथिको आदेश भन्दै रोक लगाएको छ भने घटनासम्बन्धी विवरण उपलव्ध गर्न प्रहरीले वञ्चित गरेको छ।

यसैबीच, घटनापछि गोली प्रहार गर्ने महत्तोमाथि गाउंलेले कुटपिट गरि घाइते बनाएका छन्। उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।

Popularity: 5%

Add comment July 17th, 2011

आज साउने संक्रान्ति

एचकेनेपाल डट कम संवाददाता-
आज नेपालभर साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति पर्व मनाइँदै छ । सौरमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कटसङ्क्रान्ति पनि भनिएको हो।

कृषिप्रधान देश नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले आज हिलोमैलो पखाली आफ्ना इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलन छ ।

असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ ।

आज विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिको रूपमा प्रयोगहुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।

लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिंदैन ।

Popularity: 7%

Add comment July 17th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....