Archive for July 18th, 2011

नयाँ पार्टीलाई मान्यता दिए कडा प्रतिरोध गर्नेः महतो

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले पार्टीले कारवाही गरेका अनिलकुमार झाले खोलेको नयाँ पार्टीलाई मान्यता दिए कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा महतोल झाले कुनै पनि हालतमा कानून अनुसार नयाँ पार्टी दर्ता गर्न नसक्ने दावी गरे। उनले भने-झा सद्भावना पार्टीबाट गत असार १५ गतै नै औपाचरिक रुपमा निष्कासित भइसकेका छन्। निष्कासित भएको व्यक्तिलाई सोही पार्टीको नामबाट नयाँ पार्टी दर्ता गर्ने बैधानिक आधार छैन।

कार्यक्रममा बोल्दै महतोले संसद् सचिबालयले अनिल झाको पार्टीलाई दल दर्ता गरेमा आफूहरुले सभामुख र संसदविरुद्ध सडक, सदन र कानूनी रुपमा प्रतिरोध गर्ने चेतावनी दिए। उनले जोड दिदै भने-निष्कासित भएको व्यक्तिलाई नयाँ दलको मान्यता दिर्ने अधिकार सभामुखलाई छैन। सभामुखले त्यसरी दल दर्ता गरेमा विभिन्न मोर्चाबाट सभामुखविरुद्ध आन्दोलन गर्र्छौ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्र मन्त्री उपेन्द्र यादबले सद्भावना पार्टी फुटाएको दावी गर्दै सदभावना पार्टीको सभासद सरोज यादवलाई उनले पटक पटक पार्टी फोड्न भनेको बताए। उनले थपे-उपेन्द्र यादबलाई इर्ष्या थियो । सबै पार्टी फुटिसके। सद्भावना नफुटेकोमा उपेन्द्र यादवलाई इर्ष्या थियो।

अध्यक्ष महतोले अनिल झासँग नयाँ पार्टीमा जान खोज्नेहरुलाई आफूहरुले सम्झाएर फर्काउने बताए। उनीहरु हाम्रै पार्टीका हुन्। उनीहरुलाई सम्झाएर पार्टीमा फर्काउछौ -महतोले भने। महतोले सरकारमा जान झाले पार्टी फुटाएको दावी पनि साक्षात्कारमा गरे।

Recent Videos:

Popularity: 5%

Add comment July 18th, 2011

तलवबृद्धिको विरोधमा आन्दोलनको घोषणा

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं, तलब बृद्धिको विरोधमा आन्दोलन गरिरहेका विभिन्न कर्मचारी संगठनहरुले मंगलवारदेखि सिहदरवारसहित देशभरीका सरकारी र संस्थान कार्यालयहरु ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनले सोमबार रिपोर्टर्स क्लब नेपाल संयूक्त पत्रकार सम्मेलनको आयोजना गरेर मंगलबारदेखि जिल्लादेखि प्रमुख प्रशासनिक केन्द्र सिहदरवारमा पूर्ण रुपले कामकाज ढप्प पार्ने घोषणा गरेका हुन्।

उनीहरुले आफूहरुको मागप्रति बेवास्ता गर्दै सरकारले समस्या समाधानको लागि बार्तामा समेत नबोलाएको आरोप लगाउँदै बाध्यतावस आन्दोलनको घोषणा गर्नु परेको दावी गरेका छन्।

ती संगठनहरुले महंगी भत्तालाई तलबमा समायोजन गरी एक मुष्ट पाँच हजार तलब बढाउनु पर्ने, महंगी भत्ता स्वरुप तीन हजार थप र एक दिनको तलब बराबर १ ग्रेड कायम हुनु पर्ने माग गरेका छन्। त्यसैगरी, दुर्गम क्षेत्रका कर्मचारीलाई सतप्रतिशत दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने, आवास र घरभाडाको ब्यवस्था, निशुल्क औषधी उपचार, दशलाख वरावरको जिवन विमा, सन्ततीको शिक्षाको लागि मासिक रकम, सबै तहका कर्मचारीलाई पोशाकको ब्यवस्था, महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, अस्थायी करार तथा ज्यालादारी कर्मचारीको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग अगाडि सारेका छन्।

पत्रकार सम्मेलनमा नेपाल करार तथा ज्यालादारी कर्मचारी हक हित केन्द्रले आन्दोलनप्रति एक्यबद्धता जनाएका थिए। केन्द्रका उपाध्यक्ष हरिप्रसाद अधिकारीले तलबबृद्धिले तल्लो तहका कर्मचारीहरु अझै पीडामा परेको र अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुमाथि विभेद गरेको भन्दै आन्दोलनमा सहभागी हुनु परेको बताए।

सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनका अध्यक्ष शरणकुमार गुरुङले सरकारले ४७ प्रतिशत तलब बढाए भनेर ढाँटेको भन्दै सरकारको ढाट प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए। उनले आफूहरुको आन्दोलन निर्णय भएको भन्दै आफूहरुलाई बेवस्ता गरेर सरकार अप्ठ्यारोमा पर्ने चेतावनी दिए।

मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले आफूहरुको आन्दोलन रहर नभएर बाध्यता भएको भन्दै तलबबृद्धिबाट तल्लो तहका कर्मचारी मर्कामा परेको दावी गरे। उनले आफूहरुसँग सल्लाह नै नगरी सरकारले एकतर्फी रुपमा तलब बढाएको भन्दै भत्ता कटौति गरेकोप्रति आक्रोश ब्यक्त गरे।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष यमनाथ पोख्रेलले ढाँट रुपमा ४७ प्रतिशत तलब बढेको बताएपछि महंगी अकासिएको दावी गर्दै तल्लो तहका कर्मचारी झनै पीडित बनेको बताए।

Recent Videos:

Popularity: 5%

Add comment July 18th, 2011

कांग्रेससंग टकराव गर्नेहरु परास्त हुन्छन्: शेखर कोइराला

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कांग्रेससंग टकरावको राजनीति नगर्न माओवादी र एमालेलाई आग्रह गर्नुभएको छ।
कांग्रेसको समाजवादी चिन्तन र विचारका कारण टकराव गर्नेहरु परास्त हुन्छन्, नेपाली जनसर्म्पर्क समिति बेलायतले आइतबार गरेको कार्यक्रममा उहांले भन्नुभयो, ‘कांग्रेससंग टकरावको राजनीति गर्ने राणा र राजा परास्त भए माओवादी र एमालेको के कुरा उनीहरु पनि परास्त हुनेछन्।’ नेपालको राजनीतिमा नेपाली कांग्रेस समय र कालखण्डले केही कमजोर जस्तो भएपनि यो दुबो सरह मौलाइरहने उहांले बताउनुभयो।

संविधानसभा सदस्य समेत रहेका कोइरालाले माओवादीका कारण संविधान निर्माण प्रकृया प्रभावकारी हुन नसकोको बताउनुभयो। माओवादी राज्य पुनर्संरचना, स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्र जस्ता विषयहरुमा समस्या बनिरहेको उहांले आरोप लगाउनुभयो। अग्राधिकार सहितको जातीय राजनीतिले माओवादी राज्य टुक्र्रयाउन उद्धत रहेको उहांले संकेत गर्नुभयो।

सुरक्षा निकायमा करीब ५ हजारको माओवादी लडाकुहरुको समायोजन गर्न सकिने भन्दै कोइराराले सेनामा समूहगत प्रवेश कांग्रेसलाई मान्य नहुने बताउनुभयो । बेलायतमा एनआरएनले उठाउंदै आएको नागरिकता तथा गोर्खाहरुको समान पेन्सनको सम्बन्धमा कांग्रेस सकारात्मक रहेको उहांले विश्वास दिनुभयो।

एनपीसीसी बेलायतका अध्यक्ष लोक गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा सभासद् सीता गुरुङले भाद्र १४ भित्रमा संविधान निर्माण हुनेमा शंका व्यक्त गर्नुभयो । दलगत स्वार्थ र अधिनायकवादी सोचले यो मितिमा पनि शंका छ, ३० औं वीपी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भन्नुभयो, जनतामाझ गएर बोल्न पनि लाज लागिरहेको छ। संविधान निर्माणको क्रम तिव्र भएतापनि राजनीतिक सहमति हुन नसक्दा कैयौं विषय थांती रहेको उहांले बताउनुभयो। वीपीको राष्ट्रिय मेलमिलापको नीति अहिले निकै सान्दर्भिक र समय सापेक्ष भएको उहांको भनाई थियो।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले वीपीको सोच र विचार अहिले निकै सान्दर्भिक भएको बताउनुयो। उहांले गरीबीले आक्रान्त हाम्रो जस्तो मुलुकमा आर्थिक रुपान्तरण अत्यावश्यक रहेको बताउनुभयो।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष सुर्य गुरुङले नेपाली भएर बांच्न पाउने अधिकारको सुनिश्चितता गर्न आग्रह गर्नुभयो । उहांले गैरआवासीय नेपालीहरुलाई नागरिकता सम्बन्धि प्राबधान संविधानमा नै उल्लेख गर्न नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले वीपीको प्रजातान्त्रिक समाजबादमा मुलुक नगएको कारण अहिलेको जस्तो कठिन अवस्था भोग्नुपरेको बताउनुभयो। संविधान भन्दा पनि लोकतन्त्रको सुनिश्चितता महत्वपूर्ण भएको बताउंदै विरहीले भविष्यमा पुनः आन्दोलन गर्ने खालको संविधान बनाउन नहुनेमा जोड दिनुभयो।

एन पी सी सी युकेका सचिव शान्तविनोद लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा सल्लाहकारहरु विश्व आदर्श पण्डित, शेष सुनुवार, कार्यक्रम संयोजक बालमुकुन्द जोशी, संस्थापक अध्यक्ष पुरुषेत्तम पौडेल, गायिका कोमल वली, केन्द्रिय सभा सदस्य नरकुमारी लिम्बु, नेसा युकेका अध्यक्ष केशबहादुर गुरुङ, उपाध्यक्ष भोजप्रसाद गुरुङ, कांग्रेस महासमिति सदस्य विज्ञान प्रसाई, एनपीसीसी युकेका शिवजी श्रेष्ठ, प्रवेश केसी, शिब तिम्सीना, नेपलीज डेमोक्रेटीक फोरमका राजेन्द्र सिंखडा, नेपाली प्रगतीशिल मञ्चका महेन्द्र कंडेललगायतले वीपी एक आदर्श पुरुष रहेको बताउनुभयो। उहांहरुले वीपीको दूरदर्शी विचार र प्रजातान्त्रिक समाजबाद अहिलेपनि सान्दर्भिक रहेकोमा जोड दिनुभएको थियो।
सो अवसरमा क्षेत्रिय सभापतिहरु किरण राई, मोती राजभण्डारी, सुर्य नेम्वाङ्ग, नवराज न्यौपाने र हितकाजी गुरुङलाई प्रमुख अतिथि शेखर कोइरालाले सम्मान गर्नुभएको थियो।

Popularity: 5%

Add comment July 18th, 2011

संचारकर्मी थपलियाको उपचारार्थ सहयोग

क्रान्ति सिंह / एचकेनेपाल डट कम-
मोटर साईकल दुर्घटनामा परि घाईते भएका पत्रकार तथा नेपालपत्रकार महासंघका पार्षद सदस्य रविन थपलियाको उपचार सहयोगका लागि नेपालपत्रकार महासंघ शाखा कतारले सहयोग रकम हस्ताण्तरण गरेको छ।

जेष्ठ ३१, २०६६ मा समाचार संकलनका क्रममा काठमाँडौमा भएको मोटरसाईकल दुर्घटनामा थपलियाले दाँया खुट्टा गुमाउन पुगेका थिए।

उपचार तथा कृतिम खुट्टा प्रत्यारोपणका लागि सहयोगको याचना गरेका थपलियालाई सहयोग गर्न नेपालपत्रकार महासंघ केन्द्रिय कार्यालयले सम्पूर्ण पत्रकार महासंघका शाखा तथा सहयोगदाताहरुसँग अपिल गरेको थियो। सोही अपिलवमोजिम नेपालपत्रकार महासंघ शाखाकतारले थपलियाको उपचार सहयोगका लागि संकलन गरेको रुपैयाँ ९७४० नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष शिव गाँउलेको उपस्थितीमा हस्तान्तरण गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघ केन्द्रिय समितिका महासचिव ओमशर्मा, कोषाध्यक्ष शितलशाह र शाखा कतारका सहसचिव सरोज वास्तोलाको उपस्थिती रहेको थियो।

पत्रकारको उपचारका लागि सहयोग उपलव्ध गराउने सम्पूर्ण सहयोगदाताहरुलाई शाखाकतारका अध्यक्ष कुमार कार्कीले धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि पत्रकारहरुको हकहित तथा सहयोगलाई शाखाले निरन्तरता दिने जनाएका छन्।

Popularity: 5%

Add comment July 18th, 2011

२० वर्षकी युवती बलात्कार गर्नेहरु पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
कैलालीको गेटा गाविस–३ की २० वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका पाँचजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आइतबार बलात्कारको आरोप लागेका गेटा गाविस–३ कै १९ वर्षीय समिर चौधरी र मुकेश चन्द, १८ वर्षीय विष्णु साह, १७ वर्षीय हेम शाह र कालु चौधरीलाई सार्वजनिक गर्‍यो।

पीडित पक्षबाट दिइएका उजुरीका आधारमा यी व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक वसन्त पन्तले पत्रकारलाई बताउनुभयो।

साइकलमा आफ्नो साथीको घरमा गइरहेकी युवतीलाई बाटोमा जबर्जस्ती गरेर नजिकैको जङ्गलमा लगी उनीहरूले शनिबार बेलुका पालैपालो बलात्कार गरिएको पीडित पक्षले प्रहरीमा शिकायत गरेको छ।

Popularity: 5%

Add comment July 18th, 2011

सीमा क्षेत्रमा सशस्त्र समूहका जिल्ला इन्चार्जको हत्या

एचकेनेपाल डट कम संवाददाता-
वीरगन्जको सीमावर्ती भारतको छौडादानोमा गएराति एक सशस्त्र समूहका जिल्ला इन्चार्जको हत्या भएको छ।

जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाका बारा जिल्ला इन्चार्ज शम्शेर सिंह भनिने बच्चा यादवको सो ठाउँमा दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन्।

बाराको हर्दिया निवासी यादव विगत तीन वर्षदेखि सशस्त्र समूहमा लागेका थिए। उनको हत्याको विषयमा प्रहरीले भने अनभिज्ञता जनाएको छ।

Popularity: 5%

Add comment July 18th, 2011

बढेको तलब नपुगेको भन्दै कर्मचारीको विरोध

एचकेनेपाल डट कम संवाददाता-
सम्पूर्ण कर्मचारीको आधारभूत आवश्यकता पुरा हुने गरी समान तलब वृद्वि गरिनुपर्ने माग गर्दै विभिन्न कर्मचारी सङ्गठनले अर्थ मन्त्रालयमा विरोध प्रदर्शन गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समिति, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक एशोसिएसनमा आबद्ध कर्मचारीले अर्थ मन्त्रालयमा प्रदर्शन गरेका हुन्।

विरोधमा उत्रेका कर्मचारीले तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहसम्मका कर्मचारीलाई एउटै अनुपातमा तलब वृद्धि गरिनुपर्ने, बढ्दो महङ्गी, भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने लगायतका नाराबाजी गरेका थिए।

कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिका अध्यक्ष हेमनाथ पोखरेलले मुलुकको अर्थतन्त्र मजबुत भएर नभई बढ्दो महङ्गीले गर्दा तलबको वृद्धि भएकाले महङ्गी थेग्नेगरी राष्ट्रसेवक कर्मचारीको समान तलब रू.पाँच हजार वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
उहाँले कर्मचारीको मागलाई सम्बोधन नगरिए कडा आन्दोलन गरिने चेतावनी दिनुभयो।

पछिल्लोपटक गरिएको तलब वृद्धि रु एक हजार ८०० देखि रू.छ हजार ६३० सम्म छ।

Popularity: 5%

Add comment July 18th, 2011

एमाले पूर्वसांसदका गार्डले कांग्रेस कार्यकर्ताको हत्या गरेकोमा आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसले सप्तरी जिल्लाको शम्भुनाथ गाविसमा एमालेका पूर्वसांसद जगदीश साहको आदेशमा निजका निजी सुरक्षा गार्ड प्रवेश महतोले शनिबार साँझ नेपाली काँग्रेसका कार्यकर्ता स्थानीयवासी रामबहादुर चौधरीको गोली हानी हत्या गरेको घटनाको भर्त्सना गरेको छ।

सरकारको नेतृत्वदायी र प्रमुख साझेदार राजनीतिक दलहरूलाई यस किसिमका आपराधिक घटनाहरू भविष्यमा पुनः नदोहोर्‍याउन, संरक्षण नगर्न र निरुत्साहित गर्न नेपाली काँग्रेसले सचेत गराउँदै घटनामा संलग्न सबै अपराधीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ।

Popularity: 5%

Add comment July 18th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....