Archive for July 19th, 2011

युवतीलाई दुर्व्यवहार गर्ने २ कोरियाली पक्राउ

एचकेनेपाल डट कम संवादाता -
पोखरा, नेपाली युवतीलाई दुर्व्यवहार गरेको आरोपमा दुई कोरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने कोरियाली नागारिकहरुमा सेउ जोंङ र ओके देरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखरा ६ स्थित लेकसाईडमा एक नेपाली युवती निशा (नाम परिवर्तित) लाई दुर्व्यवहार गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको गश्ति प्रहरीले पक्राउ गरिएका कोरियाली नागरिकमाथि सार्वजनिक अपराधमा मुद्धा चलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 5%

1 comment July 19th, 2011

अनेसास बेल्जियमले भानु जयन्ती मनायो

एचकेनेपाल डट कम संवाददाता-
ब्रुग्गे, बेल्जियम, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा १८ जुलाई सोमवारका दिन बेल्जियमको ब्रुग्गे सहरमा १९८ औं भानु जयन्ती एक साहित्यिक कार्यक्रमको साथ मनाईयो।
अनेसासका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तथा बेल्जियम च्पाटरका अध्यक्ष साहित्यकार कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले आदि कवि भानुभक्त आचार्यको विविध आयामका बारेमा चर्चा गर्नु भयो। साहित्यकार बजगाईंले नेपाली भाषालाई अहिलेको अवस्थामा पुर्याउन तथा लोकप्रिय बनाउन भानुभक्तको योगदान रहेको बताउनु भयो। उहाँले आदिकविको जन्मस्थलको दुरावस्थाप्रति चिन्ता ब्यक्त गर्दै भानुको जन्मस्थलको विकासका लागि बेल्जियमबाट निकट भविष्यमै केही आर्थिक सहयोग प्रदान गरिने जानकारी दिनु भयो।

युवा कवि दीपक ज्योती पौडेलले भानुभक्तको संक्षिप्त जीवनी प्रस्तुत गर्दै नेपाली भाषालाई साझा भाषाको रुपमा अगाडि बढाउनु पर्ने कुरा बताउनु भयो।

१९८ औं भानु जयन्ती आयोजक समितिका संयोजक राधाकृष्ण अधिकारीले भानुभक्तको अनुवाद कलाको प्रशंसा गर्दै उनको शास्त्रीय लेखनको बारेमा प्रकाश पार्नु भयो।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न कविहरुले समसामयिक तथा भानुभक्त सम्बन्धी कविता पाठ गर्नु भएको थियो। कविहरु कृष्ण बजगाईं, विमल गिरी, दीपेन्द्र के सी, दीपकज्योती पौडेल, राजकुमार पुडासैनी, राधाकृष्ण अधिकारी, रुक्मणी अमात्य, कमल भारती, दुर्गा प्रसाद सुवेदी, खड्ग बहादुर खत्री लगायतले आआफ्ना रचनाहरु वाचन गर्नु भयो। कार्यक्रमको बीच बीचमा भानुभक्तीय रामायणका श्लोकहरु परमानन्द सापकोटाले वाचन गर्नु भएको थियो।

समाजका महासचिव राजकुमार पुडासैनीले संचालन गर्नु भएको उक्त कार्यक्रमा उपाध्यक्षद्धय विमल गिरीले स्वागत मन्तब्य र दीपेन्द्र केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 19th, 2011

‘पोखरेली झ्याल आठौं’ बेलायतमा आयोजना हुने

एस हङकङ/ एचकेनेपाल डट कम-
विगत सात वर्षदेखि हङकङमा भइरहेको पोखरेली झ्याल मेला यो बर्ष बेलायतमा आयोजना हुने भएको छ। (more…)

Popularity: 5%

2 comments July 19th, 2011

नेपाली युवाको आकर्षणको केन्द्र कोरिया

अन्जली रम्तेल/रासस-
रोजगारीका लागि यसै वर्ष कोरिया जान आवेदन फारम भरेर परीक्षा दिने तयारीमा रहेकी बौद्धकी फुर्पा लामाको आजभोलिका दिन कोरियाली भाषाको तयारी कक्षा लिने र अध्ययन गर्दैमा बित्ने गरेको छ।

गतवर्ष पनि कोरियाली भाषाको परीक्षा दिएकी २४ वर्षीया लामा यसवर्ष भने आफ्नो नाम निस्कनेमा ढुक्क छिन्। अघिल्लो वर्ष त्यति राम्रो तयारी हुनसकेको थिएन।

उनले थपिन्– सँगै पढ्ने धेरै साथी नाम निकालेर कोरिया गइसके तर मैले भने नाम निकाल्न सकिन, त्यसैले यसपालि निकै राम्रो तयारी गरेकी छु।

त्यसैले पनि नाम निकाल्छु भन्नेमा ‘कन्पि्कडेन्स’ छु, निकै दृढताकासाथ उनले भनिन्। कोरिया जानेमा उनी मात्र हैननसँगै पढ्ने उनको कक्षाको समूह नै छ। सबैजना भाषाको परीक्षा दिने तयारीमा व्यस्त छन्।

आजभोलि कोही दौंतरीलाई के गर्दैछौँ? भनेर सोध्यो भने प्रायः सबैको एउटै उत्तर आउँछ ‘कोरियन भाषा पढ्दैछु,’ उनी उत्साहित हुँदै भन्छिन्।

कोरिया पुगेर के काम गर्ने भन्नेबारे भने उनी अझै अनविज्ञ छिन्। उनले कक्षा १२ सम्मको अध्ययन गरेको भए पनि शैक्षिक योग्यता अनुरूपको काम पाइन्छ भन्नेमा उनी आशावादी छैनन्।

‘नेपालमा पो सानोतिनो काम गर्न लाज लाग्छ त विदेशमा त कसले देख्छ र?’ विदेशमा भने जस्तोसुकै काम गर्न पनि पछि नपर्ने उनको भनाइ थियो।

अर्की २५ वर्षीया निशा शेर्पाको भनाई पनि उस्तै छ। उनी भन्छिन्–’नेपालमा बसेर केही गर्न सकिएन, त्यसैले अब कोरिया गएर जस्तोसुकै काम भएपनि गर्नेछु। ‘

आमाबाबुको एउटै मात्र सन्तानका रूपमा रहेकी निशाको कमाएर परिवारका लागि केही गर्नुपर्ने बाध्यता पनि रहेको छ। वृद्धावस्थामा पुगेका आमाबुबालाई हेरबिचार गर्नुपर्ने जिम्मेवारी उनकै काँधमा छ।

‘यहाँ बसेर केही पनि बचत गर्न सकिएन, त्यसैले बरु विदेशमा दुःखजिलो गरेर कमाएपछि केही त बचत गर्न सकिन्छ भन्ने लागेकाले विदेश जान तम्सिएको छु,’ विदेश जानुपर्ने बाध्यता यसरी सुनाइन् उनले।

बढ्दै गइरहेको बेरोजगारी र मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण युवाहरू विदेश पलायन हुन बाध्य भइरहेका छन्।

निशा र फुर्पा हातमा डिग्री भएर पनि योग्यता अनुरूपको काम पाउन नसकेका कारण नै विदेश जानुपर्ने बाध्यता रहेको बताउँछन्।

उनीहरू भन्छन्– ‘आफ्नै मुलुकमा रोजगारीको अवसर पाउने हो भने अर्काको देशमा गएर किन पसिना बगाउनुपर्थ्यो र?’ श्रम मन्त्रालयसँग सम्झौता भएपछि सन् २००८ बाट रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले नेपाली कामदारलाई कोरिया पठाउन थालेको हो।

सो वर्ष ३१ हजार ५२५ जनाले फाराम भरेकोमा छ हजार ५६६ जना कोरियाली भाषा परीक्षा (केएलटी) उत्तीर्ण गर्न सफल भएका थिए। तीमध्ये दुई हजार ४१६ जना कोरिया पुगिसकेका छन्।

सोही समूहका बाँकीमध्ये सन् २००९ मा ११३२ जना र २०१० मा दुई हजार २२१ जना गरी हालसम्म सात हजार ८१९ जना कोरिया पुगिसकेका छन्।

सन् २०१० मा ४२ हजारले कोरियाका लागि फाराम भरेका थिए। तीमध्ये चार हजार १८० जनाले नाम निकालिसकेका छन्। उनीहरू पनि कोरिया जाने तयारीमा रहेका छन्।

यस वर्षका लागि भने ५७ हजार ७०० जनाले फाराम भरिसकेका छन्। यसवर्ष कोरियाबाट पाँच हजार १०० कामदारको माग भएको थियो। कोरिया पुग्नका लागि नेपाली रुपैयाँ ६५ हजार लाग्छ।

यहाँबाट कोरिया जाने तयारी गरिरहेका कतिपय युवालाई त्यहाँ गएपछि आफुले के काम गर्ने भन्ने थाहा नभएको बताउनुहुुन्छ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई।

कोरियाको र नेपालको मौसम र वातावरण उस्तै भएकाले पनि नेपालीहरू कोरिया जान आकर्षित भएको हुनसक्ने उहाँ बताउनुहुन्छ।

कुनै रोग लागेर काम गर्न नसकी फर्कन बाध्य भएका वा अवैधानिक रूपमा गएका मात्र फर्केर आएको नत्र अरू हालसम्म राम्रै रूपमा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो।

धेरै पढेलेखेका पनि नेपालमा आफ्नो योग्यता अनुरूपको काम पाउन नसकेपछि कोरिया जाने प्रक्रियामा छन्। सुरुमै आफ्नो योग्यता अनुसारको काम त्यहाँ पनि नपाइने भएकाले केही समय भने उनीहरूलाई मानसिक तनाव समेत हुने गरेको उहाँले बताउनुभयो।

यसरी इपिएसबाट कोरिया जानेहरू ठगिने सम्भावना नभएको र अन्य खाडी मुलुकमा मानवअधिकार हनन्सम्बन्धी घटना भए पनि कोरियामा त्यहीँको नागरिकलाई झैं सम्मान र पारिश्रमिक दिने भएकाले पनि नेपाली युवा कोरियातर्फ जान बढी लालायित हुन थालेका छन्।

देश विकासका लागि खम्बाका रूपमा रहेका मुलुकका युवा जनशक्ति यसरी रोजगारीकै लागि विदेश पलायन हुने हो भने हाम्रो मुलुकको विकास चाही कसले गरिदेला?

युवाको शैक्षिक योग्यताको पहिचान गरी आफ्नै मुलुकमा रोजगारी सिर्जना गरिदिने हो भने पक्कै पनि नेपाली युवाले विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुने थियो।

Popularity: 5%

Add comment July 19th, 2011

शौचालयमा लडेर मृत्यु

एचकेनेपाल डट कम संवाददाता -
चितवनको बछौँलीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ। बछौली–३ मालपुर निवासी वर्ष ३५ का मोहन बानिया शौच गर्नेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

लडेर घाइते भएका उनको उपचारका लागि चितवन मेडिकल कलेज ल्याउने क्रममा बाटैमा मृत्युभएको चिकित्सकले जनाएका छन्।

Popularity: 5%

Add comment July 19th, 2011

संसदीय दलको नेतामा किचलो नगरौँ– नेता पौडेल

एचकेनेपाल डट कम संवाददाता -
पार्टीका नेता कार्यकर्तामा एकता र उत्साहको सञ्चार देशभरि फैलिएको बेला संसदीय दलको नेता परिवर्तनको कुरा आउनु पार्टीभित्र किचलो निकाल्ने काम भएको काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभएको छ।

शान्ति र संविधानको कामलाई नेतृत्व लिएर निर्णायक भूमिका खेल्नुपर्ने बेलामा दलको नेता परिवर्तनको सानातिना किचलो निकाल्ने काम कहीँ कतैबाट हुन नहुने नेता पौडेलले बताउनुभयो।

काँग्रेसभित्र संसदीय दलको नेता परिवर्तनका लागि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले सभासद्हरूको हस्ताक्षर अभियान चलाइरहेको सार्वजनिक भइरहेका बेला नेता पौडेलको यस्तो धारणा आएको हो।

वरिष्ठ नेता देउवा पार्टी संसदीय दलको निर्वाचनमा नेता पौडेलसँग पराजित हुनुभएको थियो। निर्वाचनमा पौडेलले ५६ र देउवाले ४८ मत ल्याउनुभएको थियो।

Popularity: 5%

Add comment July 19th, 2011

जति पटक म्याद थपे पनि संविधान बन्दैनः ओली

एचकेनेपाल डट कम संवाददाता -
नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले दलीय विवाद कायम रहेसम्म संविधानसभाको जति पटक म्याद थपे पनि नयाँ संविधान जारी हुन नसक्ने बताउनुभएको छ।
प्रेस चौतारी, बाँकेद्वारा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भन्नुभयो— ‘संविधानसभाको म्याद थप्न हतारिने दलहरूप्रति अब नेपाली जनताको रत्तिभर पनि सहानुभूति छैन।’

उहाँले राजनीतिक सहमतिको मुख्य कडीका रुपमा रहेको माओवादी लडाकुको समायोजन र पुनःस्थापनामा समेत प्रमुख राजनीतिक दलहरू एकमत हुन नसकेको अवस्थामा शान्तिसम्झौता निष्कर्षमा पुग्छ भनी आश गर्ने ठाउँ देखिँदैन भन्नुभयो।

एक प्रश्नको जवाफमा उहाँले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०६८/०६९ को वार्षिक बजेट ‘कर्मकाण्डी’ मात्र भएको बताउँदै बजेटबाट जनताले ठूलो अपेक्षा गर्नु व्यर्थ छ भन्नुभयो।

Popularity: 5%

Add comment July 19th, 2011

भदौ १४ गतेपछि सरकार माओवादीलाई छाड्ने सहमति

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भदौ १४ गतेपछि प्रधानमन्त्री झलनाथ खनालले माओवादी नेतृत्वको सरकार निर्माणको लागि राजिनामा दिने सहमति पहिला नै भएको खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव गजुरेलले भने- भदौ १४ गतेपछि माओवादीको नेतृत्वमा सरकार बन्ने पहिला नै सहमति भएकोले पनि माओवादीले सरकारको विरोध नगरेको हो। झलनाथजीको पालो पुग्यो, अब हाम्रो नेतृत्वको सरकार बन्छ।

साक्षात्कारमा उनले झलनाथ खनाल नेतृत्वको सरकार निर्माणकै बेला भएको सात बुँदे सहमतिमै आलोपालोमा सहमति भईसकेकोले सोही अनुसार भदौ १४ गतेपछि प्रधानमन्त्रीले राजिनामा दिने स्पष्ट पारे।

माओवादीको जारी केन्द्रीय कमिटिको बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने दावी गर्दै जो संसदीय दलको नेता को बन्छ उही नै प्रधानमन्त्री बन्ने स्पष्ट पारे। उनले अध्यक्ष बाहेकका ६ जना पदाधिकारीबाटै संसदीय दलको नेता बन्ने स्पष्ट पारे। यद्यपि, उनले उपाध्यक्ष डा. बाबुराम भट्टराईको सम्भावना प्रवल रहेको खुलासा गरे।

Popularity: 5%

Add comment July 19th, 2011

पर्शुराम बस्नेतलाई फेरि फसाउने षडयन्त्र भएको छः यूवासंघ अध्यक्ष

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पत्रकार खिलानाथ ढकालमाथि आक्रमणको घटनाका आरोपी पर्शुराम बस्नेतलाई गृहमन्त्रालयले पूर्वाग्रही ढंगले फेरि फसाउने षडयन्त्र गरेकोले अदालतमा नबुझाईएको बताएका छन्।

संघको स्थायी कमिटिको निर्णय सार्वजनिक गर्न मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मोरङ अदालतमा भएको घटनामा संलग्न भएकालाई सार्वजनिक अपराधमा मुद्दा दायर भएकोमा पुनः त्यसलाई उल्टाएर एमालेका २९ जना कार्यकर्तालाई ज्यान मार्ने उद्योगमा चलाएकोले गृहमन्त्रालय पर्शुरामलाई फसाउने योजनमा लागेको पुष्टि भएको दावी गरे।

अध्यक्ष बस्नेतले भने-अदालतमा बुझाउँदा पर्शुरामलाई फसाउने देखेर नबुझाएका हौं। यद्यपि, उनले अदालतले दिएको समय आगामी ७० दिनभित्र पर्शुरामलाई अदालतमा बुझाउने भने स्पष्ट पारे। उनले पर्शुराम बस्नेत अदालतमा भएको आक्रमण र पत्रकार आक्रमणको घटनामा संलग्न नभएको दावी पनि पत्रकार सम्मेलनमा गरे।

पाँच तारे होटलमा बसेर कुरा गर्ने केही शीर्षनेताहरुले संविधानसभालाई रवर स्टाम्प बनाएको आरोप लगाउँदै अध्यक्ष बस्नेतले संविधान बनाउन छलफल नगर्ने, रातो पासपोर्ट बेच्ने जस्ता क्रियाकलापमा संलग्न हुने जस्ता घटनाले संविधानसभाको औचित्यमाथि प्रश्न उठ्न थालेको बताए। उनले औचित्य गुमाउँदै गएको संविधानसभामा रहेको शक्ति सन्तुलनको अवस्थाले संविधान बन्न नसकेको भन्दै नयाँ शक्ति सन्तुलनकोलागी संविधान सभाको नयाँ निर्वाचन गर्नु पर्ने धारणा राखे। उनले बढीमा १ सय ३५ जना सदस्य रहेको नयाँ संविधानसभाको निर्वाचन गर्नु पर्ने सुझाव दिए।

Popularity: 5%

Add comment July 19th, 2011

सयभन्दा बढी कर्मचारी पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, तलवबृद्धिमा पक्षपात गरेको भन्दै मंगलवार अर्थ मन्त्रालय घेर्न पुगेका सयभन्दा बढी कर्मचारी पक्राउ परेका छन्।
बजेटमा भत्ता कटाएर तलवमा गाभेको, तलववृद्धिमा पक्षपात गरेको भन्दै उनीहरूले यसअघि पनि आइतबार दुई र सोमबार तीन घण्टा मन्त्रालयमा धर्ना दिएका थिए।

मन्त्रालयमा धर्ना दिएका १ सय ४ जना कर्मचारीलाई नियन्त्रणमा लिएको बताएपनि कर्मचारीले ३ सय भन्दा बढी कर्मचारीलाई पक्राउ गरेको दाबी गरेको छ।

उनीहरुलाई महानगरीय प्रहरी सहायता कार्यदल प्रदर्शनी मार्गमा राखिएको छ।

Popularity: 5%

Add comment July 19th, 2011

अर्थमन्त्री अधिकारी अस्वस्थ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, बजेटको गोप्यता भंग गराएको आरोप खेपिरहेका अर्थमन्त्री भरतमोहन अधिकारी अकस्मात अस्वस्थ भएपछि उपचारको लागि अस्पताल भर्ना भएका छन्।

दम बढेर स्वास्प्रश्वास र पेटमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अर्न्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।

उनी दम तथा निमानियाँ रोगबाट पीडित छन्।

Popularity: 5%

Add comment July 19th, 2011

जापानमा नेपाली महिला अपहरित

एचकेनेपाल डट कम संवाददाता-
जापान, जापानमा एक नेपाली महिला मंगलवार विहान आफ्नै कोठाबाट अपहरणमा परेकी छन्।

अपहरणमा परेकी महिला बागलुङ रिघा घर भएकी २७ वर्षीया उमा थापा रहेकी छिन्।

श्रीमानसंग संगै सुतिरहेकी थापालाई महिलासहित आएको एक अज्ञात समूहले विहान करीव ४ बजे साइतामा केनको कावागोयस्थित कोठाबाट अपहरण गरेका हुन्।

थापाका श्रीमान तोरण दुई वर्षदेखि कुक पेशामा कार्यरत छन् भने उनी एक वर्षअघि मात्र जापान आएकी हुन्। अपहरणपछि मगर सेवा समितिले उद्धारको लागि स्थानीय प्रशासनसंग आग्रह गरेको छ। प्रहरीले अपहरणमा परेकी थापाको खोजतलासलाई तीव्र पारेको छ।

Popularity: 5%

Add comment July 19th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....