Archive for July 20th, 2011

शान्ति र संविधानको लागि बाल गायकको एकल गायन

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं, बाल गायक निराजन केसीले शान्ति र संविधान निर्माणका लागि शान्ति सुमधुर सन्ध्या २०६८ गर्ने भएका छन्।
विगत पाँच वर्षेखि आफ्नो गायनको क्षेत्रबाट समाजसेवाको रुपमा शिक्षाबाट बञ्चित, सशक्त र विभिन्न कारणले असाहाय बनेका बालबालिका र रोगले पीडित वर्गलाई साँगीतिक कार्यक्रममार्फत सहयोग गर्दै आएका निराजनले यस पटक शान्ति र संविधान निर्माणका लागि आउने ६ गते पर्यटन वोर्डमा शान्ति सुमधुर सन्ध्या २०६८ गर्न लागेका हुन्।

बुधबार रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कक्षमा पत्रकार सम्मेलन गर्दै दिगो शान्तिको अभावमा विकासका पाईलाहरु अगाडि बढ्न सकेको छैन, अस्थिर राजनीतिक कारणले सम्पूर्ण देशबासी चिन्तामा परेको, शान्त सम्बृद्ध नेपालका लागि हामी सम्पूर्ण देशबासी चिन्तित भएर एकजुटका साथ अगाडि बढ्नुपर्ने जस्ता सन्देश दिनका लागि सुमधुर सन्ध्या गर्न लागेको जानकारी गराए।

विगत ९ वर्षदेखि गायन क्षेत्रमा लागेका निराजनले पत्रकार सम्मेलनमा भजन सिरोमणी भक्तराज आचार्यले गाउनु भएको लोकप्रिय भजन जहाँ छन् बुद्धका आँखा र स्वर सम्राट नारायण गोपालले गाउनु भएको सिरीमा सिरी बतासै चल्यो बाबरी फूलको बासना भन्ने गीत गाएर पत्रकारहरुलाई मन्त्रमुग्ध बनाएका थिए।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले शान्तिको गुरुयोजना लिएर आएका निराजन केसी सम्पूर्ण पत्रकारले सहयोग गर्नुपर्ने बताए। धमलाले भने- सम्पूर्ण नेपालीको परिकल्पना देशमा शान्ति हो। निराजनको अंगालेको बाटो पनि मुलुकमा शान्ति स्थापना गर्नु हो, उनको परिकल्पनालाई साकार पार्न हामी सहयोगी बनौं।

पत्रकार सम्मेलनमा ११ वर्षीया बाल गायिका आरजु राणा क्षेत्रीले निराजनलाई गायनमा सघाएकी थिईन। संगालो बाल कला मञ्चको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 20th, 2011

गुप्ता नेतृत्वको सदभावनालाई निर्वाचन आयोगद्वारा आधिकारिकता

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं, निर्वाचन आयोगले तेस्रो पटक फेरि श्याम सुन्दर गुप्ताले नेतृत्व गरेको नेपाल सदभावना पार्टी आनन्दीदेवीलाई आधिकारिकता दिएको छ।

साउन ३ गते मंगलबार हिजो निर्वाचन आयोगले विभाजित हुनु अघि कायम रहेको २१ सदस्यीय केन्द्रीय कार्य समितिमा गुप्ता पक्षको बहुमत देखिएकोले यसअघि २०६७ साल बैशाख २७ गते आयोगले गरेको सो पार्टीको नाम, झण्डा, विद्यान,र चुनाव चिन्ह गुप्ता समूहले पाउने गरी गरेको निर्णयलाई सदर गरेको हो।

निर्वाचन आयोगले सोही नामबाट पार्टी चलाईरहेका सरिता गिरी र खुसिलाल मण्डललाई नयाँ पार्टी खोल्न १५ दिनको समयसिमा समेत दिएको छ।

गुप्ताले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी गराएका हुन्। आयोगले गुप्ता समूहलाई दिएको मान्यता सर्वोच्च अदालतले २०६७ साल माघ २७ गतेको उत्प्रेशषण आदेश बदरगरी प्रयाप्त विवेचना गरी पुन निर्णय गर्नु भनि दिएको आदेश बमोजिम निर्णय भएको निर्वाचन आयोगले गरेको आधिकारिकता सम्बन्धी निर्णयमा उल्लेख छ।

पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले सरिता गिरी आफू नेतृत्वको पार्टीमा बस्न चाँहे उनको सभासद पद कायम राख्ने प्रतिवद्धता ब्यक्त गर्दै अन्यथा सभासद पदबाट हटाउने चेतावनी दिए। आफूले आधिकारिकता पाएसँगै सर्वोच्च अदालतको आदेशमा गुमेको सभासद पद बहाली हुने निश्चित भएको भन्दै सो विषयमा अदालतमा रहेको विचाराधिन मुद्दा आगामी साउन २० गतेसम्म फैसला नभए आफूले पुन रिट हाल्ने चेतावनी दिए। पार्टीको निर्णयबाट आफू सात दलीय सहमतिमा मन्त्री परिषदबाट सभासद पदमा मनोनयन भएको भन्दै आफूसँगै मन्त्री परिषदले नियूक्त गरेका अन्य पच्चिस जनाको पद खारेज हुनु पर्ने वा आफ्नो पनि पुनर्बहाली हुनु पर्ने जिकिर गरे।

उनले सर्वोच्च अदालतले आफै प्रस्तावक र आफै निर्णयकर्ता भएकोले सभासद पद नरहने आदेश दिएकोले बाँकी २५ जनाको पद पनि खारेज हुनु पर्ने जिकिर गरे।

Recent Videos:

Popularity: 5%

Add comment July 20th, 2011

न्युज अपडेटः पूर्व प्रहरी महानिरीक्षकद्वय ठकुरी र गुरूङ जेलबाट छुटे

न्युज अपडेटः पूर्वप्रहरी महानिरीक्षकद्वय ठकुरी र गुरूङ जेलबाट छुटे
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, सुडान प्रकरणका आरोपी पूर्व प्रहरी महानिरीक्षकद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङ मंगलवार जेलबाट छुटेका छन्।
विशेष अदालतले माग गरेको ७ करोड र ५ करोड रूपैयाँ धरौटी बुझाउन नसक्दा ठकुरी र गुरूङलाई जेल चलान गरिएको थियो।

अदालतले माग गरेको ७ करोड रूपैयाँ धरौटी बुझाउन सिभिल बैंक जमानी बसेपछि ठकुरी छुटेका हुन्।

त्यसैगरी, विशेष अदालतले माग गरेको ५ करोड रूपैयाँ बुझाउन नसक्दा केही दिनदेखि जेलमा रहेका गुरूङलाई छुटाउन गलोबल बैंक जमानी बस्ने भएपछि उनी जेलबाट रिहा भएका हुन्।

पूर्वआइजीपी ठकुरी जेल चलान
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, सुडान प्रकरणका आरोपी पूर्वआइजीपी रमेशचन्द्र ठकुरीलाई मंगलवार जेल चलान गरिएको छ। विशेष अदालतले माग गरेको ७ करोड रूपैयाँ धरौटी बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले ठकुरीसँग ७ करोड धरौटी मागेको थियो।

सुडान घोटालामा संलग्न रहेको आरोपमा उनी जेठको अन्तिम साता पदबाट हटाइएका थिए।

Popularity: 5%

Add comment July 20th, 2011

बाहिर चर्चा भए जस्तो प्रचण्डले संसदीय दलको नेता नछाड्ने

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य हरिवोल गजुरेलले बाहिर चर्चा भए जस्तो अध्यक्ष प्रचण्डले संसदीय दलको नेता नछाड्ने दावी गरेका छन्।

उनले पार्टीभित्र अध्यक्ष प्रचण्ड बहुमतमै रहेको भन्दै अध्यक्षलाई कमजोर बनाए शान्ति र संविधान निर्माणको कार्य पनि अवरुद्ध हुने चेतावनी दिए। उनले भने-अहिले अध्यक्षले संसदीय दलको नेता छाड्नु भनेको जिम्मेवारीबाट भाग्नु जस्तै हो। त्यसैले उहाँ संसदीय दलको नेतामा कायम रहनु हुन्छ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भदौ १४ गतेसम्म प्रचण्डकै नेतृत्वमा शान्ति र संविधान निर्माणको कार्यमा पार्टीमा लाग्ने उल्लेख गर्दै त्यसपछि प्रचण्डले पार्टी हेर्ने गरी जिम्मेवारी बाँडफाँड हुने स्पष्ट पारे।

नेता गजुरेलले पालुङटार बैठकमा उपाध्यक्ष बाबुराम भट्टराई र त्यसपछि अर्का उपाध्यक्ष मोहन बैद्य अल्पमतमा परेको भन्दै प्रचण्ड अहिले बाहिर आएजस्तो अल्पमतमा नभएको दावी गरे।

प्रचण्डले केन्द्रीय कमिटिमा पेश गरेको प्रस्तावमा सबैको सहमति रहेको भन्दै बैठकले त्यसलाई सर्वसम्मतिले पारित गर्ने दावी पनि गरे।

Popularity: 5%

Add comment July 20th, 2011

राम्रा मन्त्रालय लिएर काग्रेस यहि सरकारमा जानु पर्छः सुजाता

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले काग्रेस राम्रो मन्त्रालयले लिएर प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वकै सरकारमा सहभागी हुनु पर्ने बताएकी छिन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले काग्रेस सरकारमा नगएपछि पर्ने चेतावनी दिईन्। साक्षात्कारमा उनले भनिन-एमाले र माओवादी एक ठाँउमा आएकै बेला काग्रेस सरकारमा जान पर्दथ्यो। नेतृ कोइरालाले काग्रेसले प्रधानमन्त्रीको लोभ त्यागेर झलनाथ खनाल नेतृत्वकै सरकारमा सहभागी भए उपयूक्त हुने भन्दै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व हुने भए पनि काग्रेसले समर्थन गर्नु पर्ने धारणा राखिन्।

उनले शान्ति र संविधान निर्माणको लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै सहमति निर्माणको लागि पनि काग्रेस सरकारमा जानु पर्ने दावी गरिन्। कोइरालाले काग्रेसले सरकारमा जाने निर्णय गरे राष्ट्रिय सहमतिको पक्ष र विपक्षमा को छ भन्ने कुरा प्रष्ट हुने बताईन्। उनले भनिन्-माओवादी काग्रेस सरकारमा आएर राष्ट्रिय सहमति बनोस् भन्ने चाँहदैन। त्यसैले पनि सहमतिको पक्ष र विपक्षमा को को छ भन्ने देखाउन पनि काग्रेस अहिलेकै सरकारमा सहभागी हुनु पर्छ।

नेतृ कोइरालाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नै पर्ने बाध्यता नरहेको जिकिर गर्दै अहिले संसदीय दलको नेता परिवर्तनको आवश्यकता नरहेको दावी गरिन्। उनले भनिन्-अहिले दलको नेता परिवर्तन गरे पार्टी तलैदेखि विभाजित हुन्छ। त्यसैले अहिले त्यस्तो गर्नु हुँदैन। संसदीय दलको नेता नभई पनि प्रधानमन्त्री बन्न सकिन्छ। उनले काग्रेसलाई झगडा छाडेर पदको लोभ नगरी राष्ट्रको हितको लागि सरकारमा सहभागी हुन आग्रह गरिन्। उनले पदको लागि झगडा गर्ने नेता राष्ट्रिय हितको पक्षधर नहुने तर्क गर्दै काग्रेस नेताहरुको अगाडि अहिले सहमतिको लागि त्याग गर्ने समय भएको बताईन्।

Popularity: 5%

Add comment July 20th, 2011

पहिरोले घर भत्किदा २ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता -
पोखरा ५ प्रस्याङ्गस्थित रातमाटामा मंगलवार राति परेको अविरल वर्षासँगै जिर्ण घर भत्केर दुइ कोठाहरु पुरिदा २ जनाको मृत्यु भएको छ।

राति करीब १ बजे जिर्णावस्थाको रञ्जन परियारको घर भत्किदा निर्मलपोखरी साम्दे घर भएकी उनकी दिदी ३१ वर्षीया संगीता परियार र संगीताकी छोरी १० वर्षीया ऋतिका परियारको मृत्यु भएको हो।


तस्वीरः सदर्शन रञ्जित /एचकेनेपाल डट कम

पहिरोले पुरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरबाट गएको टोलिले राति सवा ३ बजे उद्धार गरेर चरक अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याएको केही समयपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो।

त्यस्तै पहिरोले पुरिएका घरधनी १९ वर्षीय रञ्जन परियारलाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। चरक अस्पतालमा उपचार भईरहेको उनको अवस्था सामान्य छ। ब्लकमाथि टिनले छाएको घर अहिले पहिरोले पुरिएको अवस्थामा रहेको छ।

घरमाथि ढिस्को भएकाले त्यहाँ बस्न जोखिमयुक्त हुने र त्यसमा पनि कमजोर घर निर्माण भएकाले पनि क्षति बढी भएको प्रहरी निरीक्षक तिवारीले बताए। सोही पहिरोका कारण अन्य २ घरपनि जोखिममा रहेकोले उनीहरुलाई त्यहाँ नबस्न आग्रह गरिएको तिवारीले जानकारी दिए।

त्यस्तै, पोखराको फिर्केमा पनि अबिरल वर्षापछि बाढीले ३ घर डुबानमा परेका छन्। डुबानमा परेका भक्तबहादुर पुन, राजु सुनार रिमबहादुर सिग्देलको परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीबल कालिका गणको टोलीले जोखिममा परेका घरका सामानहरु सारेको छ।

Popularity: 5%

Add comment July 20th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....