Archive for July 22nd, 2011

२-३ दिन भित्रमा गतिरोधको गाँठो फुक्ने सभामुख नेम्वाङ्गको दाबी

राज गुरूङ/ एचकेनेपाल डट कम -
पोखरा, सभामुख सुवासचन्द्र नेम्वाङ्गले शान्ति प्रक्रिया र संबिधानको काम खासै अगाडि बढ्न नसकेकोले यसलाई अगाडि बढाउन अनुगमन समिति गठन गरी समितिले उनीहरुको काम तथा शान्ति तथा संबिधान निर्माण प्रक्रिया किन ढिलाई भएको छ त्यसको बारेमा जानकारी लिने बताएका छन्।

नेम्वाङले यतिवेला शान्ति र संबिधान निकै चुनौतीपूर्ण अबस्थामा रहेको धारण व्यक्त गर्दै गत जेठ १४ गतेको संबैधानिक संकट नटारिकन सरेको बताउदै भदौ १४ गते आउने संकटलाई टार्न दलहरु जिम्मेवार भएर लाग्नु पर्ने बताए।

पोखराबाट आजदेखि प्रकाशनमा आएको यूनाईटेड राष्ट्रिय दैनिक पत्रिकाको शुभारम्भ गर्दै सभामुख नेम्वाङ्गले दलहरुबीच देखिएको गतिरोध २/३ दिन भित्रमा हटेर शान्ति र संविधान निर्माणको आधार तयार हुने बताउनु बताउंदै नेम्वाङले दलहरुको आन्तरिक किचलोका कारण शान्ति प्रक्रिया र संविधान निर्माणले गति लिन नसकेको प्रष्ट पारे।

दलहरुमा अविश्वास बढेको बताउदै सभामुख नेम्वाङ्गले यसमा दलहरुलाई निरन्तर खबरादारी गर्न जनता तथा संचारकर्मीहरु लाग्नुपर्ने खाँचो औलाए। नेम्वाङ्गले शान्ति र संविधान निर्माणको लागि दलहरु मिल्नुको विकल्प नभएकोमा जोड दिए। संविधानसभाको म्याद थप्ने बेला दलहरुबीच भएको ५ बुँदे सहमति अक्षरस पालनागरी भदौ १४ गते भित्र राष्ट्रिय सहमतिको आधार तयार गर्नुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख नेम्वाङ्गले सिंहदरबारभित्र पत्रकारलाई प्रवेश गर्न नदिईएको घटनाप्रति आफू दुःखी भएको बताउँदै त्यस्ता घटना नदोहोर्‍याउन आफूले सरकारको ध्यानाकर्षण गराईसकेकोले अबदेखि पत्रकारलाई सहज रुपमा सिंहदरबार प्रवेश पाउने विश्वास ब्यक्त गरे।

पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक राजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको शुभारम्भ समारोहमा सभासद रविन्द्र अधिकारी, कृष्णबहादुर गुरुङ, कृष्णकुमारी परियार, नेपाली काग्रेंस कास्कीका सभापति यज्ञबहादुर थापा,एकिकृत नेकपा माओबादी कास्कीका सेक्रेटरी बखानसिंह तमु, नेकपा एमाले कास्कीका सचिव कृष्ण थापा, डेभलमेण्ट बैङ एसोसियसनका सचिव विश्वमोहन अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रीय प्रथम उपाध्यक्ष गंगाधर पराजुली, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठ, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव लक्ष्मीप्रसाद त्रिपाठी लगायतले मन्तव्य राखेका थिए।

Recent Videos:

Popularity: 5%

Add comment July 22nd, 2011

सर्वाधिक राशीको ‘नेपाल आइडल’ हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, सांगीतिक प्रतियोगिताहरुको भिडमा नेपालको अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार रासी भएको अर्को प्रतियोगिता ‘नेपाल आईडल’ आयोजना हुने भएको छ।

सरगम संगीत विद्यालय, आमा फिल्मस प्रालि, कल्चर कटेज प्रालि र नेपाली संगीत संरक्षण तथा प्रवर्दक समूहले आगामी असोजबाट सुरु गर्न लागेको सो सांगीतिक प्रतियोगिता अर्न्तगत ७५ वटै जिल्लामा अडिसन गरेर प्रतियोगीहरु छनौट गरिने छ। आयोजकले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएका हुन्।

अडिसनबाट छानिएकालाई काठमाडौ ल्याएर प्रशिक्षण सहित आगामि चैत्रबाट प्रतिष्पर्धा गराईने छ। प्रतियोगितामा प्रथम अर्थात आईडल टाईटल विजेतालाई एउटा मोटर साईकल, एकलाख रुपैया नगद र पाँच लाख रुपैयाको साँगीतिक सम्झौता, द्वितीय हुनेलाई ५० हजार रुपैयाँ नगद र तृतीय हुनेलाई पच्चिस हजार नगद पुरस्कार दिईने छ। त्यसैगरी उत्कृष्ट १० प्रतियोगीहरुसँग संयुक्त रुपमा ६ लाख रुपैयाको साँगीतिक सम्झौता गरिने छ।

प्रतियोगिता भर अडिसन राउण्डदेखि मुल प्रतियोगितासम्म संगीतकार मणीकमल क्षेत्रीले निर्णायकको रुपमा भूमिका निर्वाह गर्नु हुने छ भने गायक राजेशपायल राई, संगीतकार भूपेन्द्र रायमाझीसहितका अन्य चर्चित गायक र संगीतकारहरुले पालै पालो निर्णायकको भूमिका निर्वाह गर्नेछन्।

आयोजक समितिका अध्यक्ष ओमप्रकाश राईले अडिसन राउण्डमा स्थानीय गायक वा संगीतकारलाई पनि अथिति निर्णायकको रुपमा सहभागी गराईने जानकारी दिए। नेपाल टेलिभिजन प्लसबाट प्रशारित गरिने सो प्रतियोगिता अडिसनदेखि मुल प्रतियोगिता सम्पन्न हुन ११ महिना लाग्ने अध्यक्ष राईले बताए।

नेपाल आईडल आयोजना हुने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका सल्लाहकार एवं गायक राजेशपायल राईले बृहत रुपमा आयोजना गर्न लागिएको नेपाल आईडल प्रतियोगिता आयोजना चुनौतीपूर्ण भए पनि यसलाई सबैसँग समन्वय गर्दै राम्रो प्रतिभा र उत्कृष्ट प्रतियोगी छनौट गर्ने गरी आयोजना गर्नु पर्ने सुझाव दिए। अर्का सल्लाहकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालका गाँउ गाँउमा लुकेर बसेका प्रतिभाको लागि उत्कृष्ट फोरम नेपाल आईडल बन्न सक्ने भन्दै प्रतियोगितालाई नमुना बनाउन आयोजकलाई सुझाव दिए।

सोही अवसरमा अशोक राई, यूवा संगीतकार विकास चौधरी, संगितकार गणेश भण्डारी, विनोद खुम्बुलगायतकाले प्रतियोगितालाई सुभकामना दिएका थिए।

Recent Videos:

Popularity: 5%

Add comment July 22nd, 2011

बोक्सो भएको आरोपमा कुटपिट गर्दा एकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
बाँके, बोक्सो भएको आरोपमा कुटपिट गर्दा बाँकेमा एक वृद्धको मृत्यु भएको छ। बाँके महादेवपुरी गाविस–५ नयाँगाउँ निवासी ५० वर्षीय सुन्दरलाल थारूको स्थानीय बासिन्दाको कुटाइबाट मृत्यु भएको हो।

गाउँमा बिरामीलाई झारफुक गर्न धामी बसेका बेला थारूलाई बोक्सो भएको आरोपमा बिहान स्थानीय बासिन्दाले आक्रमण गरेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएका थारूको मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक उदय तामाङले बताउनु भयो। घटनापछि प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ भने मृतकको शव पोस्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ।

Popularity: 5%

Add comment July 22nd, 2011

कालीगण्डकीमा ट्याक्सी खस्यो, छजना बेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
म्याग्दीको गलेश्वरबाट बेनी आउँदै गरेको ट्याक्सी कालीगण्डकी नदीमा खस्दा चालकसहित छजना बेपत्ता भएका छन्। ग१ज १२३९ नंको ट्याक्सी आज बेनी–जोमसोम सडकखण्डअन्तर्गत जलेश्वरबाट कालीगण्डकी नदीमा खसेको हो।

चालक गलेश्वरका बेदप्रसाद सुवेदी र पाँचजना यात्रु ट्याक्सीसहित कालीगण्डकी नदीमा खसेको प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो।

ट्याक्सी मालिकसमेत रहेका सुवेदी र अन्य दुईजनाको पहिचान भएको छ।

बेपत्ता हुनेमा गलेश्वरका इस्पेन शेरपुजा र दलबहादुर तिलीजा पनि रहेको प्रहरीले जनाएको छ। भाडाको सो ट्याक्सीका यात्रु ट्याक्सी पार्किङस्थलभन्दा बाहिरबाट चढेकाले पहिचान गर्न समस्या परेको हो।

उकालोमा टायर चिप्लिँदा ट्याक्सी सडकदेखि करिब २० मिटर तल खसेको थियो। बेपत्ताको जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको छ।

नदीमा खसेको ट्याक्सीलाई करिब ३०० मिटर बगाएपछि नदीको बीच भागमा रहेको ढुङ्गामा अड्किएको ट्याक्सी उद्धार गर्न प्रहरी, सेना, रेडक्रसकर्मी, यातायात व्यवसायीले प्रयास गरे पनि निकाल्न सकिएको छैन

Popularity: 5%

Add comment July 22nd, 2011

नेपाली खेलाडीले प्रिमियर लिग खेल्लान् ?

एचकेनेपाल डट कम संवाददाता-
प्रतिभाशाली नेपाली फुटबल खेलाडी रोहित चन्द एक ऐतिहासिक सफलताको संघारमा छन्। शनिबार जोर्डनविरुद्ध अम्मान रंगशालामा उनको खेल हेर्न इङ्लिस प्रिमियर लिगका दुई महारथी आर्सेनल र टोटेनह्यामका प्रतिनिधि उपस्थित हुनेछन्।

केही युरोपेली सञ्चारमाध्यमले बहुचर्चित सरुवा बजारमा उनलाई पनि स्थान दिँदै समाचार लेखेका छन्।

खेलकुदसम्बन्धी एक वेबसाइट टक स्पोर्टस डट सिओ डट युकेले बायर्न म्युनिखका फ्रान्सेली राष्ट्रिय स्टार फ्रान्क रिबेरीको सरुवा चर्चासँगै जोडेर रोहितको सम्भावित सरुवा समाचार दिएको छ।

आर्सेनलको आधिकारिक वेबसाइट द गनिङहककमका अनुसार क्लब प्रतिनिधि विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत जोर्डनविरुद्धको पहिलो लेग हेर्न अम्मान रंगशाला जाने पुष्टि गरेको छ।

नेपाली फुटबल इङ्लिस प्रिमियर लिगलाई व्यावसायिक खेलाडी दिने दक्षिण एसियामै पहिलो टोली हुनेछ।

Popularity: 5%

Add comment July 22nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....