Archive for July 26th, 2011

ठूला दलका कारण राजसंस्था फर्कने दाबी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, राष्ट्रिय एकता अभियान यूवा संघले ठूला दलहरुकै कारण नेपालमा फेरि राजसंस्था फर्कने दावी गरेको छ।

संघले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो दावी गरेको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष शोभाकर थापाले ठूला दलहरुको कारण ६०१ सभासद्हरुले एउटा माखो मार्न नसकेकोले पनि राजसंस्था फर्ककने सम्भावना बढेको दावी गरे।
उनले ठूला दलहरु सत्ता र भ्रष्टाचारमा लिप्त भएका कारण शान्ति र संविधान नबन्ने ठोकुवा गरे। अध्यक्ष थापाले मुलुकमा पाँच शक्ति मध्ये राजसंस्था एक शक्ति भएकाले नयाँ बन्ने संविधानमा राजसंस्थालाई समेट्नु पर्ने माग गरे। उनले भने-ठूला दलहरु स्वयं आत्मनिर्भर छैनन्, परजीवी भएर विदेशीको इसारामा नाच्ने दलालहरुले जनताको संविधान र मुलुकमा दिगो शान्ति दिन सक्दैनन्।

लिग नेपाल एकता पार्टीका अध्यक्ष घनेन्द्र बस्नेतले राष्ट्रिय स्वाभिमानसहितको नयाँ संविधान समयमै नआए मुलुक ठूलो दुर्घटनामा फस्ने दावी गरे। उनले भने- १२ बुंदे सम्झौतामा राजसंस्था हटाउने नभनिएको थिएन, अहिले पनि राजसंस्था हटेको छैन।

राष्ट्रिय एकता अभियान यूवा संघका कोषाध्यक्ष भोजराज श्रेष्ठले ठूला दलहरुको लक्ष्य विहीन कार्यले मुलुकमा संकटकाल निम्तिएको आरोप लगाए। सम्मेलनमा राष्ट्रवादी पार्टीका उपाध्यक्ष दोर्जे लामा, नेपाल समता पार्टीका प्रवक्ता विक्रम कुँवरले पनि शान्ति र संविधानको लागि देशभरका यूवाहरु एकजुट हुन आव्हान गरे।

पत्रकार सम्मेलनमा संघले संक्रमणकालको घाउको पीडा भोगिरहेका नेपाली जनताको रक्षा मातृभूमिको अस्तित्व, सुरक्षा र राष्ट्रिय पहिचानका लागि सम्पूर्ण युवा जमात एक हुनका लागि आव्हान गरिएको थियो।

उनीहरुले नयाँ बन्ने संविधानमा निषेधको राजनीतिलाई त्यागेर वर्तमान शक्तिहरुलाई एक ठाउँमा ल्याएर जनतालाई शान्तिर संविधान दिनैपर्नेमा जोड दिए। साउन १४ देखि भादौ १४ सम्म ६०१ सभासद्हरुले दिन रात खटेर भएपनि जनताको संविधान तयार गर्न ध्यान दिनु पर्ने उनीहरुको धारणा रहेको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 26th, 2011

एनआरएनको छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्वारा जारी घोषणा पत्र

एचकेनेपाल डट कम संवाददाता-
मस्को, गैरआवासीय नेपाली संघको छैठौ क्षेत्रीय सम्मेलन मस्कोमा सम्पन्न भएको छ।

‘गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन नेपालको प्रवर्द्धन’को मूल आहृवानकासाथ नेपाल रुस दौत्य संबन्धको ५५ औं वर्ष मनाईरहेको रुस महासंघको राजधानी मस्कोमा जुलाई २३ देखि २४ तारिखसम्म दुई दिन सम्मेलन सञ्चालन भएको थियो।

सम्मेलनमा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, राष्ट्र बैकका गर्भनर, परराष्ट मन्त्रालयका पदाधिकारीहरु युरोप क्षेत्रका कुटनीतिक नियोगका प्रमुखहरु, संविधानसभाका सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरु तथा गैरआवासीय नेपाली संघका २५ देशका प्रतिनिधिहरु उपस्थित थिए।

गैरआवासीय नेपाली संघको छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्र
जुलाई २३-२४, २०११

नेपालका माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, राष्ट्र बैकका गर्भनर, परराष्ट मन्त्रालयका पदाधिकारीहरु युरोप क्षेत्रका कुटनीतिक नियोगका प्रमुखहरु, संविधानसभाका माननीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरु तथा गैरआवासीय नेपाली संघका २५ देशका प्रतिनिधिहरुको उपस्थितिमा गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन नेपालको प्रवर्द्धन को मूल आहृवानकासाथ नेपाल रुस दौत्य संबन्धको ५५ औं वर्ष मनाईरहेको रुस महासंघको राजधानी मस्कोमा २३ देखि २४ जुलाई २०११ सम्म भव्यतापूर्वक सम्पन्न छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनमा व्यक्त विचारलाई सवोधन गर्दै सम्मेलन निम्न प्रतिवद्धता सहितको मस्को घोषणा जारी गर्दछ।

१. नेपाल राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता, लोकतन्त्र एवं गणतन्त्रको संस्थागत विकास, मानव अधिकार र मौलिक अधिकारको प्रत्याभूति गर्ने संविधान वनाउन र शान्ति प्रक्रिया सकारात्मक निष्कर्षा पुर्‍याउन यो संम्मेलन सम्पूर्ण राजनीतिक दलहरुबीच निरन्तर संवाद, सहमती र सहकार्य जारी राख्दै छिटो निष्कर्ष निकाल्न हार्दिक आग्रह गर्दछ।

२. वैदेशिक रोजगारको सिलसिलामा दुर्घटनामा परी अपांग भएका व्यक्तिका परिवारको कुनै एक सदस्यको सिप वृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले फूलकुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोद्वारा ५ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने घोषणाको उच्च प्रशंसा गर्दै उक्त कोष वृद्धिमा योगदान गर्न यो सम्मेलन सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई हार्दिक आहृवान गर्दछ।

३. विश्वभरिका नेपाली समुदायको आग्रह बमोजिम संविधानमा अन्य मुलुकको नागरिकता लिँदा नेपालको नागरिकता खारेज हुने अहिलेसम्मको कानुनी प्रावधान अन्त्य गरी नयाँ संविधानमा एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न यो सम्मेलन संविधानसभा र सम्पूर्ण राजनीतिक दलहरुलाई पुनः आग्रह गर्दछ।

४. नेपाल सरकारद्धारा गैरआवासीय नेपाली समुदायलाई जलविद्युत आयोजनामा लगानी गर्न गरिएको आहृवानलाई हार्दिक स्वागत गर्दै संयुक्त लगानी मोडेलमा जलविद्युत आयोजनाको निर्माणका लागि सहजकर्ताको भूमिका निर्वाह गरेर गैरआवासीय नेपाली समुदायलाई परिचालन गर्न यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ।

५. मध्यपूर्व, मलेशियालगायत अन्य मुलुकहरुमा बैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुका व्यक्तिगत र रोजगार सुरक्षाका सन्दर्भमा देखपरेका विविध समस्या समाधानका लागि नेपाल सरकार, उद्योग बाणिज्य महासंघ तथा अन्य सरोकारवाला संघसंस्थाहरुसंग निरन्तर सहकार्य गर्ने यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ।

६. पर्यटन वर्ष२०११ लाई सफल बनाउने सन्दर्भमा नेपाल भवनको निर्माण गरी नेपालको सांस्कृतिक प्रचारप्रशार गर्ने कार्यमा रुसको गैरआवासीय नेपाली समुदायले पुर्‍याएको योगदानको यो सम्मेलन उच्च प्रशंसा गर्दै संसारभरि छरिएर रहेका नेपाली समुदायलाई यस्तै किसिमका नेपाल चिनाउने संरचनाको निमार्ण गर्न आहृवान गर्दछ।

यसैगरी वेल्जियम, वेलायत, अष्ट्रेलिया, जर्मनी र जापान लगायतका देशमा हरेक वर्ष आयोजना गरिने नेपाल फेस्टिवल जस्ता नेपालको उत्पादनहरु तथा पर्यटन प्रवद्धनमा सहयोग पुर्‍याउने महोत्वहरुको आयोजना गर्न यो सम्मेलन आहृवान गर्दछ।

७. गैरआवासीय नेपाली संघको संयन्त्रभित्र महिला, युवा र विदेशमै जन्मिएको पुस्ताको सहभागितालाई अझ बढि प्रोत्साहन गर्न यो सम्मेलन आग्रह गर्दछ।

८. गैरआवासीय नेपाली संघको दल निरपेक्ष, मुनाफारहित, नेपालको शान्ति र संम्वृद्धिप्रति समर्पित, स्वयसेवी संस्थाको छवीलाई निरन्तरता दिने किसिमका क्रियाकलपामा केन्द्रित हुन संघका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई यो सम्मेलन आग्रह गर्दछ।

९. यस सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न मूख्य भूमिका निर्वाह गर्ने गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद रुस तथा स्थानीय नेपाली समुदायप्रति यो सम्मेलन हार्दिक धन्यवाद व्यक्त गर्दछ।

Recent Videos:

Popularity: 5%

Add comment July 26th, 2011

काँग्रेस बैठक आज, संसदीय दलको नेता फर्ने देउवा पक्षको दबाब

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार अपराह्न १ बजे बस्ने भएको छ।
केन्द्रीय पदाधिकारी एवम् सम्पूर्ण केन्द्रीय सदस्यलाई सो बैठकमा उपस्थित हुनका लागि आग्रह गरिएको पार्टीका मुख्यसचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पाँचबुँदे सहमति कार्यान्वयन, शान्ति र संविधान एवम् पार्टी सङ्गठनका विविध विषयमा सो बैठकमा छलफल हुने बताइएको छ। बैठकमा देउवा पक्षले संसदीय दलको नेता फेर्न यसअघि भएको गोप्य सहमति कार्यान्वयन गर्न दबाब दिने भएका छन्।

Popularity: 5%

Add comment July 26th, 2011

हाल राष्ट्रिय सहमतिको सरकार बन्दैन –गौतम

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले हाल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेको बताउनुभएको छ।

पुष्पलाल स्मृति दिवसका अवसरमा युवा सङ्घले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उपाध्यक्ष गौतमले मुलुकमा शान्ति तथा संविधान निर्माणका लागि सम्पूर्ण राजनीतिक दलले व्यक्तिगत स्वार्थ त्यागी सहमतिमा आउनुपर्नेमा जोड दिनुभयो।

उहाँले सेना समायोजन र संविधान निर्माण वर्तमान परिप्रेक्ष्यमा प्रमुख कार्य भएको चर्चा गर्दै माओवादीलाई फकाउँदै फुलाउँदै भए पनि शान्ति प्रक्रियामा ल्याई वर्तमान राजनीतिक समस्या समाधान गर्न एमाले लागिपरेको बताउनुभयो।

Popularity: 5%

Add comment July 26th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....