Archive for September 1st, 2011

सातौं त्रिमूर्ति दिवस सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, त्रिमूर्ति निकेतनले विहीवार एक समारोहका माझ सातौं त्रिमूर्ति दिवस मनाएको छ।

त्यस अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपाल तथा भारतका ६ जना महानुभावलाई पुरस्कार र सम्मान प्रदान गर्नुभयो।

‘त्रिमूर्ति पुरस्कार’बाट पुरस्कृत हुनेहरुमा भारत दार्जीलिङका कृष्णसिंह मोक्तान र मोहन ठकुरी हुनुहुन्छ। यी पुरस्कारका राशि जनही पच्चीस हजार रुपियाँ रहेका छन्।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान गरेवापत मोक्तान र ठकुरीलाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरिएको हो।

समारोहमा त्रिमूर्ति निकेतनको अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशीलाई काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रमुख अतिथि बैरागी काइँलाद्वारा दोसल्ला ओढाएर सम्मान गरियो।

समारोहमा बैरागी काइँलाले सिन्धुराज्यलक्ष्मी राणाको सौजन्यमा प्रकाशित तथा माधव वियोगीद्वारा रचित बालकृष्ण समको गाथामा आधारित महाकाव्य ‘नाट्यसम्राट्’को लोकार्पण गर्नुभयो।

साथै डा. शैलेन्दुप्रकाश नेपाल लेखनाथ पौड्याल पुरस्कार, मनबहादुर मुखिया बालकृष्ण सम पुरस्कार र तोया गुरुङ देवकोटा काव्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। यी पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन्।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि चार दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली आधुनिक कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत श्रीमती तोया गुरुङलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको हो।

त्यसै गरी नाट्यक्षेत्रमा समर्पित भई नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत मनबहादुर मुखियालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको हो। साथै नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत डा.शैलेन्दुप्रकाश नेपाललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको छ।

त्यस अवसरमा त्रिमूर्ति निकेतन उद्यानको संरक्षणमा पुर्याएको योगदानका लागि भूमिगत जलस्रोत विकास समितिका कार्यकारी निर्देशक प्रमोदराज शर्मालाई ‘त्रिमूर्ति सम्मान’ प्रदान गरियो।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूपरुदे रामबाबू, बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्मा, अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशी, त्रिनारी रत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रित र सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि बोल्नु भएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment September 1st, 2011

प्रचण्डले लिएको गाडी फिर्ता गरुन् म पनि गर्छुः रावल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, नेकपा एमालेका नेता भीम रावलले सस्तो गाडी चढ्ने प्रधानमन्त्रीका निर्णय सस्तो लोकप्रियताको लागि मात्र भएको भन्दै हिम्मत भए सबै महंगा गाडी ग्यारेजमा राखेर आफैले चढे जस्तो गाडी सबैमन्त्री र सचिवलाई चढ्न लगाउन चुनौति दिएका छन्।

विहीवार रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आफूले पनि कुनै सरकारी सुविधाको गाडी नचढ्ने घोषणा गरे।

उनले आफूले सुविधाको महंगो गाडी चढेको र फिर्ता नगरेका भनि बदनाम गराउने षडयन्त्र भईरहेको दावी गर्दै उनले भने-प्रचण्डले लिएको गाडी फिर्ता गरुन, माओवादीले भन्सार छलेर ल्याएको महंगो गाडी फिर्ता गरुन्। म पनि फिर्ता गर्छु आफू भन्सार नतिरी ल्याएको चोरीको गाडी चढ्ने अनि मैले नियम अनुसार पाउने सुविधाको गाडी किन फिर्ता गर्ने?

उनले आफूले जवरजस्ती नभई ऐन अनुसार लगेको भन्दै गोएवल सैलीमा आफूलाई बदनाम गराउने योजनामा कर्मचारीहरु लागेको आरोप लगाए। उनले चुनौति दिदै भने-हिम्मत भए राजनीतिक मैदानमा आउ, गाडी राजनीति नगर। उनले आफूले चढेको गाडी भन्सार छुटमा ९० लाखमा ल्याएको भन्ने आरोपको खण्डन गर्दै भन्सार तिरेर ८० लाखमा ल्याएको बताए।

Recent Videos:

Popularity: 5%

1 comment September 1st, 2011

रिग्रुपिङको काम पुरा नभएसम्म कन्टेनरको साँचो नबुझाइने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सेना समायोजनको मोडालिटि र रिग्रुपिङको काम नसकेसम्म हतियार राखेको कन्टेनरको साँचो नबुझाईने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले बुधवार विशेष समितिमा कन्टेनरको साँचो बुझाउने सहमति नभएको भन्दै लडाकुको शिविरलाई विशेष समितिको मातहतमा ल्याउने सहमति मात्रै भएको ठोकुवा गरे।

उनले भने-साँचो त्यसै आउँदैन । साँचो बुझाउने भनेर भ्रम फैलाउने काम भएको छ । साँचो केको लागि चाहियो फोटो खिचाउन - साँचो ल्याएर प्रधानमन्त्रीको खल्तीमा हाल्ने जस्तो सहज कुरा होईन। यसको लागि पहिला मोडालिटि तय गरी रिग्रुपिङ सम्पन्न गर्नु पर्छ।

उनले तत्काल प्राविधिक टोली शिविरमा पठाएर लगत संकलन गरेपछि संख्या आउने र त्यसपछि रिग्रुपिङको काम सकेर हतियार संकलन गरेपछिमात्रै साँचो बुझाउने कुरा आउने स्पष्ट पारे।

सचिव गजुरेलले पार्टीभित्र आफूले नोट अफ डिसेन्ट लेखेका विषयहरु अहिलेसम्म पनि कायमै रहेको भन्दै आफूहरु त्यसबाट पछि नहटेको बताए।
सत्ता साझेदार मोर्चाले माने माओवादीबाट थप एक उपप्रधानमन्त्री बन्ने भन्दै पार्टी उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारमा आफ्नो पनि नामको विषयमा छलफल भईरहको जानकारी दिए। उनले पार्टीभित्र सबै पक्षलाई ध्यानमा राखेर सरकारमा पठाउने कार्य विभाजन हुने समेत स्पष्ट पारे। उनले भोलिसम्म मन्त्री परिषद विस्तार हुने र अर्को चरणमा राज्यमन्त्रीहरुको नियुक्त हुने समेत जानकारी दिए।

Popularity: 5%

Add comment September 1st, 2011

दुईवटा मोटरसाईकल जुध्दा ३ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीको मुकुन्दपुरमा बुधबार राति दुईवटा मोटरसाईकल जुध्दा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा गैंडाकोटका अर्जुन रोका, पुर्णमान सारु र मुकुन्दपुरका १८ बर्षीय सञ्जोग गुरुङ रहेका छन्।

ग ४ प ६४९८ र ना १७ प २०९८ को मोटरसाइकल एकापसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, दुर्घटनामा गैंडाकोट १ का शिब थापा र सोहन थापा घाइते भएका छन्। शिब थापाको काठमाण्डौ र सोहनको चितवनको भरतपुरमा उपचार भईरहेको जनाइएको छ।

Popularity: 5%

Add comment September 1st, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....