Archive for September 2nd, 2011

पोखरामा डिस्को र डान्स बन्द गरिने

एचकेनेपाल डट कम संवाददाता-
पोखरामा इजाजत नलिई सञ्चालन गरिएका र मापदण्ड पूरा नगरेका डिस्को र डान्सबार बन्द गरिने जिल्ला प्रशासन कार्यालय, कास्कीले बताएको छ।

पश्चिमाञ्चल होटल सङ्घका व्यवसायीको समूहले ध्वनि प्रदूषण बढेको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले सो भनाइ राख्नुभएको हो।

ध्वनि प्रदूषणका कारण व्यवसायी, पर्यटक र स्थानीय बासिन्दा समेत अप्ठ्यारोमा परेकाले प्रशासनलाई गुहारेको सङ्घका अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो।

Popularity: 5%

Add comment September 2nd, 2011

सुडान काण्डमा आरोपितलाई पेसी

एचकेनेपाल डट कम संवाददाता-
सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीका लागि बख्तरबन्द गाडी र बन्दोबस्तीका सामान खरिद गर्दा भ्रष्टाचारमा मुछिएका ३५ जनाका सम्बन्धमा बहसका लागि विशेष अदालतले यही भदौ २८ गते पेसी तोकेको छ

तोकिएको धरौटी बुझाई तारेकमा रहेका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतका प्रहरी पदाधिकारी तथा भगवती ट्रेडर्सका प्रोपाइटर शम्भु भारती पनि अदालतमा उपस्थित भएपछि अदालतले सो पेसी तोकेको हो।

सो काण्डमा मुछिएका लण्डनस्थित एस्युर्ड रिस्क लिमिटेडका ठेकेदार माइकल राइडरले म्याद गुजारी बसेकाले अन्य अभियुक्त सरह फैसला हुँदा तोकिएबमोजिमको सजाय हुनसक्ने उक्त अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिनुभयो।

सुडान काण्डका मुछिएका ३५ मध्ये ११ जनालाई भने बिना धरौट साधारण तारिकमा उपस्थित हुनेगरी छोडिएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि खरिद गरिएको सामग्रीमा अभियुक्तहरूबाट रु २८ करोड ८१ लाख ६१ हजार ६२९ घोटाला भएको आरोपसहित गत जेठ २४ गते सो अदालतमा मुद्दा दायर गरेको थियो।

Recent Videos:

Popularity: 5%

Add comment September 2nd, 2011

आज ऋषिपञ्चमी

एचकेनेपाल डट कम संवाददाता-
भाद्रशुक्ल द्वितीयाका दिन राति दरखाई सुरु भएको तीज पर्व आज भाद्रशुक्ल पञ्चमीका दिन मुलुकभरका नेपाली महिलाले शप्तऋषिको पूजा गरी समापन गर्दैछन्।

सप्तऋषिको पूजागर्ने भएकाले यस दिनलाई ऋषिपञ्चमी पर्व भनिन्छ।

यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरीलगायतका जलाशयमा ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती (वशिष्ठ ऋषिकी पत्नी) सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन्।

सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख छ।

ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ।

यस उपलक्ष्यमा आज बिहानैदेखि काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा विशेष मेला लागिरहेको छ।

Recent Videos:

Popularity: 5%

Add comment September 2nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....