Archive for September 3rd, 2011

पृथ्वीनारायण क्याम्पस ५२ वर्षमा

सागर राज तिमिल्सिना / एचकेनेपाल डट कम-
पोखरा, १७ भाद्र। त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका डीन प्राध्यापक डाक्टर नवराज कंडेलले पृथ्वीनारायण क्याम्पसलाई युनिभर्सिटि निमार्णमा कस्को र केको अवरोध हो त्यो पत्ता लगाउनु पर्ने बताउनु भएको छ।

पृथ्वीनारायण क्याम्पस ५२ वर्षमा प्रवेश गरको अवसरमा आयोजित कार्यक्रममा डीन कंडेलले पृथ्वीनारायण क्याम्पस पहिले नै विश्वविद्यालय भैसक्नु पर्ने बताउदै कस्ले र किन अवरोध पुर्‍याएको छ त्यो पत्ता लगाउनु आवश्यक भएको बताउनु भयो।

पृथ्वीनारायण क्याम्पसमा विश्वविद्यालय निमार्णमा लागि अवश्य सबै पूर्वाधार भएको बताउदै विश्वविद्यालय निर्माणका लागि आवश्यक पहल गर्नु आवश्यक भएको कंडेलको भनाई थियो। उहाँले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा सुधारको पहल भैरहको बताउनु भयो। पृथ्वीनारायण क्याम्पसमा याम फिल पढाईको अनुमति मागेको भएपनि त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय भन्दा बाहिर अनुमति नदिएको बताउनु भयो।

अन्य क्याम्पसहरुमा अनुमति दिनु परेमा पहिलो प्रथामिकता पृथ्वीनारायण क्याम्पसले पाउने बताउनु भयो । कार्यक्रममा बन विज्ञान अध्ययन संस्थान पोखराका डीन प्राध्यापक डाक्टर केशवदत्त अवस्थी, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोन, पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघ एकाई समिति सभापति डाक्टर यामनाथ तिमिल्सिना, पृथ्वीनारायण क्याम्पस कर्मचारी संघ एकाई समिति सभापति रामविक्रम राणा लगायतले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बताउनु पर्नेमा जोडदिनु भएको थियो।

सोही कार्यक्रममा पृथ्वीनारायण क्याम्पसमा २५ वर्षभन्दा बढि सेवा गर्ने कर्मचारी तथा प्राध्यापकहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा व्यवस्थापन समितिका ऋषि सापकोटा, क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष स्व. नारायण प्रसाद शमाका छोरा विष्णुप्रसाद पोखरेल सम्मानित भएका छन्।

त्यसै गरि दीर्घसेवा सम्मानबाट सहप्राध्यापकहरु देवनारायण सुतियार, हुतराज शर्मा, हरिकुमार ओझा, सविता बैद्य, उप प्राध्यापक धनपति सुबेदी र पियन गिरबहादुर गुरुङलाई सम्मान गरिएको हो। त्यसै गरि वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरको मैत्रीपूर्ण फुटबलको विजेता कर्मचारी समूहलाई नगद ३ हजार र मेडल तथा उपविजेता कर्मचारी समूह विलाई नगद २ हजार र मेडल प्रदान गरिएको थियो। त्यसै गरी, अनुसन्धान मुलक पृथ्वी जर्नलको डीन कंडेलले विमोचन गर्नु भएको थियो। जर्नलमा अनुसन्धान गरिएका ९ वटा छुटाछुटै अनुसन्धान रहेका छन्।

Recent Videos:

Popularity: 5%

Add comment September 3rd, 2011

विशेष समितिलाई बुझाएको साँचो फिर्ता हुँदैन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ भदौ । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य देबेन्द्र पौडेल सुनिलले कसैले विरोध गर्दैमा विशेष समितिलाई साँचो हस्तान्तरण गर्ने निर्णय फिर्ता हुन नसक्ने ठोकुवा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने- विशेष समितिलाई साँचो बुझाउने निर्णयबाट पार्टी र सरकार ब्याक हुँदैन। केटाकटीले गुच्चा खेले जस्तो होईन यो निर्णय। उनले पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले सुरु गरेको आन्दोलनलाई लक्ष्य र उद्धेश्यहिन आक्रोसमा थालिएको आन्दोलनको संज्ञा दिदै बैद्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नु पर्ने बताए।

पौडेलले एउटै पार्टीको सरकार विस्तार नहुँदै सडक आन्दोलनमा जाने कुरा संसारमा कहि नभएको जात्रा भएको भन्दै त्यसलाई अनैतिक कार्यको संज्ञा दिए।

उनले बैद्यको आन्दोलनले शान्ति प्रक्रियाप्रति माओवादीमाथि नेपाली जनताले आशंका र प्रश्न गर्ने अवस्था निर्माण गरेको आरोप पनि लगाए। उनले बैद्य पक्ष सहमति नभए पनि शान्ति र संविधान निर्माणमा सरकार अगाडि बढने दावी गरे।

भोलिसम्म क्याविनेटले मोटामोटी आकार लिनेभन्दै बैद्य समूहबाट सरकारमा सहभागी नभएपनि सरकार विस्तार हुने उनले दावी गरे। उनले भने-सबैलाई चित्त बुझाएर र मिलाएर प्रधानमन्त्रीले केही काम पनि गर्न सक्नु हुन्न। कुरा पनि गर्दै जानु हुन्छ काम पनि गर्दै जानु हुन्छ। अब अड्किएर बस्नुहुन्न। आगडि बढ्नु हुन्छ। उनले उपप्रधानमन्त्री नथपि मन्त्री परिषद विस्तार हुने जानकारी पनि दिए।

पौडेलले प्रधानमन्त्रीले तरवारको धारबाट यात्रा थालेको भन्दै प्रधानमन्त्री विरोधका विच अगाडि बढ्ने र प्रतिकूल समयमा पनि उचित निर्णय लिने राजनेता बन्ने ठोकुवा गरे। उनले शान्ति प्रक्रिया निष्कर्षमा पुरयाउँदै पाँच बर्षदेखिको गतिरोध अन्त्य गर्ने, संविधानको मस्यौदा निर्माण गर्ने र जनतालाई तत्काल राहत दिने सरकारको प्रमुख लक्ष्य भएको सुनाए।

Recent Videos:

Popularity: 5%

Add comment September 3rd, 2011

कुवेतमा तीज बिशेष कार्यक्रम भव्यरुपमा सम्पन्न

ईन्द्र भूषाल र डम्बर रिमाल/ एचकेनेपाल डट कम-
कुवेत, देश छाडेर प्रवासमा रहनुको पीडा जे-जस्तो भएपनि नेपाली नारीहरुले कुवेतमा नेपालकै परिवेशमा जस्तो हरितालिका तीज भब्य रुपमा छमछमती नाचेर अनि गाएर मनाए।

कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजना र कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाहरुको सह-प्रायोजन एवं सहयोगमा सञ्चालित नेपाली नारीहरुको तिजे कार्यक्रम बिगतका बर्षहरुको तुलनामा अत्यन्तै भव्य र पृथक ढंगमा मालियास्थित होटल एसिया-एसियामा “करिब १५०० नेपालीहरुको उपस्थितिमा” सम्पन्न भएको छ।

प्रमुख अतिथि महामहिम राजदूतको आगमनमा केही ढिलाईका कारण निर्धारित समय भन्दा ढिलो शुरु भएको कार्यक्रममा संस्थाका संरक्षक एवं पूर्वाध्यक्ष मनु मगरले स्वागत मन्तव्य दिनुभएको थियो भनें राजदूत मधुवन पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली र आयोजक संस्थाका अध्यक्ष टिकाराम आचार्यको शुभकामना मन्तब्य रहेको थियो । वहाँहरुले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा नेपालकुवेत साँस्कृतिक मञ्चले प्रवासमा रहेर पनि यस्तो बृहत कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गर्दै आयोजकलाई बधाई तथा शुभकामना दिनु भयो।

महामहिम राजदूतद्वारा पानसमा दिप प्रज्वलन गरी मुर्तरुप दिईएको कार्यक्रमलाई राजदूत धर्मपत्नी सिता पौडेलको साथमा अन्य संस्था प्रमुखका धर्मपत्निहरुले सामुहिक नृत्य गरी उद्घाटन गरिएको थियो भनें आयोजक साँस्कृतिक मञ्चले बिगत तीन महिनादेखीनै सम्पूर्ण नेपाली नारिहरुलाई रातो सारीमा सजिएर आउन अनुरोध गरेकोले आफ्नो नेपाली परम्परालाई आत्मसात गर्दै सम्पूर्ण उपस्थित दिदीबहिनीहरुले रातो सारी र चौबन्दी चोलिमा ठाँटिएर नेपाली पनलाई प्रवासमा पनि पूर्णरुपमा झल्काए।

साँस्कृतिक मञ्चका कलाकारहरु रत्न बराल, अर्जुन तामाङ्, माधब शर्मा, अनिल रसाईली लगायत मञ्चका अन्य कलाकारहरुको जोडदार प्रस्तुतिले सम्पूर्ण नेपाली नारिहरुलाई नचाएको थियो भने प्रवासमा रहेका नेपाली दाजुभाइहरुको पनि ३ के.डी टिकट मुल्यको बाबजुत उल्लेख्य उपस्थिती रहेको थियो ।
नेपाली पन, संस्कृति अनी आधुनिकतालाई समेत ध्यानमा राख्दै सन्चालन गरिएको कार्यक्रममा पुरुषले समेत महिलाको पहिरन लगाएर आफ्नो कलालाई नेपालीहरु सामु पस्केका थिए भनें महिलाको पहिरनमा कला प्रस्तुत गर्ने पुरुष पत्रकार नवराज पन्थी रहेका थिए । यस्तै, अन्य सम्पूर्ण कलाकारहरुको बेजोड प्रस्तुती त रह्यो नै, यद्दपी बाल कलाकार सुश्री ….थापाको समेत जोडदार परस्तुतिले सम्पूर्ण दर्शकलाई खुशीको माहौलमा झुमायो, उनको प्रस्तुतिलाई मन पराई उपहार दिनेहरु पनि थिए । यसैगरी, नेपाली नारीहरुको कार्यक्रमलाई सहयोग गर्ने बिभिन्न महानुभाबहरुलाई साँस्कृतिक मञ्चले दोसल्ला ओढाई सम्मान गर्‍यो।

उपस्थित दर्शकहरुको तुलनामा हल केही सानो भएको र खचाखच भरिएको दर्शकहरु माझ नेपाली नारिहरु नाच्नको लागि तछाड र मछाड गरेको दृश्य देख्दा एकातिर कुवेतको तीज बिशेष साँच्चै नै बिशेष भएको अनुमान लगाउन सकिन्थ्यो भनें अर्कोतिर आयोजकलाई सम्हाल्न हम्मेहम्मे परेको पनि देखिन्थ्यो ।
संस्थाका अध्यक्ष टिकाराम आचार्यको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्को विशेष आतिथ्य रहेको थियो भनें अन्य अतिथिहरुमा धर्मराज गिरी अध्यक्ष माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, दिपक क्षेत्री अध्यक्ष जन-जाग्रिती युवा समाज, कुमार झापाली अध्यक्ष जन-प्रगतिशिल मञ्च, सुजन केसी अध्यक्ष नेपाल पत्रकार महासँघ कुवेत शाखा, राजन रिमाल प्रधान सम्पादक नेपालकुवेत डटकम, जय आले प्रधान सम्पादक कुवेतनेपाल डटकम, राजन कुवँर NRNA-ICC कुवेत, राजु खड्का अध्यक्ष नेपाली जन-सम्पर्क समिति, बम पुलामी अध्यक्ष मेनपावर एशोसियसन, नवराज श्रेष्ठ अध्यक्ष नेवा: गुठी, टेन्डुप शेर्पा अध्यक्ष मजदुर सँघ, खोप गुरुङ उपाध्यक्ष तमु समाज, सुन ब. तामाङ अध्यक्ष तामाङ् घेदुङ, बि.बी मल्ल अध्यक्ष लालीगुराँस परिवार, आशिष कुवँर अध्यक्ष कालीगण्डकी समाज, समाजसेविहरु एस.पि प्रधान, प्रेम शाह लगायत अन्य बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरु हुनुन्थ्यो।

कार्यक्रमको सन्चालन राजन रिमाल, सुजन के.सी, तोयानाथ दाहाल, आनन्द आचार्य, सुश्री शान्ती तामाङ र सुश्री किरण आलेले सयुक्त रुपमा गर्नु भएको थियो।

Popularity: 5%

Add comment September 3rd, 2011

साँचो बुझाउने कार्य शान्ति सम्झौता विपरीत– वैद्य, थापा

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले माओवादी शिविरका हतियारको कन्टेनरको साँचो बुझाउने कार्य बृहत् शान्ति सम्झौता, अन्तरिम संविधान र पार्टीको केन्द्रीय समिति तथा स्थायी समितिको निर्णय विपरीत रहेको जनाउनुभएको छ।

उहाँहरूद्वारा जारी विज्ञप्तिमा यही भदौ १५ गते बेलुका ५ बजे अप्रत्यासित रूपमा शिविरका कन्टेनरको साँचो मन्त्रिपरिषद् अन्तर्गतको विशेष समितिलाई बुझाउने कदम अविलम्ब खारेज गर्न माग गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ– कन्टेनरको साँचो बुझाउने कदम नितान्त निशस्त्रीकरणको प्रक्रिया भएकाले यसमा हामी सैद्धान्तिक रूपले कदापी सहमत हुन सक्दैनौं।

पार्टी स्थायी समितिको बैठकमा कन्टेनरको चाबी बुभाउने शब्द र वाक्यांश हटाएर पार्टी अध्यक्षको प्रस्तावलाई परिमार्जन गरी पारित गरिएको थियो भन्दै विज्ञप्तिमा भनिएको छ– तर, स्थायी समितिबाट अस्वीकृत उक्त चाबी बुझाउने प्रस्तावलाई सरकारको विशेष समिति मार्फत जसरी कार्यान्वयन गरियो त्यो राजनीतिक रूपले न्यूनतम् इमान्दारी र नैतिकताको पनि गम्भीर उल्लङ्घन हो।

निर्णय गर्ने प्रक्रियामा पार्टी अध्यक्षले पदाधिकारी तथा महासचिव तथा सुरक्षा विभाग प्रमुख रामबहादुर थापालाई पनि जानकारी नदिई केही कमान्डरलाई जम्मा गरी रहस्यमय ढङ्गबाट निर्णय गरिएको भन्दै विज्ञप्तिमा सम्मानजनक सेना समायोजन प्रक्रिया अवलम्बन गर्न आग्रह गरिएको छ।

साथै विज्ञप्तिमा चाबी बुझाएको विरोधमा देशभर पक्राउ परेका नेता तथा कार्यकर्तालाई अविलम्ब रिहाई गर्न माग पनि गरिएको उल्लेख छ।

Popularity: 5%

Add comment September 3rd, 2011

बस दुर्घटनामा दुईको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत कबिलास–२ खहरेमा हिजो साँझ भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।

पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख २५५३ नम्बरको बस सडकमा पल्टँदा एक बालक र एक महिलाको ज्यान गएको हो।

उनीहरूको सनाखत भएको छैन। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसले च्यापिएको अवस्थामा रहेको उनीहरूको शवलाई केहीबेर अघि मात्र निकालिएको छ। दुर्घटनामा परी घाइते भएकाहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Popularity: 5%

Add comment September 3rd, 2011

क्रिकेटको बल लागेर बालकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
क्रिकेटको बलले लागेर पर्वतको ठुलीपोखरी गाविस–२ का आठ वर्षीय बालकको मृत्यु भएको छ। साँझको समयमा क्रिकेट खेल्ने क्रममा साथीले प्रहार गरेको बल लागेर तेजप्रसाद सापकोटाका आठ वर्षीय छोरा पवनको ज्यान गएको हो।

घर नजिकको त्रिभुवन प्राथमिक विद्यालयको मैदानमा क्रिकेट खेल्ने क्रममा बलले पेटमा लागेपछि पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

ठुलीपोखरी प्रहरी चौकीले घटनाको अनुसन्धान आरम्भ गरिसकेको बताइएको छ।

Popularity: 5%

Add comment September 3rd, 2011

प्रधानमन्त्रीद्वारा माधव नेपाललाई सहयोगको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच जारी शान्ति प्रक्रिया र समसामयिक राजनीतिका विषयमा भेटवार्ता भएको छ।

नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा प्रधानमन्त्री डा भट्टराईले शान्ति प्रक्रियालाई गति दिन सेना समायोजन विशेष समितिलाई माओवादी लडाकु र हतियारको जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी गराउनुभयो।

त्यस अवसरमा नेता नेपालले शान्ति प्रक्रियालाई अघि बढाउने सन्दर्भमा एमालेले प्रतिपक्षमा बसेर पनि सहयोगी र रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री डा भट्टराईलाई अघि बढ्न सुझाव दिनुभएको छ।

एमालेका प्रचार विभाग सदस्य विष्णु रिजालका अनुसार नेता नेपालले साँचो हस्तान्तरणसँगै वाइसिएल र एमाओवादीको कब्जामा रहेका सम्पत्ति फिर्ता, जथाभावी प्रयोग गरिएका सरकारी गाडीलाई प्रक्रियामा ल्याएमा थप विश्वासको वातावरण बन्ने धारणा पनि राख्नुभएको छ।

प्रधानमन्त्री डा भट्टराईले शान्ति प्रक्रियामा अनुभवी र भूमिका खेल्ने नेताका हैसियतमा सरकारलाई सहयोग गर्न नेपाललाई आग्रह गर्नुभएको थियो।

Popularity: 4%

Add comment September 3rd, 2011

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यद्वयद्वारा राजीनामा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

उपाध्यक्ष डा देवकोटाले आयोगमा पत्रकार सम्मेलन गरी आफूले राजीनामा दिनेबारे प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेट गरी जानकारी गराएको र वर्तमान सरकारलाई काम गर्न सहज परिस्थिति सिर्जना गर्न आफूले राजीनामा दिएको बताउनुभयो।

उहाँसँगै आयोगका सदस्यद्वय डा पे्रम कुँवर र रामकुमार शर्माले पनि वर्तमान सरकारलाई काम गर्न सहज पुर्‍याउने भन्दै राजीनामा दिनुभएको छ।

उपाध्यक्ष डा देवकोटाले ३१ महिने आफ्नो कार्यकालमा मुलुकको विकासका लागि २० वर्षे दृष्टिकोणको खाका तयार पारेको, बबइ डाइभर्सन, माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्गलगायतको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो।

Popularity: 4%

Add comment September 3rd, 2011

रेडिंगमा तीज पर्व धुमधामका साथ मनाइयो

कुमार के.सी./एचकेनेपाल डट कम -
रेडिंग, बेलायतका रेडिंगबासी नेपाली दिदीबहिनीले धुमधामका साथ हरितालिका तीज पर्व मनाए।

ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसन (जिआरएनसीए) को आयोजनामा स्थानीय पाकिस्तानी कम्युनिटी हलमा सम्पन्न तीज कार्यक्रममा रेडिंग क्षेत्रका दिदीबहिनीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा गायिका शर्मिला बर्देवाका तीजि तथा अन्य गीतहरुले अझ रौनक थपेको थियो। चेलीबेटीका बेदना, उत्साह तथा खुशीले भरिएका तीजका गीतहरुमा सम्पूर्ण दिदीबहिनीहरु झुमेको पाइयो।

जि.आर.न.सी.ए का पदाधिकारीहरु बसाइ, खानेकुरा तथा गीत संगीत र अन्य ब्यबस्थामा तल्लिन थिए भने दिदीबहिनीहरु नाच्न, फोटो खिचाउन र एकापसमा खुसि साटासाट गर्न मस्त थिए।

कार्यक्रममा समाजका अध्यक्ष महेश गुरुङ, उपाध्यक्षद्वय किर्ति विलास पन्त र रमेश बास्तोला, महासचिब नारद भण्डारी, सचिब प्रेम गुरुङ, कोषाध्यक्ष भीमसेन खड्का तथा सल्लाहकारहरु डा. कृष्ण रेग्मी, डा.चन्द्र बहादुर गुरुङ, विश्व आदर्श पण्डित र अर्जुन बस्नेतको उपस्थिति रहेको थियो।

समाजका अधिकांश पदाधिकारीको उपस्थिति रहेको सो तीज पार्टीमा चौतारी रोदीघरको स्वादिस्ट परिकारले सहभागी सबैलाई तीजको दर खाएको आनन्द अनुभूति गराएको थियो।

कार्यक्रम रुचिला बास्तोलाले संचालन गर्नु भएको थियो भने सहभागी सम्पूर्ण दिदीबहिनीलाई यसबर्षको तीजको सुभकामना दिदै तथा ब्यबस्थापनमा सहयोग गर्ने सबै पदाधिकारीहरुलाई धन्यवाद दिदै तीज कार्यक्रमका संयोजक तथा कार्यसमितीका सदस्य राधा भट्टराईले कार्यक्रम समापन गर्नु भएको थियो।

त्यसै गरी, रेडिंग क्षेत्रका तीज पर्ब मनाउने सबै दिदीबहिनीहरुले हरितालिका तीजका दिन स्थानीय हिन्दू मन्दिरमा दिनभर पूजापाठ तथा नाचगान गरेर मनाएका थिए।

Popularity: 4%

Add comment September 3rd, 2011

माल्दिभ्समा पनि हरितालिका तीज भव्यताका साथ मनाइयो

नेत्र शर्मा/एचकेनेपाल डट कम -
माल्दिभ्स, हिन्दू नारीहरुको महान पर्ब हरितालिका “तीज” को उपलक्ष्यमा माल्दिभ्समा कार्यरत नेपालीहरुले पनि एक भब्य कार्यक्रम गरी मनाएका छन्।

माल्दिभ्समा रहेको नेपालीहरुको एकमात्र साझा सस्था नेपाल-माल्दिभ्स मैत्री समाजले हुलुमाले आइल्याण्डमा आयोजना गरेको कार्यक्रममा सयौं नेपाली दिदीबहिनी तथा दाजु-भाइहरुको उपस्थिति थियो।

कार्यक्रममा पुरुष भलिबल प्रतियोगिताको आयोजाना गरिएको थियो जसमा च्याम्पियन टिमलाई समाजकी उपाध्यक्ष कुमारी जिसीले र
फस्ट रनर टिमलाई सदस्य सुमित्रा पराजुलीले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रम स्थल तिजी गीतले गुन्जायमान भयको थियो भने सबै जसो
दिदीबहिनी र दाजु-भाइहरु गीतको तालसंगै आफ्नो कम्मर मर्काउनमै ब्यस्त थिए।

Popularity: 4%

Add comment September 3rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....