Archive for September 5th, 2011

लण्डन मेलामा दूतावासको सहभागिता

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन, नेपाल पर्यटन वर्ष२०११ लाई सफल बनाउने अभियानमा जुटेको बेलायतस्थित नेपाली दूतावासले लण्डन मेलामा सक्रिय सहभागिता जनाएको छ।

लण्डनस्थित गुनर्सपार्कमा आइतबार सम्पन्न मेलामा दूतावासले रिसेप्सनको समेत आयोजना गरेको थियो। दूतावासले आयोजना गरेको रिसेप्सनमा साउथ एशियन कम्युनीटिका प्रतिनिधिहरु, लण्डन मेलाका उत्पादक, इलिङ काउन्सीलका नेता, तथा मेयर, लण्डन मेयरका सांस्कृतिक सल्लाहकार, एनआरएन युकेका अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष महन्त श्रेष्ठलगायत दूतावास परिवारको उपस्थिति रहेको थियो।

बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले नेपाली संस्कृति र कलालाई विश्व बजारमा पुर्‍याउन मेलामा दूतावासले सक्रिय सहभागिता जनाएको बताए। उनले दुइदेशबीचमा सांस्कृतिक सम्बन्ध विस्तार गर्न तथा नेपालका बहुआयामीक पक्षबारे बेलायती पर्यटकलाई नेपाल चिनाउने प्रयत्न भएको प्रष्ट पारे। यस सहभागिताले नेपाल पर्यटन बर्ष२०११ सफल पार्नमा समेत टेवा दिने विश्वास लिएको बताउंदै चालिसेले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताबारे प्रकाश पारेका थिए। मेलापछि संक्षिप्त कुराकानी गर्दै राजदूत चालिसेले बेलायतमा दूतावास र एनआरएन बीचको अनुपम उदाहरणीय कार्य भएको बताए।

दूतावास र एन आर एनको सहकार्यमा भएको यस कार्यक्रमले दूतावास एन आर एनसंग हातेमालो गर्दै नेपाली कला, संस्कृति तथा खानाको प्रबर्द्धन गर्न सक्छ भन्ने उदाहरण दिएको थियो।

मेलामा सहभागी इलिङ काउन्सीलका नेता जुलीयन बेलले दूतावासको सहभागिता अत्यान्त प्रशंसनीय रहेको बताए । उनले यस्तो सहभागिताले दुइ देशबीचको सांस्कृतिक सम्बन्ध थप सुधार हुने आशा लिएका थिए। सो अवसरमा इलिङका काउन्सीलर जोन गलाघर, बेलायतका लागि भारतीय कार्यवाहक राजदूत, बंगलादेशका हाइकम्मिसनर, मेलाका उत्पादक जुलीयन रुढ, लण्डन मेलाका सांस्कृतिक डाइरेक्टर मुनीरा मिर्जा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

मेयर अफ लण्डन र इलिङ काउन्सीलले संयुक्त रुपमा आयोजना गरेको मेला सन २००३ देखि शुरु भएको हो। मेलामा नेपाली दूतावासको यो दोश्रो सहभागिता हो। विशेष गरी साउथएशियन कम्युनीटिको सहभागिता हुने मेलामा नेपाली कला र संस्कृति झल्काउने नेवारी, गुरुङ, शेर्पा, लिम्बु नृत्यहरु देखाइएको थियो। सो अवसरमा नेपाली सांस्कृतिक फेशन शो समेत गरीयो। फेशन शोमा नेपालका हिमाल, पहाड र तराइका भेषभूषामा सजिएर युवायुवतीहरु स्टेजमा उत्रिएका थिए।

गुल्मी समाज युकेका अध्यक्ष ओम थापाको नेतृत्वमा नेपाली पञ्चेवाजाले मेलामा उपस्थित धेरैको मन छोएको थियो। सो अवसरमा बेलायतमा रहेको नेपाली हेडेज व्याण्डले आफ्नो प्रस्तुती देखाएको थियो।

नेपाली दूतावासको सहभागितालाई बेजोड बनाउन दूतावासले एनआरएनसंग समन्वय गरेको थियो। दूतावासका कार्यालय सचिव प्रशान्त कुंबरले संयोजन गरेको कार्यक्रममा एनआरएन अध्यक्ष सुर्य गुरुङले साथ दिएका थिए।

Recent Videos:

Popularity: 5%

Add comment September 5th, 2011

प्रधानमन्त्री र माओवादी अध्यक्षलाई दिल्लीमा स्वागत गर्न आतुर

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ भदौ। भारतीय जनता दल यूनाईटेडका महासचिव केसी त्यागीले नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्न भारत आतुर रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा महासचिव त्यागीले डा बाबुराम भट्टराईको नेतृत्वप्रति भारतको सरकार,राजनीतिक पार्टी नागरिक समाज धेरै आशावादी रहेको भन्दै उहाँको नेतृत्वमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण कार्य निष्कर्षमा पुग्ने विश्वास ब्यक्त गरे।

उनले भने-नेपालका प्रधानमन्त्री भारतको लागि नयाँ अनुहार होइन। हामीले उहाँलाई बुझेका चिनेकाछौ। उहाँ नयाँ नेपालको निर्माता हो। उहाँले सबै देख्नु र बुझ्नु भएको छ।

उनले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउँदै लोकतान्त्रिक संविधान लेखेर निर्वाचनमार्फत नयाँ नेपाल निर्माण अभियानमा लाग्नुपर्ने सुझाव पनि दिए।

पछिल्लो समयमा विश्वभरी सुरु भएको शान्ति पूर्ण आन्दोलनको जननी नेपालको शान्ति पूर्ण आन्दोलन भएको भन्दै सोही लहरले अहिले संसार भरीका तानाशाहको कुर्सि हल्लिन थालेको बताए। आफूहरु नेपाली र लोकतन्त्रको मित्र भएको भन्दै लोकतन्त्र कुल्चिने देखि अझै नेपाली जनता र राजनीतिक दलहरु सावधान रहनु पर्ने आवश्यकता औल्याए। उनले सरकारलाई बेइमान र भ्रष्ट हुनबाट रोक्न नेपाली जनताले सचेत पूर्वक अंकुश लगाउनु पर्नेमा समेत जोडदिए।

उनले प्रधानमन्त्री भट्टराईलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई र कार्यकाल सफलताको कामना समेत गरे।

Recent Videos:

Popularity: 5%

Add comment September 5th, 2011

अध्यक्ष र प्रधानमन्त्रीले गल्ति स्वीकारे विवाद समाप्त हुन्छः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ भदौ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईले लडाकुको हतियार राखेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णय गल्ति भएको भनि स्वीकार गरे पार्टीभित्र देखिएको विवाद अन्त्य हुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले आफूहरुले विशेष समितिलाई बुझाई सकिएको साँचो फिर्ता ल्याउनु पर्छ भनेर आन्दोलन गरेको नभई पार्टीको निर्णयविपरित काम भयो भनेर मात्रै आन्दोलन गरेको दावी गरे।

उनले भने-बुझाईसकेको साँचो फिर्ता हुँदैन भन्ने कुरा हामीलाई पनि थाहा छ। पार्टी निर्णयविपरित भएको यो निर्णय अहिले सच्याईएन भने आगामी दिनमा झनै यस्ता निर्णयहरु हुने भएकोले विरोध गरेका हौ।

सचिव गजुरेले साँचो बुझाउने निर्णय गल्ति भएको स्वीकार गरे आफ्नो समूह सरकारमा सहभागी हुने र पार्टीभित्रको विवाद पनि समाप्त हुने दावी गरे।
साँचो बुझाउने निर्णयमा आफूहरु केन्द्रीय कमिटिमा बहुमतमा रहेको भन्दै अध्यक्ष र प्रधानमन्त्रीले गल्ती स्विकार नगरे बहुमतबाट साँचो बुझाउने निर्णय गलत थियो भन्ने कुरा पारित हुने ठोकुवा उनको थियो। उनले भने-अध्यक्ष र प्रधानमन्त्रीलाई कारवाही गर्ने हाम्रो योजना होइन, निर्णय गल्ति थियो भन्ने पुष्टि गर्नु मात्रै हो।

आफूहरुलाई पार्टीभित्र कारवाही गर्ने प्रयास पहिला देखिनै भईरहेको भन्दै गजुरेलले तीनै तत्वहरु पार्टी फुटाउनसमेत लागेको दावी गरे। उनले भने-हामी पार्टी फुटाउने पक्षमा छैनौ । ज-जसले पार्टीको निर्णय उल्टाउँदै हिडेका छन् उनीहरु नै पार्टी फुटाउन लागेका छन्।

पार्टी फुटाउन आवश्यक चालिस प्रतिशत केन्द्रीय सदस्य र सभासदहरु आफूसँग रहेको दावी गरे पनि उनले पार्टी फुटाउनु आवश्यक नभएको स्पष्ट पारे।
पार्टीभित्र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधरलाई शान्ति विरोधी देखाउने षडयन्त्र भईरहेको भन्दै उनले शान्ति प्रक्रियाको ब्याख्या संकृण ढंगले गर्ने गरिएको प्रति आफूहरुको आपत्ति भएको बताए। गजुरेलले शान्ति प्रक्रिया भनेको लडाकुको समायोजनमात्र नभई द्धन्द्धकालमा लागेको झुठा मुद्दा खारेजी, शहीद परिवारलाई राहत र सम्मान, द्धन्द्वबाट विस्थपितलाई पुनर्स्थापना गर्नु पनि भएको भन्दै अहिले शान्ति प्रक्रियालाई केवल हतियार र लडाकु समायोजन गर्ने विषयको रुपमामात्रै ब्याख्या गरिएको प्रति आपत्ति प्रकट गरे।

Popularity: 5%

Add comment September 5th, 2011

राजेशपायल राई पनि गिनिज बुकमा नाम लेखाउने प्रयाशमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
नेपालमा थरि थरिका रेकर्ड राख्दै आएका गायक राजेशपायल राईका आँखा अब गिनिज बुक अफ वर्ल्ड रेकर्डस तिर लागेका छन्।

एकसाथ तीन एल्वम रिलिज गरेर राजेशपायल राईले यस्तो रेकर्डमा नाम लेखाउने तयारी गरेका हुन्। यसका लागि उनले केही समयपछि नै आधुनिक,लोक र राष्ट्रिय गीतहरुका एल्वम रिलिज गर्दैछन्।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउनका लागि सेलरोटीमार्फत औपचारिक रुपमा पत्र गिनिजमा रजिष्ट्रेशनका लागि गईसकेको छ।

यसरी रिलिजका लागि तय भएका एल्वममा राष्ट्रिय गीतहरु समेटिएको एल्वम ‘मेड इन नेपाल’ लोक गीतहरुको संग्रह’जदौ भाग ३’ र आधुनिक गीतहरुको संग्रह’मुर्च्छना भाग २’ हुन्। रिलिजको मिति तय नभईसकेको राजेशपायलका यी हरेक एल्वममा ८ -८ वटा गीत समेटिएका छन्।

एक दशक भन्दा ज्यादा समयदेखि नेपाली संगीतमा लागि परेका राजेशपायल राईले थुप्रै सफल एल्वमहरु दिईसकेका छन्। यदि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा उनको यो कीर्तिमान दर्ता हुन सक्यो भनें गायक स्वयंका अलावा नेपाली संगीतका लागि पनि यो ठूलो उपलब्धि हुने विश्वास गर्न सकिन्छ।

सेलरोटीमार्फत पठाईएको निवेदन हाल दोश्रो चरणमा रहेको जानकारी आएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डसले जनाए अनुसार उनका प्रतिनिधिहरु हाल निवेदनको वैधानिकता माथि अनुसन्धान गरिरहेका छन्। एक साथ तीन एल्वम रिलिज गर्ने अर्को कोही नभेटिए राजेश पायल राईको नाम गिनिज बुकमा लेखिने पक्का छ।

लन्डनमा कार्यालय रहेको गिनिज बुक अफ वर्ल्ड रेकर्डस् विश्वको एक मात्र वैधानिक संस्था हो जसले संसार भरिका अनौठा कामलाई वैधानिकता प्रदान गर्दछ। दैनिक रुपमा आउने हजारौं चिठ्ठीमाथि अनुसन्धान गरेर निर्णय दिने यो संस्थाले आउँदो ४ हप्ता भित्रमा आफ्नो जवाफ पठाईसक्ने जानकारी दिएको छ।

Popularity: 5%

4 comments September 5th, 2011

कोलोराडोमा रातो भाले क्वाएँ क्वाएँ

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, नेपालका प्रशिद्ध लोक गायक हिरण्य श्रेष्ठ भोजपुरीको प्रमुख आतित्थ्यमा कोलोराडोमा ” मितेरी सांझ ” साँगीतिक कार्यक्रम शनिवार सम्मन्न भयो।

“रातो भाले क्वाएँ क्वाएँ“ सुत्केरीलाई ख्वाएं,” “ट्यासी गुडाउंदै वाईरोडको बाटोमा धुलो उडाउंदै ” जस्ता गीत गाएर ज्यादै प्रशिद्ध भएका भोजपुरीले ६९ बर्षको उमेरमा पनि यूवा जोस र जांगरका साथ आफ्ना कला दर्शक सामु पस्किएका थिए।

आफू मात्र होइन जीवन संगिनी पनि गायिका पाएका भोजपुरीले २०२४ सालमा जीवन संगीनी उर्मिला श्रेष्ठ, साली निर्मला श्रेष्ठ र गणेश रसिकसंगै गाएका धनकुटा बाट ट्याम्के डांडा भन्ने गीत आज गणेश रसिकबाहेक तीन जनाको उपस्थितीमा कोलोराडोमा गाउंदा दर्शकको गडगडा ताली पाएका थिए।

कोलोराडोस्थित ब्रुमफिलमा सम्पन्न कार्यक्रममा स्थानीय गायक तथा संगीतकारहरुको बाक्लो उपस्थिती रहेको थियो। काफल पाक्यो काफल पाक्यो भन्छ चरिले भन्ने गीतबाट श्रोता माझ चिनिएकी निर्मला श्रेष्ठ र उर्मिला श्रेष्ठले पनि स्टेजमा संगै गीत गाएर श्रोतालाई तताएका थिए। त्यसै गरी सुरेशचन्द्र प्रधान, उषा किरण अधिकारी, निलम श्रेष्ठ, राम श्रेष्ठ, सिमा कार्की, मनोज तुलाधर लगायतका गायकहरुले आफ्नो कला र गला दर्शक सामु प्रस्तुत गरेका थिए।

नेपालमा तत्कालिन समयमा पद्य संगीत प्रशस्त भएपनि गद्य संगीतको खडेरीको समयमा हिरण्य भोजपुरी उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र गणेश रसिकले लेकाली साँगीतिक समूहमार्फत गध्य संगीत बजारमा ल्याई श्रोताको मनजित्न सफल भएका थिए। गद्य संगीतका श्रोताले अधिकांश हिन्दी गीत सुन्नु पर्ने समयमा २०२२ सालतिर साँगीतिक क्षेत्रमा उदाएका हिरण्य भोजपुरी तत्कालीन समयमा श्रोताका ज्यादै प्यारा थिए।

स्टेजमा उभिएर गीत गाएको ४५ बर्षपछि कोलोराडोस्थित रकिमाउन्टे फ्रेन्स अफ नेपालको संयोजनमा नेपाली दाजुभाइ दिदीबहिनी माझ आफ्नो कला प्रस्तुत गर्न पाउंदा जीवनमा आफु फेरी तन्नेरी भएको उनको अनुभब थियो।


Popularity: 4%

Add comment September 5th, 2011

एनआरएन मलेसियामा पौडेल

कोपिला गौतम / एचकेनेपाल डट कम-
क्वालालम्पुर, गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाको तेश्रो अधिवेशनले पुनः शंकरवहादुर पौडेललाई अध्यक्षमा चयन गरेको छ।

क्वालालम्पुरमा आइतवार भएको अधिवेशनले उपाध्यक्षद्वयमा कर्मा दोर्जे गुरुङ र भवानी शंकर तिवारी, महासचिवमा विश्व राई, सचिवमा सुनिल चालिसे ,कोषाध्यक्षमा शान्ति थापा लाई चयन गरेको हो।

सदस्यहरुमा देव छत्याल, कोपिला गौतम, सुभद्रा लिङदेन, चोलाकान्त पंगेनी, रमेश तिवारी, इश्वरी ढकाल र सूर्य गुरुङ रहेका छन्।

यस अघि, अधिवेशनको उदघाटन गर्दै केन्द्रिय अध्यक्ष देवमान हिराचनले नेपालीहरु जहाँ रहेपनि नेपाललाई मायाँ गर्नु पर्नेमा जोड दिए। विश्वमा नेपाली जहाँ जहाँ छौ त्यहाँ रहेका नेपालीहरुले राज्यलाई संझिएर सानो मात्रै लगानी गर्ने हो भने नेपाल निकै चाडै समृद्धशाली हुनेछ भन्दै हिराचनले एनआरएनभित्र राजनीति र व्यक्तिवाज नभएर राष्ट्रवाद भएकाले राष्ट्रलाई अगाडि वढाउनुपर्छ भन्नेहरु यसमा सामेल हुनु पर्नेमा जोड दिए। उनले भने “समय चिनेर अगाडि वढौ एक दिन हाम्रो नेपाल स्वर्ग हुनेछ नकि राजनीति र स्वार्थ।”

मलेसियाका लागि नेपाली दूतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले राज्य वनाउने काममा एनआरएनहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे। उनले राज्यले अगाडि सारेका सवै कामहरुलाई साथ दिनसमेत एनआरएनहरुलाई आग्रह गरे।

आइसिसी सदस्य भिम शेरचनले मलेसियामा एनआरएनहरुले यहाँ सिकेको सिपलाई नेपाल लगेर व्यवहारमा मात्रै उर्ताने हो भने नेपाल चाडै नै सम्पन्न हुनेमा जोड दिए। कार्यक्रममा व्यापारी समाज मलेसियाका अध्यक्ष राजेश श्रेष्ठ, भवानी शंकर तिवारी, विश्व राईलगायतकाले आफना भनाईहरु राखेका थिए।

Popularity: 4%

Add comment September 5th, 2011

एनआरएन कतारका अध्यक्षद्वारा हार्दिक धन्यवाद

एनआरएन कतारका अध्यक्षद्वारा हार्दिक धन्यवाद
आदरणीय एनआरएनए-एनसीसी, कतारका परिषद सदस्य ज्यूहरु, कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र पत्रकार मित्रहरु।

गत २ सेप्टेम्बर २०११ शुक्रवारका दिन सम्पन्न भएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको चौथो राष्ट्रिय महाधिवेशनबाट आगमी २०११-२०१३ कार्यकालको लागि चयन भएको नयाँ कार्यसमितिको अध्यक्ष पदमा मलाई यहाँहरुको अमूल्य मत दिई विजय गराउनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यस निर्वाचन कार्यक्रममा सहयोग पुर्‍याउनु हुने सम्पर्ूण्ा परिषद सदस्यहरु, कतारमा कार्यरत वुद्धिजिवी, समाजसेवी, व्यावसायी, महिला, विभिन्न पेशाकर्मी श्रमिक मित्रहरु, पत्रकार मित्रहरु, कतारमा कृयाशिल सम्पूर्ण नेपाली संघ/संस्थामा आबद्ध मित्रहरु लगायत समग्रमा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु । साथै यस महाअधिवेशनलाई सहज ढंगले सम्पन्न गराउन महत्वपर्ूण्ा भूमिका खेल्नुहुने महामहिम राजदुत डा.र्सर्ुयनाथ मिश्र र दुतावास परिवार, एनआरएनए-आईसीसीका पदाधिकारीहरु, एनआरएनए-एनसीसी कतारको मौजुदा कार्य समिति, निर्वाचन समिति लगायत स्वयंसेवक मित्रहरु प्रति पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु।

म लगायत हाम्रो विजय शुनिश्चितताका लागि संस्थागत रुपमा अहोरात्र खट्नु हुने नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक मञ्च, प्रवासी नेपाली मुस्लीम सेवा समाज, तमू बौद्ध सेवा समिति, किरात याक्थुङ्ग चुम्लुङ्ग, नेपाल प्रवासी तामाङ्ग समाज, किराँत र्राई यायोख्खा शाखा, नेपाल प्रवासी मगर संघ, थारु कल्याणकारीणी सभा, नेपाल प्रवासी दर्राई सेवा समाज, प्रवासी भुजेल सेवा समिति, प्रवासी सुनुवार सेवा समाज, नेवाःपुच, प्रवासी दलित सेवा समाज लगायत तर्राई/मधेश समुदाय, मुश्लिम समुदाय र विभिन्न जिल्ला स्तरिय संघ/संस्था र संस्थामा आबद्ध व्यक्तित्वहरु प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु।

एनआरएनए-एनसीसी कतारको कार्यसमितिमा रहेर कतारवासी नेपाली र समग्र नेपालको भलाईको कार्य गर्न नेतृत्वमा आउने चाहना राख्नु आफैमा एकदम सकारात्मक पक्ष हो भन्ने मलाई लाग्छ । त्यति हुदा हुदै पनि नेतृत्वमा रहेर कार्य गर्न उत्सुकता धेरैमा जागेको अवस्थामा निर्वाचन/मतदान विधि अपनाउनु पर्ने विषयमा यहाहरु सबै जानकार नै हुनु हुन्छ । निर्वाचन एउटा लोकतान्त्रिक प्रकृया भएकोेले हामी विचको प्रतिश्पर्धा या भनु पक्ष र विपक्षको भुमिका भनेको मतदानको समयसम्म मात्र सिमित रहन्छ । त्यसैले लोकतान्त्रिक प्रकृयाको एउटा अध्याय समाप्त भएको यस घडिमा आगमी दिनलाई अरु सहज र सरल बनाउन तपाई हामी सबै एक ढीक्का भएर लाग्नुको विकल्प छैन । मेरो नेतृत्वमा रहेको यस कार्यकाल सफल बनाउन कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनी लगायत सम्पूर्ण संघ/संस्थाहरुको सहयोग अत्यन्त जरुरी रहन्छ।

अन्तमा, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको उद्धेश्यहरु पुरा गर्न र चौथो राष्ट्रिय महाधिवेशन पर्ुव हामी विच भएको सहमति र सहकार्यको प्रतिबद्धता प्रति पर्ुण्ा वफादार रहने बचन बद्धता व्यक्त गर्न चाहन्छु । एनसीसी कतारको पर्ुववत कार्यसमितिले थालनी गरेका कार्यहरु पुरा गर्ने र राम्रा कार्यहरुको निरन्तरता दिदै चौथो राष्ट्रिय महाधिवेशनले गरेको निर्देशनलाई आत्मसाथ गर्दै मैले व्यक्त गरेका ब्यक्तिगत प्रतिवद्धताहरु पुरा गर्न दत्त चित्त भएर लाग्नेछु । हाम्रा समस्याहरु समाधानको दिशामा बढेको कदमहरुमा कदम मिलाउन र सफलता प्राप्त गर्न कतारवासी सम्पर्ूण्ा गैर आवासीय नेपालीहरु तथा परिषद सदस्यहरुको भूमिका महत्वपर्ूण्ा हुन्छ । त्यसैले यि माथि उल्लेखित विषयहरुलाई कार्यन्वयन गर्न गराउने कार्यमा यहाँहरुको साथ र सहयोग पाउने विषयमा पनि म विश्वस्त छु । पुनश्चः मेरो विजयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पर्ूण्ा मित्रहरुलाई हार्दिक धन्यवाद सहित यस समितिमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सबैलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु।

धन्यवाद ।

अमृत गुरुङ
नव निर्वाचित अध्यक्ष,
गैर आवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद,
दोहा, कतार

सेप्टेम्बर ४, २०११

Popularity: 4%

Add comment September 5th, 2011

अष्ट्रियामा विश्वसाइकल यात्री ढाकेश्वर क्षेत्री सम्मानित

मुक्त गुरुङ / एचकेनेपाल डट कम-
भियना, शान्ति, सद्भाब, प्रेम र आपसी भाइचाराको नारासहित मेचीदेखि महाकालीसम्मको साइकल यात्रा पूरा गरी नेपाल र नेपालीको परिचयसहित विश्व यात्रामा निस्किएका साइकल यात्री ढाकेश्वर क्षेत्रीलाई अष्ट्रियाबासीले सम्मान गरेका छन्।

४७ औ देशको यात्रा पुरा गरी अष्ट्रिया आइपुग्ने क्रममा साइकल यात्री क्षेत्रीलाई भियना अष्ट्रियाका नेपालीहरुले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन्।

अष्ट्रियाका नेपाली संस्थाहरु मिलि ल्यांगेंफेल्ड पार्कमा आयोजना गरिएको सो कार्यक्रमको सञ्चालन बुद्धिबहादुर तामाङले गर्नु भएको थियो। कार्यक्रममा क्षेत्रीलाई सबै जना मिलि आर्थिक सहयोग पनि उपलब्ध गरिएका छन् भने नेपाली जनप्रगतिशिल समाज अष्ट्रियाका अध्यक्ष बुद्धिबहादुर तामाङ र नेपाली आदिबासी जनजाति एकता समाज अष्ट्रियाका उपाध्यक्ष मुक्त गुरुङले सम्मान पत्र प्रदान गर्नु भएको थियो।

एक हप्ता अगाडि भियना आउनु भएका क्षेत्री नेपाली आदिबासी जनजाति एकता समाज अष्ट्रियाका उपाध्यक्ष मुक्त गुरुङ तथा साथीहरुका निवासमा बस्नु भएको थियो।

कार्यक्रममा क्षेत्रीले आफ्नो यात्राका क्रममा भोगेका सुख दुखका घटनाहरु सुनाउदै सहयोगी सम्पूर्ण भियनाबासी नेपालीहरुमा धन्यबाद ब्यक्त गर्नु भएको थियो। क्षेत्रीले ५ सेप्तेम्बेरमा भियनाबाट ब्रातिस्लावा स्लोभाक हुदै हंगेरीका बुदपेस्टतर्फ लाग्ने बताउनु भयो।

Popularity: 4%

Add comment September 5th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....