Archive for September 7th, 2011

सरकार असफल हुँदैछः सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ भदौ । सूचना तथा सन्चारमन्त्री जयप्रकास प्रसाद गुप्ताले आफू नै सहभागी भएको सरकार असफल हुँदै गएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा मन्त्री गुप्ताले १५ दिनभित्र समावेशी विधेयक परिमार्जन गरि संसदमा पेश गर्नु पर्ने, कुटनीतिक र संबैधानिक नियूक्तीका लागि नाम प्रस्ताव गर्नुपर्ने र तत्काल जनताका लागि राहत कार्यक्रम ल्याउनु पर्नेमा सरकार गठन भएको १० दिन वितिसक्दा पनि मन्त्री परिषदको बैठक बस्न नसक्नुले सरकारको असफलताको पुष्टि गरेको दावी गरे।

उनले भने-४ बुँदे सहमति कार्यान्वयनमा साँचो हस्तान्तरण जस्तो प्रतिकात्मक काम बाहेक कुनै ठोस काम गर्न नसकेर सत्तारुढ दलहरु अल्मलिएकोले सरकार पनि अलमलमा परेको छ।

उनले सरकारको आयू तीन महिनामात्रै रहेको भन्दै सरकार गठन भएको १० दिनसम्म पनि मन्त्री परिषदलाई पूर्णता दिन नसक्नु सत्तारुढ दलहरुको कमजोरी र असफलता भएको दावी गरे। उनले भने-सत्तारुढ दलमा सरकारमा जाने विषयमा खिचातानी सुरु भएको छ। यसले सहमति कार्यान्वयनमा चुनौती खडा भएको छ। मधेसवादीले पनि विगतका आफ्ना कर्मलाई सुधार्नु पर्छ। हामीहरु मन्त्रालय भागबण्डामा रुमल्यिौ।

उनले शान्ति प्रक्रियाका महत्वपूर्ण कुरा लडाकुको संख्या, मोडालिटि, दर्जा मिलान र पुनर्स्थापना प्याकेज जस्ता विषयमा प्रमुख दलहरुवीच विवाद कायमै रहेको अवस्थामा त्यसमा सहमति जुटाउने ठोस प्रयास नगरेर सरकारले समय वर्वाद गर्नुकासाथै संविधानको मस्यौदा निर्माणलाई प्रभावित गरेको बताए।
उनले दलहरु विवादमा रुमल्लिनु भन्दा पनि गर्नु पर्ने काम तत्काल गर्न तर्फलाग्नु पर्ने जिकिर गरे।

Recent Videos:

Popularity: 5%

Add comment September 7th, 2011

भूमिसुधार मन्त्री साहविरुद्ध भण्डाफोर आन्दोलनको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ भदौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै पार्टी उपाध्यक्ष मोहन बैद्य किरण समर्थक रहेका रौतहत जिल्ला इन्चार्ज रहेका अशोक जयसवाललाई हटाउन माग गरेका भूमिसुधार तथा ब्यवस्था मन्त्री प्रभु साहविरुद्ध जयसवाल समूहले भण्डाफोर आन्दोलनको घोषणा गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर जयसवालले पार्टीभित्र षडयन्त्र गरेर मधेसमा पार्टीको संगठन कमजोर बनाउ लागेका मन्त्री साहलाई तत्काल पदबाट हटाउन माग गर्दै त्यसो नगरिए आगामी साताबाट मधेस ठप्प पार्ने गरी आन्दोलन गर्ने तयारी भईरहेको जानकारी दिए।

जयसवालले मधेस ठप्प पारेर मन्त्री साहको षडयन्त्रविरुद्ध भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने र मन्त्री साहलाई जिल्ला प्रवेशमा समेत रोक लगाउने जस्ता आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए। उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना दिने देखि सडक आन्दोलन गर्ने सम्मका चेतावनी दिएका छन्।

पार्टीभित्र उपाध्यक्ष बैद्य खेमामा रहेका जयसवालले पार्टीको रकम हिनामिना गरेको, संगठन कमजोर बनाएको भन्दै मंगलबार मन्त्री साह समर्थकहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। उनीहरुले जयसवाललाई हटाउनसमेत ज्ञापन पत्रमार्फत माग गरेका थिए।

पत्रकार सम्मेलनमा जयसवालले भोजपुरा राज्य इन्चार्ज समेत रहेकामन्त्री साहले आफ्ना आसेपासेको डिजाईनमा आफूहरुको चरित्र हत्या गर्ने काम गरेकोले पार्टी हित विपरित कार्य गर्ने मन्त्री साहलाई केन्द्रीय सदस्य, राज्य इन्चार्जर मन्त्री पदबाट हटाउन माग गरे।

पत्रकार सम्मेलनमा सहसेक्रेटी सुनिल खरेल, सेक्रेटरी उपेन्द्र साह, सह इन्चार्ज विन्देश्वर यादव लगायतकाले पनि मन्त्री साहले पार्टी हितविपरित ब्यक्तिगत स्वार्थ पूरा गर्न पार्टीलाई प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका थिए।

Recent Videos:

Popularity: 5%

Add comment September 7th, 2011

हत्याका आरोपितद्वारा प्रहरी चौकीमा आक्रमण

एचकेनेपाल डट कम संवाददाता-
हत्याको आरोपमा पक्राउ परेका गडहिया ३ का महेन्द्र यादवको पक्राउको विरोधमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियामा उनका सकर्थकले आक्रमण गरेका छन्।

संविधानसभा चुनाव २०६४मा सर्लाहीको क्षेत्र नं ६ का स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद सिंहको हत्यामा पक्राउ परेका यादवका समर्थकले इलाका प्रहरी कार्यालयमा गडहिया डुमरियामा आक्रमण गरी विश्राराम गृहमा आगजनी गर्नाका साथै भान्छाकोठामा ढुङ्गगामुढा गरेका छन्।

किटानी जाहेरी परेका हत्याका आरोपित छमध्ये यादव एक भएको इलाका प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मोहनराज जोशीले बताउनुभयो।

Popularity: 5%

Add comment September 7th, 2011

पाँच सन्तानकी आमामाथि सामूहिक बलात्कार

एचकेनेपाल डट कम संवाददाता-
डिल्लीचौर गाविस–५ जुम्लाकी एक महिला पाटनमा जडीबुटी खोज्न जाँदा आफ्नै पालमा बसिरहेको समयमा बलात्कारको सिकार बनेकी छिन्।

डिल्लीचौर–५ को लाभ्री गाउँबाट बुढा थरको दम्पती करिब दुई दिन लाग्ने चोप्टे पाटनमा भुल्ते र कटुकी लिन गएकामा श्रीमती हालै बलात्कारमा परेकी हुन्।

श्रीमान् दिउँसो भल्ते लिन गएका र श्रीमती पालमा खाना पकाउन बसिरहेका बेला पाँचजनाको समूहमा आएका युवा पालभित्र पसेर ती महिलालाई पालैपालो बलात्कार गरी फरार भएका थिए।

फरारमध्ये पातराशि–१ तल्फीका बलबहादुर र सुरबहादुर सार्की तथा पाताराशि–२ का लालबहादुर बोहरा नाम गरेका दुई गरी चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

एकजना नाम नखुलेको व्यक्ति फरार रहेको जानकारी जिप्रका स्रोत जुम्लाले दिएको छ।

निज पीडित बुढालाई उक्त घटनाको समयमा टाउकामा बजारेकाले उनलाई मानसिक पीडा भएको छ भने पाठेघरमा ठूलो असर परेको छ।

पाँच सन्तानकी आमा बुढालाई उपचारार्थ नेपालगन्ज लगिएको छ। पीडितका आफन्त तथा परिवारजनले सो घटनाको उचित क्षतिपूर्तिको माग गरेका छन्।

Popularity: 4%

Add comment September 7th, 2011

पूर्व प्रम खनालद्वारा ५० रोपनी जग्गादान

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटका लागि आफ्नो गृह जिल्ला इलामको साँखेजुङ–७ मा ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ।

इन्स्टिच्युटका लागि आवश्यक पर्ने दुई सय रोपनी जग्गामध्ये पिता स्व पुंगनाथको स्मृतिमा सो जग्गा प्रदान गरिएको खनालका दाजु पोटनाथले बताउनुभयो।

Popularity: 4%

Add comment September 7th, 2011

डेढ महिनाभित्र शान्ति प्रक्रिया टुङ्गिन्छ

एचकेनेपाल डट कम संवाददाता-
सद्भावना पार्टीका अध्यक्षसमेत रहेका मन्त्री महतोले डेढ महिनाभित्र शान्तिप्रक्रिया टुङ्ग्याउने र संविधानसभाको थपिएको तीन महिनामा संविधान निर्माणका पक्षमा ठोस उपलब्धि हासिल गरेर नेपाली काँग्रेस र नेकपा (एमाले) समेतलाई सरकारमा सहभागी गराउने पहल भइरहेको उल्लेख गर्नुभयो।

एक प्रश्नमा मन्त्री महतोले एकीकृत नेकपा (माओवादी) भित्रको आन्तरिक द्वन्द्वले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माणको काममा खासै प्रभाव नपार्ने धारणा राख्नुभयो।

Popularity: 4%

Add comment September 7th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....