Archive for September 10th, 2011

बेल्जियम महायज्ञले जन्माएका कागजी दानवीरहरु

शेरसिंह धामी-
कुनै पनि मानब इच्छा बिपरित दबाब र जबरजस्ती जस्ता क्रियाकलाप गर्नु हिंसा, अपराध हुने किटान गर्दै बाचन प्रविण पण्डित पोखरेल महोदयले भेलालाई ज्ञान दिई रहदा संयोजकहरुबाट भने व्यक्तिहरुलाई स्टेजमा बोलाई जबरजस्ती नचाएर दबाबमा पारेर क्षमता भन्दा बेसी दान दिन घोषणा गराउने कार्यहरु पण्डित गुरुको परिभाषा भित्र पर्छ कि पर्दैन?

यसरी जबरजस्ती लेखाएर भोलि रकम प्राप्त हुने ग्यारेन्टी कत्ति छ ? एनआरएन बेल्जियमले घोषणा गरेको दान कसरी प्राप्त गर्ने हो? च्यारिटी शो गरेर, ककसलाई मागेर दिन्छौ भन्ने एनआरएनको आकाशे कुराको विश्वासनियता कसरी गर्ने हो? यस्ता आकाशे खेतीको एनआरएन बेल्जियमले कुरा गर्दा एनआरएन जस्ता गरिमामय संस्थाकै छविमाथि आंच आउछ कि आउदैन? आकाशे खेतीमा पानी पर्ला नपर्ला ग्यारेन्टी नभए झैँ जबरजस्ती घोषणा गराउदै यति उठ्यो उति उठ्यो भनेर कागजी दानवीर बनाइएकाहरुले बोलेका रकमहरु प्राप्त भएको भने हेर्न अझै बाकी नै छ!

नेपालदेखि अमेरिकासम्म थुप्रै मन्दिर, स्कुल, कलेज बनाउन प्रबचनबाट करोडौ रकम उठाइएको समाचार भने सुनिदै आइएको छ। तर योजना पूरा भयो भन्ने चाहि सुन्नमा आएको छैन। बरु दान दिन्छु भनेर बोलेका रकमहरु प्राप्त भएन भन्ने चाहि सुन्नमा आएको छ। अर्को तिर, सात आठ हज्जार दिएर सत्र हज्जार तान्नेहरु, तास जुवा खेलाएर नेपालीले नेपालीलाई टाट पल्टाउनेहरु, नगद नारायणको लागि सबै धन्दा उचित बैधानिक ठानी धन्दाहरु सबै भगवान नारायणको कृपा सम्झी म बाहेक अरु असामाजिक भए भनि नैतिक शिक्षा पढाउन खोज्ने स्वघोषित प्रोफेसरहरुको नै कार्यक्रममा हालीमुहाली रहेको देख्दा भने नेपाल हाउस बनाउने सपनामा प्रशस्त शंका गर्नु पर्ने ठाउँ देखिन्छ।

नेपाल हाउस बनिहालेमा सबैले खुसि मान्नै पर्छ! हुन त लाखेका मकुटहरु, हनुमान ढोकाका आँखी झ्यालहरु, पशुपतिनाथका गजुरहरु नेपाल हाउसमा देखाएर मात्र नेपालीहरुको पहिचान प्रतिष्ठा नहोला। CHINA TOWN , JAPANESE PARK हरुले मात्र विश्वमा उनीहरुको पहिचान परिचय स्थापित भएको होइन होला। पहिलो कुरा त उनीहरुले आफ्नै देश समृद्दिमा पुरयाएको कारणले पहिचान, प्रतिष्ठा पाएको हो भन्ने मलाई लाग्दछ।

यदी हाम्रो देश समृद्द बनाउन सक्यौ भने समृद्रि प्राप्त देशहरुले पहिचानको लागि SWITZERLAND HOUSE , NORWAY HOUSE बनाउन आवश्यक नपरे झैँ नेपालीहरुलाई चिनाउन नेपाल हाउस आवश्यक नपर्ला। यस्ता योजनाहरुले देशमा नुन चिनी, पानी खान नपाएर हैजाले सोत्तर पारिरहेको हाम्रा परिवारहरु, बिभिन्न खाले माहामारीहरुको खोप भ्याक्सिन लाउन नपाई अस्वाभाविक अपांग, मृत्यु हुने हाम्रा दाजुभाई दिदीबहिनीहरु, एक छाक खोले खान नपाई पुरै परिवार आत्महत्या गर्न बाध्य परिवारहरु, किड्नी दानी पाएर पनि ट्रान्सफर गर्न मात्र लाग्ने खर्च नभएर ढलिरहेका होनहार देशका खम्बाहरु जस्ता सहयोग गर्नै पर्ने अनगिन्ति महत्वका बिषयहरुलाइ पनि ओझेलमा नपरोस भनेर सबै सचेत हुन जरुरी देखिन्छ।

बेल्जियममा पनि यस्तै भर्खरै किड्नी ट्रान्सफरको लागि सहयोग मागिएको पर्चा सबैको हातमा परेको हुनुपर्छ। त्यसैले यहाँ नेपाल हाउस बनाउदा नेपालमा हस्पिटल बनाउनु पर्छ भनि जोड दिई देशलाई समृद्दी बनाउने तर्फ दान दिइयो भने दानवीरहरुको अझ कदर हुनेछ।

अन्तमा हामी नेपालीहरुलाई दान दिन पनि प्रबचन, धपाउने भेडा गोठाला आवश्यक नपर्ने गरि मानब हितका लागि स्वबिबेकले स्वस्फूर्त धेरै भन्दा धेरै दान प्रदान गर्ने शक्ति र प्रेरणा मिलोस भन्ने कामना गर्दै दानवीरहरुमा धन्यवाद टक्र्याउन चाहन्छु। सबैको जय होस् !
शेरसिंह धामी
नेपाल
हाल: बेल्जियम !

Recent Videos:

Popularity: 5%

Add comment September 10th, 2011

एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २४ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी पुरक परीक्षाको परीक्षाफल शनिबार साँझ सार्वजनिक गरेको छ।

परीक्षामा ६३.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा छात्रातर्फ ३९ हजार ४ सय ३२ जना र छात्रतर्फ ३८ हजार १ सय ५१ जना गरी ७७ हजार ८ सय ८३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षाफलको नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त गर्न सकिने छ भने www.slcresult.soce.gov.np, www.doe.gov.np र www.moe.gov.np वेबसाइटबाट पनि हेर्न सकिने छ।

Recent Videos:

Popularity: 5%

Add comment September 10th, 2011

शान्ति र संविधानमा यो सरकारले ब्रेक थ्रु गर्नै सक्दैनः खनाल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २४ भदौ । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणमा कुनै ब्रेक थ्रु गर्न नसक्ने दावी गरेका छन्।

उनले काग्रेस र एमाले बाहिर राखेर सरकारले कुनै पनि हालतमा शान्ति संविधान निर्माणमा देखिएको अवरोध अन्त्य गर्न नसक्ने भन्दै शान्ति र संविधानको लागि अझै पनि सहमतिकै सरकारको आवश्यकतामा जोड दिए।

हिमालय टेलिभिजनमा शनिवार राति साढे नौ बजे प्रसारण हुने द आरडी सोका लागि ऋषि धमलालाई अर्न्तवार्ता दिदै खनालले भने-जुन गठबन्धनमा यो सरकार बनेको छ त्यो गठबन्धन सफल हुनै सक्दैन त्यसैले बाबुरामजी पनि असफल बन्नु हुन्छ।

उनले शान्ति प्रक्रियाका मुलभूत पाँच विषयहरु, मोडालिटि, सख्या निर्धारण, दर्जा निर्धारण, जिम्मेवारी र राहत प्याकेजमा सहमति नबन्दा सम्म यो सरकारको औचित्य पनि नरहने दावी गरे।

मधेसवादी र माओवादीवीच सम्झौता भएको दिनदेखि नै सरकारको दिन गन्ती सुरु भएको भन्दै चार बुँदे सहमति गल्ती भएको आरोप लगाए। उनले आफूले माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सहमतिको सरकार बनोस् भन्ने पक्षमा रहेको भन्दै सहमतिको सरकारको नेतृत्वको अवसर आए आफू फेरि नेतृत्व गर्न तयार रहेको बताए।

उनले पछिल्लो समयमा बनेको काग्रेस र एमालेको गठबन्धन शान्ति र संविधानको सुनिश्चितताको लागि भएको पनि बताए।

१७ पटकसम्मको निर्वाचनबाट मुलुकले प्रधानमन्त्री नपाएको अवस्थामा आफूले एकै पटकमा नयाँ सरकार गठन गराएको, संसदबाट बजेट ल्याएको, शान्ति सुरक्षा कायम गरेको, लोडसेडिङ्ग अन्त्य गर्नु जस्ता कुराले आफू नेतृत्वको सरकार सफल भएको दावी समेत अर्न्तवार्तामा गरेका छन्।

Popularity: 5%

Add comment September 10th, 2011

गलत काम गरे कालो मोसो दलेर बजार घुमाउनुस्: प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू निःस्वार्थ भावले देश र जनताको सेवा गर्नका लागि नै प्रधानमन्त्री भएको बताउनुभएको छ।

जनयुद्धका सहिद सुरेश वाग्ले ‘बासु’, भीमसेन पोखरेल ‘बैरागी’ र विजय खनाल ‘दर्शन’ को १२ औं स्मृतिसभाका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री डा भट्टराईले भन्नुभयो–’हामीले जनताको नाममा सरकारमा पुगेर कुनै गलत काम गर्‍यौं भने हामीलाई कालोमोसो लगाएर बजार घुमाउन सक्नु हुनेछ।’

प्रधानमन्त्री, मन्त्री जनताका कारिन्दा मात्र भएको बताउँदै एमाओवादीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा भट्टराईले जनताको पसिनामा लापरबाही गर्ने अधिकार कसैलाई नरहेको स्पष्ट पार्नुभयो।

आफूले मुस्ताङ गाडी चढेर उदाहरण दिएको बताउँदै प्रधानमन्त्री डा भट्टराईले मुस्ताङ गाडी एउटा सामान्य गाडी मात्र नभएर ‘विचार’ भएको धारणा राख्नुभयो।

छोटो समय भए पनि वर्तमान सरकारबाट जनताले ठूलो आशा गरेको उल्लेख गर्दै उहाँले आजै राहतको कार्यक्रम ल्याइएको जानकारी गराउनुभयो।

Popularity: 5%

Add comment September 10th, 2011

शान्ति प्रक्रिया नटुंगिएसम्म संविधान किन लेख्ने : पौडेल

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया नटुङि्गएसम्म संविधान लेखनको कुनै औचित्य नरहने बताउनुभएको छ।

नेपाली काँग्रेस तनहुँद्वारा दमौलीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले माओवादीले कन्टेनरको चाबी बुझाइएको प्रचारबाजी गरिरहे पनि अर्को पक्षबाट विरोध आइरहनुले उनीहरूलाई विश्वास गरिहाल्न नसकिने बताउनुभयो।

मुलुक अहिले पनि सङ्क्रमणकालीन समयमै गुजि्ररहेकाले अनिश्चितता र अस्थिरता कायमै रहेको भन्दै नेता पौडेलले देश कुन दिशातर्फ अगाडि बढ्ने हो अझै भन्न नसकिने बताउनुभयो।

बन्दुकको राजनीति र सैन्य शक्ति रहेसम्म देशमा शान्ति नआउने उहाँको भनाइ छ।

Popularity: 5%

Add comment September 10th, 2011

सेते दमाईलाई सहिद घोषणाको माग

एचकेनेपाल डट कम संवाददाता-
छोराले अन्तरजातीय विवाहका कारण हत्या गरिएका दैलेखको तोली गाविस–२ धनीगाउँका ५४ वर्षीय सेते दमाईलाई दलित आन्दोलनका सहिद घोषणा गरिनुपर्ने दलित अधिकारकर्मीले माग राखेका छन्।

दैलेखमा क्रियाशील दलित नागरिक समाज सङ्गठनहरूका तर्फबाट दलित जनवकालत सञ्जालले प्रधानमन्त्रीलाई सम्बोधन गरी दैलेखका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई हस्तान्तरण गरिएको ज्ञापनपत्रमा सो माग गरिएको छ।

जातीय विभेदको कारण सेते दमाईले जीवन गुमाउनु परेको भन्दै दलित मुक्ति आन्दोलनका सहिद घोषणा हुनुपर्ने, सो घटनाको उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने, सम्पूर्ण आरोपीलाई कडा कानुनी कारबाही र परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने ज्ञापनपत्रमा माग राखिएको छ।

Popularity: 5%

Add comment September 10th, 2011

मुक्ति प्रधानद्वारा महान्यायाधिवक्ताको सपथ

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीले नवनियुक्त महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानलाई राष्ट्रपति कार्यालय शीतल निवासमा महान्यायाधिवक्ता पद तथा गोपनीयताको सपथ गराउनुभयो।

त्यस अवसरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, सभामुख सुवास नेम्बाङ, कानुन तथा न्यायमन्त्री हृदयेश त्रिपाठीलगायत संवैधानिक अङ्गमा प्रमुखहरूको उपस्थिति थियो।

यसअघि, प्रधानमन्त्री भट्टराईले दोलखाका प्रधानलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो।

दोलखाको भीमेश्वर माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएका प्रधानले नेपाल ल क्याम्पसबाट एलएलएम गर्नुभएको छ। विसं २०३९ देखि कानुन व्यवसायमा लाग्नुभएका प्रधानको २०१७ सालमा जन्म भएको हो।

Popularity: 5%

Add comment September 10th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....