Archive for September 12th, 2011

नेपाल सफल हुनु भनेको भारत सफल हुनु होः भारतीय राजदूत

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं २६ भदौं । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाल सफल हुनु भनेको भारत सफल हुनु भएको बताएका छन्।

नेपाल भारत मैत्रि संघले उनको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले विद्यमान समस्याहरु हल गर्दै सफलता तर्फअगाडि बढे भारत पनि सफल हुने बताए।

उनले आफ्ना पिता विमल प्रसादले नेपालको राजदूतको रुपमा नेपाल भारतको सम्बन्ध मजबुत बनाउन गरेको प्रयासलाई निरन्तरता दिने भन्दै नेपाल भारत सम्बन्ध अझै विकासित र सुमधुर बनाउनु पर्ने आवश्यकता औल्याए।

उनले नेपाललाई सफल बनाउन सबैको ध्यान आर्थिक एजेण्डमा केन्द्रीत गर्नु पर्ने भन्दै त्यसको लागि भारत सबैखाले सहयोग गर्न तयार रहेको बताए। उनले नेपाल भारत हरेक हिसावले निकट रहेको भन्दै यसलाई अझ उचाईमा पुर्याउनु पर्ने आवश्यकता औल्याए।

संघका अध्यक्ष ओमप्रकाश सरावोगीको सभापतित्वमा भएको कार्यक्रममा संघका पदाधिकारीहरु, विद्धान, पत्रकार सहितका विभिन्न ब्यक्तित्वहरुले राजदुतलाई स्वागतका साथै बधाईको सुभकामना दिएका थिए।

कार्यक्रममा भारतीय राजदूतवासका मिनिष्टर पिटर हनान, प्रथम सचिव अपुर्वा श्रीवास्तव लगायतकाको पनि उपस्थिति रहेको थियो।

Recent Videos:

Popularity: 5%

Add comment September 12th, 2011

ठमेल गोलीकाण्डका आरोपीहरु निर्दोष रहेको दावी

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं २६ भदौं । ठमेलको फूलमन रेष्टुरेण्टमा भएको गोलीकाण्डका घाईते शिलत तुलाधर, उनका सहयोगी आशिष मुखिया र कुशल शाक्यले आफूहरु निर्दोष रहेको दावी गरेका छन्।

सोमबार रिपोर्टर्स क्लव नेपाल पत्रकार सम्मेलन गर्दै उनीहरुले गत भदौ १३ गते दिउँसो ठमेलको फूलमन रेष्टुरेण्टमा भएको गोलीकाण्डमा आफूहरु निर्दोष रहेको र गोविन्दबहादुर कार्की (इरिक) ले पैसा पचाउनका लागि गोलीकाण्ड मच्चाएर आफूलाई मार्ने षडयन्त्र गरेको दावी गरेका हुन्।

उनले शितल तुलाधर सिंगापुर जाँदा गोविन्दबहादुर कार्की (इरिक) सँग उनले नै चलाईरहेको कोरियन रेष्टुरेण्ट मारियो किचनमा भेट भएको र कार्कीले आफूलाई पाट्नरमा संलग्न गराउने र सिंगापुरको पिआर मिलाई दिने प्रलोभनमा सुरुमा ६५ लाख र पटक-पटक गरी ७५ लाख रुपैया गोविन्दबहादुर कार्कीले ठगेको आरोप लगाएका छन्।

७५ लाख रुपैया दिएर रेष्टुरेण्ट संचालन गर्दै गर्दा चितवन देउघाट निवासी गोविन्दबहादुर कार्कीले आफूलाई गैरकानुनी रुपमा वसेको खवर सिंगापुर सरकारलाई जानकारी दिएर थुनाएको दावी गर्दै उनले आफूलाई थुनाएपछि रेष्टुरेण्टको सारा सम्पत्तिमा हालीमुहाली गर्ने षडयन्त्र सिंगापुरदेखि बनाएको पत्रकारलाई वितरित प्रेस विज्ञप्ति मार्फत आरोप लगाएका छन्।

वितरित प्रेस विज्ञप्तिमा बुबाको मृत्युभएको र गोविन्दबहादुर कार्कीले काजक्रिया गर्न नेपाल आएकोसमेत आफूलाई थाहा नभएको उल्लेख गर्दै, बुबाको काजक्रियापछि आफूलाई फोन गरी कहाँ हुनुहुन्छ, भनी सोधिएको र काठमाडौंमा रहेको जानकारी दिएपछि तपाईको सिंगापुरमा लगानी गरेको पैसा चुक्त गर्छु बानेश्वरमा भेटौ भनेको र बानेश्वरमा भेट्न जाँदा ठमेलको फूलमन होटलमा पुर्याएको दावी गरिएको छ।

आफू कार्कीसँग मात्र के गफ गर्नु भन्दै आफ्नो निकटका दुइजना साथीहरुलाई बोलाई भित्र गफ गर्दै गर्दा कार्की बाहिर नै भएको बेला एक्कासी ढोका खोली आफूलाई गोली हानेको दावी गरेका छन्। उनले भनेका छन्- मेरो चिउडोमा गोली लागेको बेला आफू होस मै हुँदासम्म प्रहरीले मेरा दुइ जना साथीहरुलाई पेस्तोल समात्न, टाउकोमा हेल्मेट लगाउन लगाएर वियरको बोटल हेल्मेटमाथि बजारेर, झ्यालका सिसा फुटाएर कोठा बेहाल बनाएपछि पत्रकारहरुलाई बोलाई मलाई फसाइएको छ।

प्रेस विज्ञप्तिमा उनले भनेका छन्- गोविन्दबहादुर कार्कीसँग मिलेर हनुमान ढोकाबाट आएका साधारण पोषाकका प्रहरीहरुले जुन किसिमको हर्कत गरे त्यसप्रति खेद प्रकट गर्दछु। ठमेल गोलीकाण्डका घमईते शितल तुलाधर टिचिङ अस्पतालको इनेक्स ५२३ मा उपचारमा छन् भने उनका साथी आशिष मुखिया र कुशल शाक्य हनुमानढोकामा थुनामा रहेका छन्।

Recent Videos:

Popularity: 5%

Add comment September 12th, 2011

पार्टी महासचिव निस्काशनको समाचार भ्रामक

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौं २६ भदौं । उपाध्यक्ष बाबु थापाकोतर्फबाट चुरेभाव राष्ट्रिय एकता पार्टीका महासचिव भूमिराज निरौलालाई चन्दा आतङ्क, आर्थिक अनियमितता गरेको आरोपमा पार्टीले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको समाचारको खण्डन गर्दै त्यस्ता असत्य र भ्रामक समाचारप्रति विचलित नहुन सम्पूर्ण कार्यकर्ताहरुमा अपिल गरेको छ।

चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष हिमालयभक्त प्रधानाङ्ग र महासचिव भूमिराज निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- हाम्रो पार्टीका महासचिव भूमिराज निरौला र अर्का महासचिव बद्रीप्रसाद न्यौपानेलाई समेत निस्काशन गरिएको समाचार पत्र-पत्रिकामा आएकोप्रति गम्भीर ध्यानाकर्षण गएको छ, प्रकाशित समाचारमा सत्यता छैन।

उनीहरुले प्रकाशित समाचारको खण्डन गर्दै पार्टीको कुनै पनि समाचार सम्प्रेषण गर्दा पार्टीको आधिकारीक व्यक्तिहरुसँग सम्पर्क गरी सत्यताको आधारमा समाचार प्रकाशन गर्न आम पत्रकार जगतमा अनुरोध गरेका छन्।

उनीहरुले प्रकाशित भ्रामक र असत्य समाचारप्रति खेद प्रकट गर्दै आफ्ना कार्यकर्ता र आम जनसमुदायलाई चुरेभावर राष्ट्रिय एकता पार्टीकी महासचिव भूमिराज निरौला, बद्रीप्रसाद न्यौपानेलाई निस्काशन गरेको समाचार भ्रामक भएको भन्दै सत्यको लागि सबै मिलेर अगाडि बढ्न अनुरोध गरेका छन्।

पार्टीका तर्फबाट सभासद बनेका केशब मैनालीको पद खारेज भएपछि नयाँ सभासद पठाउने विषयलाई लिएर पछिल्लो समयमा विवाद उत्पन्न भएको छ। पार्टीले दुइ तिहाई बहुमतले पार्टीका महासचिव बद्री न्यौपानेलाई सभासद पठाउने लगभग निश्चित भएपछि आफ्ना मामाससुरा कृष्णबहादुर खड्कालाई सभासद बनाउने योजनामा लागेका उपाध्यक्ष थापा समूहले महाचिवद्वयलाई पार्टीबाट निस्कासन गरेको भ्रम पूर्ण समाचार सम्प्रेषण गरेको दावी गरिएको छ। थापा समूहले सभासदमा जाने लगभग निश्चित भएका महासचिव न्यौपानलेमाथि सांघातिक आक्रमण समेत गरेका थिए।

Popularity: 5%

Add comment September 12th, 2011

कुहिएको किरा परेको मासु बेचियो

एचकेनेपाल डट कम संवाददाता-
बजार अनुगमन समितिले भैरहवाका मासु पसलले कुहिएको मासु बिक्रीका लागि राखेको फेला पारेको छ।

अनुगमन गरिएका ९/१० पसलमध्ये केही मासु पसलेले महिनौँअघिको बासी मासु बिक्रीवितरण गरेको रहस्य फेला परेको हो।

जिल्ला प्रशासन कार्यालयका उपसचिव राधाकृष्ण शर्माले अनुगमन गर्दा भैरहवाका दुई वटा मासु पसलबाट सडेको मासु फेला परेको जानकारी दिनुभयो। बुद्धचोकको असिला न्यु मासु पसल र अन्नपूर्ण टोलको तसलिम मासु पसलमा महिनौँ पुरानो मासु फेला परेको हो।

समितिले अलिसा मासु पसलबाट फ्रिजमा छ महिना अगाडिदेखि राखिएका बाख्राका खुट्टा ५० किलो ग्रामभन्दा बढी र तहसिल मासु पसलबाट किरा परेको एक सय किलोभन्दा बढी मासु फेला पारेको हो।

Popularity: 5%

Add comment September 12th, 2011

विशेष प्रहरी सेल गठन

एचकेनेपाल डट कम संवाददाता-
प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले तराईका तीन जिल्लालाई केन्द्रित गरी अपराध नियन्त्रणका लागि विशेष प्रहरी सेल गठन गरिएको बताउनुभएको छ।
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लामध्ये तराईका तीन जिल्ला रूपन्देही, नवलपरासी र कपिलवस्तुका आपराधिक गतिविधि बढी हुने भएकाले यी जिल्लालाई लक्ष्य गरी सुरक्षा रणनीति अपनाइएको उहाँको भनाइ छ।

“यसका लागि छुट्टै सुरक्षा संयन्त्र गठन भएको छ”–उहाँले भन्नुभयो।

तराईका जिल्लामा भूमिगत सशस्त्र समूहको गतिविधि र तस्करी मुख्य अपराधका रूपमा रहेको र यसलाई नियन्त्रणका लागि सम्पूर्ण प्रहरी एकाइलाई निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो।

बुटवलमा सञ्चारकर्मीसँग यस क्षेत्रको सुरक्षा अवस्थाबारे भएको छलफल कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भण्डारीले तस्करीमा प्रहरी संलग्नताको समेत विगतदेखि आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस्तो संलग्नतालाई सहन नसकिने बताउनुभयो।

कार्यक्रममा लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अर्यालले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र तस्करी रोकथामका लागि सञ्चारकर्मीसँगको सहकार्यमा काम गर्न इच्छुक रहेको भन्दै त्यसो गर्न सकिए अपराध र तस्करी नियन्त्रणमा टेवा पुग्ने धारणा राख्नुभयो।

Popularity: 5%

Add comment September 12th, 2011

कांग्रेस सरकारमा जान सक्छ –केसी

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुगेसम्म वर्तमान सरकारलाई समर्थन गर्न नसकिने बताउनुभएको छ।

तर शान्ति प्रक्रिया टुङ्ग्याउन र संविधान निर्माणमा डा.बाबुराम भट्टराईको सरकारले आवश्यक ठानेमा काँग्रेस जुनसुकै बेला पनि सहयोग गर्न तयार भएको पार्टी केन्द्रीय सदस्य केसीले बताउनुभयो।

दाखाक्वाडीमा पत्रकारसँगको भेटमा नेता केसीलेसेना समायोजन, संविधान निर्माण र शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि एमाओवादीलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।

बिपी जयन्तीका अवसरमा कांग्रेस कार्यकर्ता प्रशक्षिणका लागि प्युठान आउनुभएका केसीले काँगे्रस माओवादी सेनालाई समूहगत प्रवेश गराउन कुनै पनि हालतमा सहमत नहुने बताउनुभयो।

Popularity: 5%

Add comment September 12th, 2011

माओवादीका एघार सभासद् र नेताविरुद्ध भारतमा सजाय

एचकेनेपाल डट कम संवाददाता-
भारतको पटना उच्च अदालतले देशद्रोहको अभियोगको मुद्दामा पाँच दिनअघि एनेकपा (माओवादी)का एघार जना नेता तथा सभासद्लाई कम्तिमा दुईवर्ष जेल सजाय र रु ३ लाख ७५ हजार जरिवानाको सजाय सुनाएको थियो।

राज्यव्यवस्था समितिको बैठकमा एनेकपा (माओवादी)का सभासद् तारा घर्तीमगरले यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो।

प्रधानमन्त्री डा बाबुराम भट्टराईले त्यस विषयमा के कसो भएको बुझ्ने र भारतसँग पत्राचार गरेर समस्या सल्टाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

विगतको द्वन्द्वको समय २०६१ साल जेठमा भारतको पटनास्थित विभिन्न पाँच होटलबाट एनेकपा (माओवादी)का नेताहरू लोकेन्द्र विष्ट, श्याम किशोर यादव, सुमन तामाङ, कुमार दाहाल, चित्रबहादुर श्रेष्ठ, अनिल शर्मा, तारा घर्तीमगर, कुलप्रसाद केसी, मीन आपागाई, हितबहादुर तामाङ र दिलिप महर्जनलाई पक्राउ गरी दुई वर्षभन्दा बढी त्यहाँस्थित बेउर कारागारमा थुनामा राखेको थियो।

नेपालमा राजनीतिक परिवर्तन भएपछि जमानीमा छुटेका ती नेता विरुद्ध पटना उच्च न्यायालयले पाँच दिनअघि जेल सजाय र जरिवाना गर्नेसम्बन्धी फैसला गरेको थियो।

अदालतको फैसलापछि प्रहरीले आफूहरूलाई तत्काल उपस्थित गराउन स्थानीय जमानी बसेका व्यक्तिहरूलाई दबाब र दुःख दिइरहेको सूचना पाएको सभासद् घर्तीमगरले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

अदालतले आफूलाई सबैभन्दा कम दुई वर्ष जेल सजाय र रु ३ लाख ७५ जरिवाना सुनाएको छ भने लोकेन्द्र विष्टलाई करिब तीन वर्ष जेल सजाय र रु ७ लाख जरिवाना गरेको सूचना पाएको सभासद् घर्तीमगरले जानकारी दिनुभयो।

स्थानीय जमानी बसेका व्यक्तिमार्फत अदालतको फैसलासम्बन्धी कागजपत्र सहितको मिसिल झिकाउने काम भइरहेको बताउँदै उहाँले देशद्रोह गरेको अभियोगमा आफूले दुई वर्ष जेलजीवन बिताएर २०६३ साल जेठमा जमानीमा छुटेको बताउनुभयो।

माओवादी जनयुद्धको समयमा पार्टीका नेता मोहन वैद्य र सिपी गजुरेल पनि लामो समयसम्म भारतका विभिन्न कारागारमा बन्दी जीवन बिताउनुभएको थियो।

नेपालमा भएको राजनीतिक परिवर्तनपछि उहाँहरूलाई भारत सरकारले जेलमुक्त गरेको थियो। यसअघि द्वन्द्वकै समयमा भारतमै पक्राउ परेका माओवादी नेताहरू मातृकाप्रसाद यादव र सुरेश आलेमगरलाई भने भारतले नेपाल सरकारलाई बुझाएको थियो।

Popularity: 5%

Add comment September 12th, 2011

डब्लुएनएसओको अध्यक्षमा भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
विश्वव्यापी नेपाली विद्यार्थी संगठन डब्लुएनएसओ (WNSO) को साधारण सभा हालै काठमाडौंमा सम्पन्न भएको छ।

साधारण सभाले यादव प्रसाद भट्टराईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्य समितिको पदाधिकारीहरुमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः दिपेश दुलाल, राजेश पाठक, प्रज्वल बराल र यशोदा अर्याल निर्वाचित भएका छन्। अन्य केन्द्रिय सदस्यहरुमा दिव्यस गिरी, हेमपाल श्रेष्ठ, प्रदिप बस्याल र गोविन्द उपाध्याय सहित संस्थाका च्याप्टर रहेका २० देशका संयोजकहरु रहेका छन्।

डब्लुएनएसओ विश्वको विभिन्न मुलुकमा अध्ययनरत नेपाली विद्यार्थीहरुको पहलमा गैरनाफामूलक एवं गैरराजनैतिक संगठनका रुपमा सन् २००० मा बेलायतमा स्थापना भएको नेपाली विद्यार्थीहरुको विश्वव्यापी नेपाली विद्यार्थी संगठन संगठन हो।

अष्ट्रेलिया, अमेरिका, यू.के., क्यानडा, बेल्जियम, भारत, चिन, पाकिस्तान, जर्मनीलगायत २० देशमा यसका च्याप्टरहरु रहेका छन्। डा. सुनिल कुमार जोशी र भरत थापा संरक्षक रहेको यस संगठनले जगन्नाथ खरेलको संयोजकत्वमा अन्तर्राष्ट्रिय समन्वय परिषद समेत गठन गरेको छ।

विश्वभरि अध्ययनरत नेपाली विद्यार्थी बिच भाईचारा अभिवृद्धि र विद्यार्थीहरुलाई गोलबन्द गरी गुणस्तरीय शिक्षा र समाज रुपान्तरणका लागि विद्यार्थीहरुको सहभागिता बढाउने यस संस्थाका मुख्य उद्देश्य रहेका छन्।

शिक्षा नागरिकको नैर्सर्गिक अधिकार भन्ने मुलमन्त्र लिएर शैक्षिक क्षेत्रमा सेवा पुर्‍याउने हेतुले नेपालमा दर्ता भएको यस संस्थाले कार्य गर्दै आएको छ।

जेहेन्दर तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा शैक्षिक अवसर प्रदान गर्दै भरपर्दो सूचना, परामर्श र स्वयंसेवी विद्यार्थी, शिक्षाविद् तथा शैक्षिक संघ-संगठनबीच समन्वयात्मक सहकार्यबाट विद्यार्थी कल्याणमा टेवा पुर्‍याउँदै समुदाय र राष्ट्रका लागि समाज सेवाका क्षेत्रबाट सहयोग पुर्‍याउनु यस संस्थाका मूल ध्येय रहेका छन्।

स्वयंसेवालाई संस्था विकास र अस्तित्वका मुख्य आधार मानी खेलकुद, अतिरिक्त क्रियाकलाप र विभिन्न शैक्षिक प्रतिस्पर्धा गराई विश्वभर रहेका नेपाली विद्यार्थीहरुको छाता संगठनको रुपमा यस संगठनलाई विस्तार गर्ने पहल गरिएको छ।

Popularity: 5%

Add comment September 12th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....