Archive for September 13th, 2011

माओवादी नेताहरुको मुद्दा फिर्ता हुन्छः महान्यायाधिवक्ता

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ भदौ । नवनियुक्त महान्यायाधिवक्ता मुक्ति प्रधानले जनयुद्धको क्रममा माओवादी नेताहरुमाथि लगाइएका सबै मुद्दा फिर्ता लिने बताउनुभएको छ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा महान्यायाधिवक्त प्रधानले भन्नुभयो-शासन ब्यवस्थाविरुद्ध लड्ने क्रममा लागेका सबै मुद्दा राजनीतिक हुन्। राजनीतिक प्रतिशोधको आधारमा लगाईएका मुद्दा फिर्तामा आपत्ति प्रकट गर्नुहुँदैन।

साक्षात्कारमा उहाँले २०४६ सालपछि देखिनै राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिन सुरु भएको उल्लेख गर्दै भन्नुभयो-मुद्दा फिर्ता नलिएको भए माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनाल सबैले ज्यानमार्ने उद्योगमा २० वर्ष जेल सजाय काट्नु पर्दथ्यो।

उहाँले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएका माओवादी सभासद बालकृष्ण ढुङगेललाई पनि जनयुद्धकै क्रममा मुद्दा लगाईएको भन्दै त्यो पनि फिर्ता हुने जानकारी दिनुभयो।

प्रधानले भन्नुभयो-बालकृष्ण ढुङगेललाई जेल हाल्नु अघि जनयुद्धमा मारिएका माओवादीतर्फ मारिएका १३ हजारको मृत्युको जिम्मा राज्यले लिनु पर्छ। ढुङगेलमाथि जनयुद्धकै क्रममा ओखलढुङगाको इन्चार्ज भएको बेला आरोप लगाईएकोले पनि त्यो राजनीतिक प्रकृतिको हो भन्ने प्रष्ट छ। त्यसैले पनि उहाँमाथि लगाईएको मुद्दाफिर्ता हुनु पर्छ। फिर्ता हुँदैन भन्नु हुँदैन।

उहाँले राजनीतिक प्रतिशोध, द्धन्द्ध, आन्दोलनको आधारमा लगाईएका मुद्दा फिर्ता गर्ने सिद्धान्तमा आपत्ति प्रकट गर्न नहुने भन्दै राजनीतिक खोल आढेर भएर गम्भीर प्रकृतिका मुद्दा भने फिर्ता लिन नहुने तर्क गर्नुभयो। उहाँले भन्नुभयो-कसैलाई दोषारोपण गर्नु भन्दा पनि सिद्धान्तमा विचार गर्नुपर्छ।

उहाँले मुद्दा फिर्ताको क्रममा पनि राजनीतिक वा ब्यक्तिगत हो होईन भन्ने कुरा जिल्ला अदालतले हेर्ने भएकोले राजनीतिक मुद्दाको नाममा अन्य अपराधका अपराधीले उन्मुक्ती पाउने विषयमा कसैले पनि चिन्ता लिनु नपर्ने धारणा राख्नुभयो।

भारतको पटना उच्च अदालतले १२ माओवादी नेता कार्यकर्तामाथि सुनाएको सजाको विषयमा फैसला अध्ययन गर्ने काम भईरहेकोले अध्ययन पछि मात्रै सरकार निचोडमा पुग्ने भन्दै गृहकार्य जारी रहेको र गृहकार्यपछि आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो। आफू माओवादीको सिफारिसमा नियुक्त भए पनि राज्यको मान्छे भएकोले पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत नहुने भन्दै त्यस्तो पाए कठघरामा उभ्भिन आफू तयार रहेको बताउनुभयो।

उहाँले सत्य निरुपण आयोग गठन गरेर राजनीतिक प्रकृतिका मुद्दाको विषयलाई टुङग्याउनु राम्रो हुने भन्दै सत्य निरुपण आयोग गठनपछि सर्वोच्च अदालतले अन्तिम फैसला गरेको मुद्दा समेतको विषयमा प्रारम्भ देखिनै छानविन हुने जानकारी दिनुभयो। बेपत्ता, आरोप, मृत्यू, घाईते सबै विषयमा सो आयोगले छानविन गरेर उपयुक्त निर्णय लिने उहाँको भनाई थियो।

संविधानसभाको म्याद थप्ने विषयमा विवाद गर्नु भन्दा कसरी राम्रो संविधान बन्छ भन्ने विषयमा चिन्ता लिनु पर्ने भन्दै संविधानसभाको म्याद थप्ने विषयलाई सर्वोच्च अदालतले नरोकेको दावी गनुभयो। उहाँले भन्नुभयो-सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न रोकेको छैन। केवल म्याद थपको आधार र कारण दिनु पर्ने मात्र भनेको छ।

Recent Videos:

Popularity: 5%

Add comment September 13th, 2011

बहुलबाद नमान्दा आउने परिणामको जिम्मा काग्रेसले लिदैन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ भदौ । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले बहुलबाद माओवादीले नमाने त्यसपछि आउने परिणामको भागिदार काग्रेस नहुने बताउनुभएको छ।

नेपाल ठाकुर समाजले मंगलबार राजधानीमा वीपी कोइरालाको ९८ औ जन्मदिवसको अवसर पारि आयोजना गरेको शान्ति प्रक्रिया र संविधान निर्माणमा दलहरुको भूमिका विषयक विचार गोष्ठीलाई संबोधन गर्दै कोइरालाले नेपाली काग्रेसले कुनै पनि हालतमा बहुलबादमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो।

उहाँले माओवादीले चाहेको नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला पनि शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी इच्छुक नदेखिएको भन्दै तत्काल हतियार बुझाउने, कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध सैनिक संरचनाको अन्त्य गरेर विश्वासको बातावरण बनाउन सुझाव दिनुभयो।

सभापति कोइरालाले स्वर्गिय गिरिजाप्रसाद कोइरालाले जुन लचकताका साथ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गर्नुभयो त्यस्तै लचकता माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउन प्रस्तुत हुनु पर्ने सुझाव दिनुभयो।

उहाँले राष्ट्रसंघको रोहबरमा भएका सम्झौताहरु तत्काल कार्यान्वय नगरेर नेपाली समाज र अन्तर्रराष्ट्रिय क्षेत्रमा विश्वासको बातावरण बनाउन समेत माओवादीलाई सल्लाह दिनुभयो।

Recent Videos:

Popularity: 5%

Add comment September 13th, 2011

सिपोरा गुरूङको पुरस्कार तीन संस्थालाई सहयोग

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, २६ भदौ। वर्षको लोकप्रिय खेलाडी सिपोरा गुरुङले पल्सर पपुलर प्लेयर अफ दि इयर २०६७ घोषणा हुदा प्राप्त तीस हजार रुपैया तीन संस्थालाई सहयोग गर्ने भएको छ।

सिपोराले प्राप्त पुरस्कार मध्ये पोखराको साहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमीलाई दश हजार, डर्टस क्लवद्धारा सञ्चालित सानो संसारमा अध्ययनरत नौ जना बालबालिकालाई दश हजार रुपैया बरावरको शैक्षिक सामग्री र युनाइटेड क्लव भोटेवडार लमजुङलाई सहयोग गर्ने घोषणा गरेकी छन्।

सिपोरा गुरूङ । तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

लोकप्रिय खेलाडी घोषणाले मलाई सामाजिक सेवामा समर्पण गर्न उत्प्रेरित गरेकै कारण प्राप्त पुरस्कार संघ संस्थालाई सहयोग गर्न चाहेको सिपोराले रेडियो अन्नपूर्णलाई बताइन्। उनले भनिन् खेलबाट प्राप्त प्रतिष्ठा समाज र राष्ट्रकै लागि भएकाले प्राप्त पुरस्कार सामाजिक क्षेत्रमा सहयोग गर्न चाहेको हुँ।

यसैविच लोकप्रिय खेलाडी घोषित सिपोरालाई काठमाण्डौं दरबारमार्गस्थित माली ट्राभल्स एण्ड टुरका सञ्चालक सुरेन्द्र मालीले एक कार्यक्रम आयोजना गरी बधाई ज्ञापनका साथ दश हजार रुपैया प्रदान गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चद्धारा वर्षको लोकप्रिय खेलाडी सिपोरा गुरुङ, उत्कृष्ठ खेलाडी जमुना गुरुङ, दीपक महर्जन, युवा खेलाडी नेरी थापा लगायत विभिन्न विधामा उत्कृष्ठ घोषित खेलाडी र खेलकर्मीहरुलाई मंगलबार भाद्र २७ गते दिउसो एक बजे राष्ट्रपति डा.रामवरण यादवले बधाइ ज्ञापन तथा चियापान कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

Popularity: 5%

Add comment September 13th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....