Archive for September 14th, 2011

विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको गुनासो

एचकेनेपाल डट कम संवाददाता-
त्रिवि जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग कीर्र्तिपुर दोस्रो वर्षका विद्यार्थीले यही भदौ ११ गते परीक्षाका बेला निरीक्षकले आफूहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडकलाई कारवाहीको माग गरेका छन्।

आज यहाँ पीडित विद्यार्थीले पत्रकार सम्मेलन गरी सो माग गरेका हुन्।

पीडित विद्यार्थीमध्येका एक महिला विद्यार्थीले निरीक्षकद्वय प्रवीणकुमार झा र दीपेन्द्रकुमार गुप्ताले संवेदनशील अङ्ग छुने, असहज महसुस हुने गरी समातेर तान्ने, परीक्षामा मद्दत गरिदिन्छु भनी रकम माग्ने, परीक्षार्थीको मोबाइल मागी राष्ट्रिय र अन्तर्राष्ट्रिय नम्बर डायल गरी कल गर्ने, कपाल तथा घाँटी सुम्सुम्याउने,फोन नम्बर माग्ने, असहज महसुस हुने गरी अङ्कमाल गर्नेजस्ता व्यवहार गरी यौन दुर्व्यवहार गरेको आरोप लगाउनुभयो।

अर्का पीडित एक छात्रले छात्रलाई पनि मोबाइल माग्ने नत्र परीक्षा रद्द गरिदिन्छु भनी दुर्व्यवहार गरिएको बताउनुभयो।

पीडितहरूले पुनः यस्तो घटना नहुन दिन दोषीलाई कुनै पनि सङ्घसंस्थामा प्रवेशमा आजीवन रोक लगाइनुपर्ने, आफूहरूको सामाजिक सुरक्षा हुनुपर्ने, उत्तरपुस्तिकाको सुरक्षा हुनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने माग गरेका छन्।

Recent Videos:

Popularity: 5%

1 comment September 14th, 2011

बलात्कृत महिलालाई ललितपुर लगिने

एचकेनेपाल डट कम संवाददाता-
सामूहिक बलात्कारपछि महिला तथा बालबालिका सङ्घको सेफ हाउसमा राखिएकी एक महिलालाई उपचारका लागि ललितपुर लगिने भएको छ।

नाम गोप्य राखिएको ती महिलामा शारीरिक अपाङ्गता भएको र मानसिक सन्तुलन समेत ठीक नभएकाले उपचारका लागि महिला मानवअधिकार रक्षक सञ्जालको पहलमा ललितपुर लगिने भएको हो।

उपचार अवधिभर बस्नका लागि कोसिस भन्ने संस्थाले सहयोग गर्ने सञ्जालका सदस्य आरती पाठकले जानकारी दिनुभयो।

गत साउन २० गते हेटौंडा–१० गोरक्षश्वर मन्दिरमा बसिरहेकी ती महिलामाथि सामूहिक बलात्कारपछि स्थानीय बालबालिकाले थाहा पाएर सञ्जाललाई जानकारी दिएका थिए।
सञ्जालले प्राथमिक उपचार गराई माइती नेपाललाई उनको सुरक्षाको जिम्मा दिएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment September 14th, 2011

पत्रकार आक्रमणकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

एचकेनेपाल डट कम संवाददाता-
पत्रकार किशोर बुढाथोकीमाथि आक्रमण गर्ने अभियुक्तद्वय रूपक राई र विकास राईलाई जिल्ला अदालत चैनपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश शालिकराम कोइरालाको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को (२) बमोजिम पुर्पक्षका लागि थुनामा राखी मुद्दाको कारबाही चलाउन आदेश दिएको हो।

पत्रकार बुढाथोकी सुतिरहेको स्थानबाट उठाई एकान्तमा लगी खुकुरी प्रहार गरेको भनी पीडितका मामा राजेन्द्र कार्कीले दर्ता गराएको ज्यानसम्बन्धी मुद्दामा अदालतले यस्तो फैसला गरेको हो। अभियुक्तद्वयले ज्यानसम्बन्धी महलको १ र १५ को कसुर अपराध गरेको ठहर भएमा पाँच वर्षदेखि १५ वर्षसम्मको जेलसजाय तोकिने जिल्ला अदालत चैनपुरका स्रेस्तेदार प्रकाश घिमिरेले बताउनुभयो।

अभियुक्त विकासलाई यही भदौ ८ गते राति दिदिङबाट र उनका सहयोगी रूपकलाई भदौ २ गते याफुबाट पक्राउ गरिएको हो।

गत साउन २६ गते राति सुतिरहेको अवस्थामा पत्रकार बुढाथोकीलाई बोलाएर मरणासन्न हुने गरी कुटपिट गर्नाका साथै खुकुरी प्रहार गरी सख्त घाइते बनाइएको थियो।

उनीहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलिरहेको छ।

पत्रकार बुढाथोकीको नोबल एकेडेमी विराटनगरमा उपचार भइरहेको छ। बुढाथोकी नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका सहसचिव र अन्नपूर्ण पोष्ट दैनिकका प्रतिनिधि हुनुहुन्छ।

Popularity: 5%

Add comment September 14th, 2011

साहित्यकारको अनशन तोडियो

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि साझा प्रकाशन सञ्चालक समितिका सदस्य नयनराज पाण्डेले आजबाट अमरण अनशन तोड्नुभएको छ।

प्रधानमन्त्री भट्टराई आज बिहान अनशनस्थल रत्नपार्क पुगेर पाण्डेको मागप्रति सरकार सकारात्मक रहेको जानकारी दिनुभएको थियो।

पाण्डे साझा प्रकाशनलाई शिक्षा मन्त्रालयअन्तर्गत राख्नुपर्ने, अध्यक्ष र महाप्रबन्धक एउटै व्यक्ति हुन नहुने, महाप्रबन्धकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गरिनुपर्नेलगायतका माग राखी गएको तीन दिनदेखि आमरण अनशनमा बस्नुभएको थियो।

प्रधानमन्त्री भट्टराईले पाण्डेलाई जुस पिलाई अनशन तोडाउनुभएको हो। यसअघि साझा बचाऊ सरोकार समितिका संयोजक खगेन्द्र सङ्ग्रौलासहितको एक टोलीले प्रधानमन्त्री भट्टराईसँग वार्ता गरेको थियो।

Popularity: 5%

Add comment September 14th, 2011

नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको ‘नइ देरुनिखपु पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

साहित्यतर्फ सुशान्तमानसिंह मास्के, चित्रकलातर्फ छेतेन डोका शेर्पा र गायनतर्फ सरगम वस्नेतलाई नइ देरुनिखपु बाल पुरस्कार प्रदान गरिने भएको छ। साथै सो पुरस्कारबाट पुरस्कृत हुनेहरूमा नृत्यतर्फ यज्जु श्रेष्ठ, खेलकुदतर्फ संसारविक्रम थापा र विज्ञानतर्फ तलाङ्क बराल रहेका छन्। यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्।

यसै गरी, नइ देरूनिखपु कोपिला पुरस्कार गायनमा कुनाल श्रेष्ठ मलेकु र नृत्यमा उर्मिला गुरूङलाई प्रदान गर्ने निर्णय भएको छ। यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन्।

पाँच हजार रूपियाँ राशिको नइ देरूनिखपु चिचिला पुरस्कार उत्प्रेम जोजिजुलाई प्रदान गरिने भएको छ। साढे दुई वर्षका जोजिजुलाई सङ्गीततर्फ यो पुरस्कार प्रदान गरिन लागिएको हो। पोखरा निवासी जोजिजुले दुई वर्षको उमेरदेखि नै ड्रम बजाएर आफ्नो साङ्गीतिक चमत्कार देखाउदै आएका छन्।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको साधारणसभाले सो निर्णयगरेको हो। पुरस्कार संस्थापक श्री खनूपरुदे ‘रामबाबू’, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री बैरागी काइँलालगायत सो सभामा सम्बन्धित विशेषज्ञहरूको उपस्थिति थियो।

नइ प्रकाशन र दाता खनूपरुदे ‘रामबाबू’का बुबा लप्टन देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी, पत्नी नीलिम, दाता खनूपरुदे ‘रामबाबू’ र पत्नी पूनावतीका नाउँका अघिल्ला अक्षरहरू जोडेर यी पुरस्कारको स्थापना गरिएको हो।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार एक करोड दस लाख रुपियाँ बैंकको अक्षयकोषमा राखि नइ प्रकाशनले त्यसको व्याजबाट हरेक वर्ष देशदेशान्तरका प्रतिभालाई दस लाख पचास हजार रुपियाँ नगदसहित पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ।

नइ प्रकाशनलाई समाजसेवी तथा राजनीतिज्ञ खनूपरुदे ‘रामबाबू’ले छयानब्बे लाख रुपियाँ र पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले सात लाख रुपियाँ प्रदान गरिसक्नु भएकोछ।

Popularity: 5%

Add comment September 14th, 2011

राष्ट्रपति यादवद्वारा स्पोर्टस अवार्ड विजेतालाई वधाई

प्रकाश तिमल्सिना/ एचकेनेपाल डट कम-
काठमाडौं, भदौ २७ राष्ट्रपति डा. रामवरण यादवले खेलाडीहरु देशका गहना भएकाले उनीहरुलाई हरदम हौसला दिइरहनुपर्ने बताउनु भएको छ।

पल्सर स्पोर्टस अवार्डका विजेताहरुलाई शितल निवासमा बधाई तथा शुभकामना दिदै राष्ट्रले सक्रमणकालिन अवस्थामा धेरै कुरा दिन नसकेको अवस्थामा खेलकुद पत्रकारले दिएको पुरस्कार नै राष्ट्रिय अवार्डको रुपमा ग्रहण गर्न भन्नुभएको थियो।

उहांको भनाई थियो - युवादेखि वरिष्ठ सम्मको पुस्तासम्म सम्मानित भएका छन्। खेलकुद विना विकासको मापन सम्भव छैन । त्यसैले यस्तो हौसला र सम्मान निकै आवश्यक छ।

राष्ट्रपति यादवले नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित स्पोर्टस अवार्डका विजेताहरुलाई हरेक वर्ष आफनो निवासमा बोलाउनु भई बधाई दिने गर्नुभएको छ। खेलपत्रकारलाई पनि धन्यवाद दिदै उहाले थप्नुभयो - खेलपत्रकारहरुले आफनो रोजी रोटी कमाउनु पर्ने समय निकालेर देशको लागि यति ठैलो काम गरेकोमा पनि धन्यवादका पात्र हुन्।

सोही अवसरमा राष्ट्रपति यादवले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा आयोजना गर्नका लागि आफूले पहल थाल्ने बताउनु भयो। उहांले भन्नुभयो - राष्ट्रिय गौरवको विषयको रुपमा रहेको साग खेलकुद नेपालमा आयोजना गर्न समयमै तयारी गर्नका लागि म प्रधानमन्त्री र खेलकुद मन्त्रीसंग कुरा गर्नेछु।’

लन्डन ओलम्पिकको लागि भइरहेको उत्कृष्ट तयारी र गत वर्ष भारतमा सम्पन्न कमनवेल्थ गेम्समा भएको अब्यवस्थित तयारीको प्रसंग कोटयाउदै उहांले भन्नुभयो- ‘ नेपालले समयमै यसको तयारी गर्नु पर्छ।’

यसअघि, मञ्चका वरिष्ठ उपाध्यक्ष अजय फुयालले नेपाली खेलकुद क्षेत्रले राजनीतिलाई टाढा राखी १३ औं साग खेलको पूर्वाधार तयारी गर्न राष्ट्रपति मार्फत पहल हुनुपर्ने बताउनु भएको थियो।

बधाई कार्यक्रममा विजेताहरुको तर्फबाट लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेता टेबुल टेनिसका वरिष्ठ प्रशिक्षक रमेश राज जोशीले भन्नुभयो - ‘स्पोर्ट्स अवार्डमा हामी जस्ता पुराना खेलाडीहरुसम्मको मुल्याङकन भएको छ। राष्ट्रपतिबाटै पाएको थप सम्मानले सम्पूर्ण खेलाडीहरु उत्साहित भएको मैले विश्वास गरेको छु।’

यसअघि कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले राष्ट्रपतिको समुपस्थितिमा विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।

कार्यक्रमपछि स्पेशल अवार्ड विजेता बनेका सुनसरीका दिलिप राईले भने - स्पोर्टस अवार्डको सम्मान राष्टपति ज्युको वधाई पछि झन वढे जस्तो लाग्यो । यो ठूलो सम्मान हो।’

Popularity: 5%

Add comment September 14th, 2011

हाम्रो सूचनाको हक कहाँ छ ?

कमल राना थारु-
नेपाल सरकारको विभिन्न निकायहरुमा इन्जिनियरिङ्ग अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरि भर्नाका लागि विभिन्न संस्थानहरुमा धाउदा आदिवासी जनजातिहरुका लागि केही निश्चित आरक्षित कोटाको प्रवधान छ भन्ने पाईयो।

त्यसका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थानहरु जमानत बसेर ग्यारेण्टी लिएको खण्डमा मात्र भर्ना सुनिश्चित हुदो रहेछ त्यसैले मेरा लागि जमानत भनेको पहुँच भन्दा बाहिरको थियो।

आशाको निराशा भएं, यस्ता निराशाजनक अवस्थामा म जस्ता सय भन्दा बढि आदिवासी जनजातिहरु प्रतिनिधी थिए। म जस्तै पाँचजना प्रतिनिधीहरु जो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भन्ने सरकारी संस्थाका कर्मचारीसंगको निकटताका कारण उनीहरुको आर्थिक जमानत ग्यारेण्टी उक्त संस्थाले बसिदिएका कारणले उनीहरु पढ्ने सुनिश्चित भयो।

पहिला म जस्ता धेरै प्रतिनिधीहरु जमानत बसिदिनका लागि पटक पटक सोही संस्थामा पुग्यौं तर तिनै कर्मचारीले यसबारेमा प्रावधान नभएको बताउथे। अब यसरी एक त सरकारी संस्थामा प्रवधान नै नभएको एका एक कसरी नीति बन्यो? भने अर्को यस्ता कार्यहरु गर्नु अगाडि हरेक सरकारी निकायहरुले सार्वजनिक सूचना गरेर आव्हान नगरेका कारणले म जस्ता सयौ आदिवासी जनजातिहरु यस्तो अवसरबाट बञ्चित भएका छन्।

यस्तो नीति वा प्रावधान भन्दा बाहिरको काम गर्ने र हाम्रो सूचना पाउनु पर्ने मौलिक हकबाट बञ्चित गर्ने सरकारी कर्मचारी तथा पदाधिकारीहरुलाई के कार्वाही हुन्छ र हामीहरु न्यायका लागि कहाँ जाने? यसरी सरकारी निकायहरुको जवाफदेहिता र पारदर्शिता भएन भने जनता कसरी र केका लागि सरकारप्रति विश्वस्त तथा आशावादी रहने?

कमल राना थारु
र साथीहरु

Popularity: 5%

Add comment September 14th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....