Archive for September 15th, 2011

सिपोरालाई हङकङबाट सहयोग

हुम तमु /एचकेनेपाल डट कम -
पोखरा, महिला भलिवलका राष्ट्रिय खेलाडी पोखरेली चेली सिपोरा गुरुङलाई लोकप्रिय वर्ष खेलाडी २०६७ बनाउन हङकङमा भलिवल प्रतियोगिता आयोजना गरी संकलित ४२ हजार ५०० रुपैया सिपोरा गुरुङ सहयोग समितिलाई प्राप्त भएको छ। (more…)

Popularity: 5%

Add comment September 15th, 2011

सय रुपैयाँ घुस लिने प्रहरी हिरासतमा

एचकेनेपाल डट कम संवाददाता-
उदयपुरको त्रियुगा नगरपालिका–९ जलजले प्रहरी चौकीका हवल्दार गणेश यादव र अर्का प्रहरी जवान सुनील यादव १०० रूपैयाँ घुस लिने क्रममा पक्राउ परेका छन्।

बुधबार दिनको ४ बजे सगरमाथा कद्माहा सडकको जलजलेमा सडक गस्ती गर्ने क्रममा एक जना व्यापारीलाई प्रहरीद्वयले जबर्जस्ती १०० रूपैयाँ घुस लिएका थिए।

कटारीबाट गाईघाट आउँदै गरेको एक बसमा स्थानीय सुनील चौधरीले विराटनगरबाट केही व्यापारिक सामानहरू ल्याएका थिए।

ती समान जाँच गर्नेक्रममा ती प्रहरीले चौधरीसँग जबर्जस्ती घुस लिएको बताइएको छ। चौधरीको निवेदनको आधारमा प्रहरी हवल्दार यादव र उनका सहयोगीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी हिरासतमा राखेको उदयपुरका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए।

घुस लिने काम कानुनविपरीत भएकाले उनीहरूमाथि कारबाही हुने प्रहरी निरीक्षक खड्काको भनाइ रहेको छ।

Recent Videos:

Popularity: 5%

Add comment September 15th, 2011

पाँच वर्षकी बालिकाको बलात्कार

एचकेनेपाल डट कम संवाददाता-
उदयपुर पञ्चावती गाविस–४ की ५ वर्षीया एक सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान ११ बजे छिमेकीका ती बालिकालाई घरनजिकैको बाटोमुनि लगेर बलात्कार गर्दै गर्दा पञ्चावती–४ कै १७ वर्षीय प्रेमनारायण श्रेष्ठ पक्राउ परेका हुन्।

Recent Videos:

Popularity: 5%

1 comment September 15th, 2011

चट्याङ लागेर युवतीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
आज बिहान चन्द्रनिगाहपुर– ३ गैँडाटारमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। बिहान नौ बजे घरमा खाना खाँदै गर्दा कृष्ण प्रसाद ढुंगानाकी १९ वर्षिया छोरी शर्मिला ढुंगानाको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङले गोठमा बाँधिएको एक बाच्छीसमेत मरेको स्थानीय गोविन्द तिमल्सेनाले जानकारी दिएका छन्।

Recent Videos:

Popularity: 4%

Add comment September 15th, 2011

जनविद्रोहको लागि तयार रहन निर्देशन

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, एमाओवादीको मोहन वैध निकटका नेताहरुले बुधवार धरानमा आफू निकटका कार्यकर्ताको भेला गरि जनविद्रोहबाट मात्र शान्ति र संविधान सम्भव रहेको भन्दै त्यस्को त्सको लागि तयार रहन निर्देशन दिएका छन्।

पार्टी अध्यक्ष प्रचण्ड फर्के लगतै पूर्वी नेपालको दौडाहामा निस्केका पार्टी सचिव तथा पूर्वी कमाण्ड इन्चार्ज सिपी गजुरेल र पोलिटव्युरो सदस्य हितमान शाक्यले धरानमा किरात तथा कोचिला तथा सुनसरी जिल्ला राज्य स्तरमा आफू निकटका कार्यकर्ताको भेला गरि त्यस्तो निर्देशन दिएको माओलादी स्रोतले जनाएको छ।

भेलामा सहभागी एक नेताका अनुसार उनीहरुले माओवादी लडाकुहरुको हतियार राखेको कन्टेनरको चावि विशेष समितिलाई बुझाएर नेतृत्वले आत्मसमर्पण गरेकोले त्यसको विरुद्ध संगठित भएर लाग्न समेत निर्देशन दिए थिए। पूर्वी नेपालको झापा इलामामा आफु निकट कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर धरान उनीहरुमध्ये गजुरेलले कोचिला तथा किरात तथा शाक्यले सुनसरी जिल्ला स्तरका कार्यकर्तालाई प्रशिक्षण दिएको माओवादी स्रोतले जनाएको छ।

धरानस्थित गिता भवनमा भएको कार्यक्रममा जिल्ला स्तरका एक सयको हाराहारीमा तथा कोचिला र किरात स्तरका दुवै गरि ५० ६० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको वताइएको छ।

यससबिच एमाओवादी सुनसरी जिल्ला संगठनले भने सचिव गुजेरले पार्टीको नीति विपरित आफ्नो गुटको मात्र भेला गराएको भन्दै उनको कारबाहीको माग गरेको छ।

धरानमा पत्रकार सम्मेलन गरी गजुरेलले पार्टीको कन्द्रीय तथा स्थायी समितिको निर्णय विपरीत आफू निटक गुटलाई भेला गराई प्रशिक्षण दिएको भन्दै कारबाहीको माग गरेको छ। साथै संगठनले यस्ता क्रियाकलाप गर्दै गए त्यसको विरुद्ध उत्रने समेत चेतावनी दिएको छ । माओवादी सुनसरी इन्चार्ज सुनसरी मुक्साङहाङ मेयाङवोले गजुलरेका गतिविधीले पार्टीमा विभाजन आउने भन्दै त्यस्ता कार्य वन्द गर्न आग्रह समेत गरे। शान्ति र संविधानको लागि एक जुट भएर अगाडि वढ्न आग्रह गर्दे कुनै गुट उप गुटको पछि नलाग्न कार्यकर्ता आग्रह समेत गरे।

यसै विच गजुरेको कार्यक्रम हुन नदिन संस्थापन पक्ष लागि परेको भए पनि संख्यात्मक रुपमा वैध समुह वढि भएपछि संस्थापन पक्षले पत्रकार सम्मलेन गरेका स्रोतले जनाएको छ।

Popularity: 5%

1 comment September 15th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....