Archive for September 16th, 2011

सर्वोच्चको आदेश विपरित महाप्रवन्धकको कार्यकक्ष कब्जा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३० भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका कार्यकारी अधिकारसहितका महाप्रवन्धक केवी लिम्बुले पूर्ववत कार्य गर्न दिनु भन्ने सर्वोच्चको आदेश विपरित अनाधिकृत रुपमा आफ्नो कार्यकक्ष कब्जा गरिएको दावी गरेका छन्।

मन्त्री परिषदले गत असार १५ गते लिम्बुलाई अवकास दिएर मनरुप शाहीलाई नियुक्त गरेको भए पनि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगरी लिम्बुलाई नै यथावत काम गर्न दिनु भनी भदौ १६ गते अन्तरिम आदेश दिएपनि शाहीले महाप्रवन्धकको कार्यकक्ष जवरजस्ती रुपमा कब्जा गरेर आफूलाई काम गर्न नदिएको लिम्बुले बताए।

लिम्बुले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कानूनी राज्यको उपहास गर्दै आफूलाई शाहीले काम गर्न नदिएको बताए।

पत्रकार सम्मेलनमा अदालतले आफूले पहिला सम्हालिरहेको कार्यकारी प्रमुख सहितको महाप्रवन्धकको जिम्मेवारी सम्हाल्न पाउनु पर्नेमा अबैध रुपमा शाहीले कब्जा गरेकोले आफूले तत्काल जिम्मेवारी सम्हाल्न पाउनु पर्ने तर्क गरे। उनले शाहीको तर्फबाट कानूनी शासनको ठाडो उल्लघन भएको भन्दै निगमलाई अगाडि बढाउन जहाज खरिदसहित ब्यवस्थापन प्रक्रियालाई चुस्त ढंगले अगाडि बढाउने तर्फ गोलबन्द हुन कर्मचारीलाई आब्हान पनि गरे।

कार्यभार सम्हाल्न निगमको कार्यालय गएकोमा आफूलाई जवरजस्ती ढंगले कार्यकक्षमा प्रवेश नै नगरी अदालतले काम नगर्नु भनेका शाहीले अबैध रुपमा काम गरिरहेको भन्दै यसले राष्ट्रको छविमा नकारात्मक असर पर्नुका साथै निगम झनै धरासायी बनेको लिम्बुले दावी गरे। लिम्बुको चार बर्षको कार्यकाल आगामी मंसिरसम्म रहेपनि तत्कालीन पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले विचमै हटाएर शाहीलाई नियुक्त गरेका थिए।

पत्रकार सम्मेलनमा लिम्बुले जव जव निगमका लागि जहाज खरिद प्रक्रिया सुरु हुन्छ त्यो त्यो बेला आफूलाई निश्कासन गर्ने गरेको दावी गर्दैं आफूले अदालतको आदेश अनुसार काम गर्न पाए बाँकी रहेको चार महिनाको अवधिमा निगमको लागि नयाँ जहाज किनेर द्रुत गतिमा अगाडि बढाउने योजना पनि सुनाए।

Recent Videos:

Popularity: 5%

Add comment September 16th, 2011

छ नयाँ मन्त्री थपिए

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले विहीवार नवनियुक्त छजना मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो।

राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष समारोहमा सपथ लिनुहुनेमा शरत्सिंह भण्डारी रक्षा, हेमराज तातेड वातावरण, वृजेशकुमार गुप्ता कानुन तथा न्याय, अनिलकुमार झा उद्योग, लेखराज भट्ट वाणिज्य तथा आपूर्ति र गोपाल किराँती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था र संस्कृतिमन्त्री हुनुहुन्छ।

समारोहमा उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा गृहमन्त्री, मन्त्रिगण, सभासद्, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो।

Recent Videos:

Popularity: 5%

Add comment September 16th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....