Archive for September 18th, 2011

जनजाति महासंघ कतारको समिक्षा बैठक सम्पन्न

बुधबल गुरुङ / एचकेनेपाल डट कम-
दोहा, कतारवासी आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको संघिय सचिवालय बैठक हालै सम्पन्न भएको छ।

विशेषतः बैठकले सेप्टेम्बर २ मा सम्पन्न भएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको चौथो महाधिवेशनको वारेका महासंघले खेलेको भूमिकाको बारेमा विस्तृत रुपमा छलफल गरी समिक्षा गरेको छ।

महासंघका अध्यक्ष मान बहादुर साँवाँ लिम्बुको अध्यक्षतामा बसेको बैठक महासचिव विनेश तामाङ्गले संचालन गरेका थिए। कतारवासी आदिवासी जनजाति ब्यक्तित्वहरुको उल्लेखनिय उपस्थिती रहेको उक्त बैठकमा एनआरएनए-एनसीसी कतारको चौथो राष्ट्रिय महाधिवेशन वारे विभिन्न विषयमा छलफल गर्दै महासंघबाट प्रतिनिधित्व गर्नु हुने नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ।

बैठकमा सहभागिहरुले आ-आफ्नो क्षेत्रबाट सम्पन्न जिम्मेवारीहरुको वारेमा विस्तृत चर्चा गरेका थिए । बैठकले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याई उल्लेखनिय भूमिका निभाउनु हुने आदिवासी मित्रहरु, शुभचिन्तहरु, एनआरएनका पार्षदहरु, मिडियाहरु, महासंघका मातृ संस्थाहरु - नेपाल प्रवासी मगर संघ, कतार, किराँत याक्थुङ्ग चुम्लुङ्ग शाखा कतार, तमु बौद्घ सेवा समिति शाखा कतार, नेपाल प्रवासी तामाङ समाज कतार, किराँत राई यायोख्खा शाखा-कतार, थारु कल्याणकारीणी सभा कतार च्याप्टर, नेपाल प्रवासी दराई सेवा समाज कतार, प्रवासी शर्ेपा संघ, कतार, नेपाल प्रवासी भुजेल सेवा समाज कतार, प्रवासी सुनुवार सेवा समाज कतार, नेवा पुचः कतार प्रति धन्यवाद प्रस्ताव पारित गरेको जनाईएको छ । साथै निर्वाचनमा विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघको तर्फबाट वार्ता समितिका संयोजक दिलकिरण खजुम सदस्यहरु विनेश तामाङ र इन्जिनियर विद्यानन्द चौधरीलाई पनि विशेष धन्यवाद दिईएको थियो।

बधाई तथा सम्मान
महासंघ कतारको संघिय सचिवालय तथा समिक्षा बैठकले गत सेप्टेम्बर २ का दिन सम्पन्न भएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको चौथो महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुहुने महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ लगायत सदस्यहरु सुजन गोले तामाङ्ग, दिपेन्द्र राई, कालमान वाईवा, तिलक घर्ति मगरलाई हार्दिक बधाईका साथ सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।

सम्मानित हुदै नव निर्वाचित अध्यक्ष अमृत गुरुङले आफू अब सम्पूर्ण नेपालीहरुको साझा संस्थाको अध्यक्ष भएकोले मेरो कार्यक्रम अब समाबेशी रुपले सम्पूर्ण नेपालीहरुप्रति केन्द्रित हुने तर जनजातिका मुद्दाहरुबाट टाढा रहन नसक्ने कुरा प्रष्टयाउनु भयो। यसका साथै उहाँले आफ्नो कार्यकालमा आदिवासी जनजातिहरुको सदैव साथ र सहयोग पाईरहनेमा विश्वस्त रहेको बताउँनु भयो।

सम्मानित हुनुहुने अन्य सदस्यहरुले निर्वाचन अघि हामी पार्षह्ररु पक्ष विपक्षको अवस्थामा थियौं तर अब गैरआवासीय नेपालीहरुको लागि आफ्नो क्षमताले भ्याएसम्म समान ब्यवहार गर्दै आदिवासी जनजातिले जुन भरोसा र विश्वासका साथ हामीलाई विजयी बनाउनु भएको छ त्यसको सदैव सम्मान र उच्च कदर गर्ने बताएका थिए।

Recent Videos:

Popularity: 5%

Add comment September 18th, 2011

मार्सलआर्टका बेलायती मास्टरद्वारा पोखरामा प्रशिक्षण

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, असोज १ । मार्सल आर्टका बेलायती प्रशिक्षक एडेण्ड्रो मास्टरले शनिवार र आइतवार पोखरका विभिन्न कराँते डोजोहरुमा प्रशिक्षण दिएका छन्।

अएइ केन्दो वर्कसप जुडोका सिक्स डान, एआइडो फोर डान, केन्दोको थ्री डान बेलायती मास्टरले शनिवार पृथ्वीनारायण क्याम्पस वगर डोजो, शनिवार मालेपाटन सशस्त्र प्रहरीको कालिकागण प्रशिक्षण गराए भने आइतवार वगर डोजो र शसस्त्र प्रहरी महाविद्यालय लामपाटनमा प्रशिक्षण दिएको सितोरियो कराँतेका प्रशिक्षक फत्तबहादुर गुरुङले जानकारी दिए।

मार्सल आर्टसहित मार्सल आर्टमा प्रयोग हुने हतियार तरवार चलाउने सामुराइ समेतको प्रशिक्षण गराइएको तालिममा कास्कीका कराते प्रशिक्षकहरु फत्तबहादुर गुरुङ, कृष्णकुमार लामा, सुष्मा गुरुङ, संगीता लामा, नरेश अधिकारी, नविन आचार्य, कोपिला खाती, बुद्धि थापा, शसस्त्र प्रहरीवल कालिका गणका गणपति कृष्णभक्त ब्रम्हाचार्य लगायत तीन सय वढी प्रशिक्षाथीहरुको सहभागीता रहेको थियो।


Recent Videos:

Popularity: 6%

1 comment September 18th, 2011

जोलीले भेटे प्रधानमन्त्री भट्टराईलाई

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ असोज । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा नेपालमा जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्य टुङ्गोमा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ।

दुइ दिने नेपाल भ्रमणको क्रममा आईतवार काठमाडौ आईपुग्नु भएका जोलीले आजै बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा त्यस्तो विश्वास ब्यक्त गर्नुभएको भेटमा सहभागी रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो।

धमलाका अनुसार जोलीले कठिन सक्रमणकालबाट गुज्रिरहेको नेपालले भट्टराईको रुपमा उपयुक्त नेतृत्व पाएको भन्दै नेपालका राजनीतिक दल नेताहरु यहाँको समस्या समाधान गर्न क्षमतावान भएको दावी गर्नु भएको थियो।

जोलीले भारतले नेपालको राजनीतिमा कुनै प्रकारको हस्तक्षेप नगर्ने भन्दै केवल नेपालमा विद्यमान समस्या समाधान गर्न सहयोग र सदभावमात्र जारी राख्ने बताएको धमलाले जानकारी दिनुभयो।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन गडगडी, बरिष्ठ नेताहरु लालकृष्ण आडवाडी , राजनाथ सिह र सुषमा स्वराजनको प्रतिनिधिको रुपमा नेपाल भ्रमणमा आउनु भएका विदेश विभाग प्रमुख जोलीले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो समेत दिनुभएको थियो।

प्रधानमन्त्रीको भारत भ्रमण दशै पछि लगभग तय भईसकेकोले प्रधानमन्त्रीको सोही भ्रमणको क्रममा भाजपाका नेताहरुसँग रात्रि वा दिवा भोज सहितको कार्यक्रममा प्रधानमन्त्रीसँग छुट्टै बार्ता हुने तय भएको धमलाले जानकारी दिनुभयो।

सोक्रममा प्रधानमन्त्री भट्टराईले भने आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दै सम्बन्ध सुधार आफ्नो पहिलो एजेण्डा भएको बताउनुभएको थियो।

प्रधानमन्त्रीले आफू भारत भ्रमणको अवसरबाट उत्साहित भएको भन्दै आफ्नै नेतृत्वमा शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा हुने दृढता ब्यक्त गर्नुभएको थियो।

प्रधानमन्त्रीले तीन महिनाभित्र सहमतिमै शान्ति प्रक्रिया र संविधान लेखन कार्य टुङ्गयाउन आफू लागी परेको भन्दै अमेरिका भ्रमणबाट फर्किएपछि शान्ति प्रक्रियामा महत्वपूर्ण उपलब्धि हासिल हुने ठोकुवा गर्नुभयो। प्रधानमन्त्रीले शान्ति र संविधानका अतिरिक्त आफू आर्थिक क्रान्तिको आधार तयार पार्न समेत लागिपरेको भन्दै दोहोरो आर्थिक बृद्धि दर हासिल गर्नु आफ्नो उद्देश्य रहेको बताउनुभयो।

भेटवार्तामा प्रधानमन्त्री भट्टराई दिल्लीमा अध्ययन गर्दा सोही विश्वविद्यालयका विद्यार्थी नेताका रुपमा रहनु भएका जोली र प्रधानमन्त्री विच दिल्ली बसाईको क्रममा भएका पुराना घटनाहरुको विषयमा पनि याद ताजा पार्ने काम भएको थियो।

भोलि अपरान्ह स्वदेश फर्किनु हुने जोलीले आजै अपरान्ह पाँच बजे राष्ट्रपति डा रामबरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

Popularity: 5%

Add comment September 18th, 2011

म्याग्दी जीप दुर्घटनामा १३ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ असोज । सदरमुकामबाट पश्चिम दवाङ्ग तर्फ जाँदै गरेको जीप आइतवार दिउंसो दुर्घटना हुंदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

दुर्घटनमा ७ पुरुष, २ महिला र अन्दाजी ६ महिना र दुई वर्षका दुई बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा ताकमका मुकुन्द सुवेदी, ओखरबोट च्यूरीबोटका काले दमाई, पुलाचौरका रुपेश नेपाली, बरंजाका पूर्णबहादुर छन्त्याल र सूर्यमान छन्त्याल, बाबियाचौरका अशोक भण्डारी र तारा केसी, सिगा तातोपानीकी तारा खत्री र उनका ६ महिने छोरा र मुनाका रुपेश पुन रहेका छन् ।

ग १ ज २७०४ नम्बरको यात्रुवाहक जीप बावियाचौर र दरवाङको बीचमा रणवाङ भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो। दुर्घट्नाग्रस्त बस भीर अड्केकाले उद्धार गर्न कठिनाई भएको प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले बताए।

दुर्घटनापछि प्रहरीले जीप चालक टेकबहादुर सुनारलाई नियन्त्रणमा लिएको छ।

Popularity: 5%

Add comment September 18th, 2011

नयाँ मन्त्री थपिए

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री बाबुराम भट्टराईले तमलोपा नेपालबाट एक मन्त्री थपी फेरि मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन्। आज महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा दानबहादुर चौधरी नियुक्त भएका छन्।

उनको शपथ आजै राष्ट्रपति निवासमा भएको छ।

आज राज्यमन्त्रीहरुलाई पनि शपथ ग्रहण गराउने भनिए पनि आज पनि त्यो रोकिएको छ। प्रधानमन्त्री राज्यमन्त्री नराख्ने पक्षमा रहेको बुझिएको छ।

Popularity: 5%

Add comment September 18th, 2011

सहारा क्लबको अध्यक्षमा पुनः थकाली

दिनानाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, १ असोज । पोखराको सहारा क्लबको शनिबार सम्पन्न १३ औं साधारणसभा तथा ७ औं अधिवेसनले पुनः विक्रम थकालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको बरिष्ठ उपाध्यक्षमा वीरभद्र आचार्य, द्वितीय उपाध्यक्षमा द्धय हरिराम गुरुङ्ग (सुरज) र जय बहादुर गुरुङ्ग, महासचिवमा केशव बहादुर थापा, सचिवमा मनबहादुर क्षेत्री (काजी) र कोषाध्यक्षमा विश्वराज बराल रहनुभएको छ।

यस्तै सदस्यहरुमा सम्झना गुरुङ्ग, राम्जी कार्की, श्याम बहादुर गुरुङ्ग (नगेन्द्र), अम्बिका गुरुङ्ग थकाली, चत्र बहादुर पुन र विनु राना रहनुभएको छ। सदस्यद्वय चित्र बहादुर पुन र विनु राना बाहेक नयाँ कार्यसमितिमा पुरानै पदाधिकारीको अनुहार हुन्।

आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं भन्ने उद्येश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लबको आगामी दुइ वर्षको लागि नयाँ कार्य समिति चयन भएका हो।

यस निर्वाचित कार्य समितिलाई निर्वाचन अधिकृत अधिवक्ता कुष्ण बहादुर थापाले प्रमाण पत्र वितरण गर्नुको साथै गोप्यनियताको सपथ ग्रहण गराउनु भएको थियो।

Popularity: 5%

Add comment September 18th, 2011

इभिता ताम्राकार भइन् मिस ग्लोबल व्यूटी क्विन २०११

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, इएस क्रियसनद्धारा शनिबार राजधानीमा आयोजित दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ मा इभिता तामा्राकार दोस्रो मिस ग्लोबल व्यूटी क्विन चुनिएकी छिन्।

उनले उपाधि जितेवापत स्कुटरका साथमा २५ हजार रुपियाँ तथा स्कलरसिप प्राप्त गरेकी छिन्। उनले दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ भएवापत कोरियामा हुने मिस ग्लोबल व्यूटी क्वीन इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अवसरसमेत पाउने छिन्। ग्रुप अफ इभेन्ट इन्टरट्रेनरले मिस ग्लोबललाई सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गरेको हो।

भद्रकालिस्थित आर्मी अफिसर्स क्लवमा भव्यताका साथ सम्पन्न मिस ग्लोबल व्यूटी क्वीन २०११ सौन्दर्य प्रतियोगितामा भूमिका ढकाल फस्ट रनरअप भइन्। उनले उपाधि जितेवापत ल्यापटपका साथमा १५ हजार रुपियाँ र स्कलरसीप प्राप्त गरेकी छिन्। त्यस्तै रुपा कार्की सेकेण्ड रनरअप भइन्। उनले उपाधिवापत ल्यापटपका साथमा १० हजार रुपियाँ र स्कलरसीप प्राप्त गरेकी छन्।

कोरियोग्राफर सृजना सिंह योन्जन, सञ्चारकर्मी तथा कोरीयोग्राफर जयन सुव्वा मानन्धर, पूर्व मिस नेपाल जेनिसा मोक्तान, व्यूटीसियन सीता पाठक, पत्रकार तारा चाम्लिङ र सपना श्रेष्ठको निर्णायक मण्डलले स्पर्धीहरुको क्षमता, प्रतिभालगायत पर्फमेन्सका आधारमा विजेता चयन गरेका थिए। प्रतियोगितामा रुविना दाहाल मिस पपुलर, विनिता अर्याल मिस बेस्ट हेयर, आयुश्मा श्रेष्ठ मिस फोटोजेनिक, प्रतिजा श्रेष्ठ मिस क्याटवक, निभा कायस्थ मिस ट्यालेन्ट, सहारा वस्नेत मिस बेस्ट स्माइल, भूमिका ढकाल मिस क्रियटिभ, स्मृति कुवर मिस बेस्ट फिगर र सविना महर्जन मिस डिसिप्लेन भएका छन्।

आइइसी फेसन कलेजका विद्यार्थीहरुले तयार पारेको पोसाकमा भूमिका ढकाल वेस्ट क्रियटिभ ड्रेस घोषित भइन। फोटोजेनिक विजेताले वेब साइटका लागि फोटो सेसन र म्युजिक भिडियोमा मोडलिङ गर्ने, वेस्ट हेयर तथा वेस्ट स्किन विजेताले नेपाल ओभरसिजमा पारिश्रमिकसहित ब्रान्ड एम्बेसडर हुने अवसर पाउने छिन्। कार्यक्रममा उपउपाधिका विजेताहरु सबैलाई विभिन्न आकर्षक गिफ्ट हयाम्पर प्रदान गरिएको थियो।

नेपाललाई सौन्दर्य प्रतियोगीतामार्फत पनि विश्वमा चिनाउन मिस ग्लोबल २०११ आयोजना गरिएको र व्युटी पेजेन्ट आगामी वर्षहरुमा पनि निरन्तररुपमा गरिने आयोजक संस्थाका मार्केटिङ मेनेजर अजय मल्ल ठकुरीले बताए। ‘मिस ग्लोबलले मिस ग्लोबल क्वीन इनटरेनशलनमा सहभागी भएर नेपाललाई अर्को ढंगले पनि विश्वमा चिनाउने कोशिष गर्नेछिन्’ मल्ल्को भनाई थियो। आयोजक संस्थाका मेनिजिङ डाइरेक्टर सुदिप सत्यालले यसपटकको प्रतियोगितामा अन्तर्राष्ट्रिय मापदण्डका उचाई र शारीरीक बनौटका युवतीहरुलाई मात्र समावेश गरिएको र यसबाट कोरियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउन पनि उत्साहजनक पक्ष हुने बताए। ‘कार्यक्रमलाई विविधता प्रदान गर्ने क्रममा मिलन अमात्य, विष्णु चेमजोङ, र सपन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने वि वोइङ्ग डान्सबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो।

कोरियोग्राफर रोजिन शाक्यद्धारा सञ्चालित कार्यक्रममा रोजिनकै कोरियोग्राफी रहेको थियो। अफिसियल फोटोग्राफर कमल श्रेष्ठ, व्युटिसियन फक्स फायर यनिसेक्स एन्ड व्युटी होम थिए। त्यसै गरी मिस टयालेण्टको निर्णायक मण्डलमा गायक उदय सोतांग, निर्णय श्रेष्ठ, बलराम समाल, पत्रकार तारा चाम्लिङ थिए।

मिस ग्लोबलमा सहभागी हुनका लागि ५० कलेजका ६५ किशोरी तथा युवतीले आवेदन गरेका थिए। जसमध्ये प्रतिभा र सौन्दर्यताको आधारमा रोजिन शाक्य, मनिष श्रेष्ठ, अनुप सक्सेना, मिस ग्लोबल २०१० सेलिना मोक्तानको निर्णायक मण्डलले १९ आवेदनकर्तालाई अन्तिम स्पर्धाका निम्ति चयन गरेका थिए। स्पर्धाका लागि चयन सुन्दरीहरुलाई एक महिनाको अवधिमा गायक निर्णय श्रेष्ठ, आरोही पासाङ ल्हामु शेर्पा, पुर्व मिस नेपाल जेनिसा मोक्तान, सिर्जनासिंह योञ्जन, नमित चन्द, नरेश भट्टराई, विकास सवेदी, अनुप सक्सेनाले आ आफ्नो विधाको तालिम तथा ज्ञान प्रदान गरेका थिए।

Photo Courtesy: E.S. Creation Pvt. Ltd

Popularity: 7%

Add comment September 18th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....