Archive for September 19th, 2011

खाटमुनि बस्दा पनि बाँचेनन् काका भतिज

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, असोज २, भूकम्पका कारण धरान १३ फुस्रेस्थित देवेन्द्रमान श्रेष्ठको घरको छत भत्किदा सोही घरमा डेरा गरी वस्ने एक बालकसहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ओखलढुङा कटुन्जे घर भई धरान १३ श्रेष्ठको घरमा वस्ने ६ बर्षीय विमल परियार र उनका काका २२ बर्षीय सन्तोष परियार रहेका छन्।

भूकम्प आउदा उनीहरु भूइतलामा बसेको तथा बच्नको लागि खाटमुनि पसेका भए पनि घरको छतले खाटनै भाँचेर उनीहरुलाई किचेको उद्धारमा संग्लग्न धरानस्थित सेनाबो कालिबक्स गणका क्याप्टेन योगन्द्र रोक्काले जानकारी दिए।

उनीहरुको तत्कालै नजिकै रहेका सेनाका जवानहरु उद्धार गरेर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लादै गर्दा वाटोमै मृत्यु भएको थियो। दुवै मृतक धरानस्थित सैनिक महाविद्यालयका सुचिकार कमल परियारका छोरा र भाई भएको कालिबक्स गणका क्याप्टेन रोक्काले जानकारी दिए।

सोही घटनामा परि मृतकका बाबु कमल परियार र धरान-१ पुरानो बजार बस्ने भारतीय नागरिक प्रेम प्रधा घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुकोको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

धरानमा आधा दर्जन घर भत्किएको तथा नेपाली सेनाको कालिमक्स गणमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ। धरानमा १० सेकेण्डको फरकमा दुइ पटक भूकम्पको धक्का महसुस भएको थियो। पुनः भूकम्प आउने डरले सर्वसाधारण सडका मै वसेका थिए।

भूकम्प आएपछि प्रतिष्ठानमा नर्स ,चिकित्सक र विरामी समेत आतंकित बनेका थिए। आफ्नो ज्यान जोगाउन कतिपय नर्स र चिकित्सकहरु समेत भागाभाग भएको थियो।

धरानमा यस २०४५ सालमा आएको भूकम्पमा पनि सोही घरमा वस्ने एक जनाको मत्यु भएको थियो भने दर्जनौको ज्यान गएको थियो। २०४५ सालको भूकम्पले धरानमा सबै भन्दा बढि धन जनको क्षति भएकोले पनि स्थानीय त्रसित थिए।

हेर्नुहोस् भिडियोः


Recent Videos:

Popularity: 5%

Add comment September 19th, 2011

प्रचण्डले भने-’म भारत विरोधी होइन: भाजपा विदेश विभाग प्रमुख

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २ असोज । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भारत र धर्म विरोधी नभएको स्पष्ट पारेको जानकारी दिनुभएको छ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता जोलीले आफूसँगको भेटमा प्रचण्डले आफूलाई भारत विरोधीको रुपमा प्रचार गरिएको भए पनि आफू नेपाल भारतको सुदृढ सम्बन्धको पक्षपाती भएको समेत स्पष्ट पारेको बताउनुभयो।

साक्षात्कारमा जोलीले प्रचण्डले आफूसँग नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रक्रिया नेपाली जनताले अपेक्षा गरे अनुसार प्रगति भएपछि भारतको भ्रमण गर्ने समेत जानकारी दिएको बताउनुभयो।

शान्ति पूर्ण नेता भारतीय राजनीतिक दल र जनताको चाहना भएको उल्लेख गर्दै उहाँले भाजपाका नेता अटल विहारी बाजपेयी प्रधानमन्त्री भएको बेला १२ बुँदे सहमतिबाट सुरु भएको नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगेर राजनीतिक स्थायीत्व होस् भन्ने आफूहरुको चाहना रहेको सुनाउनुभयो। उहाँले नेपालका राजनीतिक दलहरुलाई शान्ति, स्थीरता र विकासको पक्षमा कटिबद्ध भएर उभिन समेत सुझाव दिनुभयो।

नेपालमा कस्तो सरकार बन्ने भन्ने कुरा नेपाली जनता र राजनीतिक दलहरुले निर्णय गर्नु पर्ने भन्दै भारतले नेपालको विकासमा सहयोग बाहेक कुनै पनि हस्तक्षेप नगर्ने उहाँले स्पष्ट पार्नुभयो।

नेपालसँग भारतको परम्परागत सम्बन्ध भएको कारण नेपालमा केही हुँदा भारतीय जनताको मन दुख्नु स्वभाविक भएको भन्दै भारतमा रहेका २५ लाख नेपाली मूलका नागरिक भारतको लागि गर्वको विषय भएको दावी गर्नुभयो।

Recent Videos:

Popularity: 5%

Add comment September 19th, 2011

दाहा संस्कार भवन निर्माणको लागि कोरियाबाट सहयोग

सुरज गुरुङ्ग / एचकेनेपाल डट कम-
गणतन्त्र कोरिया, तमू धीं गणतन्त्र कोरियाले दाहा संस्कार भवन निर्माणको लागि ७ लाख रूपैयाँ नेपाल पठाइएको छ।

सहयोग रकम जुटाउन तमू धींले सेप्टेम्बर २१ तारिखका दिन “रोधी सांङ्गीतिक सौगात भाग-२” कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा संकलित रकममध्ये नेपालमा आवश्यक प्रकृया पूरा गरी हाललाई सात लाख रूपैयाँ नेपाल पठाएको हो।

स्मरणीय रहोस् नेपथ्य ब्याण्डका अमृत गुरुङले पनि दाहा संस्कार भवन निर्माणको लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग स्वरुप १ लाख रूपैयाँ सहयोग गर्नु भएको थियो। साथै बाँकी रहेको रकम भवन निर्माण गर्दै जाने क्रममा अवश्यक प्रकृया पूरा गरी पठाउँने निर्णय पनि गरेको छ। तमू धीं गणतन्त्र कोरियाका अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

त्यसै गरी उक्त बैठकले रिक्त रहेको कार्यसमितिको पद पूर्ति पनि गरेको छ । जो यस प्रकार रहेको छ।
उपाध्यक्ष भु गुरुङ्ग
का.व. सचिव प्रितम गुरुङ्ग
सह सचिव दल बहादुर गुरुङ्ग
सदस्यहरु नविन गुरुङ्ग
क्षेत्र गुरुङ्ग
थमन जङ्ग गुरुङ्ग

Popularity: 5%

Add comment September 19th, 2011

बौद्धमा धीरजको धमाकेदार प्रस्तुती

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
गएको शनिबार बौद्धमा गायक धीरज राईले आफ्नो ‘धमाकेदार’ कार्यक्रम प्रस्तुत गरे। उनको ‘धमाकेदार’ प्रस्तुतिको श्रृंखला निकै बढ्दो छ।

उनको अत्याधिक ‘डिमान्ड’को कारण स्टेजमा उनको प्रस्तुति अनिवार्य जस्तै भएको छ। जताततै स्टेज कार्यक्रमहरुमा उनी छपक्कै छाएका छन्। बौद्धस्थित हेवेनली रेष्टुरेष्टमा उनले आफ्ना एक दर्जनजति हिट गीतहरु सुनाए।

उनको नयाँ गीत ‘वान साइडेड लव’ बाट शुरु गरी ‘तिमी रुँदा एक्लै हुँदा’, ‘गर्ल फ्रेन्ड’, ‘लुकीलुकी’, ‘मिस्टिरियस गर्ल,’ ‘मसुमुसु हाँस्दा’, ‘कि बाँच्न देउ’ लगायतका गीत गाउँदा दर्शकहरुले उनीसँगै लाइन बाई लाइन गीत गाए। ‘धिरज राईलाई हल्ला चाहिन्छ’ भनेपछि दर्शकहरुले पनि बेजोडले ‘हल्ला’ गरेका थिए। उनले ‘सोइ ढोले सोइ’ गाउँदा गोलो आकार बनाएर दर्शकहरु नाचेका थिए।

कार्यक्रममा गणेश इशाराले क्यारिकेचर गरी दर्शकलाई खुब हँसाएका थिए। शेरबहादुर देउवादेखि माधवकुमार नेपालसम्म धीरज राईदेखि राजेशपायल राईसम्मको क्यारिकेचर गरेर उनले दर्शकहरुलाई मनोरञ्जन दिए। झरना कला समूहको नृत्य प्रस्तुति बेजोडको थियो। उक्त समूहले दशवटा नृत्यहरु प्रस्तुत गरे।

कार्यक्रममा सपन श्रेष्ठ, भुवन सुप्तिहाङ, थिरज राई र रमेश बोखिमले पनि आ-आफ्ना गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा संचारकर्मी हेम सुवेदीले हस्यौलो पारामा कार्यक्रम सञ्चालन गरे। राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, गीतकार बुद्धबीर लामा तथा पत्रकार युवराज गौतमलाई प्रमुख अतिथि बनाइएको थियो।

Popularity: 5%

Add comment September 19th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....