Archive for September 20th, 2011

चार बूँदे सहमति तत्काल खारेज गर्न मालेको माग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं ३ असोज । नेकपा मालेले सरकार गठनको क्रममा एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको चार बुँदे सहमति तत्काल खारेज गर्न माग गरेको छ।

मंगलबार रिपोर्टर्स क्लव नेपालमा पार्टीले हालै बसेको केन्द्रीय कमिटीको वैठकको निर्णय सार्वजननिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव सीपी मैनालीले सरकार गठनको क्रममा भएको चार बुँदे सहमतिले नेपाली राष्ट्रियतालाई कमजोर बनाएको भन्दै तत्काल खारेजीको माग गरेका हुन। उनले चार बुँदे सहमतिले नेपाललाई विघटनतर्फ धकेलेको दावी गरे।

चारबुँदे सहमतिमा माओवादीले मोर्चालाई आत्मनिर्णयको अधिकारसहित मुलुकलाई टुक्र्याउन सक्ने अधिकारमा समर्थन गरेकोमा आपत्ति जनाउँदै मैनालीले भने- यो राष्ट्रिघाती सम्झौता तुरुन्त खारेज हुनुपर्छ, मुलुक संघीयतामा जाँदै गरेको अवस्थामा अधिकार सम्पन्न स्वायत्त प्रदेश भएपछि आत्मनिर्णयको औचित्य छैन।

मैनालीले भने- बाईसे र चौविसे राज्यलाई पृथ्वीनारायण शाहले एकीकरण गरेको इतिहास साँक्षी छ, त्यो सत्य हो, त्यो सत्यलाई छेकेर छेकिदैन, कृष्णप्रसाद सिटौलाले एकीकरण दिवसलाई एकलौटी रुपमा हटाएर ठूलो भूल गरेको र त्यही भूलले गर्दा अहिले मधेशी मोर्चालाई आत्मनिर्णयको अधिकारसहित देश विखण्डन गर्न बाटो खुलेको छ।

नेपाल र नेपालीको विश्वपहिचान रहेको राष्ट्रिय पोशाकलाई हटाएकोमा विरोध गर्दै मैनालीले नेपाल र नेपालीको पहिचानलाई स्थापित गर्न औपचारिक पोशाक दौरा सुरुवाललाई मान्यता दिनुपर्ने माग समेत गरे।

पत्रकार सम्मेलनमा मैनालीले आफ्नो पार्टी शान्ति प्रक्रिया र संविधान लेखनको कार्यलाई अघि बढाउने उद्देश्यमा लागि परेको र माओवादीले अवसरवादी ढंगले अन्तरिम संविधान र राष्ट्रिय हित विपरित भएका विषयहरुमा मधेशी मोर्चासँग सम्झौता गरेको हुनाले सरकारको विपक्षमा मतदान गर्ने कार्य उचित ठहरिएको दावी गरे।

Recent Videos:

Popularity: 4%

1 comment September 20th, 2011

न्युज अपडेटः भूकम्पमा मर्नेको संख्या ७२ पुग्यो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ असोज । नेपाल, भारत र तिब्बतमा आइतवार साँझ गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ।

भूकम्पका कारण भारतमा ४८ जनाको मृत्यु भएको छ भने सिक्किममा मात्र ४१ जनाको मृत्यु भएको छ। त्यसै गरी, नेपाल र तिब्बतमा ७/७ जनाको मृत्यु भएको छ।

९० सालपछि कै शक्तिशाली भूकम्प
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ असोज ।
भूकम्पको धक्काले लैनचौरस्थित वेलायती दूतावासको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ। उनीहरूको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको महानगरीय प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर दानबहादुर थापाले बताएका छन्। मृत्यु हुनेहरूमा गोर्खा हुम्लीचोक- ६ का ३६ वर्षीय साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिषा श्रेष्ठ र सिन्धुली मरिनका वीरबहादुर माझी रहेका छन्।

त्यसै गरी, भूकम्पबाट धरानमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा धरान-१३ फुस्रेस्थित नेपाली सेनाको क्याम्प गेट अगाडि बस्ने २२ वर्षीय सन्तोष परियार र ५ वर्षीय बालक विमल परियार रहेका छन्। घरको छत भत्किदा उनीहरूको मृत्यु भएको जनाएइको छ।

भूकम्पका कारण विहोस भएकी भक्तपुर गठ्ठाघरकी ६५ वर्षीया बृद्धा लीला पौडेलको गएराति उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसै गरी, संखुवासभाको खाँदाबारी नुम १ का लहबहादुर राईका ५ वर्षीय छोरा प्रदिप राई र धनकुटा फलाँटे-५ की ४० वर्षीया मधु कार्कीको मृत्यु भएको छ।

यसैबीच, संखुवासभामा जिल्ला विकास समिति, प्रहरी र बाणिज्य बैंकको कार्यालयसहित १६ घर भत्किएको खबर प्राप्त भएको छ। घर भत्किदा एक प्रहरी जवान घाइते भएका छन्। त्यसै गरी, भक्तपुरमा ७ वटा घरमा क्षति पुगेको जनाइएको छ। त्यस्तै, भूकम्पका कारण वीर अस्पतालमा भागदौड मच्चिँदा १५ जना घाइते भएका छन्। गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापन महाशाखाले भूकम्पमा परेर २७ जना घाइते भएको जनाएको छ।

भूकम्पको धक्कापछि काठमाडौंको जनजीवन अस्तव्यस्त र आतंकित बनेको छ। साँझ करीव साढे ६ बजेर २६ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुस गरिएको हो। अमेरिकी भूगर्भ विभागले ६ दशमलव ८ रिक्टर स्केलको भूकम्पको केन्द्र विन्दू भारतको सिक्किमसँग सिमाना जोडिएको उपल्लो ताप्लेजुङ केन्द्र रहेको जनाएको छ। यो भूकम्प अमेरिकन भूगर्व केन्द्रले मापन गरेको १९९० साल यताकै सबैभन्दा ठूलो भूकम्प हो।

काठमाडौंमा महाभूकम्प आउन सक्ने भविष्यवाणीहरू भइरहंदा आज आएको भूकम्पले राजधानीको जनजीवन आतंकित बनेको थियो। भूकम्पले राजधानीका घरहरू हल्लिएपछि सर्वसाधारणहरू अत्तालिंदै घर बाहिर भागेका थिए।

संसद भवनमा रहेका सभासदहरूसमेत भूकम्पको धक्का महसुस गरेपछि भागाभाग भएका थिए। भूकम्प फेरि पनि आउन सक्ने सन्त्रासले सर्वसाधारणहरू घरभित्र फर्कन सकेका छैनन्।

भूकम्पपछि राजधानीका केही स्थानहरूमा टेलिफोन सेवा अवरूद्ध भएको छ। नेपालको पूर्वी पहाडी भेगहरूमा क्षति हुन सक्ने अनुमान गरिएपनि फोन सम्पर्क हुन नसक्दा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन।

उता सिक्किममा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसैबीच, नेपाल भूगर्भ विभागले भिन्न भिन्न समय गरी देशका विभिन्न भागमा करीव १६ पटक भूकम्पको धक्का महसुस गरिएको जनाएको छ। विभागले पूर्वी नेपालको इलाम, पाँचथर, तेह्रथुम लगायतका जिल्लाहरू भूकम्पको सबैभन्दा बढी प्रभाव परेको जिल्ला बताएको छ।

Recent Videos:

Popularity: 6%

4 comments September 20th, 2011

घले समाज अर्थात लिलफाङ्ग युकेमा डम्मर

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
फार्नबरो , घले समाज (लिलफाङ्ग) युकेको अध्यक्ष पदमा रिटायर्ड मेजर डम्मर घले सर्वसम्मत निर्वाचित भएका छन्।
एन आर एन युकेको अध्यक्ष रहिसकेका समाजसेवी डम्मर २ बर्षे कार्यकालको लागि घले समाजको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन। यसअघि उनी तदर्थ समितिको अध्यक्ष थिए।

फार्नबरोस्थित सेन्ट जोन्स एम्बुलेन्सममा आइतबार सम्पन्न वार्षिक साधारण सभामा उपाध्यक्षद्धयमा सन्तोष घले र टीका घले महासचिवमा क्याप्टेन बलराम घले, सहसचिवमा बुद्ध घले, कोषाध्यक्षमा याम घले र सह कोषाध्यक्षमा देव घले सर्वसम्मत भएका हुन्। त्यस्तै सदस्यहरुमा वसन घले, नर घले, धन घले, तिर्थ घले, मुक्तिसिंह घले, मिन घले, शुर घले, याम घले र कृष्ण घले, रहेका छन्।

तदर्थ समितिका अध्यक्ष डम्मर घलेको अध्यक्षतामा बसेको साधारण सभाले महिला प्रमुखमा श्रीमती रेखा घले, तथा सह प्रमुखद्धयमा संगिता घले र मनकुमारी घलेलाई र्सवसम्मत चयन गरेको छ । घले समाजको सल्लाहकार समितिमा समाजसेवी ग्यारी घले, धन घले, दिल घले, डम्बर घले क्याप्टेन देव घले र राजु घले रहेका छन । धन घले यसअघि तदर्थ समितिमा महासचिव थिए।

सो अवसरमा बोल्दै अध्यक्ष डम्मर घलेले बेलायतभर छरिएर रहेका घले बन्धुहरुलाई एकत्रित गरेर लैजाने बताए। उनले नेपालमा रहेको घले समाजलाई प्रवासबाट सक्दो सहयोग गर्ने र बेलायतमा रहेका घलेहरुको सुख दुखमा साथ दिन संस्थाको जन्म भएको जानकारी दिए।

घले समाज नेपालका उपाध्यक्ष धनप्रसाद घलेले नेपालमा घले जातिहरु बेग्लै जात रहेकोले सूचीकृत हुन पाउनुपर्ने जिकीर गरे। उनले घले जातिको आफ्नो भाषा, संस्कृति, संस्कार तथा इतिहास भएको बताउंदै घले मात्र घले भएको हुंदा छुट्टै जातको रुपमा सूचीकृत हुनुपर्नेमा जोड दिए।

तदर्थ समितिका महासचिव धन घलेले घले समाजको स्थापना गर्नुका कारणहरु प्रष्ट पारे। उनले नेपालमा रहेको घले समाजलाई हर तरिकाबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

संस्थाका बृद्ध नागरिकद्धय बञ्जी घले र देउकुमारी घलेले उद्घाटन गरेको कार्यक्रममा कोषाध्यक्ष याम घलेले आर्थिक प्रतिवेदन पेश गरे। त्यस्तै उपाध्यक्ष टीका घलेले स्वागत मन्तव्य दिएका थिए।

करीब दुइसय बढि घलेहरु सहभागी कार्यक्रमको अन्त्यमा स्वादिष्ट नेपाली खानाको आनन्द लिंदै सहभागीहरुले नाचगान गरेका थिए।

Popularity: 4%

Add comment September 20th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....