Archive for September 21st, 2011

पासपोर्ट बेच्ने सभासद साढे १८ हजार धरौटीमा रिहा

एचकेनेपाल डट कम संवाददाता-
कूटनीतिक राहदानी दुरूपयोग गरेको आरोपमा पक्राउ परेका सभासद् शिवपूजन राय यादवलाई जिल्ला अदालत काठमाडौँले रु १८ हजार ५०० धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

सभासद् यादवलाई महानगरीय प्रहरी परिसरले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको र अदालतको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासले सो आदेश दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार साँझ सभासद् यादवलाई ताहाचलबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको थियो।

साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परिसरबाट चलाइएको मुद्दाको अनुसन्धान सकेपछि आयोगमा बुझाउन ल्याउनू भनी परिसरलाई पत्र लेखेकाले आजै सभासद् यादवलाई आयोगमा बुझाइएको परिसरका प्रवक्ता धीरजप्रताप सिंहले जानकारी दिनुभयो।

मधेसी जनअधिकार फोरम नेपालबाट सर्लाही जिल्लामा प्रत्यक्ष निर्वाचनबाट चुनिएका सभासद् यादवले म्याग्दी रत्नेचौर गाविसका केदार पौडेललाई आफ्नो फोटो परिवर्तन गरी ११ डिसेम्बर सन् २०१० मा अस्ट्रेलिया पठाएको जानकारी पाएपछि सिआइबीले उहाँको खोजी तीव्र पारेको थियो।

यादवको राहदानी नम्बर ०२०४४५ मा फोटो परिवर्तन गरी गएका पौडेल अझै अस्ट्रेलियामा नै छन्। उनी सन् २०१०को ११ डिसेम्बरमा इथिहान्ड एयरवेयजको टिकटबाट गएको पाइएको सिआइबीले जनाएको छ।

राहदानी दुरूपयोग ऐन २०२४ बमोजिम मुद्दा हेरिने अदालतका प्रवक्ता मनोज श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि सभासद् गायत्री साह,विश्वनाथप्रसाद यादव र नारदमुनि रानाले राहदानी दुरूपयोग गरेको आरोपमा सोही ऐन बमोजिमको मुद्दामा तारेख खेपिरहेका छन्।

Recent Videos:

Popularity: 4%

Add comment September 21st, 2011

सिन्धुलीमाडीमा चाउमिन बंगुरको दानासँगै

एचकेनेपाल डट कम संवाददाता-
जिल्ला अनुगमन समिति र जिल्ला सुशासन मूल्याङ्कन समिति सिन्धुलीले मङ्गलबार कमलामाई नगरपालिका–९ ढुंग्रेबासस्थित शिद्धबाबा चाउमिन उद्योगलगायत होटल तथा पाउरोटी उद्योगहरूमा छापा मारेको छ।

छापा मार्ने क्रममा सो उद्योगको गोदाममा सडेर कुहिएको पिठो फेला परेको, चाउमिन फोहर ठाउँमा बनाएको पाइएको जिल्ला सुशासन समितिका सदस्य अच्यूतम ढकालले जानकारी दिनुभयो।

अनुगमनमा खटिएका टोलीलाई सञ्चालक इन्द्रकुमार वर्माले सो पिठो बङ्गुरका लागि राखिएको बताएका थिए।

टोलीका अनुसार चाउमिन बनाउने र बङ्गुरलाई दिने दाना एकै ठाउँमा राखिएको पाइएको थियो।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यसबारे थप अनुसन्धानका लागि सो उद्योगका सञ्चालक वर्मालाई जिप्रका बोलाइएको जनाएको छ।

सो टोलीले बजार अनुगमनका क्रममा सोही उद्योगबाट यसअघि पनि घुन र चिल्लासा भएको चाउमिन फेला पारी नष्ट गरेको थियो।

Recent Videos:

Popularity: 4%

Add comment September 21st, 2011

भूकम्पपीडितलाई टानको एक लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता-
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले भूकम्पबाट पीडित जनताका लागि उद्धार गर्न प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु एक लाख एक हजार १११ सहयोग गर्ने भएको छ।

प्रधानमन्त्री डा बाबुराम भट्टराई न्यूर्योकबाट फर्कनु भएपछि सो रकम
उहाँलाई नै हस्तान्तरण गरिने टानका अध्यक्ष महेन्द्रसिंह थापाले
बताउनुभयो।

उहाँले टानले तीन वर्षअघि पनि कोसी पीडित बासिन्दाका लागि रु तीन लाख ३३
हजार ३०३ राहत सहयोग गरेको र प्राकृतिक प्रकोपबाट पीडितलाई आगामी दिनमा
पनि सहयोग जारी नै राख्ने उल्लेख गर्नुभयो।

Popularity: 4%

Add comment September 21st, 2011

शान्ति र संविधानलाई दबाब दिन जुलुस

एचकेनेपाल डट कम संवाददाता-
पेसागत सञ्जाल (पापड)ले लोकतन्त्रको रक्षा, शान्ति र संविधान निर्माणका लागि सरकार तथा राजनीतिक दलका नेतालाई दबाब दिन बुधबार जुलुस तथा सभाको आयोजना गर्ने भएको छ।

नेपाल पत्रकार महासङ्घको कार्यालयमा आयोजित पत्रकार भेटमा नेपाल चिकित्सा सङ्घका अध्यक्ष किरण श्रेष्ठले बारम्बार स्वास्थ्यकर्मी माथि प्रहार भइरहेको अवस्थामा कोही पनि सुरक्षित नभएको, दण्डहीनताले पराकाष्ठ नाघेको तथा डर र त्रासमा सेवा दिन कठिन हुने बताउनुभयो।

Popularity: 4%

Add comment September 21st, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....