Archive for September 23rd, 2011

धराने सुन्दरीहरुलाई सम्मान

अनुशील / एचकेनेपाल डट कम-
काठमाडौं, राजधानीमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले शुक्रबार बिजया दशमी तथा तिहारको अवसरमा शुभकामाना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्यो।


मिस नेपाल २०११ तथा मिस ग्लोवल २०११ प्रतियोगिताका उपाधि विजेता मलिना जोशी। तस्वीरः अनुशील / एचकेनेपाल डट कम

बबरमहल आर्ट काउन्सिल ग्यालरीमा आयोजित कार्यक्रममा समाजले मिस नेपाल २०११ तथा मिस ग्लोवल २०११ प्रतियोगिताका उपाधि विजेता मलिना जोशी, इभिता ताम्रकार, मिस पूर्वाञ्चल तथा मिस नेपालमा मिस स्माइलको उपाधि विजेता प्रतिभा श्रेष्ठ, मिस ट्यालेण्ट तथा पूर्व नेपाल स्टार बिष्णु चेम्जोङ र मिस ग्लोवल २०११ की फष्ट रनरअप भूमिका ढकाललाई सम्मान गर्यो।


मिस ट्यालेण्ट तथा पूर्व नेपाल स्टार बिष्णु चेम्जोङ

मिस नेपाल मलिनालाई भने नगद रु. १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपाल उद्योग बाणिज्य महा संघका पूर्व अध्यक्ष कुशकुमार जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, उपाध्यक्ष सरु जोशी, महासचिव चन्द्र घिमिरे र सभासद किरण राईले बोल्नु भएको थियो।

Recent Videos:

Popularity: 5%

3 comments September 23rd, 2011

४ घण्टा कार्यालयमै बन्धक बनाई कुटपिट

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी धरान, सञ्जुहाङ पालुङ्वासम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सुनसरीका कार्यकर्ताले कार्यालयमै बोलाएर ४ घण्टा वन्दक वानई २ जनालाई कुटपिट गरेको छ।

धितो राखेको जग्गावाल पम्फाकुमारी रोगु लिम्बूले निवेदन दिएको आधारमा धितोवाल धरान-१६ का पञ्चनारायण महर्जन र उनकी श्रीमती तेजकुमारी ताम्राकार महर्जनलाई कार्यालयमा बोलाई ४ घण्टा बन्धक वनाई कुटपिट गरेको पीडितले धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिए।

आफूहरूलाई कार्यालयमा वोलाएर बन्दक वनाई कुटपिट गरेको निल डाम देखाउदै पञ्चनारायणले वताए। उनीहरूले भाटा तथा हाते कुटपिट गर्दै जवरजस्ती पुन लिम्वुवानको कार्यालयमा उपस्थित हुने कागज समेत गराएको जानकारी दिए।

गत भदौ १९ मा साँवाव्याज गरी २ लाख ७२ हजार बुझाइ मालपोतमा सम्पूर्ण काम सिध्याएपनि गत चैत्रमै सावा रकम बुझाइसकेको र पुनः आफूसँग सावाँव्याज लिएको भन्दै लिम्बुवान परिषद् सुनसरीको कार्यालयमा गत भदौ २८ गते लिम्बूले निवेदन दिएको आधारमा बोलाइ कुटपिट गरेको पीडित दम्पतीले बताए।

परिषद्ल विहीवार ३:३० बजेदेखि ७:३० बजेसम्म राखी भाटा लगायत झापड र लात्ति प्रहार गरेको साथै आफ्ना छोराछोरीले खोजी गर्दै आउँदा उनीहरुलाई समेत कुटपिट गरी पैसा लिने शर्तमा कागजसमेत गराएको दम्पतीले बताए।

दम्पतीले इलाका प्रहरी कार्यालयमा समेत ज्यानको सुरक्षा गरी पाउँ र कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै उजुरी दिएको समेत सम्मेलनमा जानकारी दिए।

Recent Videos:

Popularity: 4%

Add comment September 23rd, 2011

मठ मन्दिरमा दिइने वलीप्रथा अत्य गर्नुपर्ने

शुष्मा पौडेल / एचकेनेपाल डट कम-
पोखरा, ६ असोज । पोखरामा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालीहरुको महान चाड विजया दशमी हिंसा विना संभव भएको निष्कर्ष निकाल्दै दशैमा मठ मन्दिरमा दिइने वलीप्रथा अत्य गर्नुपर्ने आवश्यकता औलाएका छन्।

मानव विकास मंच नेपाल र मानव मिलन नारी जागरण नेपालको संयुक्त आयोजनामा शुक्रवार सम्पन्न हिंसा विना संभव छ दशै विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त कुरामा वताएका हुन्।

कार्यक्रममा व्राहृमण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद अधिकारीले दशैको महत्व दशैको सुरुवात र इतिहासवारे प्रकाश पार्दै दशैलाई हिंसारहित तरिकाले मनाउन आग्रह गरे। साथै उनले वलीप्रथा र हिंसा गर्ने वारे कुनैपनि शास्त्रमा नलेखिएको वताउदै दशैमा देवीका नाँउमा चढाइने पशु वलीलाई अत्य गर्नुपर्ने आवश्यकता औलाए।

त्यस्तै परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले वलिप्रथा अन्त्यका लागि कास्कीवाट पहल गर्न सम्पूर्ण कस्केलीहरु अग्रसर हुनुपर्ने वताए। उनले मठ मन्दिरहरुमा देवताका नाँउमा हिंसा नगर्न आग्रह गर्दै यदी मन्दिरमा वली रोक्दा देवीले डण्ड दिन्छिन् भने त्यो सम्पूर्ण दण्ड आफ्नो काधमा भोग्न तयार रहेको समेत वताए।

त्यस्तैगरी, नेपाल लामा संघका महासचिव लामा मिन गुरुले वौद्ध धर्मालम्वीहरुले दशैलाई अहिंसाको प्रतिकका रुपमा मान्ने गरेको वताउदै शान्तिका अग्रदूत गौतव बुद्ध जन्मिएको देशमा वलीप्रथा अत्यगर्न आवश्यक रहेको औलाए।

त्यस्तै मानव अधिकारकर्मी माधव पहारीले पशुको पनि संसारमा मान्छे जस्तै वाच्न पाउने अधिकार भएका कारण हिंसा अत्य गर्नेपर्ने आवश्यकता औलाए।उ नले अध्यात्म र प्रेम विना वलीप्रथा अत्य नहुने जिकीर समेत गरे।

कार्यक्रममा व्रहृम कुमारी इश्वरीय विश्वविद्यालय विरौटा शाखाका व्रहृमकुमारी अप्सरा दिदी, स्वामी नारायण मन्दिर धर्मशालाका संरक्षक स्वामी श्रिजि प्रसाद दास, आनन्दमार्गका भुक्तिप्रधान विष्णु प्रसाद वराल, शान्तिका लागि नागरिक समाज संजाल कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगर लगायतका वक्ताहरुले धर्मशास्त्रहरुमा हिंसालाई स्थान नदिएपनि पंण्डित तथा पुरोहितहरुले अपव्याख्या धर्मलाई विगारेको वताउदै सवै मिलेर उक्त प्रथाको अत्य गर्नुपर्ने आवश्यकता औलाए।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै मानव विकास मंच नेपालका अध्यक्ष सुष्मा पौडेलले धर्म शास्त्रका नाउँमा हुने अध्वविश्वास कुरीती कुसंस्कारको अत्य गरी नयाँ सुसभ्य संस्कृति निर्माणमा अभियान थालनी गर्ने उद्धेश्यका साथ वलीप्रथा अत्य गर्नका अभियान सुरुवात गर्न र दशैका नाँउमा हुने हिंसा अत्य गर्न कार्यक्रम आयोजना गरिएको वताइन्।

कार्यक्रममा तालवराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिमत कुँवर, विन्धवासीनी धार्मिक समितिका उपाध्यक्ष माधवप्रसाद पराजुली, केदारेश्वर मणीमहादेव मन्दिरका अध्यक्ष सुर्यनाथ अधिकारी, टोल विकास संस्था समन्नय समिति पोखरा १७ का अध्यक्ष टोपराज ढुङ्गानाले लगायतका वक्ताहरुले अभियानमा एक्यवद्धता जनाउदै यसअभियानलाई सार्थकतामा पुर्याउन सवै लाग्नुपर्ने आवश्यता औलाए।

कार्यक्रममा मानव मिलन नारी जागरण नेपालका अध्यक्ष शावित्री शर्माले सम्पूर्ण नेपालीलाई यस अभियानमा एक्यवद्धता जनाउन आग्रह गर्दे धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रमको संचालन पार्वती पौडेलले गरेकी थिइन् भने स्वागत मंत्तव्य कमला गिरीले राखेकी थिइन्।

Popularity: 4%

Add comment September 23rd, 2011

पार्टीभित्र अराजकता मच्चाउनेलाई कारवाही गर्नैपर्छः आपूर्तिमन्त्री भट्ट

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ असोज । बाणिज्य तथा आपूर्तिमन्त्री एवम माओवादी नेता लेखराज भट्टले पार्टीभित्र गुट बनाएर अराजकता मच्चाउने समूहलाई कुनै पनि हालतमा कारवाही गर्नै पर्ने बताउनुभएको छ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा पार्टीको विद्यान नमान्ने कसैलाई पनि पार्टीमा बस्ने नैतिकता नभएको भन्दै मन्त्री भट्टले अध्यक्ष प्रचण्ड त्यस्ता अराजक समूहलाई कारवाही गर्न दह्रो ढंगल उभिनु पर्ने बताए।

साक्षात्कारमा मन्त्री भट्टले भन्नुभयो-महाधिवेशनमा जान डराउने अनि अध्यक्षलाई रुपान्तरण गर्र्छौ भन्दै भुइमा गाडन खोज्ने यो अब पार्टीभित्र चल्दैन। पार्टीको विद्यान र अध्यक्षलाई मान्दिन भन्नेले पार्टी छाड्नु पर्छ।

पार्टीभित्र जनवाद र अर्न्तसंर्घषलाई अगाडि बढाउने विषयमा अराजकता उत्पन्न भएको भन्दै पार्टीभित्रको अनुशासन कायम गर्न पनि कारवाही गर्नै पर्ने बताउनुभयो । उहाँले भन्नुभयो-हिजो पनि अराजक मच्चाउनेलाई कारवाही भएको छ अब पनि कारवाही हुनु पर्छ । त्यसको लागि अध्यक्षले दह्रो ढंगले खुट्टा टेक्नु पर्छ।

मन्त्री भट्टले चार बुँदे सहमति घोषणा सभाको उदघोषण स्वयम देब गुरुङले गरेको र सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेल लगायतका नेताहरुको प्रत्यक्ष उपस्थिति रहेको भन्दै अहिले सोही समूहले सम्झौतालाई राष्ट्रघाती भन्दा आफूहरुलाई आर्श्चर्य लागेको बताउनुभयो।

उहाँले पार्टीभित्र छलफल नै नगरी बाहिर विरोधलाई सार्वजनिक गर्दा नेताहरुको नियतमाथिनै गम्भीर प्रश्न चिन्ह खडा भएको बताउनुभयो। सेना समायोजनमा संख्यामा कुनै विवाद नभएको भन्दै मोडालिटिमा समस्या रहेकोले त्यसमा सहमति बन्न साथ समायोजनको कार्य अगाडि बढ्ने उहाँको धारणा थियो।

मन्त्री भट्टले स्थायी समितिले कन्टेनर र लडाकु विशेष समितिलाई बुझाउने भनेर निर्णय गरिसकेको अवस्थामा साँचो बुझाउने वाईहातको बखेडा बैद्य समूहले झिकेको आरोप लगाउँदै उहाँहरुको नियतमा शंका ब्यक्त गर्नुभयो।

Popularity: 4%

Add comment September 23rd, 2011

मिसावट गर्नेलाई अन द स्पट कारवाही

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ असोज । बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मिसावट र कृतिम अभाव सृजना गरी सर्वसाधारण उपभोक्ता ढग्ने ब्यापारीलाई अन द स्पट कारवाही गर्ने बताउनुभएको छ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले विद्यमान ब्यवस्थाले कारवाही चाल्दा केही ढिला हुने भएकोले आफू छुट्टै ब्यापारीक न्यायाधिकरण जस्तो संरचना निर्माणको योजनामा रहेको समेत जानकारी दिनुभयो।

बजार अनुगमन कार्यलाई वर्षौ भरी निरन्तर चलाउन बाणिज्य विभागको संरचना देशभरी नै निर्माण गरेर अगाडि बढाईने भन्दै त्यसको लागि बाणिज्य विभागलाई स्रोत साधन सम्पन्न गर्ने काम समेत सुरु भईसकेको जानकारी दिनुभयो।

साक्षात्कारमा मन्त्री भट्टले दशै र तिहारमा दैनिक उपभोगका कुनै पनि बस्तुको अभाव नहुने भन्दै अभाव भए जिम्मेवार सचिवदेखि सबै विभागिय अधिकारीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभयो। उहाँले बजारमा ग्यासको अभाव खडा गर्ने षडयन्त्र भईरहेको भन्दै त्यसतालाई कुनै पनि हालतमा नछाड्ने बताउनुभयो।

उहाँले भन्नुभयो- पेट्रोलियम पदार्थको अभाव हुन नदिन भारतीय आयल निगमसँग सहमति नै भईसकेको छ । कसैले अभाव गर्न खोजे त्यसलाई छाडिदैन । अनुगमन गर्न म आफै जान्छु । आयल निगमका निमित्त महाप्रवन्धकलाई तीन पटक सोधिसकिएको भन्दै अब पनि अभाव भए उनलाई नै कारवाही गरिन्छ।

बजारमा देखिएको अराजकता नियन्त्रण गर्न विद्यमान कानूननै प्रयाप्त रहेको उल्लेख गर्दै इन्छाशक्ति भए बजारमा अराजकता अन्त्य हुने र आवश्यक परे ऐन कानून समेत संसोधन गर्न आफू तयार भएको बताउनुभयो।

उनले बजारमा हुने अनियमितता नियन्त्रण गर्न मन्त्रालयमा हटलाईन, इमेल र वेभसाईट राखिएको भन्दै कसैले उजुरी गरे आफै पनि अनुगमनमा जाने बताए।

Popularity: 4%

Add comment September 23rd, 2011

जीवा लामिछानेद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारीको घोषणा

आदरणीय साथीहरू,
सन् २००३ मा ‘नेपालीकालागि नेपाली’ भन्ने नारासहित गैरआवासीयनेपाली संघको स्थापना भएको हो । यो ८ वर्षको अवधिमा हामी धेरै रचनात्मक काम गर्न सफल भएका छौं।

विश्वका विभिन्न ५६ देशहरूमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरिनु एउटा महत्वपूर्ण उपलब्धि हो । नेपाल भित्र र बाहिर अहिले गैरआवासीय नेपाली संघ एउटा स्थापित नाम बनिसकेको छ । गैरआवासीयनेपाली ऐन २०६४ र गैरआवासीय नेपाली नियमावली २०६५ जस्ता गैरआवासीय नेपालीअभियानसित सम्बन्धित ऐनकानुनहरू बनेका छन् । गैरआवासीय नेपालीहरूले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको छ विदेशबाट नेपालमा अनुभव र सीप भित्य्राउने संस्थागत प्रयास हुन थालेको छ । गैरआवासीय नेपालीहरूले नेपालमा विभिन्न सामाजिक कार्यको सुरुवात तथा दैवीप्रकोपमा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्‍याउन मद्दत गर्नुका साथै आवश्यक पर्दा विदेशमा रहेका नेपालीहरूलाई पनि सहयोग गर्दैआएका छन् । हाम्रो संगठित प्रयासको परिणामस्वरूप कतिपय अवस्थामा विदेशमा कार्यरत नेपाली कामदारहरूको हकहितको प्रश्न राष्ट्रीयस्तरमा उठाएर सरकारको तर्फबाट आवश्यक कदम चलाउन पनि सक्षम भएका छौं । गैरआवासीय नेपालीहरूद्वारा सामूहिक रूपमा गरिने यस्ता विभिन्न क्रियाकलापबाट हाम्रो संगठित अभियानको महत्व र गरिमाको पुष्टि हुन्छ । नेपालमै पनि आज गैरआवासीय नेपालीहरूलाई देश विकासको एक महत्वपर्ूण्ा सहभागीको रूपमा हेर्ने प्रवृत्ति बढेको छ।

संसारका विभिन्न देशमा बसोवास गरिरहेका करिब तीस लाख नेपालीहरूको एकबद्धता र र्समर्पणबाट नै यो सम्भव हुन सकेको हो भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन । यसका साथै नेपाली डायस्पोराले पनि अहिले हामीबाट निकै आशा राखेको छ । हाम्रो पुस्ता गैरआवासीय नेपालीहरूको पहिलो पुस्ता भएकाले नेपाली डायस्पोराको मातृभूमिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदे मुलुकको रूपन्तरणमा बढी सक्रिय र संगठित योगमान दिनुपर्ने तथा यसलाई एउटा परम्पराको रूपमा स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हामीमाथि आएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गतः आठ वर्षमा मलाई विभिन्न जिम्मेवारी सुम्पेको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मलाई सुम्पेका जिम्मेवारीअर्न्तर्गत देवघाटमा बृद्धाश्रमको निर्माण, २०६४-२०६५ सालमा बाढीपीडित तथा जापानमा सुनामीपीडितहरूका लागि राहत कोष अभियान, कोपेनहेगेनमा आयोजित ‘हिमालय बचाऊ’ अभियान, गैरआवासीय नेपाली संघअर्न्तर्गत च्यारेटी टास्क फोर्स लगायतका कार्यको संयोजकको दायित्वलई मैले समर्पित भई पूरा गरेको छु। मातृभूमिप्रति तपाईंहरू सबैको सद्भाव र लगावको कारणले सफल भएका यी परियोजनाहरूको कार्यान्वयनसित सँबन्धित अनुभवको आधारमा गैरआवासीय नेपाली संघको विश्वव्यापी बृहत् सञ्जाललाई अझ मजबुत बनाई परिचालन गर्न सकिएको खण्डमा हाम्रो संगठनले यसभन्दा अझ ठूला योजनाहरू सफलतापूर्वक सम्पन्न गर्न सक्नेछ भन्नेमा अब हामीलाई कुनै द्विविधा छैन।

नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विभिन्न परियोजनाहरूमा पनि संलग्न रहेको छु । विभिन्न सामाजिक संस्थाहरूसित पनि सम्बन्धित छु र स्कूल र पुस्तकालय संचालन, बाटोघाटो र पुल निर्माण, सरसफाइ र खानेपानीको व्यवस्था, साहित्यको प्रबर्धन जस्ता काममा यथोचित आर्थिक तथा मानवीय सहयोग गर्दै आएको छु । मेरो निम्ति गैरआवासीय नेपाली अभियानको ‘नेपालीका लागि नेपाली’ भन्ने भावना नै यो सबै क्रियाकलापका लागि प्रेरणाको स्रोत हो।

गैरआवासीय नेपाली संघमा सन् २००३ देखि नै संलग्नताको अनुभवबाट वर्तमान समयमा मैले जुन दायित्व वहन गरिरहेको छु त्यसभन्दा बढी उत्तरदायित्वपर्ूण्ा स्थितिमा रहेर समेत काम गर्न सक्तछु भन्ने आत्मविश्वास पलाएको छ । आफ्ना अग्रजहरूको व्यक्तित्व, र्समर्पणभाव, मैत्रीभाव र कार्यक्षमताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा हाम्रो संगठनलाई अझ उFmचाइमा लैजाने चुनौतीलाई नेतृत्व स्तरमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु । तर्सथ विश्वभरिका धेरै साथीहरूसँगको अन्तरक्रियापछि मैले आगामी अक्टोबर महिनामा सम्पन्न हुने पाँचौं विश्वसम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्षपदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु।

तपाईंहरूको विश्वास पाएँ भने संगठनका विविध कामका अतिरिक्त मेरो प्राथमिक महत्वको कार्ययोजना यसप्रकारको हुनेछ।
१. सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः मध्यपूर्व, मलेसिया र छोटो समयका लागि रोजगारीमा गएका नेपालीहरूको ठूलो संख्या रहेका अन्य मुलुकका एनआरएन साथीहरूसंग परामर्श लिएर नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, स्वस्थ र मर्यादित तुल्याउन नीतिगत सुधारका लागि नेपाल सरकारसँग निरन्तर पहल गर्नेछु । हाम्रा नेपाली दिदीबहिनीहरूका लागि पनि यो क्षेत्र सुरक्षित र मर्यादित तुल्याउन विशेष रूपले कार्य गर्नेछु । वैदेशिक रोजगारीपछि नेपाल फर्केकाहरूको स्रोत-साधन र सीप-ज्ञानको परिचालन गर्नका लागि उचित वातावरण बनाउन सम्बन्धित निकायमा पहल गर्नेछु।
२. नागरिकता बदर नहुने व्यवस्थाः ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने गैरआवासीय नेपाली संघको मूलनाराप्रति म पर्ूण्ा रूपले प्रतिबद्ध छु । नेपालको नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीहरूको नागरिकता बदर नहुने व्यवस्था सम्बन्धी प्रावधान समावेश गर्नका लागि सम्विधानसभा, नेपाल सरकार, राजनैतिक दलहरू तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्नेछु र आवश्यक परेमा सिङ्गो गैरआवासीय नेपाली समुदायलाई परिचालन गर्नेछु।
३. गैरआवासीय नेपाली ऐनमा संशोधन र गैरआवासीय नेपाली संघ दर्ताः संघको विधानमा उल्लेखित गैरआवासीय नेपालीको परिभाषाअनुकूल सबै बुँदाहरू समावेश गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न नेपाल सरकारसँग पहल गर्नेछु र्-वर्तमान ऐनमा वैदेशिक रोजगारमा संलग्न बहुसंख्यक गैरआवासीय नेपालीहरू र विद्यार्थीहरूलाई पनि गैरआवासीय नेपालीको मान्यता प्रदान गरिएको छैन । यसमा संशोधन ल्याइनुपर्दछ) । गैरआवासीय नेपालीे ऐन २०६४ को संशोधनपश्चात् नेपालमा गैरआवासीय नेपाली संघको दर्ताका लागि बाटो स्वतः खुल्न जानेछ।
४. सामूहिक लगानीः जलविद्युतको क्षेत्रमा लगानी गर्ने नेपाल सरकारको आहृवानलाई मनन गर्दै यस क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई मूर्तरूप दिन पहल गर्नेछु। नेपालका केही जलविद्युत् परियोजनाहरूमा एक लगानीकर्ताको हैसियतले मसंग यस्ता परियोजनाहरूको व्यवस्थापनमा आवश्यक अनुभव र विश्वास समेत छ। त्यस्तै अन्य सुरक्षित र उपयुक्त लगानीका ठाउँको पहिचान गरी सबै क्षेत्रका एनआरएनहरूले सामूहिक लगानी गर्न सक्ने वातावरण निर्माणलाई प्राथमिकतामा राख्नेछु।
५. गैरआवासीय नेपाली संघको स्थायित्वः गैरआवासीय नेपाली संघको स्थायित्वका लागि अक्षयकोष लगायतका अवधारणालाई अगाडि बढाउनुका साथै नेपालमा गैरआवासीय नेपाली संघको भवन निर्माणको सम्भावनालाई मूर्तरूप दिन पहल गर्नेछु।
६. विद्यमान लोककल्याणकारी परियोजनाहरूको निरन्तरता र गैरआवासीय नेपालीसित सम्बन्धित अन्य क्रियाकलापहरूः गैरआवासीय नेपाली संघद्वारा चालिएका, खास गरी खुला विश्वविद्यालय र पब्लिक लाइब्रेरी आदि लोककल्याणकारी र परोपकारी परियोजनाहरूको कार्यलाई राष्ट्रिय समन्वय परिषद्हरूको र्समर्थन जुटाएर जारी राख्दै हरेक राष्ट्रिय समन्वय परिषदले नेपालमा एउटा परोपकारी परियोजना निर्माण गर्ने अभियनलाई अझ सशक्त ढङ्गबाट अघि बढाउने छु । त्यसै गरी विदेशमा नेपाली उत्पादनको प्रबर्धन तथा नेपाली डायस्पोरालाई मुलुकको पर्यटन प्रबर्धनका लागि निरन्तर प्रेरित र परिचालन गर्नेछु।

साथीहरू, अन्त्यमा हामी सबैको साझा प्रयत्न र एकताको प्रतीकको रूपमा रहेको हाम्रो संस्थाको प्रतिष्ठा, गरिमा र कार्यक्षमतालाई जीवन्त राख्न सबैको अमूल्य सहयोग, सदभाव र पूर्ण समर्थनको आशा राख्दै यहाँहरूको सदीच्छा र सपनालाई मूर्त रूप दिन म सक्षम हुनेछु भन्ने विश्वाससहित आउँदो अक्टोबरमा काठमाडौंमा सम्पन्न हुने पाँचौं गैरआवासीय नेपाली विश्वसम्मेलनमा भेट्ने प्रतीक्षामा रहने छु।
धन्यवादसहित,
जीवा लामिछाने
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद्
मास्को, रूस महासंघ ।
मितिः २३ सेप्टेम्बर २०११ ।

Popularity: 4%

Add comment September 23rd, 2011

कुल्चेको निहुँमा कुटपिट

एचकेनेपाल डट कम संवाददाता-
कल्याणपुर–७ कागुनेकी एक दलित छात्राले उपल्लो जातिकी महिलाको खुट्टा कुल्चेको निहुँमा दलित परिवारमाथि नै कुटपिट भएको छ।

अजिङ्गरे उच्च माविका कक्षामा अध्ययनरत सिर्जना परियारले बसबाट विद्यालय जाँदा स्थानीय विष्णु खड्काको खुट्टा कुल्चेको निहुँमा सोही स्थानका नारायण खड्काको परिवारले कुटपिट गर्नाका साथै घरका सामान समेत तोडफोड गरेको प्रहरीले जनाएको छ।

खड्काले ३८ वर्षीया रोजी परियार, उनकी आमा ७८ वर्षीया सुकुलक्ष्मी नेपाली छोरी सङ्गीता , सिर्जना र सुजनामाथि कुटपिट भएको छ। दराज, आइरन, पङ्खासमेत गरी रु १५ हजार पाँच सय बराबरको सामान तोडफोड गरिएको पीडित रोजीले बताउनुभयो।

Popularity: 5%

Add comment September 23rd, 2011

माओवादीलाई आतङ्ककारी सूचीबाट हटाउन आवश्यक प्रक्रिया सुरु

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो दल एकीकृत नेकपा (माओवादी) लाई आतङ्ककारीको सूचीबाट हटाउन अमेरिकाले आवश्यक प्रक्रिया प्रारम्भ गरेको दाबी गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घको ६६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्रीले बुधबार अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीसँगको अन्तर्क्रियामा यस्तो दाबी गर्नुभएको हो।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक भई उहाँसँग सङ्क्षिप्त संवाद गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो पार्टीलाई आतङ्ककारीको सूचीबाट हटाउने सङ्केत राष्ट्रपति ओबामाले गरेको बताउनुभयो।

अमेरिकी राष्ट्रपतिसँगको भेटमा उहाँले गरिबी, बेरोजगारीलगायत कारणले नेपालमा द्वन्द्व भएको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्नुपरेको स्पष्ट गर्दै शान्ति, संविधान र जनहितका पक्षमा प्रतिबद्ध आफ्नो दललाई अन्य मूलधारका राजनीतिक दलसरह व्यवहार गर्न आग्रह गर्नुभएको थियो।

Popularity: 4%

Add comment September 23rd, 2011

पहिरोमा पुरिएर पाँचजनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
रेस गाविस–३ डोटमा सिँचाइको कुलो मर्मत गर्नेक्रममा आएको पहिरामा पुरिएर पाँचजनाको मृत्यु भएको छ। कुलो मर्मत गरिरहेका बेला मोटरबाटो माथिबाट पहिरो आएको थियो।

कुलो मर्मत गर्नेक्रममा आएको पहिरामा पुरिएर रेस गाविस–३ का ३० वर्षीय बिजुला थापा, ६० वर्षीय बलि थापा, ३५ वर्षीय पवित्रा थापा, २१ वर्षीय इन्द्र थापा र ३८ वर्षीया हरिकला थापाको मृत्यु भएको हो।

Popularity: 4%

Add comment September 23rd, 2011

विमानस्थलमा तौलने मेसिनमा ठगी

एचकेनेपाल डट कम संवाददाता-
वाणिज्य विभाग,गुणस्तर तथा नापतौल विभाग र प्रहरी प्रशासनको अनुगमन टोलीले त्रिवि विमानस्थलको आन्तरिकतर्फ रहेको तौलने मेसिनमा अनियमितता गरेको पाइएपछि तीन दिनभित्र स्पष्टीकरणका लागि पुर्जी काटेको छ।

टोलीले घरेलु विमानस्थलमा राखिएको तौलने मेसिनमा पहिले नै अढाइ किलो बढी राखेर सामान जोखिने गरेको प्रमाण फेला पारेको थियो।

यात्रुले लाने सामग्री तौलने मेसिनमा पहिले नै अढाइ किलोको अङ्कमा जोखिने गरेकाले यात्रु सो एयरलाइन्समा बढी पैसा तिरेर मारमा परेका थिए। ती एयरलाइन्सलाई स्पष्टीकरण माग गरिएको अनुगमन टोलीका संयोजक कमल थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार घरेलु सात विमानस्थलमध्ये पाँचवटामा अनियमितता गरेको पाइएको छ। अनियमितता गर्ने एयरलाइन्समा सीता, अग्नि, तारा, बुद्ध र यति एयरलाइन्स रहेको छ।

विभागका अनुसार यसरी अढाइ किलो बढीमा नै सामान जोखेको र यात्रुबाट बढी रकम लिएकाले उनीहरूले उपभोक्तको हित विपरीत कार्य गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन नआएमा एयरलाइन्सको उडान नै अवरुद्ध गर्न सकिने प्रावधान छ।

Popularity: 4%

Add comment September 23rd, 2011

सम्पत्ति विवरण नबुझाउने २७ हजार कमर्चारीलाई कारबाही सिफारिस

एचकेनेपाल डट कम संवाददाता-
सम्पत्ति विवरण समयमा नबुझाउने सार्वजनिक पदधारण गरेका कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीको सिफारिस गर्ने भएको छ। केन्द्रले सम्पत्ति विवरण प्रस्तुत नगर्ने २७ हजार नौ सय १० जना कर्मचारीलाई कानुनी कारबाहीका निम्ति अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने भएको छ।

सार्वजनिक पदधारण गरेका नयाँ कर्मचारीले ६० दिन र पुरानाले आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र सम्पत्ति विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्ने कानुनी प्रावधान छ।

निजामती किताबखानाबाट केन्द्रलाई सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली प्राप्त भएको तथा अन्य निकायबाट पनि विवरण आउन बाँकी रहेको उल्लेख गर्दै केन्द्रका सूचना अधिकृत शेरबहादुर ढुङ्गानाले सबै निकायले यथार्थ जानकारी पठाएपछि आयोगलाई कारबाहीका लागि लेखिने बताउनुभयो।

किताबखानाले गत आइतबार सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नाम केन्द्रसमक्ष प्रस्तुत गरेको हो।

संसद् सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्थानीय विकास र शिक्षा मन्त्रालय तथा नेपाल प्रहरीबाट विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो।

भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ दफाअनुसार सार्वजनिक पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाउनेलाई रु. पाँच हजार जरिवाना हुनेछ।

आयोगले उनीहरूलाई कालोसूचीमा राखेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा जुनसुकै बेला छानबिन गर्नसक्ने जनाइएको छ।

Popularity: 4%

Add comment September 23rd, 2011

गजल प्रतिभा पुरस्कार अथकलाई

एकराज गिरी/ एचकेनेपाल डट कम-
पोखरा, गजल सन्ध्या पोखराले हरेक बर्ष मोति जयन्तीको अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार-२०६८बाट गजलकार कमल पौडेल अथकलाई पुरस्कृत गर्ने भएको छ।

पोखरामा विगत लामो समयदेखि पत्रकारीता र गजल लेखनको क्षेत्रमा योगदान गर्दै आएका अथकले गजेको भोटो र प्रेमको मधुमास गरी दुइ गजलसंग्रह प्रकाशनमा ल्याईसकेका छन।

स्याङ्जाको बिचारी चौतारामा जन्मिएका अथकका गीत, गजल, हाईकु, खण्डकाव्य लगायतका बिधामा एकदर्जन पुस्तक प्रकाशनमा छन्। गजलको उत्थान हाम्रो अभियान भन्ने उदघोषका साथ नेपाली गजलको उन्नयनमा समर्पित गजल सन्ध्या पोखराले प्रदान गर्ने पुरस्कारको राशी नगद रु दुइ हजार दुइसय एक र सम्मान पत्र रहेको छ।

गजल सन्ध्या पोखराले प्रतिभा छनौटका लागि गजलकार दिपक समिपको संयोजकत्वमा गजलकारहरु प्रकट पंगेनी शिव र इश्वरमणि अधिकारी सदस्य रहेको एक कमिटी गठन गरेको थियो। कमिटीले पोख्रेली गजललेखनमा निरन्तर सक्रिय रहेका र दुइ गजलसंग्रह प्रकाशन गरी सकेका अथक नै यो पुरस्कारको लागि सही प्रतिभा भएको ठहर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ। अथकलाई असोज ७ गते एक विशेष समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिने गजलसन्ध्या पोखराका सचिव मन क्षेत्रीले बताएका छन्।

यस अघि, सो पुरस्कारबाट गजलकारहरु रुपक बनवासी, इन्द्रकुमार विकल्प र गोविन्दराज बिनोदी सम्मानित भईसकेका छन्।

Popularity: 4%

Add comment September 23rd, 2011

सार्वजनिक जग्गा हडप्नै प्रयास माओवादीद्वारा विफल

ओम हमाल/ एचकेनेपाल डट कम-
पोखरा,५ भदौ। कास्की जिल्लाको भलाम गाविस वडा नं. १ उपल्लाचौर नजिक सार्वजनिक जग्गा हडप्ने प्रयासलाई नेकपा (माओवादी) कास्कीले विफल तुल्याएको छ।

नेपाली काँग्रेस कास्कीका जिल्लास्तरीय नेता समेत रहेका स्थानीय बासिन्दा क्याप्टेन गंगाबहादुर खत्रीको उक्त प्रयासलाई नेकपा माओवादी कास्कीले विफल तुल्याएका हो।

करीब १० वर्षअघि स्थानीय बुद्धिबहादुर अधिकारीलाई जग्गा बिक्री गरेको भएपनि आफ्नो जग्गासँग साँधसीमाना नजोडिएको हरिहरगुफा सामुदायिक वनले चर्ची रहेको जग्गालाई उनले आफ्नो भोगचलनको जग्गा भएको दाबी गरिरहेका थिए। १० वर्षअघि जग्गा बुद्धिबहादुर अधिकारीलाई बिक्री गरैकौ भएपनि अधिकारीको जग्गाको सीमानामा रहेको सार्वजनिक जग्गा आफ्ना बाजेहरुको पालादेखि भोगचलन गर्दै आएको बताएका थिए। सोही विषयलाई लिएर उनले बुद्धिबहादुर अधिकारीले लगाउँदै आएको बालनाली नष्ट गर्नेदेखि कुटपिट गर्ने गरेका थिए।

आफैं अत्याचार गर्ने र प्रहरी प्रशासन लगाएर दुःख दिने उद्देश्यले उनले बुद्धिबहादुर अधिकारीकाविरुद्ध वडा प्रहरी कार्यालय बगर पौखरामा उजुरी दिएका थिए। उता आफूलाई अन्याय भएकालै आवश्क छानविन गरी न्याय दिलाई पाउँ भनी पीडित बुद्धिबहादुर अधिकारीले नेकपा माओवादी कास्कीमा उजुरी दिएका थिए।

एकातिर नेकपा माओवादी पार्टीमा उजुरी परेको र अर्कातिर प्रहरीमा उजुरी परेको अवस्थामा विहीवार भलाममा गाउँ भेला गरिएको थियो। त्यस भेलामा नेकपा माओवादी कास्कीका सदस्य रामबहादुर अधिकारी, क्रान्तिकारी विद्यार्थी संगठन नेपालका केन्द्रीय सदस्य रवि किनारा लामिछाने, भलाम गाविसका पूर्व अध्यक्ष तेजबहादुर गौतम, भलाम गाविस वडा नं. १ का पूर्व अध्यक्ष लोकबहादुर खत्री, जिल्ला विकास समिति कास्कीका पूर्व सदस्य नेत्रबहादुर बस्नेतलगायत स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो। सो भेलामा भलाम गाविसका पूर्व अध्यक्ष तेजबहादुर गौतमले उक्त विवादित जग्गा सार्वजनिक नै भएकाले कसैले दाबी गर्न नपाइने बताएका थिए।

नेकपा माओवादी कास्कीका सदस्य रामबहादुर अधिकारीले सार्वजनिक जग्गा बाडीचुँडी खाने कुरामा आफ्नो पार्टीको हिम्मत नरहेकाले विवादित सार्वजनिक जग्गा कसैले पनि उपभोग गर्न नपाउनै धारणा राखेका थिए। उनले यस्तो धारणा राखिरहँदा उपस्थित स्थानीय बासिन्दाले ताली बजाएर स्वागत गरेका थिए।

अघिपछि आफ्नो बाजेले भोगचलन गरेको भनेर चर्को आवाज उठाउने क्याप्टेन गंगाबहादुर खत्रीले भलामको उपल्लाचौरमा आयोजित गाउँभेलामा उक्त जग्गा सार्वजनिक भएको स्वीकार गरेका थिए भने उनी आफैंले सार्वजनिक जग्गामा आफूहरुले लगाएको पर्खाल भत्काउन शुरु गरेका थिए।

नेकपा माओवादी कास्कीले अघि सारेको प्रस्ताव वमोजिम अबदेखि उक्त विवादित जग्गा कसैले भोगचलन गर्न नपाउने गरी गाउँलेहरुले सहमति जनाएका छन्। विवाद गरिरहेका दुइपक्ष क्णप्टेन गंगाबहादुर खत्री र बुद्धिबहादुर अधिकारी मध्ये अधिकारी नेकपा माओवादी कास्कीका सदस्य रामबहादुर अधिकरी कास्कीका सहोदर दाजू हुन्।

Popularity: 4%

Add comment September 23rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....