Archive for September 24th, 2011

यस वर्षको इमेज अवार्ड रामकृष्ण ढकाल र निशा देशारलाई

सोमराज पोखरेल / एचकेनेपाल डट कम-
काठमाडौं, ७ असोज । यस वर्षको इमेज अवार्डमा रामकृष्ण ढकाल र निशा देशार विजयी भएका छन्। इमेज ग्रुप अफ कम्पनीजले प्रदान गर्दै आएको इमेज अवार्डको तेह्रौं संस्करणको सर्वोत्कृष्ठ पुरुष गायनमा पहाडको छुकछुके गीतबाट ढकाल विजयी भएका हुन्। त्यसैगरी महिलातर्फ देसारले तिम्रो मेरो सम्बन्धको चर्चाबाट उपाधि जितेकी हुन्।

इमेज अवार्डमा भएका सर्वोत्कृष्ठ २० अवार्डमध्ये पप पुरुषतर्फ दिपेशकिशोर भट्टराईले तिम्रो …..बाट र महिलातर्फ श्रेया सोताङ्गले नजिकबाट भन्ने गीतबाट उपाधि जितिन्। सर्वोत्कृष्ठ म्युजिक भिडियोको उपाधि छाएछ बसन्तमा भन्ने गीतबाट बसन्त चौधरी विजयी भए। त्यसैगरी, सर्वोत्कृष्ठ संगीतबाट छाएछ बसन्तबाटै न्यू बज्राचार्य, राष्ट्रिय भावनाले ओतप्रोत गीत श्रवण मुकारुङ र शान्तिराम राईको बनाउँ संविधानबाट, सर्वोत्कृष्ठ लोकगीत गणेश न्यौपाने, बलराम समाल र जुना प्रसाईंको ढाका टोपी सिरैमा, सर्वोत्कृष्ठ लोकदोहोरी एउटा आत्मा छ बाट पशुपति शर्मा र विष्णु माझी विजयी भएका छन्।

सर्वोत्कृष्ठ गीत रचनामा मुटु माग्यौ तिमीलेबाट गजेन्द्र चाम्लिङ्ग, संगीत संयोजनमा पहाडको छुकछुके रेलबाट महाराज थापा, गीत मुद्रणमा तिमी अर्कै घरको मान्छेबाट श्यामश्वेत रसाइली, सर्वोत्कृष्ठ चलचित्र गीतमा ब्याच नम्बर १६ को संगीत गीतबाट सुगम पोखरेल विजयी भएका छन्। सर्वोत्कृष्ठ समूह गायनमा सुस्तरी गीतबार्ट इभोस् तथा नव कलाकारमा समीर प्रिय विजयी भएका छन्। एडि्रयन प्रधानको मनैबाट भन्ने गीत उत्कृष्ठ गीत भएको छ भने वन्ली लभ भन्ने बसन्त चौधरीको एल्बम उत्कृष्ठ एल्बम घोषित भएको छ।

आर्मी अफिर्सस क्लवमा शनिबार भएको इमेज अवार्डमा पब्लिक चोईस अवार्डबाट तीन हजार नौ सय १५ भोट ल्याई दिपेश किशोर भट्टराई विजयी भए।

कार्यक्रममा वरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो। झरेको पात झैं भयो उजाड मेरो जिन्दगी रिजालले नै रचेका हुन्। कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति पनि गरिएको थियो।

भिडियोः

कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 5%

Add comment September 24th, 2011

दोष काग्रेस र एमाले लिनुपर्छः कार्यवाहक प्रधानमन्त्री

राज गुरूङ / एचकेनेपाल डट कम-
असोज ७, पोखरा । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विजय कुमार गच्छदारले मुलुक अहिले गम्भीर राजनीतिक संक्रमणवाट गुज्रिरहेकोले यस संकटलाई पार लगाउन राष्ट्रसेवक कर्मचारीहरुको अहंम भूमिका रहेको विचार व्यक्त गरेका छन्।

गच्छदारले मुलुकमा शान्ति र संविधान पाएन भने त्यसको दोष माओवादी र संयुक्त मधेसी मोर्चालाई मात्र नभई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेलाई पनि जाने बताए। शान्ति र संविधानको लागि अहिले सरकार तदरुक्ताका साथ अगाडि बढिरहेको बताएका छन्।

पश्चिमाञ्चल क्षेत्र अन्तर्गतका, क्षेत्र, अंचल र जिल्लाका सुरक्षा निकाय कार्यालयका प्रमुखहरुको भेलालाई शनिबार पोखरामा निर्देशन दिदै उनले गृह मंत्रालयलाई राजनीतिक हस्तक्षेपवाट शून्यतामा झार्ने उदघोष गरेका छन्।

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री गच्छदारले इमान्दार र कर्तव्यनिष्टका साथ राष्ट्र र जनताको सेवामा लाग्न आग्रह गर्दै त्यस्ता कर्मचारीलाई संरक्षण र प्रोत्साहन गर्न आफू दृढ भएर लाग्ने बिश्वास ब्यक्त गरेका छन्।

उनले सरकारले ल्याएका राहतका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै कर्मचारीहरुलाई राजनीति होइन जनताको सेवक भएर काम गर्न आग्रह समेत गरे।

एकीकृत नेकपा माओवादी र संयुक्त मधेसी मोर्चा वीच सत्ता समीकरणको गठवन्धनले शान्ति प्रकृया टुंगोमा पुर्याउन र नयां संविधान निर्माणको नेतृत्वदायी भूमिका खेलेको वताउंदै उहांले यस अभिभारालाई पूरा गर्न कांग्रेस र एमालेको सहयोगको खांचो समेत औंल्याएका छन। सुरक्षा निकाय तथा प्रशासन कार्यालय प्रमुखको भेलामा नेपाल प्रहरीका महानिरिक्षक रबीन्द्रप्रताप शाह, सशस्त्र प्रहरीबलका महानिरिक्षक शैलेन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख मोती गुरुड, गृहमन्त्रालयका प्रबत्ता सुधिर कुमार श्रेष्ठ लगायतका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको छ।

Recent Videos:

Popularity: 5%

Add comment September 24th, 2011

युवा पत्रकार सञ्जाल गठन

अनन्त अनुराग / एचकेनेपाल डट कम-
काठमाण्डौ असोज ७ । युवा श्रमजीवि पत्रकारको हक, हित तथा व्यावसायिक र क्षमता अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ शनिवार काठमाण्डौमा टेलिभिजन तथा रेडियो युवा पत्रकार सञ्जाल गठन गरिएको छ।

विभिन्न सञ्चार माध्याममा कार्यरत युवा पत्रकारहरुको एक भेलाले नेपालबाट टेलिभिजनका अनन्त अनुरागको अध्यक्षतामा सञ्जालको तदर्थ समिति गठन गरेको हो। सञ्जालको उपाध्यक्षमा एविसी टेलिभिजनका अर्जुन श्रेष्ठ, महासचिवमा एभिन्युज टेलिभिजनका युवराज न्यौपाने सचिवमा कान्तिपुर एफएमका अनिल परियार रहेका छन्।

यसैगरी, सञ्जालका सदस्यहरुमा हिमालय टेलिभिजनका अनन्त अधिकारी, सिटिजन एफएमकी पुनम डि सी, हेडलाईन्स एफएमका खगेन्द्र सुनार, नेपाल एफएमका दिपेन्द्र खड्का क्लासीक एफएमका सुदिप कोईराला च्यानल नेपाल टेलिभिजनकी सुशिला थापा चयन भएका छन्। सञ्जालले निकट भविष्यमै देशै भरी शाखा विस्तार गरी व्यावसायीक पत्रकारीताको हितमा कार्य सञ्चलन गर्ने अध्यक्ष अनुरागले वताएका छन्।

Popularity: 5%

Add comment September 24th, 2011

मेरो चरित्र हत्या गरियोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ असोज । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रेस काउन्सिलका सदस्य रामरिझन यादवले पत्रकार किशोर श्रेष्ठ र राजेन्द्र स्थापितमाथि आफूले दुर्ब्यवहार गरेको भनि पत्रकार महासंघले प्रकाशित गरेको विज्ञप्तिले आफ्नो चरित्र हत्या गरेको दावी गर्नुभएको छ।

यादवले शनिवार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले सत्य तथ्य नै नबुझी कसैको एकतर्फी निवेदनको आधारमा आफ्नो चरित्र हत्या गर्ने गरी विज्ञप्ति प्रकाशित गरेको प्रति आपत्ति प्रकट गर्दै घटनाको छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न समेत माग गर्नुभएको छ।

पत्रकार सम्मेलनमा यादवले प्रेस काउन्सिल दिवसको दिन शुक्रवार पुरस्कृत हुनु भएका राजेन्द्र स्थापितलाई आफूले बधाई दिएको तर किसोर श्रेष्ठसँग केही पनि कुरा नभएको अवस्थामा आफ्नो चरित्र हत्या गर्ने गरी दुर्ब्यवहार, हातपात गरेको भनि हचुवाको भरमा महासंघले विज्ञप्ति निकाल्नु दुखद भएको बताउनुभयो।

उहाँले श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकको असोज ४ गतेको अंकमा आफूसँग कुनै प्रतिक्रिया नै नलिई एकतर्फी रुपमा चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गरेकोले आफूले उनीसँग हात मिलाउन मात्रै अस्वीकार गरेको विषयलाई दुर्ब्यवहार जस्तो घटना बनाईएको दावी गर्नुभयो। उहाँले आफू विरुद्धको लान्छना योजनबद्ध भएको भन्दै यसले प्रधानमन्त्रीको चरित्रसमेत हत्या गरेको दावी गर्नुभएको छ।

Popularity: 5%

Add comment September 24th, 2011

सुकुम्बासीको नाममा आफ्ना मान्छेलाई बाँडेको जग्गा खोसिने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ असोज । भूमिसूधार तथा ब्यवस्थामन्त्री प्रभु शाहले विगतमा सुकुम्बासीको नाममा पहुचवालाहरुलाई बाँडिएको जग्गा खोस्ने तयारीमा सरकार रहेको बताउनुभएको छ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री साहले त्यसकोलागी पहिला वितरण भएको जग्गाको छानविन गर्ने, कारवाही गर्ने अधिकार सहितको सुकुम्बासी समस्या समाधान आयोग गठन गर्ने अन्तिम तयारीमा आफू रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो-विगतमा आफ्ना आसेपासेलाई शक्तिमा रहेकाहरुले सुकुम्बासी बनाएर जग्गा दिएका धेरै घटना छन्। जसले सरकारप्रति जनताको विश्वास घटाउने काम गरेको छ। अब सरकारले त्यस्ता सबै जग्गा खोस्छ।

साक्षात्कारमा मन्त्री साहले मन्त्रालयले अहिले नीजि जग्गा कब्जा गरी बसिरहेका सुकुम्बासीहरुको समस्या समाधान गर्न त्यसको तथ्याङ संकलन गर्ने काम भईरहेको जानकारी दिदै त्यसपछि सार्वजनिक जग्गा कब्जा गरिएको समस्यालाई समाधान गर्ने बताउनुभयो।

सरकारले जग्गामा हदबन्दी लगाए पनि २०२१ सालमा लगाईएको हदबन्दी अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै अब सरकारले त्यसलाई कार्यान्वयन गरेर हदबन्दी भन्दा बढी भएका सबै जमिनदारहरुको जग्गा राष्ट्रियकरण गर्ने योजना मन्त्री साहले सुनाउनुभयो। उहाँले योजना कार्यान्वयन गर्ने क्रममा देखिएका कानूनी अवरोध हटाउन ऐन संसोधनको कार्यसमेत सुरु गरिसकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो-सरकारले २०५८ सालमा ११ विगाहभन्दा बढी जग्गा राख्न नपाउने गरी हदबन्दी लगाएको छ तर २१ सालमा कायम भएको २८ विगाहको मापदण्डपनि कार्यान्वयन हुन सकेको छैन। ४० वर्षदेखि रहेको हदबन्दी विवाद छ अब सरकारले यसलाई उन्मुलन गर्छ। अहिले पनि एकै जनाले एक हजार विगाहसम्म जग्गा उपयोग गरिरहेको प्रमाण छ।

उहाँले पुरानो हदबन्दी लागु गरे मात्रै पनि नेपालका सबै भूमिहिनलाई पुग्ने गरी जग्गा वितरण गर्न सकिने ठोकुवा गर्नुभयो। उहाँको तर्क थियो-हदबन्दी कार्यान्वयन गरेर बढी जग्गा खोस्ने हो भने मात्रै पनि सरकारसँग लाखौ विगाह जमिन आउन सक्छ।

मन्त्री साहले अहिले सरकारी जग्गाहरु सुकुम्बासी, शक्तिहुने बाहुबली, सरकारी संस्थान र सामूदायिक संस्थाहरुले अतिक्रमण गरिरहेको भन्दै त्यसको अन्त्यको लागि समेत आफूले पहल सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले पहिलो चरणमा हदबन्दी भन्दा बढी भएपनि उपभोग गरिरहेका शक्तिको आधारमा सार्वजनिकजग्गा कब्जा गरेकाहरुको जग्गा सरकारले खोस्ने बताउनुभयो।

मन्त्री साहले भूमिमा रहेको द्धैध स्वामित्व अन्य गर्ने निर्णय पहिला नै भएपनि अहिलेसम्म समस्या कायमै रहेको भन्दै आवश्यक कानून निर्माण गरेर भएपनि आफूले भूमिमा रहँदै आएको द्धैद्य स्वामित्व अन्त्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

मन्त्रालयमा दुइ दुइ भूमि आयोगको अध्ययन प्रतिबेदन थन्किएर रहेको भन्दै एक दुइ दिनमा त्यसलाई सार्वजनिक गरेर दुबै प्रतिबेदनका सकारात्मक विषयहरुलाई कार्यान्वयन गरेर मुलुकको अस्तब्यस्त भूमिको ब्यवस्थापन गर्ने बताउनुभयो।

उहाँले मालपोत र बचत ऋणका कारण किसानहरु लामो समयदेखि प्रताडित हुने गरेको भन्दै बचत तथा ऋण र ५२ साल अघिका सबै मालपोत करहरु मिनाह गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले भूमिहिन सुकुम्बासीलाई जग्गा दिने कार्यले शान्ति प्रक्रियालाई मद्दत गर्ने भन्दै जग्गा वितरण विना मुलुकमा स्थायी शान्ति आउनै नसक्ने बताउनुभयो।

Popularity: 4%

Add comment September 24th, 2011

एनआरएन ‘स्ट्राटेजीक रिसोर्स’ राजदूत चालीसे

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन, २३ सेप्टेम्बर । बेलायतस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गैरआवासीय नेपाली संघ (एनआरएन) ‘स्ट्राटेजीक रिसोर्स’ भएको बताएका छन्।
एनआरएन युकेका नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार बेलायतस्थित नेपाली दूतावासमा स्वागत गर्दै राजदूत चालिसेले यस्तो बताएका हुन्। तपाईहरु नेपालका लागि ‘स्ट्राटेजीक रिसोर्स’ हो, आफ्नो सिप, कला, ज्ञान र धन नेपालको प्रगतीका लगि लगाउनुहोस, एन आर एन पदाधिकारीहरुलाई राजदूतले भने’ तपाईहरुले सहयोग गर्नुभयो भने नेपालको विकास द्रुत गतिमा हुनेछ। नेपाली दूतावास एन आर एनसंग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको उनले बताए।

नेपाली कला संस्कृतिको विकासदेखि अन्तराष्ट्रिय समुदायमा नेपाल चिनाउने काम एन आर एनले गरेकोमा राजदूतले प्रसन्नता व्यक्त गरे। उनले नेपाल र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ बनाउन एन आर एनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

एन आर एन युकेका निवर्तमान अध्यक्ष सूर्य गुरुङले आफ्नो दुइ बर्षको कार्यकालमा दूतावास अत्यन्त सहयोगी भएको बताए। नयां कार्यसमितिले दूतावासबाट अझै रचनात्मक सहयोग पाउने आफ्नो आशा र विश्वास रहेको उनले बताए। सो अवसमा एनआरएन अध्यक्ष कुल आचार्यले राजदूत डा. चालिसेलाई संस्थाको अवधारण पत्र सहितको स्मरण पत्र बुझाएका छन्। सो स्मरणपत्रमा नेपाली नागरिकताको सवाल, ब्रिटिश गोर्खाहरुको समान पेन्सनका अलवा उमेर नाघेका उनीहरुका छोराछोरीहरुलाई बेलायत ल्याउन पहल गर्ने, एन आर एन युकेका सदस्यहरुलाई फोटो कार्ड सहितको प्रमाणपत्र उपलब्ध गराउने लगायत ११ बुंदा समेटिएका छन्।

डा. चालीसेलाई बुझाइएको स्मरणपत्र एन आर एन युकेका राष्ट्रिय संयोजक रामशरण सिंखडाले बाचन गरेका थिए। कार्यक्रममा नवनिर्वाचित अन्तर्राष्ट्रिय परिषदका सदस्यद्धय विश्व आदर्श पण्डित र शंकर भण्डारी, सदस्यहरु रमेश शर्मा बास्तोला, शान्ती थापा लगायतले एन आर एन र दूतावासबीच सहकार्य र दरिलो एकता हुनुपर्ने बताएका थिए। कार्यक्रम समापनपछि एन आर एन पदाधिकारीहरुको स्वागतमा दूतावासले दिवाभोज आयोजना गरेको थियो।

Popularity: 4%

Add comment September 24th, 2011

इलाममा लिम्बुवानको शैक्षिक आन्दोलन

दिलु लावती/ एचकेनेपाल डट कम-
इलाम, लिम्बुवान ६ असोज । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भातृसंगठन संघीय विद्यार्थी युनियन लिम्बुवान जिल्ला कार्य समिति इलामले असोज ६ गते एक दिने शैक्षिक आमहड्तालको आन्दोलन गरेको छ।

आन्दोलनको क्रममा इलाम जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्कुल तथा क्याम्पसहरू असोज ६ गते एक दिनका लागि बन्द गरिएको जिल्ला अध्यक्ष रोशन राईले जानकारी दिए।

आन्दोलनकै सिलसिलामा असोज ५ गते आयोजित विशाल जुलुशले इलाम नगरपालिका परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य तथा इलाम जिल्ला इन्चार्ज थाङसाङ लावतीले कथित एकात्मक टिचिङ् लाईसेन्सको नमूनालाई जलाई आफ्नो मन्तव्य राख्नुभएको थियो। मन्तव्यको क्रममा लिम्बुवानका सरकारी स्कुलहरूमा ठूला राजनैतिक दलहरूको हाबी भएको तथा शिक्षक नियुक्तिमा घुषपैठ भएकोले तुरुन्त राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने, निजी स्कुलहरूलाई दिइएको अल्टिमेटम फिर्ता गर्नुपर्ने, संघीय शिक्षा लागू गर्नुपर्ने, एकात्मक शिक्षाप्रणाली खारेज गर्नुपर्ने र सरकारी स्कुलहरूमा गुणस्तरीय शिक्षा लागु गर्नेपर्ने बताउनु भयो।

त्यसैगरी, पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावतीले संघीयवादी पत्रकारहरू गाउँगाउँमा प्रवेश गरिरहेकाले एकात्मकवादीहरूको करतुतहरू चाडै पर्दाफास गर्ने चेतावनी दिनुभयो। सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई संघीयता र लिम्बुवानको पक्षमा कलम चलाउने हिम्मत नगरे पनि यसको अनाहक विरोधमा कलमको दुरुपयोग नगर्न आग्रह गर्नुभयो।

यसै अवसरमा, इलाम जिल्लामा संघीय लिम्बुवान शिक्षक परिषद जिल्ला कार्य समिति पनि गठन गरिएको छ। शिक्षक परिषदका अध्यक्षमा भीम एक्तेन, सचिवमा छत्र चौहान, अर्थ सचिवमा ओम अर्याल रहेका छन्। त्यसैगरी, सदस्यहरूमा गोविन्द लिम्बू, श्याम गुरुङ, याममाया गुरुङ, निमाडोल्मा काजी लेप्चा, दिलबहादुर गुरुङ, सरदचन्द्र कन्दङ्वा, राजकुमार खाती र गजेन्द्र एक्तेन रहेका छन्। कार्यक्रम केन्द्रीय सदस्य हरि श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो।

Popularity: 4%

1 comment September 24th, 2011

सुत्केरी भएकोले सजाय नदिन आग्रह

एचकेनेपाल डट कम-
नवजात शिशुको हत्याको आरोपी मिना राउत (विक) ले आफू सुत्केरी अवस्थामा रहेका कारण सजाय नदिन आग्रह गरेकी छिन्।
श्रीमान विदेश रहेको अवस्थामा खराङ्ग–८ की विकको कोखबाट अनुचित यौनसम्पर्कका कारण गत मङ्गलबार जन्मन पुगेको बच्चालाई हत्या गरेपछि प्रहरीले पक्राउ गरेको थियो।

आरोपी विकलाई जिल्ला अदालत चैनपुरले आज पुर्पक्षका लागि थुनामा राख्न प्रहरीलाई आदेश दिएपछि उनले मानवताको आधारमा सजाय नदिन आग्रह गरेकी हुन्।

आरोपी मिनाले एकवर्ष अगाडि मात्र अन्तरजातीय विवाह गरेकी थिइन्। उनको कसुर प्रमाणित भएमा जन्मकैद हुने कानुनमा व्यवस्था रहेको छ।

Popularity: 4%

Add comment September 24th, 2011

दशैँका लागि तीस अर्बको नयाँ नोट निस्कासन

एचकेनेपाल डट कम-
नेपाल राष्ट्र बैंकले दसैँका लागि सुकिला र नयाँसहित ३० अर्ब रूपैयाँको नोट निस्कासन गर्ने भएको छ। राष्ट्र बैंकले गतवर्ष सात अर्ब सुकिलासहित २२ अर्ब बराबरको नोट निस्कासन गरेको थियो।

यो वर्ष ३० प्रतिशतले माग बढ्ने अनुमान गरी आठ अर्ब रूपैयाँ बढी पठाउने तयारी भइरहेको राष्ट्र बैकले जनाएको छ।

मुख्य चाडपर्वलाई लक्ष्यित गरी राष्ट्र बैंकले नयाँ नोटको व्यवस्था गरेको हो। सरकारको राहत कार्यक्रममा समेत चाडपर्वअघि नयाँ नोट उपलब्ध गराउने व्यवस्था समेटिएको छ।

जिल्लास्तरका लागि नयाँ नोट पठाइसकिएको राष्ट्र बैकले जनाएको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयमा रहेको नोट कोषमार्फत जिल्लास्तरमा नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबाहेक राष्ट्र बैंकको काठमाडौँ बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट पनि सर्वसाधारणले नोट साट्न पाउने व्यवस्था मिलाइएको छ।

Popularity: 4%

Add comment September 24th, 2011

साँचो बुझाउनु आत्मसमर्पण हो – गजुरेल

एचकेनेपाल डट कम-
एकीकृत नेकपा(माओवादी)का सचिव सिपी गजुरेलले विशेष समितिलाई साँचो बुझाएर आफ्नो पार्टी नेतृत्वले आत्मसमर्पण गरेको बताउनुभएको छ।

नागरिक समुदायद्धारा आयोजित ‘चारबुँदे सहमति र राष्ट्रियता’ विषयक विचारगोष्ठीमा साँचो बुझाउने वा नबुझाउने भन्ने बारेमा कुनै छलफल नभएको र माग्नु पर्नेले साँचो नमागिकनै साँचो बुझाउनु आत्मसर्म्पण भएको बताउनुभयो।

सचिव गजुरेलले विगतमा शासक वर्गले असमान सन्धि गरेको र ती सन्धिहरूलाई खारेज नगरे नेपालीले दुःख पाउने बताउदै राष्ट्रियताको रक्षाका लागि सबै सजक हुन जरुरी छ भन्नुभयो।

नेपाली काँग्रेसका कन्द्रीय सदस्य डा रामशरण महतले सिमित राजनीतिक स्वार्थका लागि मधेशवादी दल र एनेकपा माओवादीबीच चारबुँदे सहमति गरिएको आरोप लगाउँदै वर्तमान सरकार निमार्ण हँदा नै त्रुटीपूर्ण तरिकाले निर्माण भएको बताउनुभयो।

सरकारले सुरुका दिनमा केही सकारात्मक आशा देखाए पनि दिनप्रति दिन त्यो आशा निराशामा बदलिंदै गएको उहाँको भनाइ थियो।

Popularity: 4%

Add comment September 24th, 2011

एमाओवादी जङ्गल फर्कने सम्भावना छैनः नेता ओली

एचकेनेपाल डट कम-
नेकपा (एमाले) का स्थायी समिति सदस्य केपी शर्मा ओलीले एमाओवादीहरू पुनः जङ्गल फर्कने सम्भावना नरहेको बताउनुभएको छ।

मदन भण्डारी फाउण्डेसनद्वारा विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता ओलीले वर्तमान समयमा बन्दुकले नभई विचारले मात्रै समाजको परिवर्तन गर्न सकिने भएको भन्दै यस बाध्यतालाई बुझेर नै एमाओवादी बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा आएको दाबी गर्नुभयो।

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीले अघि सारको ‘जनताको बहुदलीय जनवाद’ नै सर्वस्वीकार्य विचार भएको जनाउँदै नेता ओलीले भन्नुभयो–’एमाओवादीहरू यस धारमा आइसकेका छन्, अब यहाँबाट फर्कने सम्भावना छैन।’

उहाँले मदन भण्डारी फाउण्डेसनलाई एमालेको समानान्तर संस्था वा गुटबन्दी गर्ने थलोका रूपमा कतिपयले उपयोग गर्ने गरेकामा आपत्ति जनाउँदै फाउण्डेसन भण्डारीका विचारलाई बोकेर हिंडेको सामाजिक संस्था भएको प्रष्ट गर्नुभयो।

Popularity: 4%

Add comment September 24th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....