Archive for September 25th, 2011

शिक्षासेवी पं.घनश्याम पौडेलको जीवनी

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
प्रा.यदुनाथ खनालले भनेका थिए, ‘पं.घनश्याम पौडेल जनउत्थानमा सधैं लागि परे। त्यस बखत दधिराम मरासिनी, हरिहर गौतम र घनश्याम पौडेलले नेपालको पश्चिम भेगको शिक्षाक्षेत्रमा ज्यादै महत्वपूर्ण काम गरेका थिए।

ती तीन व्यक्तिमध्ये घनश्याम पौडेलचाहिँ बहुआयामिक पनि थिए ।’ यसैबारे प्रा.डा.टीकाराम पन्थीले पनि लेखे ‘दधिराम, हरिहर र घनश्याम यी तीन मुनीको कृपाले पश्चिम नेपालमा विद्याको ज्योति प्रकाशित भयो । साथै घनश्याम पौडेलको आजीवनसेवा अत्यन्तै फलदायी रहृयो।’

पण्डित शोभाकर पौडेल र सत्यकलाका कान्छा छोराका रूपमा घनश्याम पौडेलको जन्म १९६१ साल जेठ ६ गते भएको थियो । अनि यिनको जन्म अर्घाखाँचीको खिदिमस्थित हर्राबोटमा भएको थियो।

पौडेल न्यायिक थिए । गाउँमा उनी जनन्यायाधीश नै थिए । उनी कचिङ्गल मिलाउनेदेखि बालबच्चा खोजीखोजी स्कुल पुर्याउनेसम्मको काम गर्थे ।
पौडेलले दस वर्षपूरा गर्दानगर्दै यजुर्वेद कण्ठ गरेका थिए । उनले रिडीमा प्राथमिक शिक्षा ग्रहण गरे । त्यसपछि उनी अठार वर्षो उमेरमा काठमाडौँ आए र रानीपोखरी संस्कृत पाठशालामा भर्ना भए । त्यस बेला अर्घाखाँचीबाट हिँडेर काठमाडौं आउन उनलाई सात दिन लागेको थियो।

त्यसै बेला पौडेल कोखो दुखेर थला परे । वीर अस्पतालमा उनको अपर्झट शल्यक्रिया गरियो । त्यसै बेला उनको एउटा करङ काटेर निकालिएको थियो ।
पौडेल काठमाडौंबाट काशीतिर लागे । काशीबाट सम्पूर्ण मध्यमा पास गरेर उनी आफ्नै गाउँ फर्के । पछि उनी पाल्पाको तानसेनमा पुगे । त्यहाँ उनले सुधानिधि औषधालयमा काम गरे । साथै उनले आफ्ना जेठा दाजु शालिकरामसँग आयुर्वेद पढे । उनका दाइले जाँचेअनुसार उनी पनि बिरामी जाँच्थे र औषधी बनाउने काम पनि गर्थे । जरीबुटी खोज्न उनी आजङ्गल पस्थे । क्रमशः उनी यस मामलामा खुकरीभन्दा कर्द लाग्ने भएर निस्के।

पौडेल मन, वचन र कर्मले चाँडै प्रसिद्धिको धुरीमा पुगे । परिणामस्वरूप उनलाई सुधानिधि औषधालयमा सहायक वैद्य बनाइयो । त्यसैको प्रेरणाले उनी आयुर्वेदमा उच्च शिक्षा लिने मनसायमा गाँसिएका थिए । तर आफ्ना जेठा दाइलाई क्षयरोग लागेपछि उनीहरूको व्यवहारमा भूइँचालो आयो र सबै योजना झरामझुरुम भयो।

पौडेल क्रान्तिकारी पनि थिए । समाजको अँध्यारो जालोलाई भत्काउनु पर्ने उनको सोच हुन्थ्यो । भूतप्रेत, बोक्सी र धामीझाँक्रीमा उनको फिटिक्कै विश्वास थिएन । तर हिन्दूधर्म संस्कृतिका उनी कट्टर अनुयायी थिए।

पौडेलले युवाकालदेखि नै शिक्षासेवामा आफूलाई समाहित गरे । त्यतिखेरै उनले एउटा कटेरो बारेर स्कुलको सुरुआत गरेका थिए । तर बालबच्चाले त्यो कटेरो दुई महिनामा नै भरिदिए । त्यसैले छेउको चौरमा त्यस कटेराको अनुवाद भयो।

बर्दियाका हरिहर गौतमलाई अनुनयविनय गरेर घनश्याम पाठशालालाई औपचारिक मोड दिन पौडेल सफल भए । अनि त्यस स्कुलको नाउँ हरिहर प्राथमिक पाठशाला भयो । त्यस बेला त्यहींका तीन गाउँमा तीन वटा हरिहर पाठशाला थिए।

हरिहर गौतमको ३६औँ जन्मोत्सवको मौका पारेर दधिराम र घनश्यामका जोडमा खिदिमका तीनवटै पाठशाला एकै ठाउँमा गाभिए । ती दुई भाइको सल्लाहमा त्यहाँका सबै विद्यार्थीको बस्ने, खाने र लगाउने व्यवस्था गौतमबाटै हुन थाल्यो । त्यस बेला गुरुहरूले मासिक तलव जनही बीस रुपियाँ लगायत लुगाकपडा पनि गौतमबाटै पाउन थाले । एक दशकपछि त्यो विद्यालय महाविद्यालयमा रूपान्तर पनि भयो । अनि त्यसलाई बनारसको सरकारी संस्कृत कलेजसँग सम्बन्ध जोडियो । बनारसमा त्यहाँबाट गएका विद्यार्थीको खानबस्नको सम्पूर्ण खर्च पनि गौतमबाटै बेहोरिने चाँजोपाँजो पनि भयो।

पौडेल गणित फलित ज्योतिष र वेदान्तमा पारङ्गत थिए । उनले शिक्षण गर्दा औषधी उपचार र ज्योतिषमा पनि झसिमिसैदेखि साँझसम्म आफूलाई व्यस्थ राख्थे । उनका चेला प्रा.यदुनाथ खनालका अनुसार ‘पौडेलले आफ्नो जीवनकालमा हज्जारौंलाई पढाए र स्नातकमा मात्रै पुगनपुग तीन हजार उनका विद्यार्थीले अध्ययन गरेका थिए।’

पौडेलले बिहे नगरी समाजसेवा गरेर नै आफ्नो जुनी तुर्ने मनसाय राखेका थिए । तर परिवाको दवावमा २७ वर्षो उमेरमा पं.खगेश्वर मरासिनी र गौरादेवीकी काइँली छोरी १० वर्षीय बालिकादेवीसँग उनको विहे भयो।

बिहे गरेको दस वर्षसम्म पनि पौडेल दम्पतीका सन्तान भएनन् । अनेक पूजाआजा गरेर गौरीदेवीको प्रसादस्वरूप छोरा जन्म्यो र उनको नाउँ गौरी राखियो । १९९९ साल असार ६ गते जन्मेका त्यही छोराको नाउँ अन्ततः डा.मोदनाथ प्रश्रित भयो । त्यसपछि क्रमशः हरिप्रसाद, वेदमाया, लोकमाया र फणीन्द्र जन्मे।

पौडेल समाजसेवाका पनि पथप्रदर्शक थिए । कोही विरामी परेको सूचना पाउनासाथ उनी औषधीमुलो बोकेर घरघर पुग्थे । साथै पढ्छु भन्ने गरिवलाई उनी अनेक प्रयत्न गरेर पढाई दिन्थे । अनि आयुर्वेदको शिक्षा लिन आउनेलाई पनि उनी मन फुकाएर सिकाइदिन्थे । त्यही प्रभावमा उनका छोरा मोदनाथ प्रश्रितले पनि वाल्यकालदेखि नै औषधिमुलोको ज्ञान लिंदै आए । पछि प्रश्रितले पनि आयुर्वेदमा आचार्य गरेर नाउँ चलाए।

पौडेलको आर्थिक अवस्था कमजोर थियो । त्यसैले यिनले कथा वाचनद्वारा पनि घरको नूनतेल जडौरीको व्यवस्था गरे । पुराण वाचनका क्रममा उनी आफै भजन रचेर गाउथे । यसैक्रममा उनले शास्त्रीयछन्दका कविता पनि लेखे।

आर्थिक अवस्थाले रन्थन्यायपछि पौडेलले आफ्ना परिवारलाई डाँडाकटेरीमा लगेर पनि राखे । त्यसको पनि एउटा प्रसङ्ग छ । कुरा के भने- हरिहर गौतमले समाजसेवा गरेको नेपाली काङ्ग्रेसका लागि सहृय थिएन । परिणामस्वरुप नेपाली काङ्ग्रेसले गौतमको सम्पती लुटपाट गर्यो । त्यसपछि पौडेल र गौतमको सहमतिबाट ज्यान जोगाउन गौतम भारत पसे । अनि पौडेल त्यसै बेला गौतमको जायजेथाको सुरक्षा गर्न उनको बर्दियाको घरमा बसे । पछि शान्ति सुव्यवस्था कायम भएपछि गौतम आफ्ना घरमा आए र पुरस्कार स्वरुप उनले पौडेललाई डाँडाकटेरीको जग्गा उपहार दिए।

पौडेल राजनीतिमा पनि सक्रिय थिए । उनी नेपाली काङ्ग्रेसमा आबद्ध थिए । उनले नेपालमा प्रजातन्त्र ल्याउन आफ्ना ठाँउबाट यथेष्ट काम पनि गरे । त्यति बेला उनी विर्ताप्रथाको विरोधमा थिए । उनले जनहीतका लागि राजनीति गरे तर पद र प्रतिष्ठाका लागि गरेनन्।

घनश्याम पौडेलका माल्दाइ रुकमाङ्गतको स्वभाव चाहिं अलि उग्र थियो । आफ्ना भाइ घनश्यामकै सिद्धान्तका आडमा उनले गाउँलेलाई उठाएर हरिहर गौतमको खेतको पाकेको धान लुट्न थाले । त्यो बेहोरा घनश्यामका दाता हरिहरले थाहा पाए । अनि उनले अति दुक्ख मान्दै घनश्यामलाई चिठी लेखे ‘मेरो डाँडाकटेरीको जग्गा खाली गरिदिनु ।’ त्यो पत्र पढेर घनश्याम अति दुखित भए । त्यस घटनाको पीरमा उनका जहान परिवार रोए । अनि आफैले आवाद गरेको घरबारी छोडेर उनीहरु हर्राबोटमा नै झरे।

जहाँसुकै बसाइँ सरे तापनि पौडेलका घरमा कहिल्यै लक्ष्मीको भरपर्दो वास भएन । जीवनको उत्तरार्धसम्म पनि यिनको परिवारलाई भयङ्कर सङ्कट र अभावले ढाकिरह्यो । अनि त्यही रीत खेप्ताखेप्तै उनी थला परे।

अन्ततः लालाबाला छोराछोरी र पैंतीस वर्षकी श्रीमती छाडेर पौडेल २०११ साल चैत २२ गते खिदिममा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 4%

Add comment September 25th, 2011

त्रिभूवन विमानस्थलमा आधा घण्टासम्म बम आतंक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ असोज । स्पाइस जेट विमानभित्र बम रहेको आशंकामा त्रिभूवन अन्तरर्राष्ट्रिय विमानस्थल आधा घण्टासम्म आतंकित रह्यो।

काठमाडौंबाट भारतको दिल्ली जान लागेको स्पाइस जेटभित्र आइतवार विहान १०:५५ बजेतिर बम रहेको हल्ला भएपछि सबै यात्रुहरुलाई ओरालिएको थियो भने विमानस्थल स्रोतले सुरक्षा सतर्कता अपनाएको थियो।

बमको हल्लाका कारण आधा घण्टाका लागि रन वे बन्द गरी विमान उडान स्थगित गरिएको थियो। त्यसैगरी, नेपाल आउन लागेको अधिकांश जहाजहरुलाई केही समयका लागि डाइभर्ट गरेर अवतरणमा निषेध लगाइएको थियो।

नेपाली सेनाले विमानभित्र जाँच गर्दा कुनै शंकास्पद बस्तु नभेटिएपछि स्थगित उडान र अवतरण निषेध हटाइएको छ।

Recent Videos:

Popularity: 4%

Add comment September 25th, 2011

Breaking News: बुद्ध एयरको विमान दुर्घटनाः १९ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ असोज । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनाग्रष्त भएको छ।


दुर्घटनास्थल। तस्बिरः एएफपी

ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडामा विमान दुर्घटना हुंदा १९ जनाको मृत्यु भएको छ।

माउन्टेन फ्लाइटको लागि उडेको बुद्ध एयर बिहान करीव सवा ७ बजे दुर्घटनाग्रस्त भएको हो।

बिमानमा १० जना भारतीय, ३ युरोपेली, ३ जना नेपाली र चालक दलका ३ सदस्यसहित १९ यात्रु सवार थिए। नाइन एन- एइके बीचक्राफ्टलाई क्याप्टेन जीवी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए भने एयर होस्टेस अस्मिता श्रेष्ठ थिइन्।

दुर्घटनामा मृत्यु हुनेहरूमा भारत तमिलनाडुका पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा तालोसुब्रिसम र पी तालोसुब्रिसम रहेका छन्। नेपाली यात्रुहरूमा शारदा कर्माचार्य, जगजन कर्माचार्य र निराजन कर्माचार्य रहेका छन्। त्यसैगरी, विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्।

दुर्घटनापछि स्थानीय र प्रहरीको उद्धार टोली दुर्घटनास्थल पुगेको छ। दुर्घटनास्थलमा १८ जनाको शव भेट्टिएको छ भने एक जना गम्भीर घाइते अवस्थामा भेट्टिएका थिए। घाइते ३६ वर्षीय निराजन कर्माचार्यको पनि उपचारको लागि अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको छ।

स्थानीय प्रत्यदर्शीका अनुसार ठूलो आवाजका साथ विमान जमिनमा झरेको थियो। विमान टुक्राटुक्रा भएपनि कम उचाइबाट विमान दुर्घटना भएको हुंदा शवहरू सग्लै रहेका छन्। विमान स्थानीय हरि अधिकारीको घर छेउ जोतिएको थियो।

बाक्लो हुस्सु, खराब मौसम तथा कम उचाईमा उडेका कारण विमान दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। बुद्ध एयरको १४ वर्षको उड्डयन इतिहासमा मानविय क्षतिसहित विमान दुर्घटनाग्रष्त भएको यो पहिलो पटक हो।

विमान दुर्घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 5%

Add comment September 25th, 2011

लण्डनमा गोर्खाहरुको दशैं

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
लण्डन, २४ सेप्टेम्बर । बेलायतको ग्रिनवीच क्षेत्रमा बसोबास गर्ने भूतपूर्व ब्रिटिश गोर्खाहरुले बडा दशैं पर्व भव्य रुपमा मनाएका छन्।

ग्रिनवीच गोर्खा भूतपूर्व सैनिक संघले शुक्रबार प्लमस्टिडस्थित एशियन कम्युनीटि हलमा आयोजना गरेको कार्यक्रममा ग्रिनवीच काउन्सीलका मेयर जिम जिलम्यान लगायतका विदेशी पाहुनाहरुको उपस्थिति रहेको थियो।

करीब ५ सयभन्दा बढि पूर्वगोर्खा तथा तिनका परिवारहरुको माझमा दशैं मान्न आएका मेयर जिलम्यानले नेपाली म्युनीटिसंग आफू नजिक भएको बताए। उनले गोर्खाहरुलाई सहयोग गर्न काउन्सिल तयार रहेको बताउंदैं गोर्खाहरुको समस्या भए काउन्सिलमा आउन र सल्लाह गर्न आग्रह गरे।

ग्रिनवीच गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष मानबहादुर गुरुङ श्रेष्ठले ग्रिनवीच क्षेत्रमा बसोबास गर्ने गोर्खा तथा नेपालीहरु भाग्यमानी भएको बताए। यस क्षेत्रमा काउन्सिलदेखि अन्य समुदायका मानिसहरु अत्यन्त सहयोगी रहेको उनको भनाई थियो।

सो अवसरमा पूर्व गोर्खा सुर्य गुरुङले जापानमा गएको सुनामीबाट पीडितहरुका लागि संस्थाले गरेको सहयोग विवरण पेश गरेका थिए। सुनामी पीडितका लागि गोर्खाहरुको पहलमा संकलित रकम ब्रिटिश रेडक्रसलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा विभिन्न नेपाली गीत संगीतले उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन दिइएको थियो। सांस्कृतीक विभाग सम्हालेका विसन थापाद्धारा सञ्चालित कार्यक्रममा दशैं आयो, वसन्तले उडाइ लग्यो लगायतका गीतका कलाकारहरुले नाच देखाएका थिए। त्यस्तै युवा गायक दौलत राइले मेरी जुनेली र दर्शन नमस्ते गीत गाए। बृद्ध नागरिक चक्र राना र चुन बहादुर पुनले कोमेडि प्रदर्शन गरे।

नेपाली कलाकार तथा गोर्खाहरसंग ग्रिनवीचका मेयर पनि नेपाली गीतमा नाचे। ‘ककटेल डान्स’ नाम दिइएको नाचमा साफाका जेरी आर्मस्ट्रोङ, लगायत करीब एक दर्जन गोराहरुले मेयर जिमलाई साथ दिएका थिए।

Popularity: 4%

Add comment September 25th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....