Archive for September 26th, 2011

म्यानहण्टको शीर्ष उपाधि निरजन थापालाई

अनुप सक्सेना / एचकेनेपाल डट कम-
काठमाडौं, ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गरेको म्यान हण्ट इन्टरनेशनल नेपाल २०११ को शीर्ष उपाधि निरजन थापाले जितेका छन्। प्रतियोगितामा १२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै शीर्ष उपाधि जितेका निरजनले फोटोजेनिक टाइटल पनि हात पारे।

आर्मी अफिर्सस कल्बमा आइतवार सम्पन्न भएको प्रतियोगितामा सुबिक केसी फस्ट रनरअप र राजीव शाही सेकेण्ड रनर अप भए।

त्यसैगरी, प्रतियोगितामा सबिक केसीले मिस्टर पर्सनाल्टी, राजीव शाहीले मि. फ्रेण्डशिप, दिनेश महर्जनले बेस्ट हेयर, प्रज्वल गिरीले बेस्ट फिजिक, हेप्पी विक्रम मल्लले मोस्ट पपलर, सदन पन्तले मि. ट्यालेन्टको उपाधि जिते।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले ग्रान्ड फिनालेबाट छनोट भएका बिजेता निरजनलाई दक्षिण कोरियामा सम्पन्न हुने म्यानहन्ट इन्टर्नेशनल २०११ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी गराउंदै छ।

यसअघि, म्यानहण्ट इन्टरनेशनल प्रतियोगितामा सन् २००५ सुह्रिद ज्योतिले नेपालको प्रतिनिधित्व गरेका थिए। यसैगरी २००७ मा चन्दन अग्रवाल तथा २००८ मा रिकेश श्रेष्ठले सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका थिए। चन्दनले मिष्टर पर्सनालिटी तथा रिकेशले मिष्टर फ्रेन्डशिपको अवार्ड जितेका थिए। यसैगरी सन् २०१०मा भने कनिज कोइरालाले सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए।

म्यानहण्ट प्रतियोगिता सन् १९८७ देखि सिंगापुरबाट प्रारम्भ भएको हो। म्यानहण्ट इन्टरनेशनलकै रुपमा यस प्रतियोगिताको पहिलो संस्करण भने सन् १९९३ मा अष्ट्रेलियाको गोल्ड कोष्टमा सम्पन्न भएको थियो।

Recent Videos:

Popularity: 7%

1 comment September 26th, 2011

तीन जनाको सामुहिक आत्महत्या

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ९ असोज । सुनसरीको भोक्राहाका सदानन्द मेहताकी श्रीमती सीतादेवी मेहतासहित नावालक दुइ छोराहरु झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

सामान्य तरकारी व्यापार गर्दै आएका सदानन्दकी श्रीमती र छोराहरुको मृत्यु रहस्यमय वनेको छ।

घरमा श्रीमान नभएको समयमा सीता देवी र ५ वर्षीय र साढे दुइ वर्षीय छोरा संजीव सूर्य नारायण मेहता घरकै बासको दलनमा झुण्डिएको अवस्थामा शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक राजु मानन्धरले बताउनु भयो।

नावालकहरुको हत्या भएको भएपनि सीता देवीले हत्या गरी आफै झुण्डिएको अथवा अरुले नै उनको समेत हत्या गरेको भनेर भन्न सकिने अवस्थामा नरहेको भन्दै मानन्धरले पोस्टमाटम रिपोर्ट नआएसम्म केही वताउन नसकिने बताउनुभयो।

Recent Videos:

Popularity: 4%

Add comment September 26th, 2011

एनआरएन युकेका नवनिर्वाचित कार्यसमतिद्धारा पदभार ग्रहण

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
रेडिङ, २५ सेप्टेम्बर । एनआरएन युकेका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण तथा पुरानो कार्यसमितिबाट बुझ बुझारथ गरेका छन्।

रेडिङस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आइतबार नयां तथा पुरनो कार्यसमितिबीच सो कार्य सम्पन्न भएको हो।

एनआरएन युकेका नवनिर्वाचित अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठक ग्रेटर रेडिङ नेप्लीज कम्युनीटी एशोसियसनले आयोजना गरेको थियो। बैठकमा नेपालमा हुन गइरहेको एन आर एनको पांचौं विश्व सम्मेलन, तथा एन आर एन युकेका भावी कार्ययोजना सम्बन्धि छलफल भएको थियो।
सो अवसरमा नयां कार्यसमितिले विशेष सम्मानका साथ पुरनो कार्यसमितिलाई बिदाइ गरेको छ। उनीहरुलाई एन आर एन युकेका अध्यक्ष कुल आचार्य तथा संरक्षक प्राध्यापक डा. सुर्य प्रसाद सुवेदीले प्रशंसापत्रका साथै खादा लगाई सम्मानका साथ बिदाइ गरेका हुन।

यसरी सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष सुर्य गुरुङ, कोअर्डिनेटर भक्त गुरुङ, सल्लाहकार डम्मर घले, डा. चन्द्र बहादुर गुरुङ, पदम सिंखडा, लक्ष्य गुरुङ, निर्वाचन समितिका डा. राघब धिताल, डा. हेमराज शर्मा, डा. कृष्ण अधिकारी, सल्लाहकार एवं नेपाली टिभीका सिइओ मोहन गुरुङ, पशुपति भण्डारी, शेर सुनुवार, युरोप कोअर्डिनेटर हितमान गुरुङ, वर्तमान आइसीसी सदस्यद्धय विश्व आदर्श पण्डित र शंकर भण्डारी, सल्लाहकार शिवजी श्रेष्ठलगायत रहेका थिए।

सो अवसरमा बोल्दै संरक्षक डा. सुबेदीले एन आर एन सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रुपमा विकास भएको बताए। उनले स्थापना कालदेखि नै बेलायतको एनआरएनले उलेखनीय फड्को मार्दै आइरहेको स्मरण गरे। दोहोरो नागरिकताको सवालमा एन आर एन युकेले अत्यन्त पहल कदमी गरेकोमा उनले प्रशंसा गरेका थिए।

संयोजक रामशरण सिंखडाद्धारा सञ्चालित कार्यक्रममा निवर्तमान अध्यक्ष सुर्य गुरुङले आफ्नो दुइ बर्षको कार्यकालमा केही उल्लेखनीय काम भएको स्मरण गरे। बेलायत र नेपालमात्र होइन विश्वभर एन आर एन युकेको छविलाई उच्च राख्न आफ्नो कार्यसमितिले हरसम्भव प्रयास गरेको गुरुङले बताए।

कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार रिटायर्ड मेजर डम्मर घले, निवर्तमान संयोजक भक्त गुरुङ लगायतले मन्तव्य राखेका थिए। निवर्तमान अध्यक्ष सुर्य गुरुङ, संयोजक भक्त गुरुङ तथा कोषाध्यक्ष थर्क सेनले नयां कार्यसमितिलाई पुरानो कार्यसमतिका कागजातहरु हस्तान्तरण गरेका थिए।

सो अवसरमा श्रव्य दृश्य तथा छापा पत्रकारीतामार्फ बेलायतस्थित नेपाली समुदायको समाचारलाई प्राथमिकताका साथ सम्प्रेसण गरेबापत पत्रकार धर्मराज अधिकारीलाई सम्मान गरिएको थियो। अधिकारीलाई एन आर एन संरक्षक प्राध्यापक डा. सुर्यप्रसाद सुवेदीले खादा लगाई सम्मान गरेका हुन्।

Popularity: 4%

Add comment September 26th, 2011

देउघाटमा ‘मिसन टु हेल्प नेपाल’

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
सेप्टेम्बर २५ आइतबार, रेडिङ । समाज सेवामा समर्पित च्यारीटी संस्था ‘मिसन टु हेल्प नेपाल’ले नेपालको देउघाटस्थित रोटरी करुणालयमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गर्न च्यारिटी डिनरको आयोजना गर्‍यो।

मानवता नै धर्म हो भन्ने समाजसेवी भावनाले ओतप्रोत च्यारिटी संस्थाले बृद्ध बृद्धाहरुको लागि व्हिल चियर र सो गुड्ने बाटो निर्माण गर्ने जमर्को गरेको छ। सो च्यारीट कार्यक्रम बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेको प्रमुख आतिथ्य र एन आर एन अध्यक्ष कुल आचार्यको विशेष अतिथ्यमा सम्पन्न भएको थियो।

रेडिङस्थित बेयरहाउसमा आइतबार भएको कार्यक्रममा ‘मिसन टु हेल्प नेपाल’ का तर्फबाट एन आर एन युकेका नयां पाधिकारीहरुलाई राजदूत डा चालीसेले सम्मान गरेका थिए । सो अवसरमा समाजसेवी टुका क्षेत्री, एन आर एन निवर्तमान अध्यक्ष सुर्य गुरुङ, डम्मर घले, नेपाल टिभीका सिइओ मोहन गुरुङ, डाइरेक्टर पशुपति भण्डारी, एन आर एन नवनिर्वाचित पदाधिकारीहरु लगायतको करीब २ सय भन्दा बढिको सहभागिता रहेको थियो।

संस्थाकी अध्यक्ष बबी लामाका अनुसार उनीहरुले नेपालका ठूला व्यापारी घरानाको संलग्नतामा नेपालमा पनि यस्तै प्रकारको च्यारिटी डिनर आयोजना गर्नेछन्। यसबाट उठेको रकम पुण्य कामका लागि खर्च हुनेछ । स्थापनाकालदेखि नै संस्थामा लागेकी प्रतिभा शाहीले च्यारिटी कार्यक्रममा धेरै समाजसेवीहरुको सहयोग रहेको बताइन। शाहीले च्यारिटीका लागि प्रशस्तै सहयोग प्राप्त भएपनि समाजसेवाको काममा त्यो ‘इनफ’ नभएकोले नेपालमा पनि च्यारिटी गर्ने बताइन्।

कार्यक्रममा नेपालबाट आएका गायक दिपेश किशोर भट्टराई र शर्मिला बर्देवाले उपस्थितहरुलाई गीत गाएर मनोरञ्जन दिएका थिए।

Popularity: 4%

Add comment September 26th, 2011

खाद्यान्न जस्तै नेताहरु पनि गुणस्तरहीनः सुजाता

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ असोज । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा पछिल्लो समयमा देखिएको गुणस्तरहिन खाद्यान्न जस्तै नेताहरु पनि गुणस्तरहीन रहेको बताउनुभएको छ। सोही कारण मुलुकका समस्या समाधान हुन नसकेको र अवस्था दिनप्रति दिन जटिल बन्दै गईरहेको ठोकुवा गर्नुभयो।

रिपोर्टर्स क्लव नेपालमा सोमवार नेपाल महिला संघले दुषित खाद्य पदार्थ सदार्थ सम्बन्धि राखेको पत्रकार सम्मेलन बोल्दै उहाँले भन्नुभयो-गुणस्तरीय नेताको अभावका कारण स्थायी सरकार, शान्तिप्रकृया र संविधान लेखन कार्य अवरुद्ध भएको हो। अब गुणस्तरीय नेताको आवश्यकता मुलुकलाई छ। उहाँले स्थायी सरकारको अभावका कारण मुलुकमा कालाबजारी, भ्रष्टाचार मौलाएको भन्दै जनतामा प्रत्यक्ष सरोकार राख्ने खाद्य पदार्थहरु गुणस्तरहीन विक्री वितरण गर्नेलाई आजीवन काराबासको सजाय दिनुपर्ने धारणा राख्नुभयो।

कोइरालाले राजनीतिक गर्नेहरुले राजनीतिलाई मात्र नभै जनताको स्वास्थ्यको विषयमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो।

पार्टीको आन्तरिक विवादको विषयमा टिप्पणी गर्दै कोइरालाले भन्नुभयो-पार्टी सभापतिले गरेको निर्णय कुनै हालतमा फिर्ता हुदैन, बहुमतले गरेको निर्णयलाई सबैले मान्नुपर्छ । उहाँले गिरीजाप्रसाद कोइरालाले भन्नुभएको सहमति, सहकार्य र एकता विना नेपाली जनताले शान्ति र संविधान पाउन नसक्ने दावी गर्नुभयो।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसकी सभासद कमला पन्तले जनतालाई मन्दविष खुवाएर मार्ने व्यापरीहरुलाई वाणिज्य विभागले कडा कानुन ल्याएर कारवाही गर्नुपर्ने धारणा राख्नुभयो।

Popularity: 4%

Add comment September 26th, 2011

सरकारले एक्लौटी रुपमा शान्ति प्रक्रिया अगाडि बढाउन सक्छ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ असोज । रक्षामन्त्री शरदसिह भण्डारीले काग्रेस एमालेले साथ नदिए सरकारले एकलौटी रुपमा रिग्रुपिङ गरेर शान्ति प्रक्रिया अगाडि बढाउने दावी गर्नु भएको छ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा मन्त्री भण्डारीले भन्नुभयो-शान्ति प्रक्रियामा माओवादी इमान्दार भएर आएकोले यस्तो बेला अरु दलले माओवादीलाई साथ दिनुपर्छ नभए सरकार एकलौटी रुपमा अगाडि बढ्छ।

साक्षात्कारमा उहाँले शान्ति प्रक्रियामा माओवादी एक्लै अगाडि बढ्न खोजे आफूले समेत साथ दिने घोषणा गर्नुभयो।

उहाँले भन्नुभयो-प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डले काग्रेस र एमाले नआए एक्लै शान्ति प्रक्रिया टुङग्याउने जुन घोषणा गर्नु भएको छ त्यसमा हाम्रो समर्थन छ। अरु दलले पनि साथ दिनु पर्छ नदिए आफै सकिन्छ।

मन्त्री भण्डारीले शान्ति प्रक्रियामा विवादास्पद विषयहरुमा सहमति भएपछि ४५ दिनमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति भएको भन्दै सरकार गठन भएको ४५ दिनमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने भन्ने कुरा बाहिरी हल्ला मात्रै भएको स्पष्ट पार्नुभयो।

उहाँले प्रधानमन्त्री स्वदेश फर्किसकेकोले अब यसै साता सेना समायोजन विशेष समितिको बैठक बसेर रिग्रुपिङको कार्य अगाडि बढाउने जानकारी दिनुभयो। मन्त्री सिहले नेपाली सेनाको लोकतान्त्रिकीकरण हुनै नसक्ने ठोकुवा गर्दै मधेसीलाई प्रवेश गराएर समावेशी बनाउने र सेना समायोजन गरेर मुलुकबाट द्धन्द्ध अन्य गर्ने विषयमा नेपाली सेना सकारात्मक रहेको बताउनुभयो। उहाँले माओवादी लडाकुलाई सिधै नेपाली सेनामा प्रवेश गराउने काम सम्भव नरहेको समेत स्पष्ट पार्नुभयो।

रक्षमन्त्री शरतसिंह भण्डारीले नेपाली सेनामा मधेशी मुलका युवाहरुको सामूहिक भर्ना प्रकृयाका लागि गृहकार्य सुरु भइसेकेको जानकारी दिदै नेपाली सेनाको मापदण्डकै आधारमा मधेशी युवाहरुको भर्ना गरिने स्पष्ट पार्नुभयो। समावेशी बनाउन नेपाली सेना पनि सकारात्मक रहेको उहाँको दावी थियो।

Popularity: 4%

Add comment September 26th, 2011

लुभेन क्षेत्रिय अधिवेशन भब्य रुपमा सम्पन्न

बिष्णु सापकोटा / एचकेनेपाल डट कम-
लुबेन, नेपाली जनसंपर्क समिति बेल्जियमको आसन्न तेश्रो अधिवेशन अन्तर्गत क्षेत्रिय समिति तथा केन्द्रिय प्रतिनिधि छनौटको लागि लुभेन क्षेत्रको अधिवेशन २५ सेप्टेम्बर २०११ का दिन लुभेन शहरमा भब्य रुपमा सम्पन्न भएको छ।

नेपाली जनसंपर्क समिति बेल्जियमका लुभेन क्षेत्रिय अध्यक्ष हरी धितालको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रम नेपाली जन संपर्क समितीका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्री पकवान, संस्थापक अध्यक्ष धुव्रराज पौडेल, संरक्षक गोविन्द सुवेदी, महाधिवेसन प्रतिनिधि बलिराम झा, जनसंपर्क समिति बेल्जियमकी संरक्षक तथा महाधिवेसन प्रतिनिधी श्रीमती जानकी गुरुङ्, नेपाली जनसंपर्क समितका पदाधिकारी, संरक्षक, सल्लाहकारहरू र लुभेन क्षेत्रका उल्लेख्य साधारण सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा लुभेन क्षेत्रका लागि अध्यक्ष नरहरी सापकोटा र सचिवमा जगदिश सापकोटा लगायत ८८ जना केन्द्रिय प्रतिनिधीको नामलाइ हलले निर्विरोध रूपमा पास गरेको थियो । चारै क्षेत्रका प्रतिनिधीहरुको नाम भने महाधिवेशनको चुनावी तालिका सहित बिस्तृतरुपमा प्रकाशित गर्ने जनसंपर्क समिति श्रोतले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि गंगागर गौतम, महासमिति सदस्य एवं नि.अध्यक्ष इन्द्र क्षेत्री पकवान, संस्थापक अध्यक्ष धुव्रराज पौडेलले आफ्नो मन्तव्य राख्नु भएको थियो। लुभेन क्षेत्रका निवर्तवान सचिव विशेष कामका कारण अनुपस्थिति गर्दा जनसम्पर्क समिति बेल्जियमका बरिष्ठ उपाध्यक्ष माधव सापकोटाले संचालन गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य नेपाली जनसंपर्क समितिका क्षेत्रिय सदस्य लोकराज सापकोटाले दिनुभएको थियो।

स्मरणीय रहोस् नेपाली जनसंपर्क समिति बेल्जियमको आसन्न तेश्रो महाधिवेसन आगामी २३ अक्टोबरमा लुभेन शहरमा हुदै छ।

Popularity: 4%

Add comment September 26th, 2011

हत्याको अभियुक्त १४ वर्षपछि पक्राउ

एचकेनेपाल डट कम-
आफ्नो दाजुको हत्या गरेर १४ वर्षअघि बेपत्ता भएका एक युवकलाई उदयपुर प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय खोटाङ समक्ष बुझाएको छ।

खोटाङ्गको लिकुवापोखरी–५ का सरोज भन्ने सुवास राईलाई उदयपुरको बेल्टारस्थित इलाका प्रहरी कार्यालय बेल्टारले सिद्धिपुर गाविसबाट शुक्रबार गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको थियो।

सुवास सहोदर दाजु शिवकुमारको हत्या गरी बुबा धनबहादुरलाई काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो।

Popularity: 4%

Add comment September 26th, 2011

रगतको हस्ताक्षर गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एचकेनेपाल डट कम-
एकीकृत नेकपा (माओवादी र मधेसी मोर्चाबीच द्वन्द्वकाल र मधेस आन्दोलनका बेला लागेका मधेसी र एमाओवादी निकट राजनीतिक नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने सहमतिको विरोध गर्दै महेन्द्रनगरका एक युवकले रगतको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाएका छन्।

सुदूरपश्चिम जागरण मञ्चका प्रवक्ता हेमबाबु लेखकले आइतबार आफ्नै रगतल्ो हस्ताक्षर गरेर कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

सरकार निर्माणका क्रममा भएको उक्त सहमतिले कानुनी राज्यको उपहास हुने भन्दै मुद्दा फिर्ता लिए समाजमा अपराध बढ्दै जाने भएकाले राजनीतिक आवरण ओढेर कानुनसित खेलवाड नगर्न आग्रह गरिएको छ।

कैलाली र कञ्चनपुरलाई टुक्र्याए सुदूरपश्चिम अपाङ्ग हुने भन्दै अहिले प्रस्तावित थरुहट वा सेती–महाकालीमध्ये कुनै पनि आफूहरूलाई स्वीकार्य नहुने मञ्चले जनाएको छ।

Popularity: 4%

Add comment September 26th, 2011

शान्ति र संविधानका लागि युवाले खबरदारी गर्नुपर्छ–नेता ओली

एचकेनेपाल डट कम-
नेकपा (एमाले) स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले शान्ति प्रक्रिया र संविधान लेखनको काम आगामी मङ्सिर १४ सम्ममा पूरा गर्नका लागि युवाहरूले खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको छ।

युवा सङ्घ नेपालले आयोजना गरेको विजयादशमी, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शान्ति प्रक्रिया र संविधान लेखनको काम टुङ्ग्याउनका लागि युवाहरूले आजैदेखि खबरदारी गर्नुपर्ने बताउनुभयो।

नेता ओलीले भन्नुभयो– शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याएर मङ्सिर १४ मा पनि संविधान जारी गर्ने कुनै लक्षण देखिएको छैन, यसका लागि युवाले मङ्सिर १३ गते हैन, आजैदेखि खबरदारी गर्न दबाबमूलक आन्दोलन सुरु गर्नुस्।

युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा युवा सङ्घले देशव्यापी खबरदारी गर्ने बताउनुभयो।

Popularity: 4%

Add comment September 26th, 2011

यसरी फैलिएको थियो हिजो बमको हल्ला

एचकेनेपाल डट कम-
काठमाडौँबाट भारतको नयाँदिल्लीका लागि उड्न धावनमार्गमा पुगेको भारतीय स्पाइस जेट विमानभित्र बम रहेको भन्ने यात्रुहरूले गरेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दिनभर खैलाबैला मच्चियो।

विमानमा यात्रारत पहेँलो वस्त्रधारी झण्डै ६० वर्षीया अमेरिकी नागरिक थ्रेस जोनरिनले कुराकानीकै क्रममा “यहाँ पनि त बम हुनसक्छ” भनेपछि त्यही भनाइलाई पत्याउँदै उनीसँगै यात्रारत चारजना भारतीय युवतीले विमानका चालकदलसम्म पुगेर यो कुरा जानकारी गराएका थिए।

मुम्बईका कुशानुमा जमदार, श्यामी खेर, सोनिदा खेर र अदिती पारेखले जोनरिनका कुरा पत्याएका थिए। हल्लासँगै विमानस्थलको धावनमार्गबाट विमानलाई बाहिर अलग राखेर दिनभर जाँच गरिएको थियो।

जाँच गर्ने क्रममा सूचना दिने चारैजना भारतीय युवती र अमेरिकी नागरिक जोनरिनलाई नियन्त्रणमा लिएर बेग्लाबेेग्लै सोधपुछ गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ। अपरान्ह ५ बजेसम्म गरिएको अनुसन्धानबाट विमानस्थलमा केही नभेटिएपछि उक्त विमान उडाउन अनुमति दिइएको थियो।

सोधपुछ गर्दा जोनरिनबाट प्रश्न अनुसारको उत्तर आउन नसक्नुका साथै उनको भनाइमा सत्यता नभएको निष्कर्ष विमानस्थल कार्यालयले निकालेको थियो।

जोनरिनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी नायब महानिरीक्षक नारायणप्रसाद बस्ताकोटीले बताउनुभयो।

Popularity: 4%

Add comment September 26th, 2011

चारबुँदे सम्झौतालाई राष्ट्रघाती भन्नु अन्धो राष्ट्रवादको उपज

एचकेनेपाल डट कम-
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव जितेन्द्रनारायण देवले चारबुँदे सम्झौतालाई राष्ट्रघाती भन्नु अन्धो राष्ट्रवादको उपज भएको बताउनुभएको छ।

फोरम(लोकतान्त्रिक)द्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवले ऐतिहासिक महत्व बोकेको सम्झौतालाई राष्ट्रघाती भन्ने र विरोध गर्नेहरू अन्धराष्ट्रवादी तथा यथास्थितिवादी भएको आरोप लगाउनुभयो।

अग्रगमन र प्रगतिशील धारलाई समातेर चारबुँदे सम्झौता भएको हो भन्दै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु र संविधान निर्माण गर्नु वर्तमान सरकारको प्रमुख कार्य भएको बताउनुभयो।

Popularity: 4%

Add comment September 26th, 2011

प्रधानमन्त्री भट्टराई स्वदेश फिर्ता

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, ९ असोज । संयुक्त राष्ट्रसङ्घको ६६औँ महासभामा भाग लिई प्रधानमन्त्री बाबुराम भट्टराई आज स्वदेश फर्किएका छन्।

प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारले स्वागत गरेका थिए।

औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्रीको स्वागतका लागि एनेकपा (माओवादी) का नेता तथा कार्यकर्ता, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी एवम् एनेकपा (माओवादी) का पोलिटब्यूरो सदस्य हिसिला यमी, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आज स्वदेश फर्केका छन्। (रासस)

Popularity: 4%

Add comment September 26th, 2011

निरज र सलिना बने मिस्टर एण्ड मिस पोखरा

मदन कोइराला / एचकेनेपाल डट कम-
पोखरा, ८ असोज । ट्रेनर नेपाल पोखराको आयोजनामा सम्पन्न दोस्रो इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा २०११ मा निरज पन्त मिस्टर पोखरा र सलिना गुरुङ मिस पोखरा २०११ भएका छन्।

पोखरा सभागृहहलमा सम्पन्न प्रतियोगितामा छात्रहरुको तर्फबाट कन्टेष्टेन्ट नम्बर १ निरज पन्त र छात्राहरुको तर्फबाट कन्टेष्टेन्ट नम्बर २ सलिना गुरुङ विजेता भएका हुन्। प्रतियोगितामा छात्रहरुको तर्फबाट निशान्त कुमार विश्वकर्मा र सन्तोष परियार क्रमस फस्ट रनर अप र सेकेण्ड रनर अप भए।

प्रतियोगितामा मिस्टर एण्ड मिस ट्यालेन्ट निशान्त कुमार विश्वकर्मा र सलिना गुरुङ, मिस्टर एण्ड मिस फोटोजेनिक सन्तोष परियार र रजनि गुरुङ, मिस्टर एण्ड मिस पर्सनालिटी निरज पन्त र कविता जि.सी., मिस्टर एण्ड मिस वेस्ट हेयर दिनेश सुनार र प्रिया गुरुङ, मिस्टर एण्ड मिस वेस्ट ड्रेस प्रयास रसाइली र झरना गुरुङ, मिस्टर एण्ड मिस वेस्ट स्माईल विजेन श्रेष्ठ र स्मारिका गुरुङ, मिस्टर एण्ड मिस फ्रेन्डसिप वालकृष्ण कार्की र प्रमिला गुरुङ, मिस्टर एण्ड मिस डिसीपिलीन सोसिव भुर्त्याल र कञ्चन खवास, मिस्टर एण्ड मिस क्याट वाक तेज लोप्चन र श्रुती शाह, मिस्टर एण्ड मिस ब्युटीफुल कम्पेल्कसन सन्तोष परियार र रजनी गुरुङ, मिस्टर एण्ड मिस कन्फिडेन्ट सोनिज गुरुङ र निता राना, मिस्टर एण्ड मिस वेस्ट परफमर सकेव आचार्य र सुकृति पन्त, मिस्टर एण्ड मिस स्मार्ट गंगाप्रसाद घले र शिक्षा के.सी., मिस्टर एण्ड मिस भियूर च्वाइस सोनिज गुरुङ र करिश्मा सुनार, मिस्टर फिजिक सुनिल पोख्रेल, मिस वेस्ट फिगर शिक्षा के.सी., मिस्टर एण्ड मिस स्पोर्ट निरज पन्त र सुकृति पन्त, मिस्टर एण्ड मिस टुरिजम सागर आशिष गिरी र सुशिला मल्ल ठकुरी, मिस्टर एण्ड मिस ब्यटीफुल आईज सोनिज गुरुङ र रन्जीता तिमील्सीना, मिस्टर चामिङ सन्नी गुरुङ र मिस व्युटिफुल करिश्मा सुनार हुन सफल भएका छन्।

मिस्टर एण्ड मिस पोखरा २०११ का बिजेताले ५०/५० हजारको नगद पुरस्कार राशी जित्न जितेका छन्। मिस्टर एण्ड मिस पोखराका विजेताले नगद पुरस्कारका साथमा क्राउन, ट्रफी, प्रमाण पत्र र करियर विकासका लागि राम्रो अवसर प्राप्त गर्ने समेत कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिए। मिस्टर पोखरा हुन सफल छात्रलाई रत्नश्री जिम हाउसमा र मिस पोखरा हुन सफल छात्रालाई हङकङ हर्वल व्यटी पार्लरमा एक वर्षका लागि व्राण्ड एम्बेसेडरको रुपमा नियुक्त समेत गरिएको छ।

कार्यक्रममा पोखरामा रहेर लामो समयसम्म फेसन डिजानिङमा लागेका साव्या बुटिङका वरिष्ठ डिजाइनर सावि शेरचन र कोरियोग्राफीको क्षेत्रमा लागेका वरिष्ठ कोरियोग्राफर आशिष श्रेष्ठलाई समेत सम्मान गरिएको छ। कार्यक्रममा पोख्रेली धुर्मुस र माग्ने बुढाको बेजोड हास्यप्रहसन, पपस्टारको कर्न्र्सट, भ्वाइस अफ पोखराका चारजना अन्तिम प्रतियागीहरुको प्रस्तुती, साल्सा क्लास, बिबोइङलगायत समेत रहेको थियो।

कार्यक्रममा वरिष्ठ पत्रकार गंगाधर पराजुली, वरिष्ठ साहित्यकार प्रकट पगेनी शिव, वरिष्ठ व्युटिसियन मिना गुरुङ र वराह ज्वर्लेरीका हरि के. धमला निर्णायक रहेका थिए। कार्यक्रममा वरिष्ठ गायक तथा सञ्चारकर्मी सरोज गोपाल व्रजचार्य प्रमुख अतिथि रहेका थिए। प्रतियोगीतामा फस्ट रनर अप र सेकेण्ड रनर अप हुन सफल प्रतियागीलाई विनकम मोवाइलका तर्फबाट मोवाइल समेत प्रदान गरिएको थियो। कार्यक्रमको संचालन मिडिया कोओडिनेर मदन कोइराला र रेखा पुरी गरेका थिए। इन्फोमेटिक्स कलेजको सहकार्यमा सम्पन्न उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजकको दावी छ।

Popularity: 11%

Add comment September 26th, 2011

सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ८ असोज । पोखरा रामबजारमा रहेको भ्याली स्पोर्टस क्लवको आयोजनामा आईतबारदेखि पोखरामा खुल्ला रारा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ।

पोखरा रङगशालामा आईतबार भएको उद्घाटन खेलमा आयोजक भ्याली स्पोर्टस क्लव एले ड्याम साईड क्लबलाई शून्यको बिरुद्ध ५ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो।

आयोजक भ्याली एको जितमा कप्तान बिजय गुरुङ र शिव श्रेष्ठले दुइ/दुइ र समिर गुरुङले एक गोल गरेका थिए।

विकास केसीको हृयाटि्रक र राजन अधिकारीको एक गोलको मद्दतले दोश्रो खेलमा शहीद मजदुर स्मृति क्लब बीले भिमकाली क्लब माथि ४-१ को जित दर्ता गर्यो। भिमकालीको तर्फबाट नरेश शेरचनले शान्त्वना एक गोल गरे।

आईतबारको अन्तिम खेलमा हल्लनचोक क्लबले सहारा एकेडेमीमाथि ३-१ को जित दर्ता गर्यो। हल्लनचोकको जितमा विकास तामाङको दुइ र विक्रम मगरले एक गोलको योगदान दिए। सहारा एकेडेमिको तर्फबाट रविन गुरुङले एक गोल गरे। सोमबार पहिलो चरणका ६ खेल हुने प्रतियोगिता संयोजक सम्मरबहादुर श्रेष्ठले बताउनु भयो।

यही असोज १४ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डआइजी) दुर्जकुमार राईले गर्नुभएको थियो। पोखरा भ्याली स्पोर्टस क्लवका अध्यक्ष क्याप्टेन थमनसिंह थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष खेमबहादुर गुरुङ, नेपाल सेभेन ए साईड फुटबल महासंघका केन्द्रीय अध्यक्ष नविन पुन, प्रतियोगिता संयोजक सम्मरबहादुर श्रेष्ठ, क्लवका सदस्य ज्ञानबहादुर थापा लगायतले बोल्नु भएको थियो।

Popularity: 4%

Add comment September 26th, 2011

पाईलटकै भुलबाट नेपालमा जहाज दुर्घटना हुन्छः विज्ञहरु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ८ असोज । उड्ययन जानकारहरुले नेपालमा पाईलटको गल्तीले नै हवाई जहाज दुर्घटना हुने गरेको दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै जानकारहरुले आईतवार विहान १९ जनाको ज्यान लिने गरी भएको बुद्ध एयरको विचक्राफ्ट विमान पनि मानवीय गल्तीकै कारण भएको हुन सक्ने अनुमान गरेका छन्।

साक्षात्कारमा बरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले विचक्राफ्ट विमान काठमाडौको विमानस्थलमा अवतरण गर्न त्यति टाढाबाट घुम्न नपर्ने दावी गर्दै भन्नुभयो-भीएफ आर र कन्ट्रोल फ्ल्याईट त्यति टाढाबाट घुम्नु पर्दैन र त्यति तल पनि ओर्लनु पर्दैन।

उनले आफूले उड्दा र ओर्लदा अपनाउनु पर्ने भीएफआर र आईएफआर नियम अनुसार प्रकृया पाईलटले नअपनाउँदा दुर्घटना हुने गरेको बताउनुभयो। उनले भने-दुर्घटनाहरु पाईलटहरुकै कमजोरीबाट हुन्छ । मौसमलाई दोष दिन हुँदैन। भट्टराईले नेपालमा प्राविधिक गडबडीका कारण नेपालमा अहिलेसम्म कुनै पनि दुर्घटना नभएको समेत जानकारी दिनुभयो।

विमान दुर्घटना सम्बन्धि अध्ययन गर्ने नेपालमा कोही पनि विज्ञ नभएको भन्दै नेपालमा हुने गरेका अध्ययन प्रतिवेदनको आधिकारिकता हुंदै नहुने उनको दावी थियो।

नेपाल बायू सेवा निगमका महाप्रवन्धक केवी लिम्बुले मानवीय गल्ती ( हुम्यान फेलियर)का कारण बुद्धको विमान दुर्घटना भएको दावी गर्दै उनले एयर पोर्टभन्दा धेरै टाढा जानु त्यो पनि धावनमार्गमा ओर्लदा हुने उचाईमा जहाज उडाउनु मानवीय गल्ती नै भएको बताए। उनका अनुसार विचक्राफ्ट त्यो पनि भीआरएफ उडाउँदा विमानस्थलको रनवे पाईलटले आखाँले देख्ने दूरीमा हुनु पर्छ तर यो धेरै टाढा छ। त्यसैले पनि यसमा मानवीय गल्ती नै छ।

अर्का पाईलट रविन्द्रकुमार शेरचनले नेपालमा अहिलेसम्म भएका छानविन आयोगले दिएका सुझावहरु कार्यान्वयन हुन नसक्दा नेपाली आकास सुरक्षित हुन नसकेको दावी गरे। उनले बुद्ध एयर दुर्घटना भएको स्थलसम्म अवतरण गर्न घुम्नै नपर्ने र एयरपोर्टमा ओर्लिदाबाहेक अरुबेला त्यति कम उचाईमा नउडाईने भएकोले पनि मानवीय गल्ती भएको दावी गरे।

जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद्ध राजेन्द्रप्रसाद श्रेष्ठले भिजिविलिटि कम भएको समयमा अवतरण गर्न नसक्दा दुर्घटना भएको बताए।

शनिवारनै विभागले मध्य र पश्चिम नेपालमा मौसम खराव हुने अनुमान सहितको रिपोर्ट विमानस्थललाई दिईसकेको अवस्थामा मौसमको पूर्वानुमानलाई ख्याल नै नगरी विमान उडाएको दावी उनको थियो।

श्रेष्ठका अनुसार आईतवार विहान साढे छ र साढे सात सम्मको एयरपोर्टको भिजिविलिटी ६ किलोमिटर रहेको र त्यो राम्रै भएपनि विमानबाटो मै खराव मौसमका कारण बादलभित्र पस्दा दुर्घटना भएको हुन सक्छ। उनले आफूहरुले एयरपोर्टको मौसमबारे जानकारी दिए पनि बाहिरको मौसम फरक हुन सक्ने समेत स्पष्ट पारे।

Popularity: 4%

Add comment September 26th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....