Archive for October, 2011

‘एक साथ’ विष्णु चेम्जोङ

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
पाँच वर्षअघि नेपाल वान च्यानलबाट प्रसारित रियालिटी शो ‘लक्स नेपाल स्टार’ की विजेता गायिका विष्णु चेम्जोङ अहिले आफ्नो पहिलो एकल एल्बम ‘एक साथ’ बजारमा ल्याउने तयारीमा छन्।

नेपाल स्टारमा विजयी भएर नगद ५ लाख हात पारेकी विष्णुले जितपछिका अधिकांश समय सांगीतिक कार्यक्रमहरुका लागि नेपालकै विभिन्न शहर तथा हङकङ, कोरिया, मलेसिया, दुबईलगायतका देशहरुमा घुमेर बिताइन् ।

धरानको सरगम संगीत विद्यालयमा संगीतको प्रारम्भिक शिक्षा लिँदालिँदै नेपाल स्टार भएकी विष्णु त्यसपछि गृहनगर धरान छाडेर काठमाडौंमा डेरा जमाउन पुगिन्। काठमाडौं बसाइमा उनले अध्ययनसँगै संगीतमा समेत आफूलाई तिखार्ने मौका पाइन्। यसैबीच उनले न्ह्यु बज्राचार्यको संगीत र बसन्त चौधरीको शब्दमा गाएको ‘किन तिमीले’ बोलको गीतसँगै उनको चर्चा पनि चुलियो। तीन वर्षअघि ११ औं इमेज एवार्डमा उनी सर्वोत्कृष्ट गायिकाको नोमिनेशनमा समेत परिन्।

लिम्बू भाषाको ‘थोक्ला’ र नेपाली भाषाको ‘चेसुङ’ लगायतका चलचित्रमा अभिनयसमेत गरिसकेकी विष्णुले आफ्नो सौन्दर्यसँगै ‘मिस नेपाल-२०११’ दरिलो उपस्थिति जनाइन्। सो प्रतियोगितामा ‘टप टेन’ मा परी ‘मिस ट्यालेण्ट’ को उपाधिसमेत जित्न उनी सफल भइन्।

‘कानुन’, ‘मृत्युञ्जय’ लगायतका चलचित्रमा पार्श्व गायन गरेकी विष्णु अब भने पूर्ण तयारीका साथ नेपाली सांगीतिक क्षेत्रमा आफूलाई उतार्दैछिन् ‘एक साथ’ एल्बममार्फत्। चर्चित संगीतकार न्ह्यु बज्राचार्यको एकल संगीत र वरिष्ठ कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको एकल रचना रहेको उनको एल्बम ‘एक साथ’ आगामी मङ्सिरभित्र बजारमा आउनेछ।

एल्बमको ‘हावामा’ बोलको गीतको म्यूजिक भिडियोसमेत बनिसकेको छ। यो भिडियोले टेलिभिजन च्यानलहरुमा राम्रो स्थान पाइरहेको छ भने अहिले निक्कै लोकप्रिय बन्दै गइरहेको छ।

एल्बम आउनुअघि नै उनी एल्बमको प्रचार-प्रसारको लागि दौडधुप गरिरहेकी छिन्।

Recent Videos:

Popularity: 5%

Add comment October 31st, 2011

सम्पादक बराल च्याउ खेतीतर्फ आकर्षित

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, सामान्यतया सम्पादकको काम भनेको समाचार सम्पादन गर्ने, सम्पादकीय लेख्ने, सम्पादन कक्षको नेतृत्व गर्ने, पत्रिकाको नीति निर्माण र नेतृत्व गर्ने हो। धरानको एक स्थानीय मर्निङ टाइम्स दैनिकका सम्पादक बासुदेव बराल भने जैबिक च्याउ खेतितर्फ लागेका छन्।

मोफसलको पत्रकारिता दिन प्रतिदिन खंस्कदै गएपछि नौ वर्षदेखि दैनिक पत्रिका चलाईरहेका सम्पादक बराल पत्रिकाको प्रकाशन खर्चमा समस्या आउन नदिन कै लागि च्याउ खेती गर्न लागेको बताउँछन्।


आफूले उत्पादन गरेको च्याउ देखाउदै सम्पादक बासु बराल।

नौ वर्षअघि धरानलाई कार्यक्षेत्र बनाएर प्रकाशन शुरु भएको मर्निङ टाइम्स दैनिकलाई नियमित प्रकाशन गर्ने उद्धेश्यले आफ्नो आर्थिक भार नपार्नका लागि पनि उनले च्याउ खेती गरेको बताए।

दैनिक धरानमा २ सय किलो च्याउको खपत हुने बताउँदै बरालले भने ‘बजार भए पनि धरानमा च्याउको उत्पादन नभएको देखेर च्याउ खेती शुरु गरेको हुँ। मुलुकमा अन्य व्यवसायको अवस्था राम्रो नभएको र अन्य व्यवसाय गर्दा पत्रिकामा समय दिन नसक्ने भएकाले बराल च्याउ खेतीतर्फ आकर्षित भएको बराल बताउछन्।

कृषिलाई आधुनिकिकरण गरे राम्रो आर्थिक उन्नती हुनसक्ने र परम्परागत कृषिले नेपाली कृषकहरुको अवस्था जहिले पनि जस्ताको त्यस्तै भएकाले च्याउ खेतीलाई केही आधुनिकीकरण गरेर शुरुवात गरेको हु बरालले भने आम्दानी बढाउन ठोलो मान्छे बन्नु भन्दा परिश्रम गर्नु नै राम्रो हो त्यसैले मैले पत्रकारीतासंगै च्याउ खेती सुरुवात गरेको हु।

नेपालमा उन्नत बीउको अभाव देखिएको भन्दै उनले च्याउको उत्कृष्ट बीउ भारतको सिलिगुडीबाट ल्याउने बताएका छन्। च्याउ उत्पादनका लागि करिब एकहजार पोका क्षमताको बेग्लै घर बनाएर उनले जैविक च्याउ उत्पादनको कार्य शुरु गरेका छन् । धरान १६ घर भएका बराल छिमेकीको जग्गा भाडामा लिएर च्याउ खेती सुरुवात गरेको बताउछन्। च्याउ उत्पादनसंगै माग बढेपनि धरानमा भएको पानीको अभावले उत्पादन बढाउन नसकेको बरालले दुखेसो पोखे। पानीको व्यवस्था हुन सके धरानमा खपत हुने च्याउ आफैले उत्पादन गर्नसक्ने उनले बताए।

दैनिक १५ केजि च्याउ उत्पादन गर्दै आएका बराललको च्याउ फर्ममा परिवारका सदस्य बाहेक अन्य दुइजना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्। च्याउ खेती शुरु गरेको दुइ महिनामै दैनिक १५ किलो च्याउ उत्पादन गर्न थालेका बरालले आफ्नो फर्ममा २० किलो दैनिक उत्पादनको क्षमता भएको बताए। च्याउको खुद्रा मूल्य धरानमा प्रति केजी १ सय ८० देखि २ सय सम्म रहेको वरालले जानकारी दिए।

हेर्दा सहज र सामान्य देखिए पनि च्याउ उत्पादन कार्य जटिल भएको उनले बताएका छन्। पहिले पराललाई सानो आकारमा काट्ने रातभरि चुना पानीमा भिजाउने र त्यसपछि करिब दुइ घंटा बफ्याउने काम पश्चात् मात्र च्याउ रोप्नका लागि कच्चा पदार्थ तयार हुने उनले बताए। तयार भएको कच्चा पदार्थ (पकाएको पराल) लाई सेलाएर बिउ र पराल संग संगै प्लाष्टिकमा प्याक गरेपछि एक महिनामा च्याउको उत्पादन शुरु हुने बरालले जानकारी दिएका छन्। उत्पादन शुरु भएपछि दिनमा तीन पटकसम्म पानी लगाउनु पर्ने भएकाले पानीको अभावमा च्याउ उत्पादन प्रभावित हुने उनको कथन छ।

Recent Videos:

Popularity: 5%

Add comment October 31st, 2011

सहारा क्लबको देउसी भैलोबाट २ लाख ९२ हजार संकलन

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १४ कार्तिक । पोखराको सहारा क्लबले नेपालीहरुको दोश्रो ठूलो चार्ड तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट २ लाख लाख ९२ हजार ८ सय ५ रुपैया संकलन गरेको छ।

२०५५ सालमा सथापित सहारा क्लब पोखराले आफ्नो स्थापनाकालदेखि नै नेपालीको महान चाड तिहारको उपलक्ष्यमा खेल्दै आएको “देउसी भैलो कार्यक्रमलाई यस पालि पनि निरन्तरता दिएको महासचिव केशवबहादुर थापाले बताउनु भयो।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

संकलित रकम सहारा क्लब पोखराद्धारा संचालित सहारा एकेडेमी सञ्चालानार्थ खर्च हुने क्लबका अध्यक्षम विक्रम थकालीले बताउनु भयो।

सँस्कृतिको जगेर्ना गर्दै, कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमीलाई सहयोग गरौं भन्ने मूलमन्त्रका साथ आयोजित कार्यक्रममा सहयोग गर्ने सबैप्रति क्लवले आभार व्यक्त गरेको छ।

Popularity: 4%

Add comment October 31st, 2011

पूजाको दियोबाट आगलागी

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, सुनसरीको धरान ४ स्थित छाता चोकमा रहेको एक घरमा आइतबार आगलागी भएको छ।
चोकमा रहेकको जुना जोशीको घरमा आगलागी हुदा ५ लाख भन्दा वढिको क्षति भएको प्रहरीले अनुमान गरेको छ। जोशीको घरमा भाडामा सञ्चालनमा रहेको चुमन चौधरीको काठमाडौ पाउ भण्डारबाट साझ ७ वजे सुरु भएको आगो राति साढे आठ वजे नियन्त्रणमा आएको थियो।

अगालागीबाट पाउ भण्डारसगै गोविन्द मैनालीको मैनाली पुस्तक पसल मनोज राईको ओम इलेक्ट्रोनिक्स तथा भरत दाहालको मोवाइल तथा डिभिडी तथा भिसिडी सेन्टरमा क्षति पुगेको छ।

पाउ भण्डारमा पूजाको लागि बालिएको दियोबाट सुरु भएको आगो धरान नगर पालिकाका २ वटा दमकल, स्थानीय जनपथ र शसस्त्र प्रहरीको प्रयासमा डेढ घण्टामा नियन्त्रणमा आएको थियो।

Popularity: 4%

1 comment October 31st, 2011

दशै तिहारमा धरान शान्तिपूर्ण

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १३ कार्तिक । चाड पर्वको वेला प्राउ अपराधिक घटना वढि हुने धरानमा विगतको दशैं तिहारको तुलनामा यसपटकको दशै तिहार शान्तिपूर्ण रहेको धरान प्रहरीको दाबी रहेको छ।

२०६७ सालको दशै तिहारको तुलनामा यस पटकको दशै तिहारमा शान्ति सुरक्षामा कडाइ गरिएका कारण घटनामा बृद्धि हुन नपाएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले विगतको दशैं तिहार भन्दा यसपटक शान्तिपूर्ण भएको दाबी गर्नुभयो। उहाँले यसपटक डाइसजन्य खेल, पट्का भित्रिन कम भएको साथै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पनि कम भएका कारण शान्तिपूर्ण रुपमा वितेको बताउनुभयो।

उहाँले पटकाजन्य विस्फाटक पदार्थ समेत नेपाल र भारतको सीमामा कडाइ गरिएका कारण भित्रिन कम भएको अघिल्लो बर्षको तुलनामा यसपटक धरानमा नगन्य रुपमा पटका पडि्एको बताउनुभयो। उहाँका अनुसार २०६७ सालको बडा दशै तथा तिहारमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुइ पुरुष र १ महिलाको मृत्यु भएको, अपहरणकाण्डमा २, लागू औषधमा नगन्य रुपमा रहेको भए पनि यसपटक अपहरण, सवारी दुर्घटनामा शून्य रहेको भए पनि चोरीको घटनामा भने दुइ जनालाई पक्राउ गरी कारबाही गरिएको बताउनुभयो।

Popularity: 4%

Add comment October 31st, 2011

सेभेन-ए-साइड फुटबलको टोली भारत प्रस्थान

प्रेमनारायण न्यौपाने /एचकेनेपाल डट कम -
पोखरा, १३ कात्तिक । एसियन सेभेन-ए-साइड फुटबल महासङ्घको आयोजनामा भारतको पर्यटकीय शहर गोवामा यही कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुन गइरहेको यु-१९ छात्र सेभेन-ए-साइड फुटबल प्रतियोगितामा भाग लिन नेपाली टीमको प्रतिनिधित्व गर्दै पोखराको सोसियल पब्लिक स्कुल त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल सेभेन-ए-साइड फुटबल महासङ्घद्वारा गत असोज १-७ गतेसम्म पोखरामा आयोजित तेस्रो अन्तरविद्यालयस्तरीय छात्र सेभेन-ए-साइड फुटबल प्रतियोगिताको सोसियल पब्लिक स्कुल विजेता बनेको थियो। प्रतियोगितामा भारतका २४ प्रदेशका विजेता टीम र नेपाल गरी २५ टीमको सहभागिता रहने छ।

प्रतियोगितामा सहभागी खेलाडीमा मनबहादुर तामाङ, सुशान्त गुरुङ, अजित भण्डारी, राजकुमार श्रेष्ठ, अजय श्रेष्ठ, भीमसेन दुरा, इनेश तामाङ, विश्वास नेपाली, किरण ठाडामगर र दीपेन्द्र कुँवर गरी १० जना, प्रशिक्षक ज्ञानेन्द्र भण्डारी र व्यवस्थापक दीपक थापासहितको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।

टोलीमा दुइ जना पत्रकार प्रेम नेपाली र धन बस्नेत तथा महासङ्घका प्रशिक्षक पुष्प केसी रहेका छन्। यस्तै दुइ दिने रेफ्री कोर्षमा भाग लिन रेफ्री सुशील केसी पनि टोलीमा सँगै रहेका छन्।

महासङ्घले आइतबार पोखरा रंगशालामा एक कार्यक्रमको आयोजना गरी टीमलाई बिदाइ गर्‍यो। सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, महासङ्घका अध्यक्ष नवीन पुनलगायतले खादा र अबिर लगाएर बिदाइ गरेका थिए।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले युद्ध र खेल उस्तै उस्तै भएकोले टीमले उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालको नाम राखेर आउने विश्वास व्यक्त गरे।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले विदेशमा खेल्न गइसकेपछि आफू समग्र देशको लागि खेल्दैछु भन्ने भाव खेलाडीहरुमा हुनुपर्ने बताए।

एसियन सेभेन-ए-साइड फुटबल महासङ्घका भाइस प्रेसिडेन्ट समेत रहेका नेपाल सेभेन-ए-साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुनको अध्यक्षतामा भएको कार्यक्रम महासङ्घका महासचिव डीबी नेपालीले सञ्चालन गरेका थिए।

Popularity: 4%

Add comment October 31st, 2011

एयरपोर्टका घुस्याहा बस्नेतलाई कारवाही गर्न अखितियारमा निवेदन

शेर्पा वर्ल्ड/ एचकेनेपाल डट कम-
काठमाडौ, १३ कार्तिक । हालै नेपाल एयरपोर्टमा भएको घुस काण्डमा संलग्न घुस्याहा कर्मचारी पूर्णबहादुर बस्नेत र उनका सहयोगीहरुलाई कडा भन्दा कडा कारवाही गरी कानुनी दायरामा ल्याउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिवार निर्देशन दिएलगत्तै पीडित पक्षधरले आज आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरेको छ।

नेपाल आदिबासी जनजाति महा संघ नेपाल, शेर्पा वर्ल्ड डट् कम, नेपाल शेर्पा संघ र नेपाल शेर्पा महिला संघले संयुक्त रुपमा अखितियारको कार्यालय गइ सचिव भगवतीप्रसाद काफ्लेलाई भेटी निबेदनसहित घुस काण्डको प्रमाणको डिभिडी बुझाएका छन्।

जानकारी अनुसार घुस्याहा बस्नेतलाई अध्यागमनमा पहिलो पटक उपास्थित गराई बयान लिएको जानकारी प्राप्त भएको छ।

नेपाल आदीबासी जनजाती महा संघ नेपाल, शेर्पा वर्ल्ड डट् कम्, नेपाल शेर्पा संघ र नेपाल शेर्पा महिला संघले गत बुधबार रिपोर्टर्स क्लवमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि घटनाबारे सञ्चार माध्यमहरुलाई जानकारी गराएका थिए।

Popularity: 4%

Add comment October 30th, 2011

कुमार श्रेष्ठको लोन्ली हर्टस विमोचित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ कार्तिक । नेपाली लेखक कुमार श्रेष्ठको अंग्रेजी भाषामा लिखित कथाहरुको सग्रह लोन्ली हर्टसको आइतवार एक कार्यक्रमको विच राजधानीमा विमोचन भएको छ।

साहित्यकार एवम् समालोचक डीपी भण्डारीले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा विमोचन गर्नु भएको हो।

अमेरिकामा रहेको माउण्ट रोजर बुक्स एलएलसीले प्रकाशित गरेको सो पुस्तकमा नेपालको कला संस्कृति, अन्धविश्वास, जिन्दगी, परम्परा, यहाँको बेरोजगारका कारण उत्पन्न द्वन्द र त्यसपछि देख्ने अमेरिकी जीवनको सपना बारे मनोरन्जक र मर्मस्पर्शी रुपमा मुद्दा उठान गरिएको छ।

प्रकाशकको तर्फबाट हरि शर्माले नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरु भए पनि आर्थिक अभावका कारण उनीहरुको प्रतिभा कृतिहरु प्रकाशन हुन नसकेको यथार्थ सुनाउँदै आफूहरुले नेपालका कृतिहरु अंग्रेजी र नेपाली जुन भाषामा रहेपनि प्रकाशन गरेर क्षमता उजागर हुन दिने मौकाको सुरुवात गरेको बताए। उनले कुमार श्रेष्ठको पुस्तक अर्न्तराष्ट्रिय स्तरको भएको भन्दै यसले छिट्टै बजार लिने दावी गरे।

कार्यक्रमका प्रमुख अथिति डीपी भण्डारीले संसारमा धेरै एक्लो रहेको अझै विकसित मुलुकहरुको जीवन नै एकाकी हुँदै गएको अवस्थामा कुमार श्रेष्ठको लोनली हर्टसले सबैको मन छुने र उनीहरुले नेपाली जीवन, परम्परा, संस्कृति र संस्कारबारे जानकारी पाउने विश्वास ब्यक्त गरे।

लेखक श्रेष्ठले पनि आफ्नो अप्रकाशित कृतिहरुलाई प्रकाशित गरेर अर्न्तराष्ट्रियकरण गरिएकोमा धन्यवाद दिदै यसले आफूलाई भविष्यमा लेखन कार्यमा समर्पित हुन अझै ठूलो प्रेरणा दिएको बताए।

Popularity: 4%

Add comment October 30th, 2011

बर्जु ताल लोप हुँदै

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी, संरक्षण अभावमा सुनसरीमा रहेको ऐतिहासिक महत्वको बर्जुताल लोप हुने अवस्थामा पुगेको छ।

१६५ विगाहा क्षेत्रफलमा फैलिएको बर्जु ताल महाभारतकालिन महत्वको ताल मानिन्छ।

तालको उचित संरक्षण नहुँदा ताल भूमाफियाको अतिक्रमणको शिकार बन्दै गएको छ भने ताल सुकेपछि चरण क्षेत्रमा परिणत बनेको छ।

तालको संरक्षणको लागि केही अघिदेखि प्रयास सुरु गरिएपनि पर्याप्त नभएको स्थानीयले बताएका छन्। ताल संरक्षण गर्न स्थानीय युवाहरुले गत भदौमा वृक्षरोपण गरेका थिए। तर गाईवस्तुले साना विरुवा खाइदिएपछि संरक्षणको साधारण प्रयास काम नलाग्ने सावित भएको हो।

विराट दरबारसँगै महाभारत कथासँग जोडिने यो ताल संरक्षणको लागि रकम र योजनाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

Popularity: 4%

Add comment October 30th, 2011

पोखरा क्रिकेट क्लबलाई उपाधि

प्रेमनारायण न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, १० कार्तिक । पोखरा क्रिकेट क्लब पिसीसीले पोखराको नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा सञ्चालन गरेको सर्वाधिक राशिको प्रथम क्लबस्तरीय खुल्ला क्लाउड-९ टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

उज्यालो संसार नेपालको आयोजनामा क्लाउड-९ इनर्जी ड्रिङ्सको मुख्य प्रायोजन, मनकामना केबुलकार प्रालिको प्रायोजन तथा वर्ल्ड टच प्रालि र पोखरा-काठमाडौं माइक्रो बसपार्कको सहप्रायोजनमा भएको प्रतियोगिताअर्न्तर्गत बिहीबार भएको फाइनल खेलमा लायन्स अफ क्लब एलओसीलाई ३० रनले पराजित गर्दै पिसीसीले नगद २५ हजार राशिको उपाधि जित्न सफल भएको हो।

टस हारेर व्याटिङ रोजेको पिसीसी २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १०४ रन जोडेको थियो । पिसीसीका व्याट्सम्यान इन्द्र गुरुङले एक छक्का र दुइ चौका हान्दै १८ बलमा सर्वाधिक २२ रन, विकास श्रेष्ठले एक छक्का हान्दै ३० बलमा १८ रन, गोविन्द्र प्रधानले एक छक्का हान्दै २१ बलमा १५ रन तथा अनन्त उदासले दुइ चौका हान्दै नौ बलमा १० रन जोडेका थिए।

एलओसीका बलरमा दिवाकरले चार ओभरमा १६ रन दिंदै चार विकेट, भिसनले चार ओभरमा १२ रन दिंदै दुइ तथा निरजले चार ओभरमै २५ रन दिंदै दुइ विकेट लिएका थिए।

१०५ रनको चुनौती पाएको एलओसी १८.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा सीमित भएको थियो । एलओसीका व्याट्सम्यान भिसनले एक छक्का, दुइ चौका हान्दै २७ बलमा २८ रन, सुरजले २६ बलमा १५ रन तथा निरज १३ बलम १२ रन जोडेका थिए । पिसीसीका बलरमा इश्वरले चार ओभरमा तीन विकेट लिंदै ११ रन तथा म्यान अफ दी म्याच प्रदीप राउतले चार ओभरमै तीन विकेट लिंदै २३ रन दिएका थिए।

प्रतियोगितामा विजेता टीम पिसीसीले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता एलओसीले नगद १७ हजारमा चित्त बुझायो। प्रतियोगितामा एलओसीका योगेश सुवेदी बेस्ट बलर, पिसीसीका विकास श्रेष्ठ बेस्ट व्याट्सम्यान तथा पिसीसीकै अनुज सिग्देल म्यान अफ दी सिरिज घोषित हुँदै ट्रफी प्राप्त गरे।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेशकुमार गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजू, उपाध्यक्ष देवीजंग गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष मोहन घले, प्रशिक्षक जगत टमटालगायतले पुरस्कार प्रदान गरेका थिए। विजेता टीमलाई मनकामना दर्शन प्रालि पोखराको तर्फबाट १३ वटा केबुलकार टिकट प्रदान गरिएको थियो। सो अवसरमा खेलकुद पत्रकारितामार्फत खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने तथा नेपाललाई सन् २०१२ मा अष्ट्रेलियामा हुन गइरहेको यु- १९ विश्वकप क्रिकेट प्रतियोगितामा प्रवेश गराउन प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक जगत टमटालाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि गुरुङले न्यौपाने र टमटालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए। प्रमुख अतिथि गुरुङले अहिले जिल्ला र क्षेत्रमा राम्रो टीम आएकोले पोखराको क्रिकेट मैदान तथा रंगशाला बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजू, उपाध्यक्ष देवीजंग गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष मोहन घले, सम्मानति व्यक्तित्व प्रेमनारायण न्यौपाने र प्रशिक्षक जगत टमटाले पनि बोलेका थिए। कात्तिक ६ गतेदेखि सञ्चालित सो प्रतियेगितामा स्याङ्जासहित कास्कीका गरी १२ टीमको सहभागिता रहेको थियो। उज्यालो संसार नेपालका अध्यक्ष अमरजंग गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेल संयोजक जयप्रकाश थापा र सचिव दिलकुमार तामाङले पनि बोलेका थिए।

Popularity: 4%

Add comment October 30th, 2011

सुरू भयो छठ पर्व

एचकेनेपाल डट कम संवाददाता-
तराईबासी नेपालीको महान चाड छठ पर्व आजदेखि सुरू भएको छ। कात्तिक शुक्ल सप्तमीको दिन बिहान उदाउदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने यो पर्वका ब्रतालुहरुले आजदेखि माछा मुसुराको दाल लगायतका खाद्यवस्तु नखाइ ब्रतको विधि सुरु गर्ने गर्छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्धेश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ।

काठमाडौंमा बस्ने तराईबासीले विगत केही वर्षदेखि रानीपोखरीमा भेला भई सो पर्व मनाउँदै आएका छन्।

सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ। चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन्।

यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ।

उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैँले बनाएको सात्विक भोजन गर्ने गर्छन्।

Popularity: 10%

Add comment October 30th, 2011

संख्या र पुनर्स्थापना प्याकेज बाहेक सबै कुरामा सहमति

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ कार्तिक । सेना समायोजना विशेष समितिका सदस्य एवम नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले समायोजन हुने लडाकुको संख्या र पुनर्स्थापना प्याकेज कति दिने भन्ने बाहेकको सबै विषयमा दलहरुवीच सहमति भईसकेको खुलासा गरेका छन्।

रिपोर्टस क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा नेता रिजालले काग्रेसले समायोजन हुने लडाकुको संख्या ५ हजारसम्म , पुनर्स्थापना प्याकेज ३ देखि ६ लाख रुपैया रुपैयासम्म हुनेमा सहमति जनाएपनि माओवादीले ७ हजार र ७ देखि १० रुपैयाको प्याकेज हुनु पर्ने अडान राखेका कारण कुरा मिल्न नसकेको जानकारी दिए।

साक्षात्कारमा उनले भने-भारत भ्रमण अघि नै प्रधानमन्त्रीले सहमति गर्ने भनेपछि काग्रेस ४ हजारबाट ५ हजार र २ देखि ४ लाखबाट ३ देखि ६ लाख राहत प्याकेज दिने अवस्थामा पुगेको हो।

डा. रिजालले माओवादी लडाकुको समायोजन हुँदा ब्यक्तिगत आधारमा हुने र विकास, दैवी प्रकोप उद्धार, औद्योगिक सुरक्षा र बन सुरक्षमै हुने त्यसले सेनाले गर्ने जस्तो नियमित प्रकारको सैन्य ड्यूटी गर्न नपाउने स्पष्ट पारे । उनले अन्तरिम संविधानमै ब्यक्तिगत क्षमताको आधारमा समायोजन हुने भनेर उल्लेख भएकोले काग्रेस त्यसबाट बाहिर जान नसक्ने स्पष्ट पारे । उनले भने-अन्तरिम संविधानभन्दा बाहिर गएर सेना समायोजन हुन सक्दैन। समूहगत समायोजनाले कसैको पनि हित गर्दैन।

यथास्थितिमा संविधानसभाको म्याद थप्ने अवस्था नरहेको भन्दै शान्ति प्रक्रियामा ठोस उपलब्धि हासिल गर्ने हो भने सहमतिमा म्याद थप्न सकिने समेत रिजालले स्पष्ट पारे। उनले भने-यथास्थितिमा संविधान सभाको म्याद थप्ने विषयमा जनताले विश्वास गर्दैनन्। जनतालाई विश्वास हुने बातावरण बनाएर म्याद थप्नु पर्छ।

शान्ति प्रक्रिया अगाडि नबढ्ने हो भने १२ बुदे सहमतिबाट सुरु भएको दलहरुवीचको सहकार्यको यात्रा समाप्त हुने भन्दै उनले शान्ति प्रक्रिया अगाडि बढाउनुको विकल्प माओवादीसँग नभएको बताए। उनले शान्ति प्रक्रियामा सहमति हुने अवस्था रहेको जानकारी दिदै संख्या र प्याकेजबाहेक अरु विषयमा दलहरु हस्ताक्षर गर्ने अवस्थामै पुगेको बताए।

Popularity: 4%

Add comment October 29th, 2011

काँग्रेस एमालेले सर्त फिर्ता नलिए शान्ति प्रक्रिया अगाडि बढ्दैनः बादल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ कार्तिक । एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले सेना समायोजनमा काग्रेस र एमालेले राखेको संख्या, मोडालिटि, नेतृत्व र पुनर्स्थापनाको प्याकेजमा राखेको सर्त फिर्ता नलिएसम्म शान्ति प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्न नसक्ने बताउनुभएको छ।

हिमालयन टेलिभिजमा आज राति साढे नौ बजे प्रशारण हुने द आरडी सोका लागि ऋषि धमलालाई अर्न्तवार्ता दिदै बादलले काग्रेस र एमालेले राख्दै आएको सर्त आफूहरुलाई स्वीकार्य नभएको स्पष्ट पार्नुभयो।

उहाँले शान्ति प्रक्रिया अगाडि बढ्ने भन्दा पनि पछाडि तिर धकेलिदै गएको भन्दै अहिले शान्ति प्रक्रिया अगाडि बढ्न नसक्ने बताउनुभयो।

महासचिव बादलले आफूहरु सामूहिक समायोजन, माओवादी लडाकुको नेतृत्वमा महानिर्देशनालय गठनको पक्षमा रहेको भन्दै ८ हजारभन्दा कम समायोजना, १० लाख भन्दा कम पुनर्स्थापना प्याकेज स्वीकार्ने पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो। उहाँले काग्रेस र एमालेले माओवादी लडाकुलाई आत्मसमर्पण र निशस्त्रीकरण गराउन खोजेको आरोप लगाउँदै कुनै पनि हालतमा त्यस्तो हुन नदिने चेतावनी दिए।

आगामी केन्द्रीय समितिको बैठकमा सरकार गठनको सन्दर्भमा भएको चार बुँदे सम्झौता, लडाकुको हतियार राखेको कन्टेनरको साचो बुझाउने र वीप्पा सम्झौताको विषयमा रहेको विवादको छिनोफानो हुने भन्दै प्रधानमन्त्रीले पार्टीको निर्देशन विपरित विप्पा सम्झौता गरेकोले त्यसको विषयमा गम्भीर छलफल हुने जानकरी दिनुभयो।

उहाँले पार्टी अध्यक्ष प्रचण्डले भारतको सिलगुडीमा र का अधिकारीलाई भेटेको विषयमा बैठकले स्पष्टिकरण लिने भन्दै हरेक भेट पारदर्शी बनाउने विषयमा बैठकले ठोस निर्णय गर्ने समेत बताउनुभयो।

उहाँले पार्टीको नेतृत्वमा रहेको सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई भारत भ्रमणबाट फर्केपछि पार्टीले नभई जनताले कालो झण्डा देखाएको दावी गर्नुभयो। महासचिव बादलले पार्टीभित्र पनि प्रतिपक्ष चाहिने भन्दै आफूहरुले पार्टीभित्र प्रतिपक्षको रुपमा रचनात्मक भूमिका खेलेको दावी समेत गर्नुभयो।

Popularity: 4%

Add comment October 29th, 2011

मलेसियामा ३ नेपाली महिलाको दुर्घटनामा मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
मलेसिया, ११ कात्तिक । मलेसियामा ३ नेपाली महिलाहरूको सडक दुर्घटनामा परि मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक डिल कुमारी श्रेष्ठ (राहदानी नं ०५५५६१२८), झापाकी कमलादेवी गुरागाईं (राहदानी नं. ०५४७२२७१) र सोही जिल्लाकी गुम्दाकी दिल माया गुरुङ (राहदानी नं. २५८१९३५) रहेका छन्।

नेपालबाट रोजगारको लागि मलेसिया पुगेको केही घण्टामा उनीहरूको सडक दुर्घटनामा परि मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट केलाङस्थित टप ग्लोब कम्पनीतर्फ जाँदै गर्दा उनीहरु सवार भ्यान दुर्घटना हुंदा उनीहरूको मृत्यु भएको जनाइएको छ। सोही दुर्घटनामा अरू पनि घाइते भएका छन्। घाइतेमध्ये १२ जनाको सामान्य उपचारपछि कम्पनीको आवासगृहमा राखिएको छ। घाइतेमध्ये फालावाङ्ग २, सल्यानका मन बहादुर वलि, चुलाचुली-३ की जीना राई, गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

दूतावासले मृतक ३ जनाको क्षतिपूर्ति तथा जीवन विमा उपलव्ध गराउन कम्पनीसंग कुरा भइरहेको जनाएको छ।

Popularity: 4%

Add comment October 29th, 2011

अनेसास कुवैतको लक्ष्मी जयन्तीमा मनसुनको गजल विमोचन

तोयानाथ उपेक्षित, राजन रिमाल / एचकेनेपाल डट कम-
अन्तर्राष्ट्रिय नेपाली साहित्यीक समाज कुवैतले शुक्रवार कुवैत सिटीको मुर्गाबस्थित नेपाली रेष्टुरेण्ट सोल्टीमा एक साहित्यिक भेला डाकी लक्ष्मी जयन्ती मनायो।

उक्त अवसरमा अनेसास कुवैत च्याप्टरका सचिब मनोज काफ्ले मनसुनको हालै प्रकाशित प्रथम कृति आज एक्लैको समेत विमोचन गर्यो।

महाकवि लक्ष्मीप्रसाद देबकोटाको १०३ औ जन्मोत्सब मनाउने आयोजित उक्त कार्यक्रम गत बर्ष नेपाली दूतावास कुवैतले आफ्नै प्राङ्गणमा आयोजना गरेको थियो भने अनेसासले सुकुल कवीर पार्कमा आयोजना गरी मनाएको थियो। नेपाली दूतावास कुवैतका राजदूत मधुवन पौडेल आफै एक साहित्यिक सर्जक रहेका कारण गत बर्ष दूतावासले सार्वजनिक रुपमा सवैलाई आव्हान गरेको थियो भने यस वर्ष दूतावासका तर्फबाट लक्ष्मी जयन्तीको कुनै कार्यक्रम आयोजना गरेको पाईएन।

अनेसास कुवेत च्याप्टरका अध्यक्ष राजन रिमालको सभापतित्वमा र तोयानाथ उपेक्षितको सञ्चालनमा सम्पन्न लक्ष्मी जयन्तीमा एक दर्जन कवि तथा कवयित्रीले आ आफ्ना कविता बाचेका थिए। आपसमा परिचय पश्चात लक्ष्मीको फोटोमा माल्यार्पय पालैपालो गरिएको थियो।

कार्यक्रमको अर्को चरणमा गजलकार मनोज काफ्ले मनसुनको गजल संग्रह आज एक्लैलाई कार्यक्रमका सभापतिले विमोचन गर्दै कृतिको समिक्षा गरेका थिए। नेपाली समाज कुवैतमा कार्यरत मनसुनको गजल विधाका अलाब गीत संगीतमा समेत गहिरो रुची पाईन्छ। उनले केही महिना मात्रै चन्द्र दोहनी नामक गीति एलबम बजारमा ल्याएका छन। उनी नेपाल कुवेत डट कम तथा मरुभूमिको कोसेलीको सम्पादक हुन्। खास गरेर साहित्य फाँट हेर्न मनसुनको पहिलो कृतिलाई अभिजमान स्मृति ट्रष्टले प्रस्तुत गरेको हो। आफ्नै मातापिताका नाममा समर्पित उक्त पुस्तकमा ६५ वटा गजल समेटिएका छन्।

एलादी ४ स्याङ्गजा गण्डकी जन्म स्थान भएका मनसुनको हालको ठेगाना भने भलबारी रुपन्देही हो। केही बर्ष पहिले रोजगारीका क्रममा कुवैत आएका मनसुनले बनारस भारतबाट शास्त्री गरेका हुन्। मनसुनका केही थप केही गजल र कविता संग्रह प्रकाशोन्मुख अवस्थामा रहेको कुरा उक्त विमोचनका अवसरमा उनले बताए।

Popularity: 4%

Add comment October 29th, 2011

दाहाल पक्षका जमकट्टेललाई आक्रमण गर्ने बाबुराम पक्षका

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का सभासद् एवम् मजदुर नेता शालिकराम जमकट्टेलमाथि भएको आक्रमणको घटनामा उहाँ आबद्ध रहनुभएको मजदुर सङ्गठनकै एक पक्षको हात रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा पूर्वमाओवादी लडाकु राम पुडासैनी, इन्द्रबहादुर शाही, सुदीप कार्की, कमल बुढाथोकीलाई सार्वजनिक गरेको छ।

घटनाको योजनाकारमा जमकट्टेल संलग्न रहेको मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियनका निवर्तमान सचिव एवम् अखिल नेपाल होटल सङ्गठनका अध्यक्ष रमेश पन्त भनिने तारायणनिधि पन्त रहेको अनुसन्धान ब्युरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमलसिंह बमले जानकारी दिनुभयो।

मजदुर सङ्गठनभित्रको होडबाजी र आन्तरिक मतभेदका कारण सभासद् जमकट्टेलमाथि आक्रमण भएको अनुसन्धानको क्रममा देखिएको प्रहरीले बताएको छ। आक्रमणमा संलग्नहरु प्रधानमन्त्री डा बाबुराम भट्टराईका निकट व्यक्तिहरु रहेको स्रोतहरुको भनाइ छ।

घटनाका मुख्य योजनाकार पन्त भने फरार रहेका र चारमध्ये तीनलाई हेटांैडा र एक जनालाई चाबहिलबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बमले जानकारी दिनुभयो।

सभासद् जमकट्टेलको हत्या गर्ने मनसायबाट गत भदौ १० गते काठमाडौँको बबरमहलमा सडकमा हिँडिरहेको बखत टाउकोमा रड प्रहार गरिएको थियो। सो आक्रमणबाट जमकट्टेल गम्भीर रुपमा घाइते हुनुभएको थियो।

Popularity: 5%

Add comment October 28th, 2011

संविधानको मस्यौदा समयमै आउँछ—मन्त्री किराती

एचकेनेपाल डट कम संवाददाता-
सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीले आगामी मङ्सिर १४ गतेभित्र नयाँ संविधानको मस्यौदा सार्वजनिक गरिने बताउनुभएको छ।

शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित स्थापनाको चौथो दिवस तथा शङ्खधर सम्मान कार्यक्रमको उद्घाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो।

अग्रगामी संविधान लेख्न नदिने पार्टीका सभासद्हरु पनि संविधानसभामा रहेको उल्लेख गर्दै तिनीहरुसँग अग्रगामी संविधान लेख्न चाहनेहरुले आत्मसमर्पण गर्न नसक्ने बताउनुभयो।

मन्त्री किरातीले आफ्नो सरकार हुँदा २०६५ सालमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा घोषणा गरे पनि त्यसपछिका सरकारले यसलाई व्यवहारमा लागू गर्न कुनै पहल नगरेकाले समस्या आएको टिप्पणी गर्नुभयो।

Popularity: 4%

Add comment October 28th, 2011

साहित्यकार यज्ञनिधिलाई उपचार खर्च धान्न कठिन

एचकेनेपाल डट कम संवाददाता-
दश वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरिएका साहित्यकार दाहाल यज्ञनिधिको नियमित औषधि उपचारका लागि मासिक करिब रु एक लाख खर्च लाग्न थालेको छ।

‘एन्टी बडी रिजेक्सन’ भएपछि गत असोज २५ गते भारतको चेन्नाइमा उपचारका लागि जानुभएका साहित्यकार दाहाल त्यहाँबाट स्वदेश फर्केपछि पनि महङ्गा औषधिको सेवन गर्नुपर्ने भएकाले उहाँलाई खर्च जुटाउन धौधौ पर्ने भएको छ।

नागार्जुन साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका दाहालले आफूलाई माइसेप्ट, टाकोलिम्सेजस्ता महङ्गा औषधि नियमित सेवन गर्नुपर्ने बताउनुभयो।

उहाँलाई त्यहाँको सेन्ट थोमस माउन्ट अस्पतालमा वरिष्ठ मृगौला रोग विशेषज्ञ पी रविचन्द्रन्ले परीक्षण गर्नुभएको थियो।

भारतको उपचार र बसाईका क्रममा मात्रै रु चार लाख ३० हजार खर्च भएको उहाँले बताउनुभयो।

साहित्यकार दाहालको उपचारमा सघाउन नेपाल प्रज्ञा प्रतिष्ठानले गत वर्ष रु. २५ हजार प्रदान गर्ने गरे पनि सो रकम न्यून भएको भन्दै उहाँले हालसम्म सो रकम नलिएको पनि जानकारी दिनुभयो। (रासस)

Popularity: 4%

Add comment October 28th, 2011

आज भाई टीका मनाईदै

एचकेनेपाल डट कम संवाददाता-
हिन्दूहरूको महान् चाड तिहारको आज अन्तिम दिन घर घरमा भाइटीका मनाईदैछ। भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाईको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका, सयपत्री र गोदावरीको माला लगाई दिइ सगुन, मिठाइ, फलफूल, ओखर, कटुसका साथै सेलरोटी दिने चलन छ। दिदीबहिनीले टिका लगाई दिएपछि दाजुभाईले गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ।

दिदीबहिनीले टीका लगाइदिंदा बिधी अनुसार मण्डप बनाई अष्टचिरिञ्जीविको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलिने दुबो, मखमली र सयपत्री फूलको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्छन्।

सत्ययुगमा आजको दिन बहिनी यमूनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारको खानेकुरा ख्वाएको भन्ने किवंदन्ती छ। किवंदन्तीका अनुसार यमूनाको आतिथ्यबाट खुशी भै यमूनाको इच्छा अनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाईले परस्परमा पूजाआजा गरी इच्छासिद्धी गर्न पाउन् भने यमराजले बरदान दिएको बताइन्छ। त्यसै बेलादेखि कार्तिक शुक्ल द्धितीयका दिन भाइटीका मनाईने परम्परा बस्दै आएको बताईन्छ।

Popularity: 10%

Add comment October 28th, 2011

छठअघि नै सहमति बनेर शान्ति प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० कार्तिक । प्रधानमन्त्री डा बाबुराम भट्टराईले छठअघिनै प्रमुख दलवीच सहमति बनेर रोकिएको शान्ति प्रक्रिया अगाडि बढ्ने दावी गर्नु भएको छ।

अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि दवावमूलक देउसी भैलो कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले शान्ति प्रक्रियाका थोरै मात्रै विषयमा सहमति बन्न बाँकी रहेकोले आगामी कार्तिक १३ गते तीन प्रमुख दलको बैठक बसेर बाँकी रहेका विषयमा सहमति कायम गरेर शान्ति प्रक्रिया अघि बढ्ने बताउनुभयो।

उहाँले आफ्नो भारत भ्रमण अघिनै धेरै विषयमा सहमति बनिसकेको भन्दै अब रोकिएकै ठाँउबाट छलफल गरेर सहमति कायम गरिने बताउनुभयो। प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्किने वित्तिकै फेरि सहमतिको लागि छलफल आफूले सुरु गरिसकेको जानकारी दिदै बुधवार नेपाली काग्रेससँग छलफल गरेको र शनिवार एमालेसँग छलफल गरेर १३ गते तीन दलवीच निर्णायक छलफल हुने बताउनुभयो।

शान्ति प्रक्रिया अगाडि नबढी संविधान निर्माण प्रक्रिया अगाडि नबढ्ने भएकोले शान्ति प्रक्रियामा गाँठो परेको भन्दै प्रधानमन्त्रीले प्रमुख दलवीच सहमति हुनु पर्ने संबैधानिक प्रवाधानकाकारण शान्ति प्रक्रिया र संविधान निर्माणमा केही ढिलाई भएको बताउनुभयो । उहाँले भन्नुभयो-एकपक्षीय रुपमा गर्न सक्ने काम मैले तत्कालै गरिसके बाँकी काम एक्लै गर्न सकिदैन त्यसैले केही ढिला भएको हो।

प्रधानमन्त्रीले सुशासन र राहतका धेरै कार्यक्रम आफूले गर्न चाहेपनि संयूक्त सरकार भएकोले चाहेजस्तो काम गर्न नसकेकोले जनताले प्रत्यक्ष अनुभूत गर्न नसकेको भन्दै उहाँले दुइ महिनाको अवधि धेरै नभएपनि आफूले धेरै काम गरेको दावी गर्नुभयो।

आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको भन्दै प्रधानमन्त्री भट्टराईले नेपाल र भारतवीचको समस्यामा भ्रमणले आईसब्रेक गरेको बताउनुभयो। उहाँले भन्नुभयो- मेरो भ्रमणले दुइ मुलुकवीच रहेको समस्या समाधानको दिशामा आईसब्रेक भएको छ । लामो समयदेखि जमेर बसेको हिउ पग्लिन थालेको छ।
उहाँले भारतसँग नेपालको कारोवार धेरै हुने भएकोले समस्य पनि भएको भन्दै त्यसमा रहेको बुझाईको विविधतालाई आफ्नो भ्रमणले विश्वास बढाएको बताउनुभयो।

उहाले वीप्पाको विषयमा बुझ्दै नबुझेकाहरुले नबुझिकनै विरोध गरेको भन्दै पछिल्लो समयमा विप्पा राष्ट्रिय हितमै भएको कुरा उनीहरुले बुझ्न थालेको बताउनुभयो।

रोजगारी र निर्यात बढाउन विप्पा जस्ता सम्झौता नगर्ने हो भने मुलुकको अर्थतन्त्र टाट पल्टिने भन्दै आफूले त्यही बुझेर सम्झौता गरेको धारणा ब्यक्त गर्नुभयो।

प्रधानमन्त्रीले वीप्पा सम्झौता लामो समयदेखि कर्मचारी तहमा छलफल भएर सहमति भएको विषय भएको भन्दै पार्टीमा देखिएको विप्पा सम्बन्धी विवादले शान्ति प्रक्रियालाई कुनै असर नपार्ने दावी गर्नुभयो। उहाँले संकटकाल, यूद्ध र विद्रोहको कारणबाहेक मजदुर आन्दोलन जस्ता विषयले भएको क्षतिको क्षतिपूर्ति वीप्पा अर्न्तगत सरकारले दिन नपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो-मजदुर हडतालबाट हुने क्षतिको क्षतिपूर्ती दिनु पर्दैन।

उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा दलहरुवीच मोटामोटी सहमति भएको र राज्यपुनर्संरचनाको लागि विज्ञहरुको समिति गठन गर्ने विषयमा पनि सहमति भएकोले संविधान लेखनकार्य जटिल नभएको उल्लेख गर्दै शान्ति प्रक्रिया अगाडि बढ्ने वित्तिकै संविधान निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो।

उहाँले राज्यपुनर्संरचना सहितका केही विवादित विषयलाई पछि समावेश गर्ने गरी मंसिर १४ अघिनै संविधानको प्रारम्भिक मस्यौदा जारी गर्न सकिने विश्वाससमेत ब्यक्त गर्नुभयो।

त्यसअघि, रिपोर्टर्स क्लबको टोलीले प्रधानसेनापति छत्रमान सिह गुरुङ, पूर्व रक्षामन्त्री शरदसिह भण्डारी, स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी, बनमन्त्री बकिल मुसलमान, गृहमन्त्री विजयकुमार गच्छदारको निवासमा पनि देउसी खेलेको थियो। क्लबको देउसीमा नेताहरुले भट्याउनेसँगै मादलको तालमा नाचेका थिए भने क्लबको शान्ति र संविधानको अभियानको सरहानासमेत गरेका थिए।

Popularity: 4%

Add comment October 27th, 2011

कुवेतमा देउसी-भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न

जय आले, कुवेत /एचकेनेपाल डट कम -
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सकृयतामा कुवेतमा २६ अक्टोबर २०११ (लक्ष्मी पूजा)को दिन, बेलुकीको ठिक ७.०० बजेदेखि शुरु गरिएको देउसी-भैलो कार्यक्रम मध्यरातको ३.०० बजे सम्पन्न भएको छ।

क्लवले आफ्नो १३ बर्षे कार्यकालमा पहिलो चोटि कुवेतवासी नेपालीहरुको आँगनीमा पुगी ‘बिभिन्न नेपाली संस्कृतिहरु हुबहु झल्कने गरी’ डम्फु, मादल, गीतार, तबेला र नेपाली देउसी गीतहरुको तालमा झुम्दै विधिवत रुपमा देउसी-भैलो खेलेको हो भनें यस देउसी-भैलो खेलिनुको स्पष्ट उद्देश्य भने आगामी फेब्रुअरी २०१२ मा क्लवको आयोजनामा कुवेतमा सञ्चालन हुन गईरहेको दोश्रो सार्क स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) लाई प्रबासी भूमिमा नेपाल र नेपालीको नाम रोशन पार्दै सफल पार्नु रहेको छ।

क्लवको उक्त राष्ट्रिय अभियानमा सरिक भई खुशीका साथ स्वागत गर्दै, थालभरी सेल रोटी, बिभिन्न परिकारका नेपाली भोजन र मिष्ठान्नहरु खान दिई देउसी-भैलोमा भरपूर दान दिनुहुने दानबीर महानुभावहरु हुनुहुन्छ: श्याम लामा (सदस्य मेनपावर एसोसियसन), राम तामाङ् (सदस्य मेनपावर एसोसियसन), राज कुमार थापा (उपाध्यक्ष NRNA कुवेत), दिनेश परियार (सदस्य मेनपावर एसोसियसन), कुमार झापाली (अध्यक्ष जन-प्रगतिशिल मञ्च), टेन्डुप शेर्पा (अध्यक्ष मजदुर सँघ), क्षत्र कार्की (कोषाध्यक्ष जन-जाग्रिती युवा समाज), मिना शेर्पा (सदस्य मेनपावर एसोसियसन), पिंकी गुरुङ् (सदस्य मेनपावर एसोसियसन), राजु खड्का (अध्यक्ष नेपाली जन-संपर्क समिति), नवराज श्रेष्ठ (अध्यक्ष नेवा: गुठी), माया दुलाल (सदस्य मेनपावर एसोसियसन), सिमरन पुरी (सदस्य मेनपावर एसोसियसन) रहनु भएको छ।

यसैगरी, नेपाली राजदूतावासदेखि लिएर अन्य कैयन वरिष्ट व्यक्तित्वहरुले टेलिफोन मार्फत नै नाम र रकम टिपाई सहयोग गर्नु भएको छ। हवाली, जिलिव हुँदै मंगाफ, फाहाहिलमा गएर टुंगिएको देउसी-भैलो कार्यक्रममा क्लवसँग चर्चित स्थानीय नेपाली कलाकारहरुलगायत व्यापक कुवेतवासी नेपालीहरुको समेत सहभागिता रहेको थियो।

Popularity: 4%

Add comment October 27th, 2011

विमानस्थलमा १ लाख घुस लिने बस्नेतलाई कारवाही गर्न माग

शेर्पा वर्ल्ड /एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० कार्तिक । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार लिएको भन्दै ती कर्मचारीलाई कारबाहीको माग गरेका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वर्ल्ड डट कमद्वारा बुधबार संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिले सम्बन्धित दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन्।

शेर्पा वर्ल्ड डट कमका अध्यक्ष छिरिङ शेर्पाले दिचिन डोमालाई सम्पूर्ण कागजात तयार गरी असोज २१ गते अमेरिका जाने क्रममा विमानस्थलका केही कर्मचारीले केही कागजात नमिलेको भन्दै पाँच दिन अल्मलाएपछि उनले असोज २५ गते विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतलाई एक लाख दस हजार बुझाएर असोज २६ गते अमेरिका गएको बताए।

बिशेष गरि हिमाली आदीबासीहरुलाई तिब्बती भन्ने तराईको आदीबासी मधेशी समुदायहरुलाई ईन्डियन भन्ने र पहाडका गोर्खा शैनिकका परिवारहरुलाई बर्षौ देखि बिभिन्न दुख:हरु दिँदै आएकोमा आक्रोशित हुँदै छिरिङ तेन्जिङ शेर्पाले भने, यदी प्रशासनले कुनै कार्यबाही नगरेको खण्डमा अपराधीलाई आदीबासीबाट भैतिक कार्बाही हुने चेतवानी समेत दिए।


त्यसै गरी, खाडी तिर जाने नेपाली दाजुभाईहरुलाई गरिने दुर्ब्यब्यहारको तत्काल अन्त्य गरिनु पर्ने र बिदेशमा ईल्लेगल बसेर नेपाल फर्कने दाजुभाईहरुलाई दिने गरेको दुखप्रति पनि शेर्पाले आक्रोश ब्यक्त गरे।

कार्यक्रममा एक नयाँ प्रबिधी स्काईप कलको प्रयोग गरी विभिन्न सञ्चारकर्मीले सोही विषयलाई लिएर पीडितसंग अनलाइनमा प्रश्न सोधेका थिए। नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिनी शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन विभाग लगायतका कर्मचारीले शेर्पा जातिका महिलालाई मात्र नभएर सबैसँग कुनै बहानामा घुस माग्ने प्रचलन रहेकाले त्यसको अन्त्य गर्न दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

दिचिन डोमाले चलाखीपूर्ण तरिकाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतको गतिविधिलाई भिडियो रेकर्ड गरेको दृष्य पनि सार्वजनिक गरिएको थियो।

Popularity: 4%

Add comment October 27th, 2011

किरात राई यायोक्खाको साधारण सभा नोभेम्बर ६ मा

किरात राई यायोक्खा दक्षिण कोरियाको आगामी नोभेम्बर ६ तारिख आईतबारको दिन सिओलको सदेमुनस्थित एमटियुको कार्यलयमा १० औ साधारण सभाको हुने तयारी भई रहेको सो यायोक्खाका अध्यक्ष बागधन राईले जानकारी गराउनु भएकोछ।

उहांले कोरियास्थित विभिन्न पेशामा रहेका किरात राईजातिका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई अनिवार्य उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्नुभएको छ।

विस्तृत जानकारीको लागि:
बागधन राई : 0105641-5591
ईन्द्र : 010-2568-0872
टिका राई : 010-43051025

Popularity: 5%

Add comment October 27th, 2011

आधा करोड छात्रवृति अन्नपूर्ण मावि सिक्लेसलाई

देवी जंग तमु / एचकेनेपाल डट कम-
सिक्लेस, ०९ कार्तिक । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयलाई नर्वेली नागरिकको पहलमा साढे १ दशकको अन्तरालमा करीव ५० लाख छात्रवृति प्राप्त भएको छ।

नर्वेली नागरिक गुन्हील्ड फ्लामोबाट कोषको लागी ४४ लाख ९ हजार तीन सय ४० रुपैया प्राप्त गरेको यस विद्यालयले भावी कोषका लागि बैँकमा ६ लाख ९६ हजार ६ सय ९८ रुपैया लालीगुराँस कोषमा रहेको कोषका संयोजक सुरज कुमार गुरुङले जानकारी दिनुभयो।

यसैवीच, अन्नपूर्ण माध्यमिक विद्यालयले एक समारोहवीच ६३ जना विद्यार्थीलाई करिब ३ लाख बरावरको लालीगुराँस कोष छात्रवृति वितरण गरेका छ।

विद्यालयमा आयोजित छात्रवृति कार्यक्रममा विद्यालय स्तरका ४९ जना र क्याम्पस स्तरका १४ जना गरी कुल ६३ जना विद्यार्थीलाई नगद ३ लाख ३ हजार १ सय बीसको लालीगुराँस छात्रवृति वितरण गरेको कोषका सदस्य एवम् शिक्षक गेहेन्द्र गुरू गुरुङले जानकारी दिनुभयो।

लालीगुराँस कोषका अध्यक्ष क्याप्टेन रुप वहादुर गुरुङको अध्यक्षता र संरक्षण व्यवस्थापन समिती पार्चेका अध्यक्ष मन वहादुर गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक गेहेन्द्र गुरुङ, शिक्षीका गेसुबा गुरुङ, मादीखोला आमा समूह सिक्लेसका अध्यक्ष गंगा माया गुरुङ, सिक्लेस स्वास्थ्यचौकीका सत्यराज साँखी, पार्चे गा.वि.स सचिव इश्वरी प्रसाद गौतम, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उमर वहादुर गुरुङ सन्तोष र कोषका संयोजक एवम् सह प्रध्यानाध्यापक सुरज कुमार गुरुङलगायतले वोल्नुभएको थियो।

यसअघि, कोषका दाता गुन्हील्ड फ्लामो तथा नर्बेलीको सहयोगमा अन्नपूर्ण मावि सिक्लेसको ८ कोठे प्रावि भवन, शौचालय, नाली तथा गेट निर्माण भइसकेको छ।

छात्रवृतिबाट गरिब, जेहेन्दार, टुहुरा, अपाङ्ग, दलित गरी सयौँ विद्यार्थी लाभान्वित भैसकेकामध्ये ५ जना हाल त्यही स्थानीय विद्यालयका शिक्षकका रुपमा कार्यरत छन्।

Popularity: 5%

Add comment October 27th, 2011

धरानमा देवकोटा जयन्ती

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औ जन्मजयन्तीको अवसर पारेर लक्ष्मी वाचनालय धरान १ सुनसरीले ‘स्रष्टा सम्मान, लक्ष्मी सडकका कविता संग्रहको विमोचन,गोष्ठी तथा साहित्यिक सद्भाव र्‍यालीको आयोजना गरेको छ।

र्‍यालीले धरान परिक्रमा गरी धरान ४ स्थित रहेको स्व. देवकोटाको शालिकमा साहित्यकार, बुद्धिजीवी रप्राध्यापकहरुले माल्यार्पण गर्नुभएको थियो। सोही अवसरमा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएपवापत चार जना साहित्यकारलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा विश्वराज पाण्डे र शरणकुमार राई, गंगा सुवेदी र स्व. चन्द्रमणि अधिकारी रहनु भएको छ।

साहित्यकार राजीव आचार्यले डिजिटलमय युगमा साहित्यिक क्षेत्रमा खडेरी परिरहेको बेलामा पनि कम्तिमा बर्षमा एक पटक भए पनि लक्ष्मी वाचानालयले प्रत्येक बर्ष स्व. देवकोटालाई सम्झने गरेकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रम वाचनालयका अध्यक्ष गोपाल भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो।

Popularity: 5%

Add comment October 27th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2011
M T W T F S S
« Sep   Nov »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....