Archive for December 7th, 2011

संघीयतामा कसैको नक्कल गरेर जानु हुँदैनः रसियाली राजदूत

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, २१ मंसिर । नेपालका लागि रसियाका राजदूत डा सर्गेइ भेसलीभिच भेलिच्किनले संघीयतामा कसैको नक्कल गरेर जान नहुने धारणा राखेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदूत भेलिच्किनले संघीयता कुनै पनि मुलुकको इतिहास, भौगोलिक आवश्यकता, साँस्कृतिक विविधता र राजनीतिक आन्दोलनको हिसावमा फरक हुने भन्दै नेपालले आफ्नै मोडल विकास गरेर संघीयतामा जादाँ उपयूक्त हुने बताए।

साक्षात्कारमा उनले संघीयता सबै नेपालीको चासोको विषय भएकोले पनि यसमा अझै ब्यापक छलफल गरेर सहमतिको आधारमा संघहरु निर्माण गर्नु पर्ने आवश्यकता औल्याए।

पछिल्लो समयमा शान्ति प्रक्रियामा देखिएको प्रगतिले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा सकारात्मक संकेत गरेको दावी गर्दै उनले दलहरुवीचको सहमति नै नेपालमा जारी सक्रमण अन्त्यको उपाय भएको बताए। दलहरुवीच पछिल्लो समयमा भएको सहमति नयाँ नेपाल निर्माणको लागि सकारात्मक भएको भन्दै उनले राजनीतिक सहमतिबाट नेपालको शान्ति, सविधान र समृद्धि हुने विश्वास ब्यक्त गरे।

Recent Videos:

Popularity: 5%

Add comment December 7th, 2011

मेरो चरित्र हत्या गर्ने नियोजित षडयन्त्रः सञ्चारमन्त्री गुप्ता

एचकेनेपाल डट कम सम्वाददाता-
पर्सा, २१ मंसिर । सूचना तथा संचारमन्त्री एवम मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकास गुप्ताले सर्वोच्च र विशेष अदालतले सफाई दिई सकेको अवस्थामा सबैधानिक परिषदमा आफ्नो प्रतिनिधित्वप्रति आपत्ति प्रकट गर्नु आफ्नो चरित्र हत्या गर्ने नियोजित षडयन्त्र भएको बताएका छन्।

रिपोर्र्स क्लब नेपाल पर्सा शाखाले बुधवार वीरगन्जमा आयोजना गरेको साक्षात्कारमा मन्त्री गुप्ताले पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष निर्देशन आफ्नो चरित्र हत्या गर्न लागेका तत्कालिन अख्तियारका प्रमुख सूर्यनाथ उपाध्पयायले सर्वोच्च र विशेष अदालतले अधिकांश मुद्दामा सफाई दिई सकेको अवस्थामा सबैधानिक परिषदमा रहेको प्रतिनिधित्वमा आपत्ति प्रकट गर्नुले उनको नियत प्रष्ट भएको बताए।

उनले भने- सो मुद्धा अदालतमा पराजित भैसकेको बिषयलाई लिएर प्रमुख आयुक्त उपाध्यायको टोलीले मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर यस बिषयमा बिरोध जनाउनु वासो बिषयमा ध्यायनाकार्षक गराउनु भनेको मलाई ब्यक्तिगत रुपमा देखि नसक्नु बाहेक अरु केही हुनै सक्दैन।

मन्त्री गुप्ताले प्रचण्डको नेतृत्वमा सरकार रहेकै समयमा आफू संबैधानिक परिसदमा रहेको र सोही बेलामा सर्बोच्च अदालतको प्रधानन्यायाधिसमा मिनबहादुर रायमाझीको नियुक्ति सम्बन्धी निर्णय भएको चर्चा गर्दै त्यतिखेर आएर आफ्नो नियुक्तिप्रति आपत्ति प्रकट गर्नु गंभीर विषय भएको बताए।

मन्त्री गुप्ताले आयोगले चलाएको दुइवटा मुद्धामध्ये पहिलो कान्तिपुर टेलिभिजनलाई इजाजत दिएको सम्बन्धी मुद्दामा बिशेष अदालत र सर्बोच्च अदालतमा आयोग पराजित भैसकेको र बाँकी अर्को सम्पति सम्बन्धि मुद्धामा पनि बिशेष अदालतमा आयोग पराजित भैसकेको र पछि उक्त निर्णयको पुनराबेदन परेर सर्बोच्चमा सुनुवाई जारी रहेको उनले जानकारी दिए।

साक्षात्कारमा मन्त्री गुप्ताले संबैधानिक परिषदले गर्ने निर्णयहरुको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्बाचन आयोग र लोकसेवा आयोगमा कुनै पनि ब्यक्तिहरुको चयन ४ बर्षको लागि हुने र सात महिनामा देश संघियतामा जाने विश्वास ब्यक्त गरे।

प्रधानमन्त्रीले मंसिर १४ को खड्गो काटन् मोर्चाका हरेक कुरा मान्नु परेको भनि दिएको अभिब्यक्तिलाई अराजनीतिक र अपरिपक्व अभिब्यक्तिको संज्ञा दिदै गुप्ताले मोर्चासँग राजनीतिक सम्झौता गरेर प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले खोला तर्यो लौरौ विर्सियो जस्तो ब्यवहार गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार अभिब्यक्ति आउने क्रम नरोकिए सरकारको औचित्य सकिने चेतावनी दिए।

उनले अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा नै राष्ट्रिय सहमतिको सरकार बन्दा उपयुक्त हुने भन्दै त्यसो हुन नसके क्रमशः काग्रेस, एमाले वा माओवादीकै असन्तुष्ट पक्षले नेतृत्व गर्नु पर्ने तर्कगरे।

मन्त्री गुप्ताले मधेसको सहभागितावीच शान्ति र संविधान असम्भव रहेको भन्दै पछिल्लो समयमा लडाकुको संख्याको विषयमा उत्पन्न विवाद राजनीतिक दलहरुवीचको सहमतिकै आधारमा टुङग्याउनु पर्ने धारणा राखे।

Recent Videos:

Popularity: 5%

Add comment December 7th, 2011

पुषको दोस्रो साता राष्ट्रिय सहमतिको सरकारः पौडेल

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, २१ मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पुषको दोस्रो सातासम्म डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा सल्लाहकार पौडेलले पुषको दोस्रो साताभित्र बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न शीर्षदलको संयन्त्रले गृहकार्य समेत थालिसकेको दावी गरे।

साक्षात्कारमा उनले भट्टराईको विकल्प नभएको दावी गर्दै पूर्वाग्रही बाहेक कसैले पनि राजिनामा नमागेकोले उहाँकै नेतृत्वमा सरकार बन्नु न्यायसंगत हुने दावी गरे।

उनले अहिलेको सरकार सहमतिको सरकारमा परिणत हुन सक्ने सम्भावना नरहेको स्पष्ट पार्दै नयाँसहमतिको आधारमा फेरि भट्टराईको नेतृत्वमा सरकार बन्ने दावी गरे।

पौडेलले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएर संविधान जारी गर्दासम्म अहिलेकै सरकारले नेतृत्व गर्ने दावी गर्दै त्यसपछि नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने धारणा राखे। उनले भने-शान्ति र संविधानको काम पुरा भएपछि चुनावी सरकारको नेतृत्व काग्रेसले गर्नु जायज हुन्छ।

सरकारको १ सय दिनको काम सापेक्ष रुपमा सफल भएको दावी गर्दै पौडेलले अहिले सम्मका सरकारहरुको तुलनामा शान्ति प्रक्रिया अगाडि बढाएकोले पनि सरकार सापेक्ष रुपमा सफल भएको बताए।

सुशासनको विषयमा भने उनले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना भएको प्रति प्रधानमन्त्री गंभीर रहेको उल्लेख गर्दै बाहिर चर्चा भएजस्तो भ्रष्टाचार र ठूलो क्याविनेटको विषयलाई आकासै खसिसक्यो भने जसरी नलिन सबैलाई आग्रह गरे।

प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा छोटो समयमै चिनाउन र विश्वास आर्जन गर्न सफल भएको दावी गर्दै प्रधानमन्त्रीको भारत, राष्ट्रसंघ र सार्क भ्रमण र चिनका प्रधानमन्त्रीको हुन लागेको नेपाल भ्रमण त्यसको उदाहरण भएको बताए।

उनले नेपाल र चीन विचको सम्बन्ध अत्यन्तै संबेदनाशिल भएको भन्दै नेपालले चीन र भारतवीच समदूरीमा सम्बन्ध विकास गर्ने बताए। उनले चीन र नेपालवीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण महत्वपूर्ण हुने विश्वास पनि ब्यक्त गरे।

Popularity: 5%

1 comment December 7th, 2011

सकुर मियाँ हत्या काण्डमा संलग्नमाथि कारवाहीको माग

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, २१ मंसिर । पर्सा जिल्ला जानकीटोलमा गत २०६३ फागुन २१ गते होलिको दिन सकुर मियाँको हत्यामा संलग्न हत्याराहरुलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको लागि परिवारजनले आग्रह गरेका छन्।

स्थानीय वासिन्दा कृष्णमोहन यादवसहितका ३०, ३५ जनाको समूहले व्यक्तिगत रिसिईवीका कारण जानकी टोल कै स्थानीय वासिन्दा सकुर मियाँलाई हत्या गरेको आरोप पीडितले लगाउँदै आएको छ।

बुधबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितका परिवारले छोटी महतो केवटलगायत ४ जना पक्राउ परेकोमा तीन मुख्य अभियुक्तलाई विना कारवाही छोडेको भन्दै मूख्य अभियुक्त कृष्णमोहन यादवलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग समेत गरेका छन्।

पीडितहरुले तत्काल गृहमन्त्रालय अन्तर्गत छानविन टोली गठन गरी सत्यतत्थ्य पत्ता लगाई हत्यारालाई कारवाही र पीडितलाई क्षतिपूर्तिको लागि माग गरे।

कृष्णमोहन यादवले हत्याकाण्डलाई ढाकछोप गर्न हत्याका आरोपी ३०, ३५ जनासँग पचास हजारदेखि एक लाखसम्म पैसा उठाईरहेको आरोप लगाएका छन्।

सकुर मियाँ हत्याकाण्डको विषयमा कारवाहीको माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउन लागिएको मृतकका दाजु झकड मियाँले जानकारी दिए।

पूर्व गाविस अध्यक्ष समेत रहेका कृष्णमोहन यादवलाई हत्याराको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी जाहेरी दिँदा पनि पुलिस प्रशासनको आडमा उन्मुक्ति दिन खोजिएको आरोप लगाए।

Popularity: 5%

Add comment December 7th, 2011

देशविदेशका ११ जनालाई नइ पुरस्कार

काठमाडौं, २०६८ मङ्सिर २१ गते-
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन्।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो।

नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्वर्धन, संरक्षण र जागरणमा समर्पित जगदगुरू श्री बालसन्त मोहनशरणदेवाचार्यलाई समर्पण गर्ने निर्णय गरेको छ।

त्यसै गरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति श्री गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

राजनीतिमा समर्पित भएर पनि कथा, उपन्यास, निबन्ध तथा कविताको स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा वढाएवापत श्री प्रदीप नेपाललाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

साथै श्रीमती अनीता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा महत्त्वपूर्ण योगदान गरेवापत डा. देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ।

श्री केशव आचार्यलाई नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा समर्पित भई गरिमाशाली योगदान पुर्याएवापत नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

गीतसङ्गीतमार्फ जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनुका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउनसमेतको योगदानका निम्ति भारत, दार्जिलिङका श्री चन्दन लोम्जेल र श्रीमती डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ।

यसै गरी मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्ष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत तेस्रो लिङ्गी श्री पिङ्की गुरूङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ।

त्यसैगरी विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने वेलायतका स्रष्टाद्वय श्री गोपीकृष्ण प्रर्साईको ‘रात ढलेको थिएन’ कवितासङ्ग्रह र श्रीमती जया राईको ‘बेकर स्टि्रटका दुई आँखा’ कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ।

नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष दस लाख रूपियाँ राशिको पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव, नइ प्रकाशन

Popularity: 5%

Add comment December 7th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....