Archive for December 8th, 2011

सम्पतिका लागि छोरीद्वारा यौन दुर्व्यवहारको नाटक

लोक गुरुङ / एचकेनेपाल डट कम-
बुटवल, २२ मंसिर । केही समयअघि बुटवलका मिडियामा एउटा घटना सार्वाजनिक भयो, आफ्नै बाबुद्वारा छोरीमाथि पटक पटक यौन दुराचार। सवै सञ्चार माध्याममा प्रथामिकताका साथ छापिएको र प्रसारण भएको यो समाचारले धरैको मन पनि छोयो।

तर त्यही केही दिन वित्न नपाउदै विहीवार समाचारको खण्डन गर्दै अर्को पत्रकार सम्मेलन भयो। बुटवल ११ इट्टाभट्टी बस्ने कल्पना गुरुङले गएको आइतवार आफूलाई आफ्नै बाबु लाल बहादुरले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पत्रकार सम्मेलन गरेर सहयोगको याचना गरेकी थिइन्।

उनले बाबुको त्यो व्यवहार कान्छी आमाले थाहा पाएपछि आफूलाई जवरजस्ती विवाह गरिदिएको भन्दै हाल सो कुरा श्रीमानलाई पनि थाहा भैसकेको भन्दै आफूलाई श्रीमानले पनि हेला गर्न थालेको बताएकी थिइन्। तर त्यसको एक हप्ता वित्न नपाउदै उनको परिवार र आफन्तले समाचारको खण्डन गरेका हुन्।

उनीहरुले कल्पनाले एक बर्षअगाडि तनहूँका आइतसिंह गुरुङ साइमनसग प्रेम विवाह गरेको र उसैको उक्साहटमा लागेको यस्तो आरोप लगाएको परिवार तथा आफन्तले दावी गरेका छन्। कल्पनाका बाबु लाल बहादुर हाल वैदेशिक रोजगारको सिलसिलामा तीन बर्षदेखि साउदी अरबमा रहेको भन्दै यसले पनि पत्रपत्रिकामा आएका समाचार झुटो सावित भएको उनीहरुले दावी गरे।

कल्पनाले भनेकै भरमा समाचार माध्यामले संवेदनशील विषयमा एकतर्फी समाचार लेखेको भन्दै आफन्त दल बहादुरले आक्रोश पोखे। ‘यही समाचारले भोलि कसैले आत्महत्या गरे त्यसको जिम्मा कसले लिने हो, मानिसको एकपटक गुमेको इज्जत पत्रपत्रिकाले फिर्ता ल्याउन सक्छ?’ उनले भने।

कल्पनाका श्रीमानले यसअघि पनि पटक विभिन्न बाहानामा पैसा माग्ने गरेको र माइती पटटीको पैसाका लोभले श्रीमानकै उक्साहटमा कल्पनाले यस्तो आरोप लगाएको कल्पनाका कान्छी आमा ममताले बताइन्। कल्पना १७ महिनाको हुदा आमाले छोडेर भागेपछि बाबु लाल बहादुरले ममताले दोस्रो विवाह गरेका थिए। ममताले तनहूँ बन्दीपुरका साइमनले कल्पनासँगको विवाह भएदेखि नै विभिन्न बाहानाले माईततर्फको सम्पति माग्दै आएको बताउदै उसको चरित्र पनि राम्रो नभएको बताइन्।

कल्पनाले यसअघि पनि जिल्ला अदालतमा माइतबाट अंश पाउ भनी मुद्धा समेत हालेको बताउदै उनले त्यो पनि आफ्नै श्रीमानको दवावमा गरेको दावी गरिन्। कल्पनाको आजी (ठूली आमा) मधुले साइनमले पहिले पनि पैसा माग्दै धम्क्याउदै थालेको भन्दै छोरीको सहयोग गर्न आफूहरुले नवलपरासीमा रहेको जग्गा दिने सम्मको मनस्थिति बनाए पनि साइमनले दुर्गम क्षेत्रमा रहेको जग्गा आफूले नलिने बताएका थिए। साइमनले विवाह भएको दुइ महिनामा रसायनिक मलको लागि भारतबाट ल्याउन ६० हजार माइतबाट मागेको स्मरण गर्दै कल्पनाका आफन्त चिन बहादुर गुरुङले साइमनलाई सहयोग गर्नुपर्छ आफूहरुलाई पनि लागेपनि विगतमा उसको चरित्रमा शंका लागेर आफूहरुले उनले सहयोग नगरेको बताए।

साइमनको यसअघि पनि तीन जना श्रीमति रहेको विवाहपछि मात्र आफूहरुलाई थाहा भएको भन्दै पहिलेका श्रीमतिहरुबाट पनि यसैगरि पैसा लुट्दै भाग्दै गरेको थाहा पाएको दावी पनि गरे। उनका अनुसार साइमनले यसअघि गोर्खाको बारपाकबाट, चितवनबाट निरु नाम गरेको केटीलाई र पोखराको एक जनालाई विवाह गरिसकेका छन्। रुपन्देहीको भलवारीमा केही महिना डेरा गरेर बसेका उनले भलवारीको आमा समूहलाई ल्याएर इटाभटटीमा अंश दावी गरेको पनि बताए। यदि कल्पनाको बाबुले गल्ती गरेकै भए सजाय दिनुपर्ने भन्दै सञ्चार माध्याममा एकतर्फी कुराले आफूहरुलाई स्तब्ध बनाएको बताए।

Recent Videos:

Popularity: 6%

Add comment December 8th, 2011

महिला प्रहरीमाथि भएको सामुहिक बलात्कारको फैसला २ वर्षपछि

पूर्णबहादुर खड्का / एचकेनेपाल डट कम-
अछाम, २२ मंसिर । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरी जवान सुन्तली धामीमाथि २०६६ साल असोज ११ गते सहकर्मी प्रहरीबाटै सामुहिक बलात्कार भएको घट्नाको विहीवार फैसला भएको छ।

जिल्ला अदालत अछामका न्यायधिश प्रकाश खरेलको एकल इजलाशले पीडित सुन्तली धामीको पक्षमा फैसला गरेको हो।

अदालतमा भएको बहसले पीडितको शारिरिक चेकजाँच स्वास्थ्य परीक्षणको आधारमा प्रतिबादीहरु बीरेन्द्रबहादुर बमलाई मुलुकी ऐनको जवरजस्ती करणीको महलले दफा ३ र ५ बमोजिम जगदिश पाण्डे र करबीर थलाललाई दफा ४ बमोजिम ३ बर्षको कैदको फैसला सुनाएको छ।

पीडितलाई पर्न गएको शारिरीक मानसिक एवंम मनोबैज्ञानिक क्षति र प्रतिबादीहरुको आर्थिक अवस्थालाई समेत विचार गरी वीरेन्द्र बमबाट दफा १० बमोजिम १ लाख क्षतिपूर्ति दिनुपर्ने अदालतले फैसला गरेको छ।

Recent Videos:

Popularity: 5%

Add comment December 8th, 2011

छोराको हत्यारालाई कारवाही विना छाडेको पीडितको गुनासो

एचकेनेपाल डट कम संवादाता-
काठमाडौं, २२ मंसिर । आफ्नो छोराको हत्याराको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले विना कारवाही रिहाई गरेको भन्दै पिता शशिधर कंडेलले हत्याराहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही गर्न माग गरेका छन्।

विहीवार रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलन गरेर कडेलले २०६७ कार्तिक २१ गते राति भैलो खेल्न गएका स्थानीय नारायण कँडेल, कृष्ण कँडेल, श्याम सुवेदी लगायत हरिप्रसाद कँडेललाई चितवन खैरहनी नमूना चौक अगाडिको पम्फा खोलामा मारेर फालेको अभियोगमा पक्राउ परेका थिए। उनीहरुलाई प्रहरीले वर्ष दिनपछि २०६८ कार्तिक ९ गते विना कारवाही रिहा गरेकोमा मृतकका पिताले आपत्ति प्रकट गर्दै कानून अनुसार कारवाहीको माग गरेका हुन्।

चितवन जिल्ला खैरेनी गाविस ३ का स्थानीय वासिन्दा वर्ष २० का कँडेललाई चार जनाको समूहले पम्फा खोलामा मुख डुवाएर हत्या गरेको भन्दै मृतकका बुबा शशिधरले किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा समातिएका अभियुक्तहरुलाई विना तारेख, विना धरौटी पैसाको भरमा छुटाएको आरोप उनको छ।

पत्रकार सम्मेलनमा मृतकका बुबा शशिधरले न्याय परिषदमा कारवाहीको लागि निवेदन दिईसकिएको र न्याय परिषदले न्याय दिने आशा व्यक्त गरे। उनले छोराको हत्यारालाई कारवाही गराएरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गरे।

Popularity: 5%

Add comment December 8th, 2011

पोखरामा चौथो राष्ट्रपति रनिङ शिल्ड जारी

दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, २२ मंसिर । पोखरामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड अन्तरबिद्यालय स्तरीय खेलकुद प्रतियोगिता अर्न्तगत छात्रा ३ हजार मीटर दौडमा पोखरा पार्दीस्थित फिस्टेल उच्च माबिकी प्रतिमा सुवेदीले स्वर्ण पदक जितेकी छन्।

उनले १३ मिनेट २ सेकेण्डमा उक्त दूरी पार गरी स्वर्ण पदक जितेकी हुन्। पोखरा बगर मिरुवामा रहेको ज्ञानुबाबा आवासिय उच्च माबिकी मीना पुनले १३ मीनेट १ सेकेण्डमा उक्त दूरी पार गरी रजत पदक जितेकी हुन्। १३ मिनेट २५ सेकेण्डमा उक्त दूरी पार गरेकी छिनेडाँडामा रहेको शुक्रराज बलभद्र उच्च माबिकी प्रतिक्षा सुवेदीले काँस्य पदक जितेकी छन्।

एक सय मिटर छात्रातर्फको दौडमा टप्स उच्च माबिकी कृष्ण चौधरीले स्वर्ण पदक जितेकी छन्। उनले १३ः८३ सेकेण्ड (१३ प्वाईन्ट ८३ सेकेण्ड) उक्त दूरी पार गरेकी हुन्। १४ः१ सेकेण्डमा उक्त दूरी पार गरेकी न्यु मिलिनियम बोर्डिङ स्कुलकी सुस्मीता श्रेष्ठले रजत पदक जितेकी छन्। १५ः२२ सेकेण्डमा उक्त दूरी पार गरेकी मेरी गोल्ड बोर्डिङ स्कुलकी राखी शर्माले कास्य पदक जितेकी छन्।

छात्र एक सय मिटर दौडमा नेश्नल इन्भेन्टीभ बोर्डिङ स्कुलका श्रीकृष्ण भुजेलले स्वर्ण पदक जितेका छन्। उनले १०ः११ः८३ सेकेण्डमा उक्त दूरी पार गरी स्वर्ण पदक जितेका हुन्। टप्सका सागर गुरुङले १०ः११ः९० सेकेण्डमा उक्त दूरी पार गरी रजत पदक जिते भने फिस्टेलका तेज तामाङले १०ः१२ः४१ सेकेण्डमा उक्त दूरी पार गर्दा कास्य पदक हात पार्न सफल भए।

त्यसै गरी छात्रतर्फको हाईजम्प तर्फ हेमजाको गौरी शंकर उच्च माबिका अमृत नेपालीले स्वर्ण पदक जितेका छन्। उनले १ मिटर ६१ सेण्टीमिटर जम्प गरेका थिए। १ मिटर ५९ सेण्टीमिटर जम्प गर्न सफल नेपाल आर्दशका कुमार गुरुङले रजत पदक र १ मिटर ५७ सेण्टीमिटर जम्प गरेका कास्की मोडनाईजका आसबहादुर गुरुङले कास्य पदक जितेका छन्।

छात्रातर्फो हाईजम्पमा टप्स उच्च माबिकी प्रभा चौधरीले स्वर्ण पदक जितेकी छन । उनले १ मिटर ३० सेण्टीमिटर जम्प गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन्। एक मिटर २८ सेण्टीमिटर जम्प गरेकी फिस्टेलकी सरस्वती चौधरीले रजत पदक र १ मिटर २८ सेन्टीमीटर जम्प गरेकी कास्की मोडनाईजकी प्रतिक्षा गुरुङले कास्य पदक जितेकी छन्। फिस्टेलकी चौधरीले दोश्रो चरणमा र कास्की मोडनाईजकी गुरुङले तेश्रो चरणमा बराबर जम्प गर्दा चौधरी दोश्रो हुन सफल भएका हुन । बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य दिलिप विक्रम साही, बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा तथा कार्यालय प्रमुख प्रकाश बराल लगायतले मेडल तथा प्रमाण-पत्र वितरण गर्नु भएको थियो।

एथ्लेटिक्स तर्फ १० वटा स्वर्ण पदकको लागि भएको बिभिन्न इभेण्टमा गरी डिफेण्डीङ च्याम्पियन टप्स उच्च माबिले ३ वटा स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ।

Popularity: 6%

Add comment December 8th, 2011

एनआरएनए बेल्जियम गेन्ट क्षेत्रिय भेला सम्पन्न

शिव बरूवाल / एचकेनेपाल डट कम-
यहि ६ डिसेम्बर २०११ मा एनआरएनए बेल्जियम गेन्ट क्षेत्रिय भेला सम्पन्न भएको छ।

एनआरएनए बेल्जियमका अध्यक्ष जानकी गुरुङ, उपाध्यक्ष बोधराज पौडेल, महासचिब शिव कुमार बरुवाल, आइसीसी सदस्यद्वय अर्जुन कुमार श्रेष्ठ र पीजी शेर्पा एन आर एन ए बेल्जियमका सल्लाहाकार युबराज गुरुङ सदस्यत्रय जित लामा, हरिराम उपाध्याय र राजु श्रीबस्तबको उपस्थितिमा सम्पन्न भएको हो।

भेलाले नवराज पोखरेलको अध्यक्षतामा एक क्षेत्रिय समिति गठन गरेको छ। समितिका अन्य पदाधिकारी र सदस्यहरु निम्न अनुसार रहेका छन्। वसन्त ढुगांना, विष्णु विक, क्रमशः उपाध्यक्ष र सचिव रहेका छन् त्यस्तै सदस्यहरुमा प्रदिप पौडेल, कुष्ण पराजुली, इन्द्र विलास, सुवेदी राम शरण, थापा श्याम कुमार,खत्री सिद्धी रिसाल रहेका छन्। महिला सदय भने केही समयपछि नियुक्त गरिने जनाइएको छ।

भेलामा एनअरएनए बेल्जियमको अध्यक्ष र महासचिबले एनआरएनए बेल्जियमको क्षेत्रिय समितिको बिस्तार किन र केका लागि, क्षेत्र र केन्द्रको सम्बन्धको बारेमा र एनआरएनए बेल्जियमका आगामी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो। एनआरएनए बेल्जियम गेन्ट क्षेत्रका क्षेत्रिय संयोजक डा. राजु श्रीबास्तबको अध्यक्षता र एनआरएन बेल्जियमका सदस्य हरि राम उपाध्यययको संचालनमा उक्त भेला सम्पन्न भएको थियो।

Popularity: 5%

Add comment December 8th, 2011

पोखरेली झ्याल कप डिसेम्बर २५ मा

एस / एचकेनेपाल डट कम-
हङकङ, ८ डिसेम्बर । पोखरेली झ्याल कप २०११ डिसेम्बर २५ तारिख कोलुन पार्कस्थित फुटबल ग्राउण्डमा हुने भएको छ। (more…)

Popularity: 5%

Add comment December 8th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....