Archive for December 12th, 2011

फोटो विक्रीबाट सिक्लेसलाई ३ लाख

देवी जंग तमु / एचकेनेपाल डट कम-
सिक्लेस, २६ मंसिर । पर्यटकीय गाउँ सिक्लेसको हरेक सेरोफेरो समेटी प्रकाशित “हाम्रो गाउँ हाम्रो जीवन” नामक फोटो एल्बम विक्रीबाट सिक्लेसलाई करिब ३ लाख प्राप्त भएको छ।

सिक्लेसलाई फोटोमार्फत विश्वसामु चिनाउने उद्धेश्यले सिक्लेसका विभिन्न संघ संस्थामा आवद्ध १८ युवाहरुद्धारा खिचिएका फोटोहरुलाई सिक्लेसी चेली युके निवासी डा. सारा पार्करद्धारा सम्पादन गरी प्रकाशन गरीएको “हाम्रो गाउँ हाम्रो जीवन” फोटो एल्बम विक्रीबाट सिक्लेस गाउँलाई ३ लाख २० हजार रुपैया सिक्लेस गाउँलाई प्राप्त भएको हो।

सिक्लेसमा एक कार्यक्रमको आयोजना गरी चिउली पार्चे युके कम्युनिटीबाट फोटो बुक विक्री वापत नगद २ लाख ५ हजार ९ सय ७५, सिक्लेसी चेली डा सारा पार्करद्धारा ७७ हजार ४ सय, पोखराबाट उठेको २० हजार ८ सय रुपैया, काठमाडौँस्थित बोर्डन ल्याण्ड कम्पनीबाट ७ हजार ५ सय, सिक्लेसी छोरा ऐलेनले उठाउनुभएको ९ हजार नगद चिउली पार्चे युके कम्युनिटीका कोषाध्यक्ष भिम प्रसाद गुरुङले फोटो एल्बमका सम्पादक डा सारा पार्करलाई र डा. पार्करले सिक्लेस विकास सरोकार समुहका अध्यक्ष हितमान गुरुङ्गले हस्तान्तरण गर्नुभएको थियो।

सिक्लेस विकास समूहले उक्त फोटो बुकबाट प्राप्त नगद सिक्लेस र पार्चे गाउँको विकासमा खर्चिने समूहका अध्यक्ष हितमान गुरुङ्गले जानकारी दिनुभयो। उहाँले फोटो बुक अझै विक्री हुने वताउदै विक्रीबाट प्राप्त नगद गाउँको विकासमा प्राथमिकताको आधारमा खर्चिने वताउनुभयो।

Recent Videos:

Popularity: 5%

Add comment December 12th, 2011

एक्याप सिक्लेसद्वारा रजतजयन्ती मनाइयो

देवी जंग तमु / एचकेनेपाल डट कम-
सिक्लेस, २६ मंसिर । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा रहेको अन्नपुर्ण संरक्षण आयोजना इलाका कार्यालय एक्याप सिक्लेसले आफ्नो स्थापनाको २५ औँ वार्षिकउत्सव एवम् रजतजयन्ती शनिवार विविध कार्यक्रम गरी मनाएको छ।

एक्याप सिक्लेसले स्थानीयबासीद्वारा उत्पादित बक्कु, कम्मल, मुला, वन्द, फर्सीलगायतका वस्तु तथा फलफूलहरुको प्रदर्शन गर्नुको साथै संरक्षण गीत तथा कविता प्रतियोगिता आयोजना गरी आफ्नो २५ औँ वार्षिकउत्सव कार्यक्रम भब्यताका साथ मनाएको हो।

सिक्लेसमा उत्पादित वस्तुहरुवीच गरिएको प्रतियोगितामा राम्रो बक्कुमा सिक्लेस सभाथरकी रुस माया गुरुङ प्रथम, भाङ्ग्रामा गैरीथरकी रेवादेवी गुरुङ्ग, कम्मलमा गैरीथरकी ननमाया गुरुङ्ग प्रथम भए।

त्यस्तैगरी १४ समूहको सहभागिता रहेको संरक्षण गीत प्रतियोगितामा स्तान निमावि खिलाङ्ग प्रथम, महिला स्वास्थ्यसेविकाको समुह द्धितीय र कोगीथर साँस्कृतिक परिवार तृतिया भएका छन्। त्यस्तै १३ जनाले सहभागी जनाएको संरक्षण कविता प्रतियोगितामा दुधपोखरी मावि सोधाका राजेन्द्र क्षेत्री प्रथम, अन्नपुर्ण माविका बेल प्रसाद गुरुङ्ग द्धितीय र अन्नपुर्ण मावि सिक्लेसका यम वहादुर गुरुङ्ग तृतीया भए।

सिक्लेसमै उत्पादित फलफुहरु अर्न्तर्गत फर्सी प्रतियोगितामा सिक्लेस लामाथर निवासी खासामाया गुरुङ्गको साढे १४ केजीको फर्स प्रथम, बन्दगोपीमा धप्राङ्गथर निवासी यम सुबा गुरुङ्गको ४ केजीको बन्दगोपी प्रथम र मुलामा हर्पुथरनिवासी काबिरी गुरुङ्गको मुला प्रथम भए।

यसैवीच एक्याप सिक्लेसले वार्षिकउत्सवको अवसरमा ५ दलित विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नको लागी केही मद्धत हुने उद्धेश्यले १ जना विद्यार्थीलाई नगद ३० हजार र ४ जनालाई प्रति व्यत्ति रू ३/३ हजार प्रदान गरेको छ।

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समितीका अध्यक्ष मन वहादुर गुरुङ्ग, एक्याप सिक्लेसका प्रमुख यम वहादुर गुरुङ्ग र एक्याप कार्यालय पोखराका सुचना अधिकृत देवेन्द्र थापाले संयुक्त रुपमा भद्रकालि उच्च मावि कुँडहर पोखरामा अध्ययनरत रुपा परियारलाई नगद ३० हजार अन्नपुर्ण मावि सिक्लेसकी ऐसुवा विक, नाल्कु प्राथमिक विद्यालय पार्चेकी टौ बहादुर विक, स्तानपति निमावि खिलाङ्गकी जमुना परियार, दुधपोखरी मावि सोधाकी रुपा परियारलाई जनही ३/३ हजार नगद प्रदान गरेका थिए।

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समितीका अध्यक्ष मन वहादुर गुरुङ्गको अध्यक्षता र एक्याप सिक्लेसका प्रमुख यम वहादुर गुरुङ्गको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी सुवेदार जंग प्रसाद गुरुङ्ग, अन्नपुर्ण माविका प्रध्यानाध्यापक शेखरनाथ तिवारी, मादीखोला आमा समुखका अध्यक्ष गंगा माया गुरुङ्ग, सिक्लेसीप्रेमी डा सारा पार्कर, सिक्लेस पार्चे युके कम्युनिटीका सल्लाहकार हुम वहादुर गुरुङ्ग, कोषाध्यक्ष भिम प्रसाद गुरुङ्ग, सहसचिव जित गुरुङ्ग, सिक्लेस विकास सरोकार समुहका अध्यक्ष हितमान गुरुङ्ग, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समितीका सचिव गेहेन्द्र लगायतले वोलेका थिए।

Recent Videos:

Popularity: 5%

Add comment December 12th, 2011

सुच्चा लुहुनमा नयां नेतृत्व

भिषण राई / एचकेनेपाल डट कम-
धरान, भोजपुर कटुञ्जेका सुच्चा लुहुन राईहरुले शनिवार र आईतवार धरानमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छन्।

सम्मेलनमा श्री सुच्चा राई कल्याणकारी समाजको तेस्रो राष्ट्रिय सम्मेलबाट ओम कुमार सुच्चा राईको नेतृत्वमा पन्ध्र सदस्यीय केन्द्रिय कमिटि गठन गरेको हो।

धरान १० सैनिक भवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा कुमार सुच्चा राई उपाध्यक्षमा, विनोद सुच्चा राई सचिव, नवीना सुच्चा राई सह सचिवमा र निर्मला सुच्चा राई कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।

केन्द्रिय समितीमा क्रमश शारदा सुच्चा राई, लक्ष्मी सुच्चा राई, धन कुमारी सुच्चा राई, हेमराज सुच्चा राई, चन्द्र बहादुर सुच्चा राई, डम्बर बहादुर सुच्चा राई, देउ बहादुर सुच्चा राई, डिल्लीराज सुच्चा राई, हिमाल सुच्चा राई र कमल बहादुर सुच्चा राई सदस्य रहेका छन्।

सम्मेलनमा देशभरका विभिन्न जिल्लाबाट उनीहरुको सहभागीता रहेको थियो। भोजपुर, इलाम, धनकुटा, सुनसरी, उदयपुर र काठमाण्डौबाट उनीहरूले सहभागिता जनाएका थिए।

सम्मेलनमा सुच्चा राईको वंशावलीको पनि विमोचन गरिएको थियो। सुच्चा राईको वंशावली नामक उक्त वंशावली पुस्तक सुच्चा परिवारकी जेष्ठ सतासी वर्षीया वृद्धा भद्रकुमारी सुच्चा राई, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका निर्वतमान उपाध्यक्ष जितपाल किरात, निर्वतमान समाजका अध्यक्ष मेजर इच्छा बहादुर सुच्चा राई र सुच्चा लेखक क्याप्टेन ढुण्डिराज सुच्चा राईले संयुक्त रुपमा गरेका थिए।

नयां नेतृत्वले आगामी दिनमा सुच्चा लुहुन राईहरुको हकहितका साथै सामाजीक, आर्थिक, राजनैतिक, शैक्षिक मुद्यामा केन्द्रित रहने जनाएको छ।

Popularity: 7%

Add comment December 12th, 2011

जातिय विभेद अन्त्यका लागि सामुहिक ऐक्यवद्धता

सुष्मा पौडेल / एचकेनेपाल डट कम-
पोखरा,२६ मंङ्सिर । पोखरामा आयोजित जातिय छुवाछुत विरुद्ध सचेतना मुलक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले जातिय विभेद विरुद्ध सामुहिक एक्यवद्धता जाहेर गरेका छन्।

असल सासन संजाल, प्रोपव्लिक कास्कीको आयोजनामा पोखरामा सोमवार आयोजना गरिएको कार्यक्रममा आध्यात्मिक, धार्मीक, जातिय संगठन तथा मानवअधीकारकर्मी, नागरिक समाजका प्रतिनीधी तथा पत्रकारहरुले सामुहिक रुपमा एक्यवद्धता जाहेर गरेका हुन्।

जातिय उत्पिडनमा परेका पीडित कर्णबहादुर नेपालीको हातवाट उपस्थित अतिथिहरुले पानी खाएर उद्घाटन गरिएको कार्यक्रममा वोल्ने व्यक्तिहरुले जातिय विभेद अत्यका लागि कानुन वनेर मात्र नहुने कुरामा जोड दिदै सोच चेतना र व्यवहारिक परिवर्तनको आवश्यकता औलाए।

कार्यक्रममा आध्यात्मिक क्षेत्रवाट वोल्दै आनन्दमार्गी विष्णु प्रसाद वराल, ओम शान्तिका व्रहृमकुमारी शोभा दिदी, मानव धर्म सेवा समितिका चमेली वाई र ओशो उपवनका प्रमुख स्वामी योगानन्दले धर्म र अत्यात्ममा जातिय छुवाछुत कहि पनि उल्लेख नगरेको वताउदै अध्यात्मिक दृष्टिकोणले सम्पूर्ण मानव जाति एक भएको वताए। साथै उनीहरुले कर्मको आधारमा मानिसहरु उच निच हुने कुरामा जोड दिदै जन्मेका आधारमा कोही पनि ठूलो वा सानो नभनी राम्रो र असल कार्यमा जुट्नुपर्ने आवश्यकता औलाए।

पीडित नेपालीले जवसम्म छोइयो भन्ने शव्दको अन्त्य हुदैन तवसम्म समाजमा छुवाछुत व्याप्त हुने कुरामा जोड दिदै मान्छे मान्छे विचको छुवाछुतलाई चिर्न संजालले थालेको अभियानले धेरै पीडितहरुलाई राहतको महसुस हुने कुरामा जोड दिए।

Popularity: 5%

Add comment December 12th, 2011

एनसेलको रिचार्जकार्ड नबेच्ने खुद्रा विक्रेताको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २६ मंसीर । एनसेल खुद्रा रिचार्ज कार्ड व्यवसायी संर्घष समितिले रिचार्ज कार्ड विक्री गर्दा पाउने कमिशनमा एनसेल प्रालिले मनोमानी गरेको भन्दै आजैबाट उक्त कम्पनीको रिचार्ज कार्ड विक्री ठप्प पार्ने घोषणा गरेका छन्।

सोमवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलन गर्दै समितिले एनसेल कम्पनीले रिचार्ज कार्ड र सिमकार्डको खरिद मूल्य र विक्री मूल्यको बीचमा निश्चित मूल्य निर्धारण नगरी खुद्रा विक्रेता र उपभोक्ताबीच फाटो ल्याउन खोजेको भन्दै देशभर रिचार्ज कार्ड विक्री ठप्प पार्ने भएका हुन्।

समितिले एनसेलको रिचार्ज कार्डमा वितरकले एउटा रिचार्ज कार्ड खुद्रा व्यवसायीहरुलाई दिँदा ४०.२३ पैसा मुनाफा कमाउने र खुद्रा विक्रेताले ५० पैसा मात्र पाउने भएकाले टेलिकमले दिने गरेको मूल्य नपाउँदासम्म एनसेलको रिचार्ज कार्ड नवेच्ने दावी गरेको छ।

Popularity: 5%

Add comment December 12th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....