Archive for December 16th, 2011

साझेदारी चार संस्थालाई वातावरणको चिन्ता

गोविन्द सुवेदी / एचकेनेपाल डट कम-
पोखरा, १ पुष । जैविक विविधता संरक्षण वनको क्षयीकरणबारे जनचेतना तथा जलवायुको असरलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ शुक्रबार पोखरामा हरियो बन नामक पञ्चवर्षीय क्षेत्रीय स्तरको परिचयात्मक कार्ययोजना प्रारम्भ भयो।

हाल सो कार्ययोजना तर्राईको भूपरिधि र अन्नपूर्ण संरक्षण क्षेत्रमा लागु गरिएको छ। हरियो वन अमेरिकी विकास नियोग (युएसएड) को सहयोगमा नेपाल र नेपालीहरुको हितका लागि गरिएको एउटा महत्वाकांक्षी कार्यक्रम को रुपमा लिइएको छ।

डब्लुडब्लुएफ नेपालको नेतृत्वमा केयर नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष र सामुदायिक वन उपभोक्ता महासंघसंगको साझेदारीमा सो कार्य चल्ने आयोजकले बताए।

अनुसन्धानमा जलवायु परिवर्तन नेपाली तथा यहाँका जैविक विधिताको लागि प्रमुख चुनौतिको रुपमा देखापरेको र नेपालका करीब १९ लाख जनसंख्यालाई यसबाट नकारात्मक प्रभाव परेको छ भने लगभग १ करोड मानिसहरु सम्भाव्य जोखिममा छन् गरिबी, बाढी-पहिरो, आगलागी, वन अतिक्रमण, वन्यजन्तुको चोरीशिकारी तथा अवैध व्यपार, अतिचरीचरण, मिचाहा वनस्पति प्रजातिको फैलावट आदि कारण जैविक विधिता तथा परिस्थितिकीय प्रणालीमा बढ्दो प्रभाव परेको साझेदार संस्थाहरुको अनुसन्धानमा छ।

“नेपाल एउटा हिमाली देश भएको कारण विश्वमै जलवाय परिवर्तनको प्रभाव बढी पर्ने देशमा पर्दछ। यसको न्यूनिकरणको प्रयास स्वरुप आएको हरियो वन कार्यक्रमलाई नेपाल सरकार स्वागत गर्दछ। डा. राजन पोखरेल ले खुशी व्यक्त गरे। २०११ अन्तराष्ट्रिय वन वर्षको रुपमा पनि मनाइदैछ र यस वर्षको विषय मानिसको लागि वन रहेको र हरियो वन कार्यक्रमले यसलाई सहयाग पुर्‍याउने तथा नेपाली जनता तथा पर्यावरणको लागि सकारात्मक परिणाम ल्याउने आशा गरिएको बताए।

“हरियो वन नेपालको धन” भन्ने प्रचलित उखानबाट प्रेरित भएर नामाकरण गरिएको यस कार्यक्रमले मानव र वन बीचको सम्बन्धलाई विशेष आधार बनाएको छ। यस कार्यक्रमले वन संरक्षण र पुनरुत्थान गरी मानिस र पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनबाट हुने प्रभावहरुको सामना गर्न सक्ने क्षमतावृद्धि तथा गरीब तथा वनमा आश्रित समुदायको जीवनयापनमा सहयोग पुग्न विश्वास लिइएको छ। नोभेम्बर ०८ २०११ गते काठमाण्डौंमा हरियो वन कार्यक्रम शुभारम्भ गरिएको थियो।

जलवायु परिवर्तन र विकास बीचको सम्बन्ध पहिचान गरी, सुरुवात गरिएको राष्ट्रपति ओबामाको विश्व विकासको दृष्टिमा विश्व जलवायु परिवर्तनका पहलहरु पनि रहेका छन्। यसको नेतृत्व गर्न पाउंदा अमेरिकी विकास नियोगले गर्व महशुस गरेको डेभिड सी. अटेबेर्री बताए। यस पहलले नेपाल जस्तो विकासशील देशको जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण र यसका जोखिमहरु सामना गर्न सक्ने स्थायी रणनैतिक पहल, वन विनास तथा वनको क्षयीकरणबाट हुने कार्बन डाइअक्साइड कटौती र समाजको दीगो विकास गर्ने कार्यलाई सहयोग पुग्ने विश्वास डेभिडको छ।

“नेपालको वनले लाखौ नेपालीहरुको जीविकोपार्जनमा सहयोग गर्नुको साथै लोप हुन लागेको प्रजातिहरुलाई सुरक्षित आश्रय प्रदान गरेको र जल वायु परिवर्तन जन्य असरहरुसंग सामना गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गर्ने भएकोले यस कार्यक्रमको नाम ‘हरियो वन नेपालको धन’ राखिएको हरियो वन कार्यक्रम प्रमुख जुडी ओगलथोर्पले बताए। डब्लुडब्लुएफका लागि यो कार्यक्रमले स्वर्गीय मिङ्गमा शेर्पा र डा. चन्द्र गुरुङको अग्रगामी भूमिकाबाट विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा गरेको योगदानको सम्झना गराएको पनि बताए।

हरियो वनले नेपालमा तोकिएका भू-परिधिहरुमा उर्त्र्सजन हुने करीब १० लाख मेट्रिक टन जति कार्बन डाइअक्साइड घटाउने लक्ष्य राखेको छ। यसको साथै १ लाख ८० हजार सर्वसाधरणको जीविकोपार्जनमा सुधार ल्याउने करीब ५० हजार हेक्टर वन व्यवस्थापन गरी सुधार तथा कार्वन र अन्य पारिस्थितिकीय सेवाको भुक्तानीबाट बन तथा समुदायको दीगो विकासमा सहयोग पुर्‍याउने उद्धेश्य लिएको छ।

सो कार्यक्रममा कास्की, लम्जुङ तनहूँ, गोर्खा र स्याङ्जा जिल्लाका ७२ जना सरोकारवालाहरुको सहभागिता थियो। कार्यक्रममा सरोकारवाला वन विज्ञान अध्ययन संस्थान पोखराका डिन केशव अवस्थित डा. घनश्याम गुरुङ, नेत्र शर्मा सापकोटा, सन्देश हमाल भारत पाठक, गञ्जजङ थापालगायतले कार्यक्रमको उद्धेश्य, विश्वको वातावरणीय स्वरुप र नेपालको अवस्थाबारे जानकारी गराएका थिए।

Recent Videos:

Popularity: 5%

Add comment December 16th, 2011

धरानमा पनि सुविधा सम्पन्न होटल

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १ पुष । धरानमा तारे होटलका झै सुविधा सम्पन्न होटलको सञ्चालन सुरु भएको छ। धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको निजी लगानीमा कन्चनजंघा होटल सञ्चालनमा आएको हो।

धरानमा सुविधा सम्पन्न होटलको अभाव भइरहेको अवस्थामा उनले धरान-८ बरगाछीस्थित पाँचतले आफ्नै घरलाई व्यवस्थित होटलमा परिणत गर्नु भएको हो।

होटलमा पार्टी प्यालेससहित मनोरम बगैंचा, सम्पूर्ण डिलक्स रुम, सुविधा सम्पन्न सेमिनार हल, वातानुकूलित कोठा, रेष्टुरेण्ट, बार र पार्किङ स्थलको सुविधा रहेको सञ्चालक मेयाङवोले जानकारी दिनु भयो।

१५ कोठा क्षमता भएको यो होटल आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्ष्य गरेर सुरु गरिएको होटलका प्रबन्ध निर्देशकसमेत रहेका मेन्याङ्बोले वताउनु भयो। धरान घुम्न आउने पाहुनाको मागअनुसार सुविधा राखिएको उहाँको भनाइ छ। उहाँले २ करोड भन्दा वढिको लगानीमा होटल सुरु गरेको जानकारी दिनु भयो।

सुविधा सम्पन्न होटल नभएकै कारण आन्तरिक र वाह्य पर्यटकहरु धरानमा नबसी छिमेकी नगरतिर जाने प्रवृत्ति बढेपछि होटल सञ्चालन गर्नु परेको उहाको भनाई छ। यसअघि मेन्याङ्बोले धरान-१५ बाँझगरामा स्वीमिङ पुल निर्माण गरि सञ्चालनमा ल्याउनुभएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment December 16th, 2011

म जिम्मेवारी लिन तयार छुः ओली

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ पुष । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले आफ्नो आवश्यकता महसुस गरिए मुलुकको नेतृत्व गर्ने जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा नेता ओलीले भने- म जुनसुकै जिम्मेवारी लिन तयार छु र अहिले भन्दा बेटर परफरमेन्स पनि दिन सक्छु।

साक्षात्कारमा ओलीले एमालेको खाका र आफ्नो क्षमताले नेतृत्व पाए शान्ति र संविधान निर्माणको कार्य जेठ १४ गते नै सम्पन्न गर्न सक्ने दावी गरे।

उनले नेकपा एमाले जोगी र सन्तहरुको पार्टी नभई राजनीतिक पार्टी भएकोले एमाले फेरि सरकारको नेतृत्व लिन पनि तयार रहेको बताए। यद्यपि उनले एमालेले नेतृत्वको लागि लडाई भने नगर्ने बताए।

ओलीले एमालेमा भएको एकताले राष्ट्रिय राजनीतिमा अझै भूमिका र आवश्यकता बढेको दावी गर्दै एमालेका तर्फबाट भावी प्रधानमन्त्रीको दावी गर्ने संकेत पनि गरे।

उनले आफू उपचारको लागि पर्सी नयाँ दिल्ली जाने जानकारी दिदै उपचारको लागि हुने भ्रमणको क्रममा राजनीति भेटवार्ता र प्रवचन समेत हुने स्पष्ट पारे। उनले आफ्नो दिल्ली भ्रमणलाई राजनीतिक बृत्तमा विभिन्न ढंगले ब्याख्या गरिने सम्भावना समेत औल्याए।

पार्टी अध्यक्षले आफूलाई सभासद बनाउन प्रस्ताव गरेपछि आफूले केही जवाफ दिई नसकेको स्पष्ट पार्दै ओलीले संविधान निर्माण कार्यलाई अझ गंभीरताका साथ अगाडि बढाउन पार्टीले भूमिका खेल्न सक्ने नेताहरु पठाउने भन्ने कुरा सकारात्मक नै भएको बताए। उनले भने-मैले सभासद बन्ने विषयमा धारणा बनाई सकेको छैन। तर यसले संविधान निर्माणमा एमाले केन्द्रीत भएको देखाउँछ।

प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहमति बन्न नसक्ने ठोकुवा गर्दै ओलीले प्रधानमन्त्रीको राजिनामापछि मात्रै सहमतिको सरकार बन्ने बताए। उनले भने-अहिलेको सरकारमा एमाले र काग्रेस जान कुन मन्त्रालय खाली छ र डाक्टर साहेवले यो के भन्नु भएको। पहिला ठाँउ खाली गरौं अनि सहमतिको सरकारको लागि छलफल गरौं।

कुर्सी खाली भएपछि पो त को बस्ने भन्ने कुरा हुन्छ। उनले सरकार अहिले पनि काम चलाउ रहेकोले फेरि राजिनामा दिए पनि काम चलाउनै रहने भएकोले प्रधानमन्त्रीलाई राजिनामा दिएर सहमतिको सरकार निर्माणको प्रक्रिया सुरु गर्न सुझाव दिए। उनले प्रधानमन्त्री भट्टराईप्रति लक्षित गर्दै भने-प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सात बुँदे सहमति गर्दा त्यही मेरै नेतृत्वमा सहमतिको सरकार भनेर लेखेको भए भई हाल्थ्यो।

उनले प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली समाजलाई नबुझी विदेशमा गरेको अध्ययनको नक्कल गरेर लागु गरेका कारण सफल हुन नसकेको दावी गर्दै अन्यत्रका कुरा सन्दर्भको रुपम लिन सकिने तर नक्कल भने गरेर लागु गर्न नसकिने ठोकुवा गरे।

Popularity: 5%

1 comment December 16th, 2011

फेरि अर्को मोसा फेला पर्यो

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाको जिम्मा पाएको ग्रुप फोर सेक्युरेटी सर्भिसेस प्रालिका सुरक्षा गार्डहरुले प्रतिष्ठान परिसरबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकलमध्ये फेरि एउटा फेला पारेका छन्।

प्रतिष्ठानको पुस्तकालय अगाडिको पार्किङवाट गत भदौ २३ गते हराएको ८ प ६६६१ नम्बरको निलो मोटरसाइकल सुनसरीको रामधुनि जंगलमा फालिएको अवस्थामा फेला परेको ग्रुप फोरले जनाएको छ।

प्रतिष्ठानमा कार्यरत डाक्टर रोविन भट्टराई को नामामा दर्ता रहेको नम्बर प्लेट परिवर्तनको ५ प ५०५३ नक्कली नम्बर लगाई कुदाइरहेका सूचनाको आधारमा महेन्द्रनगरमा खोजी गर्दा जंगलमा फालिएको अवस्थामा फेला परेको नेपाल सुरक्षा श्रमिक संघका अध्यक्ष राजु श्रेष्ठले वताउनु भयो।

ग्रुप फोरका सुरक्षा निरीक्षक बलराम निरौला र नेपाल सुरक्षा श्रमिक संघका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा गएको टोलीले मोसा चोरी गर्ने गिरोहका नाइके सुबास श्रेष्ठसहित विभिन्न समयमा प्रतिष्ठानवाट २ तथा प्रतिष्ठान प्रवेशद्वार अगाडिबाट १ वटा हराएका मोटरसाइकल एक साता अघि सोही स्थानमा फालिएको अवस्थामा फेला पारेको थियो।
प्रतिष्ठानबाट मोटरसाइकल चोरीका घटना बृद्धि भएपछि ग्रुप फोरले अहिले आफ्नै सेक्युरेटी गार्डलाई सक्रिय बनाइएको सुरक्षा निरीक्षक बलराम निरौलाले वताउनु भयो। प्रतिष्ठानमा ग्रुप फोरले सुरक्षा सम्हाले यता हराएको ५ वटा मोटसाइकलमध्ये अहिले सम्म ३ वटा फेला पारिसकिएको र अरु २ वटाको पनि खोजी भइरहेकोले त्यो पनि चाडै फेला पर्ने ग्रुप फोरका सुरक्षा निर्देशक निरौलाको भनाइ छ।

ग्रुप फोरका सुरक्षा गार्डले स्थानीय युवाहरुको सहयोगमा एक साताअघि मोटर साइकल तथा चोरीका नाइकेलाई नियन्त्रणमा लिएर प्रहरीलाई आवश्यक कारबहीको लागी बुझाउको भएपनि प्रहरीले भने आफैले नियन्त्रणमा लिएको भन्दै सुरक्षा गार्डलाई हतोत्सायी बनाएको नेपाल सुरक्षा श्रमिक संघका अध्यक्ष राजु श्रेष्ठ ले वताउनु भयो।

महिनौ वित्दा पनि प्रहरीले हराएका मोसा फेला नपारेपछि स्थानीय युवाहरुको सहयोगमा हामी लामो प्रयासमा जोखिम मोलेर फेला पारेको श्रेष्ठको दावी छ। प्रहरी आफूले जस मात्र लिने काम गरेको उहाको भनाइ छ। ग्रुप फोरले सुरक्षाको ठेक्का पाएसगै प्रतिष्ठानको सुरक्षा व्यवस्था मजबुद बन्दै गएको छ।

Popularity: 5%

Add comment December 16th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....