लोक गुरुङ / एचकेनेपाल डट कम-
बुटवल, राजनीतिक रुपमा मात्र नभई साँस्कृतिक र सामाजिक रुपमा पनि आफूहरुलाई उपेक्षा गरिएको भन्दै आफूहरु अहिले अतित्वको लडाई लडिरहेको गुरुङ समुदायका अगुवाहरुले बताएका छन्।
साँस्कृतिक र सामाजिक परम्पराहरुले पनि आज समाजमा अन्य सरह मन्यता नपाएकोले अहिले आफूहरुको लडाई भने अस्तित्वका लागि भएको उनीहरुको दावी छ।
नेपाल तमू विद्यार्थी छोँज धी रुपन्देही र तमु हृयुल छोँज धीं बदेलपोखरीले गरेको संयुक्त कार्यक्रममा यस्तो कुरा औल्याइएको हो। कार्यक्रम वोल्दै नेपाल तमू विद्यार्थी छोँज धीं का संस्थापक सदस्य राजु गुरुङले अझै पनि गुरुङ जातिको मौलिक पहिचान बोकेका संस्कृति र परम्पराले अरु परम्पराले जस्तो समग्रमा महत्व नपाएको बताए। ‘हाम्रो पनि छुटटै रहन सहन परम्पराहरु छन’ उनले भने ‘तीनलाई बचाउनका लागि राज्यले केही गरेको जस्तो लाग्दैन तर एउटा संस्कृत भाषा बचाउन लाखौं खर्चिरहेका छन।’ उनले अहिलेको आफूहरुको लडाई राज्यविरुद्ध अतित्वको लडाई भएको पनि बताए।
यसैगरी, तमू हृयुल छोँज धी गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष चन्द्र बहादुर गुरुङले आफूहरु हरेक क्षेत्रमा अस्तित्व खोजिरहेको भन्दै सवैका समान अस्तित्व नभएसम्म देशका स्थायी शान्ति सम्भव नभएको बताए। तमू हृयुल छोँज धी बदेलपोखरीका अध्यक्ष झल बहादुर गुरुङले विगतमा राज्यले उपेक्षा गरेर नै राज्यले आफूहरुको पहिचानले लोप भएको आरोप लगाए।
कार्यक्रममा युरासिया रेयुकाई १७ औ शाखाका महासचिव ओम प्रकाश गुरुङ, भूपू सैनिक कल्याण क्लवका पदम गुरुङले अस्तित्वको लडाई अव सुरु भएको बताएका थिए। कार्यक्रमका अध्यक्षता गरिरहेका तमु विद्यार्थीका अध्यक्ष धनु तमूले लोप हुन लागेको सँस्कृति बचाउनका लागि आउदो ल्होसारमा सोराठी सास्कृतिक कार्यक्रम बदेलपोखरी इकाई समितिसंग मिलेर गर्न लागेको जानकारी गराइन्। लोप हुन लागेको सोराठी कार्यक्रम गर्ने विषयमा कार्यक्रम गरिएको थियो।
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, तमुहरुको नयाँ वर्ष ल्होछार पोखरेली तमुहरुले संयुक्त रुपमा पोखरा प्रदशनी केन्द्रमा तीनदिने कार्यक्रम गरी मनाउने भएको छ।
संयुक्त ल्होछार मुल आयोजक समितिका संयोजक कर्म तमुको अध्यक्षतामा बसेको बैठकले पुस १४, १५ र १६ गते पोखरा प्रदशनी केन्द्रमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।
मुप्रि ल्होछारको पहिलो दिन पोखराको तीन ठाँउबाट झाँकीसहितको शुभकामना र्याली निकाल्ने भएको छ। चिप्लेढुंगाबाट तमु धिं नेपालमा आवद्ध तमु समाजहरु, सिर्जनाचोकबाट तमु प्येल्हु संघ, तमु राष्ट्रिय मुक्तिमोर्चा, तमु हृयुला छोंज धिलगायत र अमरसिंहचोकबाट लोकतान्त्रिक तमु संघ, नेपाल तमु संघ, बौद्ध अर्र्घौ सदन, जिफान लगायत लेखनाथका तमु समाजहरुले झाँकी जुलुस शुरु गरी पोखरा प्रदर्शनी केन्द्रमा मुप्री ल्होछार उद्घाटन कार्यक्रम गर्ने भएको छ।
ल्होछार उद्घाटन समारोहमा एमाओवादीका नेता देवप्रसाद तमु, नेपाली काँग्रेसका इन्द्रबहादुर तमु, नेकपा एमालेका नेता किरण तमुलगायत आदिवासी जनजाति नेताहरुलाई आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ।
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, तमु धिं नेपाल मिस तमु २०११ को उपाधि विजेता कल्पना तमु, फष्ट रनरअप अनुजा तमु र सेकेण्ड रनरअप सुष्मा तमुले पोखरा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सामग्री वितरण गरेका छन्।
मिस तमुको उपाधि प्राप्तपछि सामाजिक सेवाका लागि पोखरा बृद्धाश्रममा रहेका पचास जना बृद्धबृद्धालाई कल्पना, अनुजा र सुष्माले खाद्यान्न, लत्ताकपडा, फलफुल लगायत दैनिक सफाइका लागि सामग्रीहरु वितरण गरेका हुन्।
मिस तमु र उपविजेताहरुले बृद्धबृद्धालाई सामग्री मात्रै वितरण गरेनन् सहाराविहिन बृद्धबृद्धाहरुसँग आशिर्वाद पनि थापे। त्यति मात्रै होइन सहयोग सामग्री प्राप्त गरेका जेष्ठ नागरिकले गाएको भजनमा उनीहरु नाचेरै साथ दिदा वृद्धबृद्धाहरु मख्ख परे।
सामग्री हस्तान्तरण कार्यक्रममा मिस तमु २०११ कल्पना तमु, मिस तमुको इभेण्ट मेनेजर सुमन तमु, तमु धिं नेपालका कार्यसमिति सदस्य तथा सञ्चारकर्मी सरस्वती तमु लगायतले बृद्धबृद्धाको सेवा गर्ने चाहनाले आफूहरु बृद्धाश्रम आएको बताए।
सामग्री सहयोग कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, तमु विद्यार्थी समिति नेपालका अध्यक्ष भरतमान तमु, सचिव डेभिड तमु लगायतको टोली वृद्धाश्रम पुगेको थियो।