Archive for February 13th, 2012

मिस पूर्वाञ्चलको धरान अडिसन सम्पन्न

धरानमा मिस पूर्वाञ्चलको अडिसन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम -
धरान, पूर्वको चर्चित सौर्न्दर्य प्रतियोगीता मिस पूर्वाञ्चल २०१२ को धरान अडिसन सम्पन्न भएको छ।

निसुङ्मा ब्युटीपार्लरमा भएको धरान अडिसनमा ९ युवती सहभागी थिए। अडिसनमा पत्रकार राजेश विद्रोही, कोरियोग्राफर प्रियारानी लामा, निर्देशक विनोद तखाँछे र प्रतियोगीताका क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमाल निर्णायक रहेका थिए।

बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजनामा हुंदै आईरहेको मिस पूर्वाञ्चलको झापा अडिसनमा इलाम तथा झापाका २३ जना युवतीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ।

अब मोरङ र धनकुटामा अडिसन भएपछि अन्तिम प्रतिष्पर्धाका लागि २० जनाको छनौट गरिने छ।

विगतमा जस्तै मिस पूर्वाञ्चललाई मिस नेपालमा सहभागी गराईने छ। त्यसबाहेक विभिन्न १० वटा टाईटलहरुको समेत घोषणा गरिने छ।

मिस पूर्वाञ्चलको अडिसन शुरु
एचकेनेपाल डट कम संवाददाता-
धरान, झापाको विर्तामोडबाट मिस पूर्वाञ्चल २०१२ को अडिसन शुरु भएको छ। बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजनामा हुंदै आईरहेको मिस पूर्वाञ्चलको झापा अडिसनमा इलाम तथा झापाका २३ जना युवतीहरुले सहभागिता जनाएको अध्यक्ष वीरेन्द्र लिम्बूले बताएका छन्।

यसपछि मोरङ, धनकुटा, काठमाण्डौ तथा धरानमा पनि अडिसन गरिने र अन्तिम प्रतिष्पर्धाका लागि २० जनाको छनौट गरिने आयोजकले जानकारी गराएका छन्।

छोटो र सीमित प्रचारप्रसारका बावजुद पनि यतिका सहभागिता जनाएकोमा लिम्बूले सन्तोष जनाएका छन्। भन्छन्, ‘झापाबाट राजवंशी युवतीहरुको सहभागिता उत्साहजनक छ।’

तेश्रो संस्करणको मिस पूर्वाञ्चल विजेतालाई स्कुटी प्रदान गरिने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए। त्यसैगरी फर्स्ट रनर अप र सेकेन्ड रनर अपलाई ल्यापटप प्रदान गरिने र तीनै जनालाई काठमाण्डौको कलेजमा स्कोलरसिप प्रदान गरिने पनि उनले जनाए।

विगतमा जस्तै मिस पूर्वाञ्चललाई मिस नेपालमा सहभागी गराईनेछ । त्यसबाहेक विभिन्न १० वटा टाईटलहरुको समेत घोषणा गरिने छ।

मिस पूर्वाञ्चलका विजेता तथा सहभागीहरुलाई विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा मोडलिङसंग सम्बन्धित अन्य कार्यमा समेत अवसर प्रदान गरिने क्रियेटिभ डाईरेक्टर राजेन्द्र रिमालले बताए।

झापा अडिसनमा राजेन्द्र रिमाल, मिस पूर्वाञ्चल २०१२ फर्स्ट रनरअप लक्ष्मी सुब्बा, मोडल असिम श्रेष्ठ तथा मोनालिसा श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए।

Recent Videos:

Popularity: 10%

1 comment February 13th, 2012

याण्डममा अर्जुनदृष्टि सम्मानित

एचकेनेपाल डट कम संवाददाता -
याण्डम रिडर्स सोसइटी अफ नेपालको पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको सोह्रौ शृङखला शनिबार पोखरामा सम्पन्न भएको छ।

हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तक परिचर्चा गर्दै आएको सोसाइटीले यस पटक डा. रवीन्द्र समीरको लघुकथासङ्ग्रह अर्जुनदृष्टि र स्रष्टा परिचयअन्तरगत स्याङ्जाका साहित्यकार देवीप्रसाद वनबासीको चर्चा गरेको हो। साथै उक्त समारोहमा लघुकथा क्षेत्रमा बिशिष्ट योगदान पुर्याए बापत चर्चित लघुकथाकार डा. रवीन्द्र समीरलाई सम्मान पत्र अर्पण गरियो।

अर्जुनदृष्टिको परिचर्चा गर्दै साहित्यकार ईश्वरमणि अधिकारीले अर्जुनदृष्टिलाई नेपाली लघुकथाको मानक कृतिका रुपमा चिनाउनुभयो। लघुकथाका क्षेत्रमा नेपाली साहित्यमा कम काम भएको र त्यसमा रवीन्द्र समीर अमूल्य साधक भएको उल्लेखगर्दै अधिकारीले अर्जुनदृष्टिका लघुकथाहरुले पाठकहरुमा झङ्कार उत्पन्न गराउने बताउनुभयो।

लेखक समीरले लेखकीय अनुभव सुनाउँदै अर्जुनदृष्टिमा समेटिएका अधिकांश लघुकथाहरु हाम्रो जीबन र जगतका यथार्थ घटनासँग सम्बन्धित भएको बताउनुभयो। नेपालमा प्रकाशन हुनुअघि सम्पादन गराउने प्रचलन व्यक्तिगत र संस्थागत हिसाबले पनि नभएको भन्दै कम्तिमा पनि प्रकाशन संस्थाले विज्ञ सम्पादक नियुक्त गर्नुपर्नेमा जोड दिदैं समीरले साहित्य ऐतिहासिक दस्तावेज पनि भएको बताउनुभयो। उहाँले आजको ब्यस्त समयमा लघुकथा बिधा सामयिक एबम लोकप्रिय बिधा भएको मन्तब्य राख्नुभयो।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पृथ्वीनारायण क्यापसका प्रमुख गेहेन्द्रेश्वर कोइरालाले साहित्यले संस्कार निर्माण गर्ने भएकोले सन्देशअनुसारको आचरण गर्नुपर्नेमा जोड दिनुभयो। प्राज्ञ सरुभक्तले नेपाली लघुकथा क्षेत्रमा डा. रवीन्द्र समीर अत्यन्त सशक्त र समर्पित धरोहर भएको तथा अर्जुन्दृष्टि लघुकथा संग्रह उत्कृष्ट नमूना भएको बताउनुभयो।

सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं आहतको अध्यक्षता र उपाध्यक्ष दुर्गाबहादुर शाह बाबाको स्वागतमा भएको कार्यक्रममा पुस्तक छनौट समितिका संयोजक कृष्ण के. सी.ले आगामी फागुन २७ गते पं मुक्तिनाथ शर्मा २०११ सालमा प्रतिबन्धित उपन्यास ‘को अछूत’ परिचर्चा गरिने जानकारी गराउनुभयो।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, डा. लक्ष्मीशरण अधिकारी, फडिन्द्र अकिञ्चन, सरस्वती प्रतीक्षा, दीपक पराजुली, महेन्द्रमान व्यथित, युवराज त्रिपाठी, उपेन्द्र पौडेललगायतले टिप्पणी गर्नुभएको थियो भने सञ्चालन सचिव गनेस पौडेलले गुर्नभएको थियो।

Recent Videos:

Popularity: 4%

Add comment February 13th, 2012

अष्ट्रियामा जनजाति एकता समाजको ल्होसार

मुक्त गुरुङ / एचकेनेपाल डट कम-
भियना अष्ट्रिया, नेपाली आदिवासी जनजाति एकता समाज अष्ट्रियाको आयोजनामा फेब्रुवरी ११ मा अष्ट्रियाको भियना शहरमा ल्हो-सार कार्यक्रम (मुप्री ल्हो गरुड वर्ग) सम्पन्न भएको छ।

समाजका अध्यक्षनबिन गुरुङको सभापतित्व सम्पन्न सो कार्यक्रम समाजको उपाध्यक्ष मुक्त गुरुङ, युलिका रिगर र सुष्मा लामाले सञ्चालन गर्नु भएको थियो।

नेपाली तथा अष्ट्रियान राष्ट्रियगानबाट शुरु भएको सो कार्यक्रममा सह-सचिव सुष्मा लामा र युलिका रिगरद्वारा स्वागत मन्तब्य दिदै ल्हो-सारको बारेमा प्रष्ट पार्नु भएको थियो। अष्ट्रियामा रहेका विभिन्न संघ संस्थाहरु एसोसिएसन ओफ नेपलिज इन अष्ट्रिया, एनआरएन अष्ट्रिया, नेपाली सामाजिक तथा संस्कृतिक संस्था अष्ट्रीया, नेपाली जनप्रगतिशील समाज अष्ट्रीया, नेपाली आदिवासी जनजाति समाज म्युनिख जेर्मानीका प्रतिनिधिहरुद्वारा ल्हो-सारको शुभ-कामना मन्तव्यपछि दोस्रो चरण विभिन्न किसिमको संस्कृतिक कार्यक्रममा गायक यश कुमारको विशेष प्रस्तुती रहेको थियो।

भियनामा रहेका स्थानीय कलाकारहरु अष्ट्रियाका विभिन्न शहरहरुबाट आएका नेपाली कलाकार तथा जर्मनीबाट आएका कलाकारहरुको प्रस्तुत रहेको सो कार्यक्रममा युरोप भ्रमणमा रहेका गायक यश कुमारसमेत गीत प्रस्तुत गरिएको थियो।

गोमा लामा, संचिता शर्मा र मन्दिरा मगरको तोर तोर ल्हारा भन्ने बोलको तामाङ सेलोबाट शुरु भएको संस्कृतिक कार्यक्रममा बाल कलाकार क्रिष्म गुरुङको मै राम्री हुन के गरौं भन्देउ र चौबन्दी चोली अनि रातो घांगर (सानो माया), राजु गुरुङ र मन्दिरा मगरको बुकी फूल तो छावा मोन बोलको गुरुङ नृत्य, मैना गुरुङ, दिक्षा थापा, जापान राई र मुक्त गुरुंगको पछौरी लेउ बैना दोहोरी गीतमा नृत्य, सम्झना गिरि, दिक्षा थापा मोहन चौधरी मुक्त गुरूङको उइ मुलाको चना उइ मुलाको सिन्की बोलको नृत्यका साथ पाहुना कलाकारहरु फोरल्रबर्गबाट आउनु भएका सानु लामाको बनमा फुल्यो फूलै फूल गीतमा नृत्य, इस्टैरमार्कबाट आउनु भएका दावा यांग्ची शेर्पा र छेवंग शेर्पाको शेर्पा नृत्य, सल्जबर्गबाट आउनु भएका सेलिस थापाको उडु कि गुडुंमा बोलको नृत्य, जेर्मन हमबर्गबाट आउनु भएका सियोन अवालको ए होइ ज्यानै खायो तिम्रो मायाले, म्युनिख जेर्मनबाट आउनु भएका मंजु गुरुङको नाचू नाचू लाग्यो मलाई हे हजुर मारुनीको तालैमा, अनि नाज्नी सुब्बाको नृत्य प्रस्तुति रहेको थियो।

कार्यक्रममा अष्ट्रियान कलाकार प्रो. डा बेन्हार्ड फुक्सले लाली गुराँस भन्दा छ्यावा डाँफे मुनाल भन्द छ्याव……जुनी जुनीलाई भन्ने गुरुङ गीत गाउनु भएको थियो। नेपालबाट युरोपको भ्रमणमा रहेका गायक यशकुमार सो कार्यक्रमका मुख्य आकर्षण रहेको थियो भने उहाँको मैले छोएको पानी चल्दैन बिशेष अनुरोध गरिएको गीतसहित नयाँ तथा पुराना गीतहरु गाएका मध्य हे तुलसी बोलको गीतमा धेरै वान्स मोर वान्स मोर को हुटिङ आएको थियो।

चर्चित नेपाली गायकको गीतहरु प्रत्यक्ष सुन्न पाएर हर्षित भएका दर्शकहरूको गायक यश कुमारसंग फोटो खिच्न र अटो ग्राफ लिनेहरुको लाइन लागेको थियो। सरल र मिलनसार स्वभाबका गायक सबैसंग खुल्ला रुपमा प्रस्तुत हुँदा सबै दर्शकहरुले धेरै नै मन पराएका थिए।

Popularity: 4%

Add comment February 13th, 2012

युरोपकै पहिलो शनि देवता मन्दिर पोर्चुगलमा

निर्दोष केसी / एचकेनेपाल डट कम-
लिस्बन, हिन्दूहरुका तेत्तीसकोटी देवतामध्ये सन्तुलन र न्यायका देवता सूर्य पुत्र शनिको मन्दिर युरोपमै पहिलो पटक पोर्चुगलमा स्थापना भएको छ।

भारतको उत्तरान्चलस्थित ब्रह्मपुरी आश्रमका मठाधिश स्वामी सुन्दरमणी महाराजका चेला शिवजी, सूर्य तथा शनि देबताका उपाशक दरबिन्दर स्वामीले पोर्चुगलको राजधानी लिस्बन नजिकैको साकाभाँइमा सो शनि आश्रमको स्थापना गर्नु भएको हो।

बिगत ४ बर्षदेखि शनि देबता तथा हिन्दूत्वको प्रचारप्रसारमा युरोप तथा संसारका बिभिन्न देशहरुको भ्रमणमा रहनु भएका दरबिन्दर स्वामीले पोर्चुगललाई स्थायी मुकाम कायम गरि आफ्ना बैदिक र आध्यात्मिक कर्तब्य निर्बाह गर्न सो मन्दिरको स्थापना गर्नु भएको कुरा पंक्तिकारसंगको भेटको क्रममा बताउनु भयो।

राजधानि लिस्बन नजिकै Avenida São Jose no-16, 1-Dto, Sacavem मा रहेको उक्त आश्रममा शनिबार र आइतबार बिशेष पूजा र प्रत्येक दिन बिहान र बेलुकीको ९ बजे आरती हुने गरेको छ।

शिबजी, सूर्य र शनिको उपासनाको अतिरिक्त ग्रह-दशा एबम् बाधा ब्यबधान निवारण तथा भबिष्यबाणी सम्बन्धी सेवाहरुसमेत प्रदान गरिने हुदा २१९४२२१६७ वा ९६७३५३९५५ मा सम्पर्क गरी पूजा अर्चना तथा उपरोक्त सेवाहरु लिनु हुन इच्छुक महानुभाबहरुलाई सो मन्दिरबाट आग्रह गरिएको छ।

Popularity: 4%

Add comment February 13th, 2012


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2012
M T W T F S S
« Jan    
 12345
6789101112
13141516171819
20212223242526
272829  

Posts by Month

Posts by Category

More news....