आजदेखि तिहार सुरु

October 25th, 2011

एचकेनेपाल डट कम संवाददाता-
नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरुभएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पहिलो दिन यस पटक काग र कुकुर तिहार परेको छ।

बिहान कागपूजा र मध्यान्ह कुकुरपूजा गर्नुपर्ने ज्योतिष वासुदेवकृष्ण शास्त्रीले बताएका छन्। तिहारमा खास गरी पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुने चलन छ।

पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगित गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ।

हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ।

यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।

लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवायुवतीहरू घरघरमा गई खेलिने देउसी–भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ।

यतिबेला घरआँगन र खेतबारीका आली–कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बन्दछ।

यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ।

वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ।

यमपञ्चकका बेला यमराजको सम्मानमा आ–आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ।

लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो–सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ।

यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्हः पूजा (आत्म पूजा) गर्ने प्रचलन छ।

Recent Videos:

Popularity: 9%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. raju  |  October 16th, 2009 at 9:13 pm

    i think that mument very nice

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in October, 2011

Most Popular Posts

More news....