आज भाई टीका मनाईदै
October 28th, 2011
एचकेनेपाल डट कम संवाददाता-
हिन्दूहरूको महान् चाड तिहारको आज अन्तिम दिन घर घरमा भाइटीका मनाईदैछ। भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ
भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाईको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका, सयपत्री र गोदावरीको माला लगाई दिइ सगुन, मिठाइ, फलफूल, ओखर, कटुसका साथै सेलरोटी दिने चलन छ। दिदीबहिनीले टिका लगाई दिएपछि दाजुभाईले गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ।
दिदीबहिनीले टीका लगाइदिंदा बिधी अनुसार मण्डप बनाई अष्टचिरिञ्जीविको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलिने दुबो, मखमली र सयपत्री फूलको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्छन्।
सत्ययुगमा आजको दिन बहिनी यमूनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारको खानेकुरा ख्वाएको भन्ने किवंदन्ती छ। किवंदन्तीका अनुसार यमूनाको आतिथ्यबाट खुशी भै यमूनाको इच्छा अनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाईले परस्परमा पूजाआजा गरी इच्छासिद्धी गर्न पाउन् भने यमराजले बरदान दिएको बताइन्छ। त्यसै बेलादेखि कार्तिक शुक्ल द्धितीयका दिन भाइटीका मनाईने परम्परा बस्दै आएको बताईन्छ।
Recent Videos:
Popularity: 18%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed