चार अपहरणकारी पक्राउ, अपहरित मुक्त
October 23rd, 2009
एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीबाट एक व्यक्तिलाई अपहरण गरी हेटौँडा ल्याएर फिरौती माग्दै गरेको अवस्थामा आज चार अपहरणकारीलाई प्रहरीले हेटौँडामा पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगन्ज उपमहानगरपालिका–१२ घण्टाघर बस्ने अनिल गुप्ता, हेटौडा नगरपालिका–१ बस्ने अर्जुन श्रेष्ठ, हेटौँडा ५ का विजय थापा र गणेश रसाइली छन्।
नवलपरासी जिल्ला कावासोती ५ का लेखबहादुर कार्कीलाई गणेश रसाइलीसहितका व्यक्तिले आज अपहरण गरी हेटौँडा ल्याएको जानकारीका आधारमा खोजतलास गर्दा हेटौँडास्थित मोटल एभोकाडोमा लुकाइराखेको अवस्थामा अपहरणमा परेका कार्कीसहित अपहरणकारी चारै जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक केशरीराज घिमिरेले बताउनु भयो। पक्राउ परेका पाँचै जनालाई अनुसन्धानका लागि आज साँझ जिल्ला प्रहरी कार्यालय, नवलपरासी चलान गरिएको छ ।
Recent Videos:
Popularity: 16%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed