भाइरल फिभरका कारण बागलुङका सबै विद्यालय बन्द
November 5th, 2009
एचकेनेपाल डट कम संवाददाता-
छिमेकी जिल्ला पर्वतमा अज्ञात रोगका कारण विद्यालयहरू बन्द भएको केही दिनमै बागलुङका विद्यार्थीहरूमा पनि त्यस्तै किसिमको रोगका लक्षण देखापरेपछि बागलुङ सदरमुकामका सबै विद्यालय आजदेखि बन्द भएका छन्।
विद्यार्र्थीहरूमा अज्ञात रोग देखिन थालेपछि बागलुङ बजारभित्र रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल, न्यु एभरेस्ट बोर्डिङ स्कुल, अमृत आदर्श उच्च मावि बुधबार दिउँसोदेखि बन्द गरिएका थिए भने सदरमुकाममा रहेका अन्य सबै १४ विद्यालय आजदेखि बन्द गरिएको छ।
विद्यार्थीहरूमा अकस्मात टाउको दुख्ने, आँखा चिलाउने, रूघाखोकी लाग्ने, आखाँबाट आशु बग्नेलगायतका लक्षण देखिन थालेपछि नगरभित्र रहेका १४ निजी विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठक बसी तीन दिनसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको प्याव्सनका केन्द्रीय सदस्य तथा अमृत आवासीय बोर्डिङका प्रधानाध्यापक महेशचन्द्र प्रधानले बताउनुभयो।
बागलुङ नगरपालिकास्थित युएस एकेडेमी बोर्डिङ स्कुलमा अध्ययन गर्ने १२ जना र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा अध्ययन गर्ने एक विद्यार्थीमा अज्ञात रोगका लक्षणहरू देखापरेको ती विद्यालयले जनाएको छ।
विद्यार्थीहरूमा देखापरेको लक्षणहरू मौसम परिवर्तनको सङ्केतजस्तो देखिएको भए पनि यही हो भन्न कठिन भएको अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन डा. तरुण पौडेलले बताउनुभयो।
केही समय पहिला छिमेकी जिल्ला पर्वतमा रहेको केही विद्यालयका विद्यार्थीहरूमा पनि यस्तै अज्ञात रोग देखापरेको थियो। पर्वतमा सो रोग नियन्त्रणमा आइरहेको पर्वत अस्पतालले जनाएको छ।
Recent Videos:
Popularity: 17%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed