माओवादीद्वारा तीन दिन बन्दसहित तेस्रो चरणको आन्दोलनको घोषणा

November 22nd, 2009

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले तीनदिने देशव्यापी आम राजनीतिक हड्तालसहितको एकमहिना लामो तेस्रो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबारदेखिनै सुरु हुने तेस्रो चरणको सङ्घर्षका कार्यक्रमको अन्तिम कार्यक्रममा पुस ५ देखि ७ गतेसम्म तीन दिन देशव्यापी आमहड्ताल गर्ने कार्यक्रम माओवादीले सार्वजनिक गरेको छ । आम हड्तालमा यातायात, शिक्षण संस्था, बजार, कार्यालय, कलकारखाना सबै बन्द हुने भएका छन् । तेस्रो चरणबाट पनि नागरिक सर्वोच्चता कायम नभए पुस ७ पछि अनिश्चितकालीन आमहड्ताल गर्ने माओवादीले चेतावनी दिएको छ ।

शनिबारबाट सुरु माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिनको बैठकले दलहरू नागरिक सर्वोच्चताको विषयमा सहमतिमा नआउने निष्कर्षकासाथ तेस्रो चरणको सङ्घर्षका कार्यक्रममा जानुपर्ने निर्णय गरेपछि संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले कार्यक्रम सार्वजनिक गरेको हो । माओवादीले तेस्रो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्न शनिबार साँझ बैठक स्थल पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेको थियो।

Popularity: 8%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Dhukurprsad  |  November 22nd, 2009 at 5:51 am

    La ala gara manpari gara aru desma garnu nai ke sakchhau ra …. aba des ma griha yudda matra aunu baki chha.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Calendar

February 2010
M T W T F S S
« Jan    
1234567
891011121314
15161718192021
22232425262728

Most Recent Posts

Most Popular in November, 2009

Most Popular Posts

More news....