भारतीय दूतावासले संविधानको खाका बनाउँदैछ
December 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माओवादी)का संयोजक मातृका यादवले जनमुखी संविधान निर्माण नभए नेकपा (माओवादी)ले जलाउने चेतावनी दिनुभएको छ।
संयोजक यादवले २०४७ सालको संविधान जलाएको प्रशंग उल्लेख गर्दै दुई/दुई ठाउँबाट हारेका प्रधानमन्त्रीको नेतृत्वमा बनेको संविधान जनमुखी नबन्ने भएकाले त्यसको कुनै औचित्य नहुने बताउनुभयो।
‘संविधान बन्छ तर बन्नु ठूलो कुरा होइन, नेपाली जनताले चाहेको जस्तो संविधान बन्दैन किनकि संविधान निमार्णमा ठूलो षड्यन्त्र भइरहेको छ’– उहाँले भन्नुभयो।
भारतीय दूतावासले संविधानको खाका कोर्न लागेको आरोप लगाउँदै उहाँले त्यो संविधान नेकपा (माओवादी) मात्र नभएर नेपाली जनतालाई पनि मान्य नहुने बताउनुभयो।
उहाँले सरकारले भारत र चीनबाट हतियार भित्र्याएर र विषेश सुरक्षा योजना लागु गरेर युद्धको तयारी गरिरहेको आरोपसमेत लगाउनुभएको छ।
उहाँले भन्नुभयो–’सरकार युद्धको तयारी गर्दैछ, जनताहरू सचेत भएर रहने अवस्था आएको छ।’
विश्वमा नै चर्चामा रहेका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड भारतीय नेतालाई खुशी पार्न नसकेर सक्ताबाट बाहिरिनु परेको समेत उहाँले आरोप लगानुभयो।’प्रचण्डको बोलीको ठेगान छैन, जनताको अगाडि भाउ बढाउने, विदेशीको अगाडि गएर बिक्नेले जनताको भलो गर्दैनन्’– यादवले भन्नुभयो।
उहाँले नागरिक सर्वोच्चताको कुरा उठाएर प्रचण्डले नागरिकको अवज्ञा गरेको भनी आक्रोस व्यक्त गर्नुभयो।
एकीकृत नेकपा (माओवादी)ले नागरिक सर्वोच्चताको आन्दोलन गर्ने भए भ्रष्टाचार विरुद्धको आन्दोलन गर्नुपर्ने बताउनुभयो।
बाह्रबुँदे समझदारी नेपाली क्रान्तिमा पासो हो भन्दै उहाँले क्रान्तिकारी विचार, क्रान्तिकारी सेना र क्रान्तिकारी मोर्चा जस्ता तीन हतियारबिना माओवादीले चाहेको क्रान्ति सम्भव नहुने बताउनुभयो।
Recent Videos:
Popularity: 13%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Dukulatthak | December 30th, 2009 at 12:19 am
khai ke garu ta kamred maobadi haru andolan garn a arka ko sampati hadapna bahekke kam ra sarkar ma bhayeko sabhasad haru bides ghumna besta rahyo kura bharati dutabas koghar bhado bhairahada arkai le dau ta chhopchhan ni ta. ra maobadi jasto jituwa party le kehi nakhulkye pachhi haruwa le moj garchhan ni ta ra sambidhan jalaune kura bandar le afu pani ghar banaudaina ra arka ko pani bhatkaune kura ta sab lai thaha chha afu le pani nabanaune ra arka le banako jalaunu ke bharibat????? tara sochera bolnu la kamred….
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed