सागमा पदक जिते नगद पाइने
December 30th, 2009
एचकेनेपाल डट कम संवाददाता-
बङ्गलादेशको राजधानी ढाकामा आउँदो माघ १५ गतेदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने तेक्वान्दो खेलाडीलाई हौसला स्वरुप आई कोर फिल्मस् नेपालले पदक जित्न सफल हुने खेलाडीका लागि नगद पुरस्कारको घोषणा गरेको छ।
फिल्मस् नेपालका प्रमुख कार्यकारी अधिकृत प्रभु समशेर जङबहादुर राणाले सागमा स्वर्ण पदक जित्नेलाई रु. ५० हजार, रजत पदक जित्नेलाई रु. २५ हजार र कास्य पदक जित्नेलाई रु. १५ हजार प्रदान गरिने घोषणा गर्नुभएको हो।
कार्यक्रममा खेलाडीहरूलाई आई कोर फिल्मस् नेपाल लेखिएको टिसर्ट प्रदान गरियो। सागमा नेपालको तर्फबाट चार महिला र छ पुरुष गरी कुल १० जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।
Recent Videos:
Popularity: 14%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed