उपराष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव
December 30th, 2009
एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका संसदमा नेपालको अन्तरिम संविधान–२०६३ माथिको संशोधनका लागि सातौं संशोधन प्रस्ताव प्रस्तुत भएको छ।
संविधानसभाको आजको बैठकमा कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले नेपालको अन्तरिम संविधान (सातौं संशोधन) विधेयक, २०६६ प्रस्तुत गर्नुभयो।
सो संशोधनमा मुलुकमा लामोसमयदेखि कायम रहेको उपराष्ट्रपतिको सपथ विवादको निरुपण गर्न सभासद्का अतिरिक्त मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिले समेत राष्ट्रिय भाषामा सपथ खान पर्ने ब्यवस्था प्रस्तावित छ।
सो संशोधन प्रति मधेसी जनाधिकार फोरमका सभासद् जयप्रकाश प्रसाद गुप्ताले अन्तरिम संविधानको सातौं संशोधनबाट उपराष्ट्रपतिको भाषा विवादसम्बन्धी समस्याको संवैधानिक समाधान नहुने दावी गर्दै विरोधको सूचना दर्ता गराउनुभएको थियो।
सभासद् गुप्ताले सरकारको प्रतिबद्धता आउनुपर्ने र सरकारले समस्या समाधान गर्न सक्ने किसिमको अर्को विधेयक ल्याउनु पर्ने माग गर्दै सो विधेयक फिर्ता लिन माग गर्नुभयो।
उहाँको सो विरोधको सूचना संसदको बहुमतले अस्वीकृत गरेको थियो।
Recent Videos:
Popularity: 14%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed