चलचित्र ‘हङकङ आइडी’मा गायक मिलन लामा

February 8th, 2010

जसमिन थापा, पोखरा/एचकेनेपाल डट कम -
गायक मिलन लामा नेपाली समाजमा एउटा चर्चित नाम हो। ‘माझी दाई पोखरा फेवातालको’, ‘हङ्कङ् आइडीले’, ‘कृष्णभिर’, ‘जुम्ला कालीकोट’ जस्ता लोकप्रिय लोकगीतका स्रष्ट्रा गायक मिलन लामाको गीत ‘हङकङ आइडीले’ यति लोकप्रिय भयो कि उक्त गीतमा आधारित शिर्ष बनाएर निर्मात्री तारा गुरुङ्ले चलचित्र बनाउने निधो गर्नुभयो।

मिलन लामाले नै गीतको सेरोफेरोमा रहेर चलचित्रको कथा लेख्नुभएको छ। हाल कास्कीको बाराही स्टुडियोलगायत विभिन्न भागमा छायांकन भैरहेको उक्त चलचित्रमा पहिलो पटक लोकगायक मिलन लामा नायक हुनु भएको छ। हङ्कङ् आइडीका कारण नेपाली समाजको एउटा भागमा परेको पारिवारिक समस्या र निराकरणलाई चलचित्रको मूल बिषय बनाइएको छ।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

यो एक यथार्थसंग धेरै नजीक रही मुनाल फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र हो। चलचित्रको निर्देशन भोजबहादुर गुरुङ्ले गरिरहनु भएको छ। चलचित्रमा समावेश एउटा लोकभाकाको गीत ‘रित्तै आउने लाउने खाने’मा मिलन लामाकै स्वर तथा संगीत रहेको छ भने बाँकी गीतहरुमा संगीतकार आशिष अविरलको सँगीत रहेको छ भने गीत रचना राजकुमार बगरको रहेको छ। चलचित्रमा मिलन लामा, तारा गुरुङ्, माओत्से गुरुङ्, मोती गुरुङ्, कुविना गुरुङ, मनिरत्न पौडेल, बालकलाकार देवी गुरुङ्को मुख्य भुमिका रहेको छ। केही दृश्यको छायांकन हङ्कङमा पनि गरिने यो चलचित्रमा पटकथा,सम्बाद पदमकृष्ण पौडेल, छायाँङ्कन वासुदेव पोखरेल, मुख्य सहायक निर्देशन पुष्कर घिमिरे, नृत्य निर्देशन शिव वि.क. र गोरे गुरुङको रहेको छ। चलचित्रमा द्धन्द्धको दृश्य समावेश गरिएको छैन।

थप जानकारीका लागि
मिलन लामा (नायक तथा गायक): ९८४१२८९६२२
भोजबहादुर गुरुङ (निर्देशक): ९८०६५४८०३०

Popularity: 10%

Entry Filed under: News, Entertainment

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Aakash Subba & Jharana Rai  |  February 9th, 2010 at 4:12 am

    Congratulation Milan Lama Sir ,
    The Story should be True and Real. Hong Kong ko Satya Ghatana hunu Jaruri chha , Hong Kong ma Wife hruley Dhoka Diyeko , Husband Lai Chodera Gayeko , Nani -Baal Bacha Bijog Banyera Aama haru Disco ra Dance Party Dhayeko , Yestai Yestai Aatma Hatya Ko Katha , Husband Haru le pani Wife Hunda Hundai Arkako Budhi Bhagayi Diyeko Satya Katha Bhaye Yo Film ati Ramro Huney Thiyo. Chora Chori haru BigriyeKo, Wife harule Chodera (UK)London gayeko , Husband Lai Bijog Bannayeko Katha Hunu Jaruri Chha Jasto Laagchha. In May Point of View Story must give some Lesson to Hong Kong Nepalese Communities. Naani Ko kati pani maya agari Aama haru Poila Gayera Bachha haru bujog bhayeko Drisya bhaye kati raamro hola ?????????????????????? Satya Kala Rai ko Geet pani Satya ani Yatharta Chha.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in February, 2010

Most Popular Posts

More news....