न्युज अपडेटः ‘अंगालो यो मायाँको’ ईप्रोमो भिडीयो
July 24th, 2010
‘अंगालो यो मायाँको’ ईप्रोमो भिडीयो
एचकेनेपाल डट कम/ वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर, जुलाई २४-
नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’… ईप्रोमो भिडीयो
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
‘अंगालो यो मायाँको’ सम्पादन कार्य पूरा
एचकेनेपाल डट कम/ वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर-
जुन २३, नेपाली फिचर फिल्म ‘अंगालो यो मायाँको’ सम्पादन कार्य पूरा भइसकेको छ। निर्माता किशोर दुङमाली राईले ‘अंगालो यो मायाँको’ सम्पादन कार्य पूरा भएर डबिङको तयारी भैरहेको बताएका छन्।
फिल्म सम्पादन र डविङका लागि काठमाडौंमा व्यस्त निर्माता राईले अर्को सातादेखि 5th Mile Metro Point based PSLAM Studio मा डविङ हुने जनाएका छन्।
अभिनेता तथा गायक प्रशान्त तामाङ मुम्बईमा व्यस्त रहेकाले फिल्मको संगीत रिलिज हुने मिति तय भएको छैन। तामाङ मुम्बईबाट फर्केलगत्तै उनी डविङमा र उनले सोलो गीतका लागि प्लेब्ल्याक दिएको काममा सामेल हुने छन्।
‘अंगालो यो मायाँको’ सेप्टेम्बर पहिलो साता रिलिज गरिने तयारी भैरहेको चलचित्र बजार व्यवस्थापक सुरेश लामाले एचकेपाल डट कमलाई जानकारी दिए। रिलिजपछि नेपाल, भारत तथा नेपाली रहने विश्वका विभिन्न देशहरूमा चलचित्र प्रदर्शन गरिने छ।
‘अंगालो यो मायाँको’ को संगीत रिलिज भएपछि यस चलचित्रका गीतहरू रेडियो पार्टनर रेडियो मिस्टी सिक्किम र रेडियो मिस्टी सिलिगुरीमा सुन्न सकिने छ। त्यसै गरी, ती गीतहरू वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कममा समेत सुन्न सकिने छ।
रेडियो मिस्टी सिक्किमबाट श्रोताहरूले अन्तर्वार्ताका क्रममा अभिनेता तथा गायक प्रशान्त तामाङसंग छिट्टै प्रत्यक्ष अन्तर्क्रिया गर्न पाउने भएका छन्।
प्रशान्त तामाङलाई च्यानल ऐस प्रोडक्सन हाउसले नेपाली फिचर फिल्म ‘कसूर’ मा मुख्य भूमिकाका लागि साइन गरेको छ। चलचित्र कसूरको छायाँकन अगष्टको दोस्रो सातादेखि सुरू हुनेछ।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
________________________________________________
‘अंगालो यो मायाँको’ छायाँकन पूरा
एचकेनेपाल डट कम/ वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर-
मे १०, सिक्किमबाट निर्माण भएको किशोर दुङमाली राईको नेपाली कथानक चलचित्र ‘अंगालो यो मायाँको’ छायाँकन पूरा भएको छ।
बहुचर्चित ईण्डियन आइडल ३ का विजेता प्रशान्त तामाङसहित कलाकार महेन्द्र गुरूङ, हर्षिका श्रेष्ठ, चुन्निलाल घिमिरे, प्रेम सुब्बा, पन्नु गजमेर, विजयता बराइली अभिनित ‘अंगालो यो मायाँको’ चलचित्र छायाँकन ६१ दिनमा पूरा भएको छ।
‘४५ दिनमा छायाँकन पूरा गर्ने योजना थियो। तर, खराब मौसमका कारण लम्बियो। छायाँकनको समयअवधि बढेकोले अनुमानित खर्च पनि ३५ प्रतिशतले बृद्धि भएको छ।’ चलचित्र बजार व्यवस्थापक प्रमुख सुरेश लामाले एचकेनेपाल डट कमलाई जानकारी दिए।
छायाँकन पूरा भएपछि सिनाई कमर्सियल प्रा. लि. ईण्डियन आइडल- ३ प्रशान्त तामाङले होटल हाइवे इनमा एक पार्टीको आयोजना गरी खुसी साटासाट गरेका थिए। पार्टीमा निर्माता राई र प्रोडक्शन डिजाइनर राधा थापाराईले चलचित्रसंग सम्बद्ध कलाकार तथा प्राविधिक टोलीलाई खादा लगाई दिएका थिए।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा निर्माण भएको ‘अंगालो यो मायाँको’ चलचित्र स्व. मायादेवी राईको नेपाली सामाजिक कथामा आधारित रहेको छ। चलचित्रमा पटकथा र निर्देशन विनोद सेरेङ, संगीत ईजक क्षेत्री, छायाँकार युवराज राई, द्वन्द रत्न र नृत्य निर्देशन गोविन राईको रहेको छ।
नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ अफिसियल मिडीया पार्टनरहरूमा नेपाल वान टेलिभिजनः अफिसियल टेलिभिजन पार्टनर, HKNepal.com: अफिसियल मिडीया पार्टनर (वर्ल्डवाइड), रेडियो मिस्टी ९५ एफएमः अफिसियल रेडियो पार्टनर (सिक्किम), सिक्किम एक्सप्रेसः अफिसियल मिडीया पार्टनर (सिक्किम), हिमालय दर्पणः अफिसियल मिडीया पार्टनर (नर्थ बंगाल र नर्थ इष्ट रिजन), नेपाली सन्देश साप्ताहिकः अफिसियल मिडीया पार्टनर (युके) रहेका छन्। त्यसैगरी, चलचित्रको अफिसियल वेब साइट AngaloYoMayako.com: रहेको छ।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
________________________________________________
फोटो तथा भिडीयो अपडेटः ‘अँगालो यो मायाको’ छायाँकन
एचकेनेपाल डट कम/ वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर-
नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’… भिडीयो तथा चित्रमय झलकहरू
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
____________________________________________
फोटो अपडेटः मार्च १६
नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’… छायाँकनका चित्रमय झलकहरू। तस्वीरमा इण्डियन आइडल- ३ प्रशान्त तामाङ र महेन्द्र गुरूङ।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
____________________________________________
‘अँगालो यो मायाको’ छायाँकन धमाधम
एचकेनेपाल डट कम वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर, मार्च ८-
इण्डियन आइडल- ३ प्रशान्त तामाङ अभिनित नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ छायाँकन सिक्किममा धमाधम भइरहेको छ।
बजार व्यवस्थापक प्रमुख सुरेश लामाका अनुसार चलचित्रको शुभमुहूर्तपछि छायाँकन कार्य तीव्ररूपले अगाडि बढेको छ। सिक्किमका मनोरम दृश्यहरू समेटिने चलचित्रको पहिलो छायाँकन टिस्टा खोलाबाट सुरू भएको थियो। सिक्किम, दार्जिलिङ र नेपालमा गरी ४५ दिनभित्र छायाँकन कार्य सम्पन्न गर्ने योजना रहेको चलचित्र ‘अँगालो यो मायाको’ अनुमानित लागत खर्च ३५ लाख रूपैया रहने निर्माता किशोर राई दुङमालीले बताउनु भएको छ।
चलचित्रको सुटिङ रिपोर्ट, समाचार, तस्वीर र भिडीयो अपडेटका लागि ‘अँगालो यो मायाको’ को वर्ल्ड वाइड अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कम हेर्दे गर्नुहोला।
‘अँगालो यो मायाको’ छायाँकनका केही दृश्यहरूः
सिक्किमको प्रशिद्ध टिस्टा खोलामा सट दिदैं प्रशान्त तामाङ र विजयता वराइली।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
____________________________________________
सिक्किमबाट नेपाली कथानक चलचित्र ‘अगाँलो यो मायाको’ शुभमुहूर्त
एचकेनेपाल डट कम वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर, फेब्रुअरी २६-
‘अगाँलो यो मायाको’ नेपाली कथानक चलचित्रको विहीवार सिक्किममा शुभमुहूर्त सम्पन्न भएको छ। सोही कार्यक्रममा चलचित्र ‘अगाँलो यो मायाको’ अफिसियल वेब साइट www.angaloyomayako.com को समेत समुद्धाटन भएको छ।
सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा निर्माण हुने ‘अगाँलो यो मायाको’ कथानक चलचित्रमा इण्डियन आइडल- ३ प्रशान्त तामाङसहित सिक्किम, दार्जिलिङ र नेपालका कलाकारहरूको अभिनय रहने छ।
‘अगाँलो यो मायाको’ नेपाली कथानक चलचित्रका मूख्य अभिनेता प्रशान्त तामाङसंग एचकेनेपाल डट कमका सिक्किम प्रतिनिधि निता प्रधानले लिएको भिडीयो अन्तर्वार्ता हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। भिडियोमा यस चलचित्रका निर्देशक विनोद सेरेङको अन्तवार्ता पनि समावेश छ।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
शुभमुहूर्तको चित्रमय झलकहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
____________________________________________
सिक्किमबाट प्रशान्त तामाङको फिल्म बन्ने
एचकेनेपाल डट कम संवाददाता, फेब्रुअरी १९-
नेपाली भाषी इण्डियन आइडल- ३ प्रशान्त तामाङको प्रमुख अभिनय रहने ‘अँगालो यो मायाको’ नेपाली फिचर फिल्म सिक्किमबाट निर्माण हुने भएको छ।
सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ मा प्रशान्त तामाङसहित सिक्किम, दार्जिलिङ र नेपालका कलाकारहरू स्वागतिका थामी, महेन्द्र गुरूङ, चुन्निलाल घिमिरे, प्रेम सुब्बा, पन्नु गजमेर, विजयता बराइली आदिले अभिनय गर्नेछन्।

प्रशान्त तामाङ
स्व. मायादेवी राईको नेपाली सामाजिक कथामा आधारित ‘अँगालो यो मायाको’ चलचित्रमा पटकथा र निर्देशन विनोद सेरेङ, संगीत ईजक क्षेत्री, छायाँकार युवराज राई, द्वन्द रत्न र नृत्य निर्देशन गोविन राईको रहने छ। त्यसै गरी, चलचित्रको निर्मातामा किशोर राई दुङमाली रहेका छन्।
निर्माता किशोरका अनुसार चलचित्रको ८० प्रतिशत सिक्किम र बाँकी २० प्रतिशत दार्जिलिङ र नेपालमा छायाँकन गरिने छ।
चलचित्रको न्युज अपडेट, सुटिङ रिपोर्ट, भिडियो तथा तस्वीरहरू अफिसियल वर्ल्डवाइड मिडिया पार्टनर एचकेनेपाल डट कममा क्रमिक रूपमा प्रकाशित गरिने छ।
चलचित्र बजार व्यवस्थापन प्रमुख सुरेश के. लामाका अनुसार नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ अफिसियल मिडीया पार्टनरहरू निम्न रहेका छन्।
नेपाल वान टेलिभिजनः अफिसियल टेलिभिजन पार्टनर
HKNepal.com: अफिसियल मिडीया पार्टनर (वर्ल्डवाइड)
रेडियो मिस्टी ९५ एफएमः अफिसियल रेडियो पार्टनर (सिक्किम)
सिक्किम एक्सप्रेसः अफिसियल मिडीया पार्टनर (सिक्किम)
हिमालय दर्पणः अफिसियल मिडीया पार्टनर (नर्थ बंगाल र नर्थ इष्ट रिजन)
नेपाली सन्देश साप्ताहिकः अफिसियल मिडीया पार्टनर (युके)
AngaloYoMayako.com: अफिसियल वेब साइट
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
____________________________________________
Prashant Tamang in “Angalo Yo Maya Ko” Nepali Feature Film (current update)
SINAI COMMERCIAL (P) LTD, Majhitar, East Sikkim had tied up with No.1 Nepali Television Channel, i.e. Nepal1 Television as a Official Television Partner, Radio Misty 95 FM Sikkim as a Official Radio Partner, World renowned Hongkong based Nepalese News portal HKNepal.com as a Official Worldwide Media Partner, No. 1 English daily newspaper of Sikkim i.e. Sikkim Express as a Official Media Partner (Sikkim), No.1 Nepali Daily Newspaper of North Bengal Region i.e. Himalayan Darpan as a Official Media Partner (North Bengal & North East Region) , United Kingdom based Nepali Sandesh Saptahik as a Official Media Partner (UK) for their upcoming Nepali Feature Film “Angalo Yo Maya Ko”, which features (Nepalese Identity) Indian Idol 3 Prashant Tamang, Keki Adhikari, Sikkim latest sensation Mahendra Gurung, Chunnilal Ghimeray and debutant lead role beautiful female artist from Kurseong Bijayata Baraily and Darjeeling Swagatika Thami including Prem Subba from Nepal, Pannu Gajmer from Darjeeling, Mahendra Bagdas from Kalimpong, Sajal Pradhan from Gangtok , Sikkim , Prasansa Chettri(Priya) debutant Child artist from Sikkim and other artist all from Sikkim only. The Producer of this film Mr. Kishor Rai Dungmali announces that “this film will obviously promote Sikkim Tourist destination worldwide, and the concept of this film will certainly make an positive impact to our younger Nepali generations of the world” . 80 percent of shooting will be done in Sikkim rest 20% in Darjeeling District & Nepal which will complete within 50 days. With talented Producer of this movie Kishor Rai Dungmali, Versatile Director Vinod Sereng, Cinematographer Yuvraj Rai, Choreographer Govin Rai, Music Director Issac Chettri will be main technical hands in this film. Latest Silicon 2K digital camera will be used in this movie. (Same camera used in Oscar Winning Film “Slumdog Millionaire”) The release of the music will be done soon , and the “Muharat” and the official website launch of www.angaloyomayako.com of this film is scheduled on 25th.Feb.2010 at Hotel Highway Inn, Majhitar – Rangpo with our Chief Guest Miss Neeru Sewa , Hon’ble Minister Industries & Commerce, IPR, Press & Excise and Guest of Honour, Smt. Tilu Gurung, Hon’ble Minister Building & Housing Department with other high level dignitaries and renowned personality who are in this field of motion picture.
Popularity: 44%
Entry Filed under: News, Entertainment

36 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. dil ghale | February 19th, 2010 at 8:46 pm
yaktam khusi lagayo afonu kala saskrati ko news padnapaudha thank so much ra hami chahancu ki yasta saskritika lobe nahus . thanks
2. ram kumar rai | February 20th, 2010 at 2:48 am
namaskar sabailai, ma ekdam khusi lageko chha yo tapai haru le banauna lagnu bhayeko chalchitra, ra yas ma lekhiyeko jun kisor rai dungmali ko hunu hunchha ma janna chahanchhu yadi bhojpur ko dummali ho bhane malai eamil garnu hola ma pani dummali ho tesailetapai haru sabai ko edress malai jankari garaye k ma pani tapai haru sanga kaam garne mauka pautheki kina ki ma pani ewta raiko natale lala dherai dhanyebad chha hai tapai haru lai,
3. WASP | February 20th, 2010 at 1:13 pm
Congrats to HK Nepal.com for being Official Media Partner of Feature film.
4. Shanti | February 25th, 2010 at 8:24 pm
Great News. Best of luck for your good work.
5. Govin | February 26th, 2010 at 2:18 pm
La badhai chha, all the best. Keep it up Prashant.
6. ram | February 27th, 2010 at 1:39 pm
good job hami nepali hau.nepal ma hune bhatey nepali lai maya chhaina nepal ko but skkim le jun kam gardai chha tyo dherai ramro chha. shika r.k.b desha ko maya garna..astu
7. shyam kandel | February 27th, 2010 at 1:43 pm
hay,i am proud of you.
mr.parshanta ji tusi great ho tofa kabul karo
8. PREM GURUYNG | February 27th, 2010 at 7:41 pm
DHERAI KHUSHI KO SAMACHAR HO YO.SAPHALTA KO KAMANA GARDACHHU.BEST OF LUCK.
9. mahendra thapa | February 28th, 2010 at 11:44 pm
sarba pratham yasari nepali chala chitra ko bikash hunu atti garva ko kuro ho, ra chalchitra nepali pariweshma samitiako katha ta jhan sun ma suganda ho ra darjeeling, sikkim nepal ka kalakar lai liyara chalchitra nirman le hami nepali ko ekta ajja baliyo banera jane cha, la ta subkamna cha,
mahendra thapa
news anchao nepal 1
10. sandakpur | March 8th, 2010 at 11:53 pm
Many congratulations Prasant and the whole unit and stars of Sangalo Maya Ko. There is a country Nepal and people who lives there are known as Nepalese but in PRAWAS also lives the Nepalese who loves PRAWAS by all means but equally loves 14 states and 75 districts because I as a Prawasi say I did not go and live in Prawas being keen but my situation and circumstances made me Prawasi anyways Nepalese wherever we live must not forget NEPALIPAN.
Sandakpur
11. Nabaraj | March 16th, 2010 at 5:48 am
Nice picturing….
12. D ATR | March 16th, 2010 at 12:28 pm
Thikai chha yedi Nepali chalchitrale ramro ra kunai pani dayan bayan gardai na bhane…Prasant pani thik chha Hiro ko nimti tara Acting to chahi kaati ko gyan chha tyota thaha chhaina…..Tara prasant lai Song nai thik chha Movies bhanda….so prasant don’t need to change your way ok………………..
13. AntareDai | March 17th, 2010 at 2:21 pm
tyo surti piundai gareko drishya chahi malai ali man parena, tyasle ali naraamro prabhaw parchha ki ?
14. suman lama | March 20th, 2010 at 9:12 pm
thsnks fo your good songs
15. hari | March 22nd, 2010 at 8:27 am
solta ko smoking poze chahe dami lagho hai..
16. karram | March 22nd, 2010 at 10:18 pm
thikai ho hiro hunu vanda song nai ramro.tara rup chha hiroko lagi…fari…taraaa…euta kura vannu man lagyoo..praasant ko lagii hiroin vayena hai..kuntaako nepali film hau bhau ma jane nasaakne ..alikati hiroin le dhoka dela ki..film vane pachhi hiro hiroin pani huna paryo ne ramroo herda rup..rang..la manma lageko kura lekhi diye narisaunus hai haur haru..bye..haal singapore…
17. tanka | March 23rd, 2010 at 12:57 pm
movie ko nam chai ramro vayena hai……..nam nai aalchi lagdo cha tar aaru chai gud cha
18. Durga limbu | March 23rd, 2010 at 10:23 pm
Best of Luck parsant ji
19. Bimal rai | March 27th, 2010 at 4:30 pm
malai pani atinai khusi ra danga panlai haya haruma
namaskar! takraudai utar utar prgatiko kamana chha
yesarinai audadin haruma pani auta bastbikta ko nuwaran grnu hola atinai ramailo ra basanggati lai metaune sakchhayam banaunu hola danniyabat sabai anamol pariwar
20. sangita | April 2nd, 2010 at 3:07 pm
prasant dada badhai6 hajurlai. malai yekdammai khushi lagyo tapai ko film chadai herna paiyosh. i am really 2 u . yesari nai pargati gardai janu hai ta! wish u all the best
21. देश/ विदे&hellip | May 1st, 2010 at 10:40 pm
[…] चार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस् थप तस्वीरहरू हे […]
22. basant kumar rai | May 6th, 2010 at 7:40 am
malai pani film ko title lagayet ek naya pan naya hero nepal bata tadha rahera nepalko samjhana jhalkauna gari film banauna chanchune kura hoina ra yo film super hit hos yehi sangkalpa
23. Birta Rai | May 11th, 2010 at 12:07 am
prasant bro really u hansom boy n nice singer,so i want u,i see u malaysia i working now malaysia
24. Parshuram "bhavuk" Gurung | May 12th, 2010 at 10:22 am
I hope this film will take the market by storm… good luck & best wishes to the entire film units….
25. SHER | May 13th, 2010 at 4:03 pm
CONGRATULATION PRASANTA
26. chandra mangmu | June 2nd, 2010 at 6:07 pm
prasan daiko yo film kahi dekhi herna sakincha hola
27. chandra mangmu | June 2nd, 2010 at 6:07 pm
prasan daiko yo film kahi dekhi herna sakincha hola
28. sajan alone | June 5th, 2010 at 1:05 am
wowwwwwwwww prashant in this film looking so cute and handsome keep in touch byeeeeeeeeeeee.
29. Bidur lakandri | June 11th, 2010 at 4:28 pm
Parshant g mer6 tarfa bata badhai chha
30. Dicksonbro | June 26th, 2010 at 3:39 pm
Hey yo Bro Prashant,
Keep it up ur Good work and ur Talent and all the best to u …Smile bro..dahahahahha…
31. PRAKASH BHATTARAI | July 21st, 2010 at 9:17 pm
VERY GOOD PRASANT & TEAM
32. hem raj manjichawa | July 24th, 2010 at 10:32 pm
PARSANT bhai ramro picture bananu hai ani bharat ko ideol bhayara kahan harayau nepali tiraa lagechau thikai cha timi lai vote dine ta nepali nai thiyo haina maile pani 1100 above vote timro naam ma diyako chu tara darjeelinge nepali ko ma nepali pan chaina hami nepal bata uhan gayo bhane pahade bhancha tiniharu chahi jado le marne thau ma baseko cha hami nepali lai dherai ghirana garcha tara nepal ma nepali le gardaina hai PARSANT ma pani bharatiya soldier ho mero anubhav yahan haru lai darsayako asal chimeki chaina’india it is my eighteen years exprence
33. samir rai | September 21st, 2010 at 9:45 pm
wow so nice pic bro p t
34. keshar rai | February 27th, 2011 at 1:36 pm
sampadak sir angaloo yo mayako nirmata kishor dungmaleeko purkhaulee ghar kaha ho jannu man lageko 6
thanks
35. Surendra rana | May 8th, 2011 at 5:53 pm
Hi prasant bro Really i like ur film very much.
36. gorkhali | November 6th, 2011 at 5:15 pm
hi .prasanta dai.tapai indian idol bahyako din samjhada ajhai pani khushi lagera auchha
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed