संबिधानसभाको कार्यकाल थप्न एमालेले प्रस्ताव लैजाने
April 20th, 2010
एचकेनेपाल डट कम संवाददाता-
संबिधानसभाको कार्यकाल सकिनै लागेको बेला नेकपा एमालेले संविधानसभाको कार्यकाल थप गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रस्ताव लैजाने भएको छ।
एमाले संसदीय दलको सोमवार सम्पन्न भएको बैठकले जेठ १४ गतेभित्र नयाँ संविधान जारी गर्न नसकिने निश्कर्ष निकाल्दै संविधानसभाको कार्यकाल थप गर्नु पर्ने निर्णय गरेको एमाले अध्यक्ष झलनाथ खनालले बताए। नेपाल आदिवासी जनजाति महासंघद्वारा मंगलवार राजधानीमा आयोजित जलपान समारोहमा बोल्दै अध्यक्ष खनालले बुधवार बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा उक्त प्रस्ताव राख्ने बताएका हुन्।
मुठभेटले निकास ननिक्लिने बताउंदै सहमतिको आधारमा संविधानसभाको कार्यकाल थप गर्ने प्रस्ताव एमालेले अगाडि सार्ने खनालले बताए। खनालले सहमतिको आधारमा संविधानसभाको म्याद थप्नेमा आफू विश्वास्त रहेको बताए। यद्दपि, यसअघि माओवादीले यही सरकार रहिरहेसम्म संविधानसभाको म्याद नथपिने बताउदै आएको छ भने कांग्रेसले निर्वाचनमा जानुको विकल्प नरहेको बताउंदै आएको छ।
Recent Videos:
Popularity: 12%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed