परदेशबाट पदम किराती
June 25th, 2010
सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
धरतीमा बसेर आकासको तारा झार्नेले
के नै पाउछु भन्देऊ हजुर धोका नपाए..
राजेश पायल राईको स्वरमा सजिएको यो गीतले पाउनुपर्ने चर्चा त पाएको छैन तर पनि यो गीत सुन्ने संगीत अनुरागीहरुलाई पक्कै पनि राम्रो लाग्दछ भन्ने विश्वास गर्न सकिन्छ।
खोटाङमा जन्मेका हाल रोजगारको सिलसिलामा ओमान भासिएका पदम किरातीले उक्त गीतलाई आफ्नो मस्तिष्कबाट उब्जाएका हुन् । गीतले भनेजस्तो उनले प्रेमपीडा भोग्नु परेको त छैन तर पनि आफ्ना जीवनका केही अन्तरंग भावनाहरुले भने गीतमा ठाउँ पाएको उनी स्वीकार्छन्।
व्यवसायिक गीतकार नभएपनि सौखका रुपमा अर्थात् भनौ आफ्ना मनमा उब्जिएका भावनाहरुलाई साट्ने माध्यम गीत, कवितालाई बनाएको उनको धारणा छ।
दीप श्रेष्ठ, राजेशपायल राई, पावल चाम्लिङ, जुना प्रसाई, जगदीश समाल, झुमा लिम्बू, आभा मुकारुङलगायतका नेपाली संगीत क्षेत्रका स्थापित कलाकारहरुको स्वरमा उनका शब्दहरुले ठाउँ पाइसकेका छन् र उनले आफ्नो एकल रचनामा एल्वमसमेत तयार पारिसकेका छन्।
नेपाली संगीत क्षेत्रको खस्किदो व्यापारको मारमा उनी पनि परेका छन् तर पनि आफ्नो एल्वमले नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान पाउने उनको विश्वास छ । यसै वर्ष आफ्ना गीत तथा कविताहरुको संग्रह पुस्तकको रुपमा समेत ल्याउने तयारीमा जोसिएका पदम त्योभन्दा पहिले तयार भइसकेको आफ्नो गीति एल्वमलाई श्रोता माझ ल्याउने तयारीमा छन्।
राजेश पायल राईको स्वर रहेको धरतीमा बसेर बोलको गीतको भिडियो तयार भएर टेलिभिजनमा प्रसारण भइसकेको छ भने वरिष्ठ गायक दिप श्रेष्ठले गाउनुभएको उनको गीतको भिडियोसमेत बनाउने सुरमा छन् उनी।
परदेशमा बसेर गाउँघरको याद पोखेका उनको रचनालाई दीप श्रेष्ठले पनि साह्रै मनपराएर गाउनुभएको छ । जसबाट पनि पदम किरातीलाई आफू साँच्चिकै गीतकारको रुपमा जमेको अनुभव भएको छ । जुन कुरा उनी खुलेरै भन्न रुचाउँछन्।
परदेशबाट लेखेको चिठ्ठी मेरो आप्पालाई
नरोइ बस्नु फर्केर आउँछु भन्दिनु आमालाई
Recent Videos:
Popularity: 12%
Entry Filed under: Entertainment

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Manikumar Shrestha | June 25th, 2010 at 8:34 pm
Nepali ko luck ramro 6
2. ram rai | June 27th, 2010 at 10:28 am
padamji maile pani tapaiko dhartima basera ko vdo hereko chhu , geet ekdum ramro chha. tapaiko safalata ko suvakamana
3. hari | July 16th, 2010 at 7:03 am
badhai6
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed